पहिलो खण्ड
मादीबिर्ता
१ हाम्रो घर २ मादीबिर्ता
३ मेरा बाबु ४ मेरो पहिलो शिक्षा ५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश ८ समाजमा असर ९ चैनपुर बजार
१० आयो कांग्रेस ११ २००७ साल १२ मेरो बिद्यालय
१३ मेरी आमा १४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक १६ हाम्रा अन्तिम वर्ष १७ मेरी पत्नी
१८ म आफै १९ समग्रमा मादीबिर्ता |
पहिलो खण्ड
बाल्यकाल
हाम्रो व्रतबन्ध
०९ र ०१० साल मेरी आमाका कष्टदायक भए। छोरीको मृत्युको आघातबाट तंग्रिन निकै समय लाग्यो। शुरूका कति दिन र महिनासम्म त पिडा र अपराधवोध रातरातभर निदाउन सक्दिनथिन् र
निदाइ नै हाले पनि निन्द्रामा नै बहुलाएर उठथिन्। त्यो समयमत उनलाई उनकै ठुलीआमले छोरी बस्न पठाई दिएर ठुलै सहयोग गरिन्। त्यो आघातबाट आमा के निकी भइथिन्
मेरा बडाबाहरू उनलाई बात लगाए र त्यसलाई प्रमाणित गर्न भरमग्दुर प्रयाश गरे। सबुत प्रमाण त जुटेन तर यत्र तत्र सर्वत्र मेरी आमाको बदनामी भने भयो।
हामी छोराहरूलाई पनि आमाको विरोध उठाउन खोजे बडाबाहरूले तर हाम्रा लागि त आमा सर्वश्व थिइन् र उनीहरूले प्रमाण नै जुटाएको भए पनि हामी उनीलाई छोडने थिएनौं भने
बिना प्रमाणको उनीहरूको आरोप पछाडि हामी किन पो कुद्थ्यौं र? भाइ सानै थियो थोरै बुझ्ने र दिदी त मरि नै सकेकी थिई र जही पनि लोग्ने मानिसको नाममा
उभिनु पर्ने मैले नै हुन आउथ्यो। मेरी आमाले छोएको नै नखाने हठमा लागेका थिए मेरा बढाबाहरू र जेठाजुहरूको यही हठको मेरी आमालाई एउटा ज्ञान भयो कि
आफन्तहरूले टिक्न नदिने भए भने विपत्तीको समयमा उनीहरूभन्दा बलियो प्रतिद्वर्न्दिलाई ज्याला दिएर नै भए पनि उनीहरूसँग भिडाएर रमिता हेर्नु पर्छ।
मेरा बडाबाहरूले मेरी आमाको हातको भात नखाने वन्दोवस्त गर्न लागेको सुइको पाएर मेरी आमाले हामी दुई दाजुभाइको व्रतबन्ध गरिदिने निर्णय गरिन् र हामीलाई बडाबाहरू बाबु
भएका नाताले उनीहरूकहाँ हामीहरूलाई ‘हाम्रो व्रतबन्ध गरिदेओ’ भनेर अनुरोध गर्न पठाइन्। विभिन्न बहानामा बडाबाहरूले अस्विकार गरेपछि
सहयोगको निम्ति वंशजको नाताले नजिक तर हाम्रा बडाबाहरूसँग द्वर्न्द गर्न तयार हुने मानिस खोज्न थालियो। त्यस्ता मानिस श्रीनारानखालमा भए पनि कसैले दाजुभाइसँग द्वर्न्द गर्न चाहेन र
टाडा नगएर श्रीनारानका साहिँला भाइको खालमा मेम्बर चन्द्रलाललाई समाइयो। मेम्बर चन्द्रलाल हाम्रो बाबुको तर्फबाट अभिभावक भएर व्रतबन्ध गरिदिन हाम्रो आगनमा बस्न तयार भए र
गाउँभरि व्रतबन्धको निम्तो बाँडियो।
गाउँमा यस्तो कुरा गोप्य पनि रहदैन र रहेन पनि। झन व्रतबन्धको निम्तो पुगेपछि त मेरा बडाबाहरूमा मात्र होइन सबै दाहाल परिवारमा र विशेष गरेर श्रीनारानखालभित्र भुमरी चल्यो।
बुहारीलाई बात लाउनु एउटा कुरा थियो तर आफ्ना भाइले जन्माएका टुहुरा भतिजाहरूको व्रतबन्ध गरिदिन्न भन्नु कुलको निम्ति मर्यादाहीनताको पराकाष्ठा थियो।
बडाबाहरू नआउन सक्थे व्रतबन्धमा तर पुरै गाउँ त्यसलाई हटक गर्न तयार हुने संभावना थिएन। गाउँलाई थाहा थियो अकारण एउटा विवाह या व्रतबन्ध हटक गरियो भने
भोलि अर्को विवाह या व्रतबन्ध पनि त्यसरी नै हटक भएर त्यो परंपरा नै बन्न सक्थ्यो। कोही पनि तयार हुन सक्दैनथ्यो यस्तो परंपराको लागि।
व्रतबन्धको दिन बिहान सबेरै श्रीनारानखाल भनिने मेरा बाबुबाजेहरू हुल बाँधेर हाम्रो आँगनमा उभिन आइपुगे। मेम्बर चन्द्रलाल मुल पुरुष भएर हाम्रो दलानको खाटमा बसेका थिए।
पुरोहितहरू यज्ञको चौका चँदुवा गरिरहेका थिए। सानो हुदै बाबु मर्दा कपाल खौरनु परेकाले हामी दुई दाजुभाइको विधिवत चुडाकर्म या छेवर भएको थिएन।
त्यसैले चुडाकर्मको तयारी हुदै थियो।
लीलानाथ बा यसै पनि गोरा र रातापिरा त्यसमा पनि त्यो दिन उत्तेजित र रिसाएका थिए। त्यसैले उनको अनुहार रगत नै चुहिएलाजस्तो रातो थिए। आउने बित्तिकै उनले पुरोहिततिर
हेर्दै भने – “यो व्रतबन्ध गराइ दिने को?”
पुरोहितहरूले जवाफ दिन नपाउदै मेम्बर चन्द्रलालले दलानबाटै जवाफ दिए – “म, माहिला मुखिया, म।”
लीलानाथ बाले उनीतिर फर्किएर सोधे – “यिनीहरूका अरू बाबुबाजे मरे र तँपाई गर्न तम्सिनु भयो, मेम्बरदाइ?”
“त्यो त मलाई के भन्छौ तिमीहरू? नजिकका बाबुबाजे तिमीहरू नै हौ। गरिदिने भए गरिदेओ न। बाबुबाजे गरिदिन तयार भएनन् भन्दा पो म अगाडि आएको त।
रहरले आएको होइन म। केटाहरूले व्रतबन्ध गरिदेओ भन्दा हामीले ‘नाइँ’ भन्न मिल्छ र?” – मेम्बरबाले कुटनैतिक भाषमा जवाफ दिए।
भन्यौं, भनेनौंका केही वार्तालाप भएपछि बडाबाहरू व्रतबन्ध गर्न तयार र मलाई गायत्रीमन्त्र जेठा बडाबाले सुनाए र भाइलाई माहिला बडाबाले।
विजय प्राप्त गरिन् मेरी आमाले र मेरा बडाबाहरूले कहिले पनि त्यो विषयलाई उठाएनन्।
यसपछि विद्यालय र शिक्षक
|
| दोश्रो खण्ड
घरबाहिर
१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर ४ विराटनगरबाट वीरगन्ज ५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू ८ २०१५ साल ९ २०१७ साल
१० २०१८ साल ११ मेरो हेतौडा बसाइ १२ विदेशयात्राको तयारी
तेश्रो खण्ड
देशबाहिर
१ २
३ ४ ५
६ ७ |