index
home
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


२०१५ साल र पछि


नेपालको इतिहासमा पहिलो चोटी आम निर्वाचन हुने भयो । राजाले दिएको संविधानलाई नेपाली कांग्रेसले स्वीकार गरेर निर्वाचनमा जाने भएपछि वामपन्थी कम्युनिष्टहरूले उसको पर्याप्त भर्त्सना गरे पानि निर्वाचामा भाग भने लिए र १०७ क्षेत्रमध्ये ४ स्थानमा जिते पानि । यही चुनावको सिलसिलामा लौहपुरुष गणेशमान सिंहले लैनचौरको सभामा नेपाली कम्युनिष्टमाथ यसरी व्यंग्य गरेका थिए ।

" विष्णुमतीको किनारमा दिसा गर्न बसेको एउटा मानिस भटमास खाँदै रहेछ । अर्को दिसा बस्न आएको मानिसले सो देखेर भनेछ - 'थुइक्क गतिछाडा फोहोरी ! घिन लाग्दैन तँलाई त्यसरी खान ?' भटमास खाने नबोली भटमास खाँदै गएछ । अर्को पनि दिसा गर्न छेवैमा बसेछ । एकछिन अर्कोले भटमास खाएको हेरेपछि भनेछ - 'मिठो छ जस्तो छ भटमास । खै खै, मलाई पनि एक मुठी दे त ।' हो । कम्युनिष्ट पनि त्यस्तै हुन् । पहिले अर्कोले गरेकोमा बद्ख्वाइँ गर्छन् र पछि आफू त्यही गर्छन् ।"

कम्युनिष्टहरूले नेपाली कांग्रेसलाई सत्तोसराप गरे । नेपाली कांग्रेस पनि के कम । उसले पनि जहीँतहीँ व्यंग्य कस्यो । शुरुमा खुकुरीदल पछि गोर्खादल र पछि निर्वाचनमा आइपुग्दा गोर्खा परिषदमा परिणत भएको राणाहरूको पार्टी त नेपाली कांग्रसलाई, राजनैतिक प्रतिद्वन्दी होइन, शत्रु नै ठान्थ्यो राणा शाशन ढालेको इखमा । निर्वाचनमा उसले पनि १५ ठाउँमा जित्यो । डा के आइ सिंहको पार्टीले पनि १।२ सिट हात पार्योर । काठमाडौको शिक्षित भनिने क्षेत्रबाट नेपालि कांग्रेसका सूर्यप्रसाद उपाध्याय हारे र के आई सिंहको पार्टीबाट उठेका राणाकालका बडाहाकिम लोचनशमशेर थापाले जिते ।

२०१५ फागुनमा भएको त्यो निर्वाचनमा म घर गइनँ । नेपाली कांग्रेसको तर्फबाट लीलानाथबा उठे पनि म उनको निर्वाचन क्षेत्रमा गइनँ । पहिलो त, मेरो त्यो वर्ष बिग्रिए पनि अर्को वर्षको लागि तयार गर्नु थियो । दोश्रो, मेरो वालिग मताधिकार पनि थिएन । मलाई केटाकेटी ठानेर लीलानाथबाले लिएर जान पनि मानेनन् । 'तँ यहीँ काम गर् ।' - उनले भने तर १७ वर्ष केटो म के पो गर्न सक्थेँ र ? हो, बाले पठाएका २।४ वटा चिठ्ठी भनेको ठाउँमा पुर्याेई दिएँ । त्यति नै हो मैले गरेको काम त्यो बेला ।

नेपाली कांग्रेसले वहुमात ता ल्यायो तर राजा महेन्द्रले उसलाई सत्ता दिन आनाकानी गरिरहे । अघिल्लो दिनसम्म त उनले जे भन्यो त्यही मान्ने कमजोर प्रधानमंत्री थिए । निर्वाचित प्रधानमन्त्री त श्री ३ प्रधानमन्त्री जत्तिकै शक्तिशाली हुन सक्थ्यो । बी पी कोइराला प्रधानमन्त्री बन्ने कुरा पचाउन नसकेर राजाले नेपाली कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई संसदिय दलको नेता उक्साएका थिए र सुवर्णले मानेनन् रे । यो लीलानाथबाले सुनाएको कुरा हो ।

मेरो पढाइ चल्दै गयो । कक्षा जानु पारेको थिएन । सके आफै पढ्यो, नसके सहपाठ भन्यो साथीभाइ सँगै बस्यो, पढाइ कम गफ धेरै गर्योै । ट्युसन पढ्न त मेरो आर्थिक स्थितिभन्दा बाहिको कुरा थियो । त्यहि समयमा मैले चुरोट खान सिकेँ । कमिजसुरुवाल छोडेर प्यान्टसर्ट लाउन सिकेँ । सिनेमा त बेलाबखत जानै पर्थ्यो । नारायण थापा र म अत्यन्त नजिक हुदै गयौँ र मेरो र उसकोमा आउनेजाने, बस्नेखाने बराबर हुन थाल्यो । म डेराकोठामा दलबलसहित बसेको र नारायण आफ्नै घरमा कोही न कोही परिवारको सदस्य बस्ने हुनाले उसकोमा मिठोमसिनो बढी खान पाइने हुदा मेरो मन पनि त्यतै तानिन्थ्यो । हो, आफूसँग न भएको बेला नारायणले पनि मसँग पैसा लिन्थ्यो पनि ।

०१५ सालको परिक्षा दिन नसके पनि ०१६ सालको परिक्षा दिएँ तर ०१७ सालको शुरूतिरको परिक्षाफल मेरो पक्षमा आएन । प्रथम श्रेणी १।२ जनाको मात्र आउने सो समयको परिक्षामा दोश्रो श्रेणीको उच्च परिक्षाफल आए पनि रसायनशास्त्रमा म गुल्टिएँ । आफ्नो आशा विपरितको सो परिक्षाफलले म सार्हैा हताश भएँ र निराश भएँ । यदि लीलानाथबा त्यो समयमा त्यहाँ नभएको भए र उनले मलाई सम्झाफ बुझाई नगरेको भए म जे पनि गर्न सक्ने थिएँ होला ।

लीलानाथ मेम्बर अफ पार्लियामेन्ट(एमपी.) भएकाले उनलाई हामीले एमपीबा भन्न थाल्यौँ । हामी बसेकै घरमा एक तला भाडामा लिएर एमपीबा बसे । भान्सा भने साझा थियो हाम्रो र हिसाब किताब आफ्नो आफ्नो । लेखपढसम्म गर्न जान्ने लीलानाथबाका निम्ति संसदका लेख, कानुनका शब्द बुझ्न र पढ्न गाहारो र बुझिनँ, जानिनँ भनेर अरूसँग सोध्न पनि गाहारो हुनाले मलाई सोध्ने गर्थे । म पनि सकेसम्म सहयोग गर्ने प्रयास गर्थेँ तर मेरो आफ्नै सामर्थ्य नै कति थियो र ? कहिलेकहीँ चिठ्ठी लेखाउने काम पनि हुन्थ्यो मबाट । सानातिना सल्लाह दिने काम पनि हुन्थ्यो मबाट राय मागेको खण्डमा ।

२०१७ सालको वर्षे संसद चलेको बेला एक दिन एमपीबाले मलाई बोलाएर भने - "राम ! अमेरिकाको एउटा सिट इन्जिनियरिङको निम्ति आएको रहेछ । मेरो क्षेत्रको मीनबहादुर राउतले पानि दर्खास्त दिएको रहेछ । उसलाई पाठाउने या नपठाउनेमा मन्त्रीले मेरो राय मागेका छन् । उसका बाबुबाजेले मेरो घोर विरोध गरेर सूर्यबहादुर थापालाई समर्थन गरेकाले अरू दाजुभाइ पठाउनु हुन्न भन्छन् । तँ के भन्छस् ?"

मैले खराङमनितिर कहीँ राहुतहरू बस्छन रे भन्ने सुनेको थिएँ । फेरि मीनबहादुर त्यसै ताका मात्रै काकाहरूको डेराकोठामा आउनेजाने गर्थे । खासै चिनापर्ची थिएन । त्यसैले मैले राय दिएँ - "बा ! मीनबहादुरसँग मेरो निकटता त छैन । म उत्तिर्ण भएको भए त्यो सिट मलाई दिनोस् भनेर दावी गर्ने थिएँ तर म दावीमा छैन । त्यसैले त्यो सिट तपाईकै क्षेत्रमा रहोस् भन्ने सल्लाह दिन्छु म । एउटा इन्जिनियर बन्छ त्यहाँ । बाबुबाजेले के गरे ? त्यसका लागि छोरानाति दण्डित हुनु हुन्न ।"

मेरो कुरा सुनेर बाले भने - "नानी ! तैले मेरै मनको कुरा भनिदिइस् । मैले पनि त्यस्तै सोचेको थिए ।"

मीनबहादुर गए, इन्जिनियर बनेर आए । आफ्नो क्षेत्रका एम्पीले समर्थन नगरेका भए राणा र शाहका भित्रिया सूर्यबहादुर थापाले पठाउन सक्थे वा सक्दैनथे ? त्यो अर्कै कुरा हो तर एम्पीबाले रोकेनन् । त्यो मेरो भनाइले हुन पनि सक्छ, नहुन पनि ।

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर