index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


बिराटनगरदेखि वीरगन्ज


पिताम्बरकाका छुट्टिएर गएपछि मेरा अभिभावकले भोलिपल्टै यात्राको शुरूगर्ने निर्णय गरे तर हाम्रो त्यो दिनको यात्राको थालनी सफल भएन। हामीले रेल समाउन सकेनौँ र रेल छुट३यो। हुन त हामीले समयमै बिराटनगर छोडेका थियो। जोगवनी पुग्नुभन्दा एक डेढ किलोमिटर अगाडि नै हामी चढेको बसमा बदलिएको थोत्रो जि.एम.सी लरी बाटैमा पसारो परी दियो र ड्राइभर र खलासीले जतिसुकै ठटाए पनि डेग चलेन। साथमा सामान नहुनेहरू त दौडेर गए र रेल समाए। हामी घिउ, चिउरा, चुकअमिलो, तामाटुसा, ओडने ओछयाउने गुन्टा, बाकस आदि बोकेका मानिस दौडेर जान सक्ने सम्भावना भएन र गाडी बनुन्जेल कुरेर बस्यौँ। एक डेढ घ48टाको कुराइपछि हामी जोगवनी पुग्यो र कसैको घरको पेटीमा दिनभर बसेर बेलुका रेल समात्यौँ।

मलाई लागेको थिया मेरो रेलको यात्रा धरान–बिराटनगरको बसयात्राजस्तै हुनेछ तर भएन। त्यो समयको भारतिय रेलको तेश्रो श्रेणीमा भिडको किचाघान थियो तर जोल्टिन थिएन, ठक्कर थिएन। बाटोमा हामीले पुरी कचौरी खायौँ तर दुई छाक नै दालभात खानु पर्ने मलाई पुरी–कचौरीजस्ता चिज खाएर पेट भरिने सन्तोष भएन। बाटोमा नौलो चिज भनेर स्याउ पनि चाख्यौँ र त्यो स्याउ रसबिहीन यति स्याउस्याउ गर्ने थियो कि यस्तै भएर यसको नाम स्याउ राखेको रहेछ भन्ने मैले सोचे र स्याउमा साँचै रस पनि हुन्छ भनेर त मैले धेरैपछि थाहा पाएँ।

यात्रा हाम्रौ त्यति सजिलो थिएन। रेलमा हामीलाई सहयोग गर्नेभन्दा ठग्न चाहनेहरूसँग बढी भेट भयो। रेलका बाबुहरूले हामीसँग मिठो शब्द त बोलेनन् नै २।४ रूपयाँ ठगि नै रहे। 'पहाडी भुच्चड', 'गोर्खे' जस्ता शब्दहरू अपमानित रूपमा हामीले पायौँ तापनि हामीले किच्च दाँत देखाएर ती अपमानपूर्ण शब्दहरूलाई पचायौँ र तीस घण्टाको यात्रापछि रक्सौलमा ओर्लियौँ। रेलबाट विरगंज जान ५।७ हिँडेपछि गर्मीको पिरले फुकालेको जुत्ता रेलमा नै छुटेको मैले थाहा पाएँ। त्यो बेलासम्म नाङ्गै खुट्टा हिँडेको मैले मेरो परदेश यात्राको निम्ति मेरी आमाले किनिदिएका जुत्ता रेलमा नै चढाएछु। मलाई सार्है दुख लाग्या तर मेरा अभिभावकले विरगंजमा आएर अर्को जोर नया जुत्ता किनिदिए।

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर