index
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


२०१७ साल


संसदको २०१७ सालको बर्खे अधिवेशनमा एमपीबाले एकदम नै थोरै बोले, धेरै सुने । पढेलेखेका नेताहरूलाई नै नौलो लाग्ने संसद र त्यसका अधिवेशन एमपीबाले तुरून्तै बुझ्ने कुरा पनि थिएन । मैले पनि बेलाबेलामा दर्शकदिर्घामा बसेर संसदको रमिता हेरेथेँ । नेपाली कांग्रेसले बिर्ता उन्मुलानको कानुन ल्यायो र हाम्रोजस्तो आफैँ बसोबास गरेको 'क' बिर्तामा तिरो या मालपोत मात्रै लागे पनि रैती बसाएर त्यसको आमदानी खाने 'ख' बिर्ताहरू पुरै खोसिए । राजा र राजाका वरिपरिका खानदानी बिर्तावाल 'ख' वर्गमा पारेकाले नेपालि कांग्रेसप्रतिको उनीहरूको घृणा र रिस झन् चुलियो । फेरि उक्साई रहेका थिए राजा महेन्द्रले पनि उनीहरूलाई । नुवाकोटजस्ता धेरै ठाउँमा गोरखापरिषद जस्तो भारदारी दल र योगी नरहरि नाथ जस्ता जोगीहरू राजाको इसारामा नेपाली कांग्रेसको विरुद्धमा खनिए । नेपाली कांग्रेसले सामन्ती व्यवस्थालाई अन्त्य गर्न भूमिसुधार कार्यक्रम ल्यउने तयारिमा पनि लाग्यो । हुकुमी शाशन चलाउदै आएका राजाका निम्ति जनप्रतिनिधिसंसदको कार्य अपाच्य भयो र २०१७ साल पुष १ गते जनप्रतिनिधि सरकारको विरुद्ध शैनिक विद्रोह गरे । म त्यो दिन एमपीबाको तलब लिइदिन सिंहदरबार पुगेर दरबारको भुइँतलाको गेटको छेवैको वाचनालयमा बसेर पत्रिका पढ्दै थिएँ । एक्कासि सैनिकका गाडी सडकमा देखा परे र सिंहदरबामा मानिसको आवतजावत बन्द गरियो र जो जहाँ थियो त्यहीँ नै रोकियो । गिरफ्तार हुन अस्वीकार गरेर आफूलाई लुकाउने मन्त्रीप्रति माइकबाट लक्षित गरिएका सेना अधिकारीहरूका असभ्य र असँस्कृत सम्बोधनहरू मैले त्यही सुनेको थिएँ । राति १० बजेपछि सिंहदरबारभित्रका सबै कर्मचारी र सर्वसाधारणलाई थुनामुक्त गरियो र म झण्डै ११ बजेतिर डेराकोठामा पुगेँ ।

भोलिपल्ट सुनियो - बीपीलाई तरुणदलको सभास्थानबाट नै समातियो । नेपाली कांग्रेसका धेरै नेता त्यहीँ नै समातिए । देशव्यापी रूपमा समातिए कांग्रेसी र कम्युनिष्टहरू पनि । यो सबै रेडियो, पात्रिकाबाटँभन्दा पनि हल्लामा नै सुनिएको हो । नेपाली कांग्रेसका महामन्त्री डा. तुलशी गिरी भोलिपल्ट नै राजाको पाटोमा छिरे र एक हप्ता पनि नबित्दै विश्वबन्धु थापाले त्यही बाटो समाते । सुनिएको थियो - डा.गिरीको घातलाई बीपीले सजिलै पचाए पनि विश्वबन्धु थापाबाट त्यत्रो विश्वासघात होला भन्ने उनलाई नलागेकोले सार्हैस चोट लाग्यो रे । यी दुई पात्रलई राजा महेन्द्रले नेपाली कांग्रेस विरुद्ध प्रयोग गरे पनि कांग्रेस विरुद्ध लड्ने सूर्यबहादुर थापा, जोगमेहर श्रेष्ठ, सानेबाबु, किर्तिनिधि विष्टको तुलानामा यिनीहरूले केही पनि पाएनन् । बरू एक दशकपछि राजा विरेन्द्रको पालामा डा.गिरीले प्रधानमन्त्री भएर सम्पत्ती भने जोडे ।

राजधानीको राजनिति अवश्य नै गाउँसम्म पनि पुग्यो । कांग्रेसी भनेर चिनिएको मादीबिर्ता बिर्ता नभएर मादीबिर्ता पंचायत र पछि मादीराम्बेनी पंचायत भयो । कांग्रेसी लीलानाथबा समातिए र कम्युनिष्ट वल्लभकाका(डा.वल्लभमणी दाहाल) पनि । कांग्रेसी मानिने सिरिसेलीले राजा महेन्द्रको कदमको मौन विरोध गरेर बसे र शुरूमा ओखरबोटेली पनि साथ दिए तर सिरिसेली मुखिया श्रीप्रसादका दाहालका नाति वद्रिप्रसाद दाहाल, वद्रिप्रसाद पाहाडी नामले, महेन्द्रवादमा छिरे र पंचायतमा सहभागी समेत भए । वद्रिप्रसाद पाहाडी मन पराइएनन् गाउँमा र उनी भूमिसुधार अधिकारी भएर तराइतिर लागे । भएको एउटै सिरिसेलीले पानि ठाउँ छोडीदिएपछि ओखरबोटेलीले गाउँको पंचायति राजनितिको नेत्तृत्व लिए र पंचायतकालभरि नै प्रधानपंचमा ओखरबोटेली नै रहे ।

२०१५ सालको निर्वचनले मादीबिर्ताको विभाजन यथावत कायम राख्यो । श्रीप्रसादबाका सहयोगीहरू हाते पार्टीमा गए । अर्का खाले सूर्यबहादुर थापालाई सघाउन पुगे र तेश्रो समूह गोप्यमा यताउति लागे पनि खुलामा तटस्थजस्तै बस्यो ।

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर