index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


काठमाडौँ बसाइको शुरूआत




वीस फुट लम्बाइ र आठ फुट चौडाइको कोठामा ६।७ जना गुजारा गर्थ्यौ हामीहरू र यही कोठा नै मेरो काठमाडौं बसाइको थालनी हो। आज आधा शताब्दि पछि त्यो बसाइको घर भत्कियो, नत्र त त्यो घरले मेरो काठमाडौं बसाइको प्रतिनिधित्व गरी नै रहेको थियो र मेरो त्यो अतितलाई जीवन्त राखेको थियो। हाम्रो त्यो डेरामा नाताका बाजे, बाबु, दाजुहरूको समूहमा म फेरि उमेरले पनि र नाताले पनि कान्छो थिएँ। दिउँसो त हाम्रो डेरामा भिनाजुहरू आउँथे, मामाहरू आउथे, जेठानहरू आउथे र अझ ससुरा पनि आई पुग्थे। मुद्दामामिला, पढाइलेखाइ आदिका निम्ति जम्मा भएका थिए ती सबै। दिउसो टुँडिखेलको उत्तर र रानीपोखरीको दक्षिणमा रहेको प्रधान न्यायालयका अगाडि चौरमा बदाम छोडयाएर घाम ताप्दै गफ गर्ने मेरा स्वजनहरूको जमात देख्दा मलाई लागेथ्यो — ‘हाम्रो जमात ठुलै छ।’ तर पछि थाहा पाएँ — त्यो जमातको सहयोग गर्ने सामर्थ्य उनीहरूको त्यो सुदूर गाउँमा सीमित रहेछ। काठमाडौंमा त उनीहरू आफै नै हामीहरूजस्तै निरिह र असहाय थिए। त्यसैले काठमाडौंको मेरो बसाइ सम्पन्नताबाट शुरू भएको होइन।

मैले जान्न थाल्दा हाम्रो पहाड भेकमा काठमाडौंलाई ‘नेपाल’ भन्ने चलन थियो र मेरी हजुरआमा पनि विक्रम संवत २००४ सालतिर नेपाल आएकी थिइन्। दश वर्षपछि म आउदा त्यो बजैको नेपाल काठमाडौं बनिसकेको थियो र नेपाल भने पिँ्कजिएर मेचीदेखि महाकालीसम्म फैलिएको थियो। त्यसैले मैले जहिले पनि काठमाडौंलाई, नेपाल होइन, काठमाडौंको परिभाषामा बुझेको छु।

बसाइको दृष्टिकोणले काठमाडौं तीन भागमा विभाजित थियो। सहर भनिने भाग टुँडिखेलदेखि पश्चिम र विष्णुमतीदेखि पूर्वमा सीमित थियो र त्यो सीमाभित्र बस्नेले त्यहाँभन्दो बाहिरकालाई ‘पाखे’ भनि नहाले पनि गाउँले त पक्कै ठान्थे। बजार भनिने भाग त सहरबाट देवस्थल, दरबार जाने बाटाहरूमा बसेका बागबजार, पुतलीसडक, डिल्लीबजार, नक्साल, बानेश्वर, देउपाटन, महाराजगन्ज, बालाजुजस्ता सडकसँग जोडिएर बसेका घरहरूको समूहलाई भनिन्थ्यो। भैमाल, नैकाप, मटार या जोरपाटीजस्ता ठाउँलाई त यसै पनि काँठ भनिन्थ्यो भने तथाकथित बजारका छेउछाउमा बसेका पर्वते बस्तीहरूलाई पनि सहरियाहरूले काँठभन्दा बढी ठान्दैनथे।

आफूलाई सहर नै ठाने पनि काठमाडौ आफैको आधुनिक सहरको कुनै रूपरंग थिएन। सहरमा मोहीबाट ठेग लिएर खाने प्रशस्त थिए र वर्षभरिको दालचामल जोहो गर्ने चलन थियो। सम्भव भएसम्म मानिस दिशा, सूची पाखामा नै गर्न खोज्थे। त्यसैले बिहान वागमती, विष्णुमतीजस्ता नदी किनाराहरूमा दिशा, सुची गर्नेहरूको लाइन बसेको देखिन्थ्यो। जहाँ पाखा जान सम्भव थिएन ती ठाउँमा घरको छिँडीको एउटा कुनामा या धरबाहिर एउटा छेउमा सानो छाप्रोभित्र टिन राखेर त्यो समस्या समाधान गरिन्थ्यो र भरिएको टिन च्यामेहरूले आएर खाली गराउथे। राजधानीमा मानव बल वाहेक ढुवानीका कुनै साधन थिएनन्। चामलका बोरा बोकेका ठिमीलेहरू, खर्पनमा तरकारी र दहीका कतारा बोकेका या ढुंंग्रामा दुध लिएर आएका काँठेहरूको लस्कर चारैतिरबाट सहरतिर पस्दथ्यो। अलिअलि देखिन्थे गाडीहरू र त्यो पनि त्रिभुवन राजपथले भित्र्यारए सँस्कृतिको थालनी थियो। निजी पानीधार छँदै थिएनन् र भए पनि दरबार र दरबारसँग सम्बन्धित मानिसहरूसँग मात्र थिए। सार्वजनिक धारा त थिए तर चोकमा हुने ती सार्वजनिक धारमा पानी कम आउथ्यो। त्यहाँ रातिदेखि नै लामो लाइन हुन्थ्यो र पानीको निम्ति पँधेर्नीहरूको लुछाचुँडी दैनिक दिनचर्या थियो। ती धारामा लगौटी लगाएर नुहाउने १।२ जना बहादुरले मात्र नुहाउने पालो पाउन सक्थे। हामी त टाढाटाढाका ढुंगेधारामा गएर नुहाउथ्यौ। कति पटक त नुहाउनका निम्ति हामी डिल्लीबजारदेखि बालाजु बाइसधारासम्म पनि पुगेका थियौं। दरबारका लागि स्थापित बिजुलीबत्ती २००७ सालको परिवर्तनले सर्वसाधारणसम्म पुर्यारइए पनि त्यो बिजुलीबत्ती स्वयम् नै राति टुकी बालेर खोज्नु पर्ने हुन्थ्यो।

केही महिना हाम्रो कोठामा भिडमभिड भए पनि मादीबिर्ताको अंशमुद्दा फेरि शुरू अदालतमा पठाइएपछि हाम्रा बाबुबाजे सबै नै घर फर्किए र कोठामा भोलादाइ(भोलानाथ दाहाल, मेरा माहिला बडाबाका छोरा) र म मात्र रह्यौं।



म स्थिर प्रवित्तीको त कहिले पनि भइनँ र त्यसमा पनि १६।१७ वर्षको उमेरमा त स्थिरताको प्रश्न पनि उठेन। भोलादाइ त समय तालिका अगाडि राखेर दिनचर्या बिताउथे। उनको प्रत्येक कार्यका निम्ति पूर्वनिर्धारित समय हुन्थ्यो र उनी त्यो कार्य त्यही समयमा मात्र गर्थे। पढन्तेमा गनिन्थे उनी र अहोरात्रको दुई तिहाइ भाग उनको अध्ययनमा बित्थ्यो। त्यही परिश्रमले नै उनी त्यो सालको एस.एल.सी.बोर्डको परिक्षामा छैठौँ स्थान पाए। भोलादाइ र म त्यो समयका विद्यार्थीहरूका नमुना थियौँ।

‘श्वान निन्द्रा वको ध्यानं काक चेष्टा तथैव च अल्पहारी गृहत्यागी विद्यार्थी पंच लक्षणं’

भोलादाइ यो नमुनाभित्र ठयाक्कै पर्थे। घर त छोडेकै थिए उनले। दुई छाकभन्दा बढी खानु पर्दैनथ्यो उनलाई। उनको निन्द्राले त मलाई आधा पनि पुग्ने थिएन। एउटा अध्ययनमा उनी डेग नचली घण्टौँ बसिदिन सक्थे। काका चेष्टा थियो वा थिएन, त्यो मलाई थाहा भएन तर त्यो गुण पनि पक्कै थियो हेिला। यस्ता गुणहरू भएका विद्यार्थी निकै थिए त्यो बेला र उनीहरू ठुला विशेषज्ञ र दक्ष पनि बने तर शाशक उनीहरू बनेनन्। बरु उनीहरूका ब्याकबेन्चर साथीहरूबाट शाशित भए। उनीहरू सधैँ नै सामाजिक, राजनैतिक, धार्मिक नैतिकताको दायराभित्र बाँधिएर बसे। साथमा पैसा हुदा सिनेमा पिकनिकतिर दौडेर नहुदा भोकै बस्ने युवा प्रवृत्ति उनीहरूमा उनीहरूमा देखिदैनथ्यो। जिन्दावाद र मुर्दावादको नारा बोकेर उनीहरू उच्छिङखल विद्यार्थी बनेनन्। उनीहरू सधैँ पशुपति या अरू कुनै मन्दीर पुग्थे। गायत्री मन्त्र जप नगरी उनीहरूको बिहान शुरू हुन्नथ्यो। दश वर्षको उमेरमा बिहे भएको थियो भोलादाइको तर वास्तविकतामा उनी कुमार र व्रह्मचारी नै थिए। उनको दृष्टिमा ‘मातृवत् पर दारेषु’ थियो। भित्री मनका त के थियो? त्यो त दैव जानोस्। प्रत्यक्षमा त आफ्ना दौतरी केटी साथीलाई पनि उनले दिदीबहिनीको रूपमा हेर्थे। घरमा स्वास्नी थन्क्याएर पढाइ गर्न सहरमा जाने त्यस्ता व्राह्मण सुपुत्रहरू थुप्रै थिए त्यो बेला र आफ्नै ज्येष्ठहरूद्वारा भोगिएकी तरुनी स्वास्नीलाई चोख्याउने सित्तैको कमाइ पनि कतिपयले बेहोर्नु पर्थ्यो।

मेरो जीवन भोलादाइकोजस्तो पटक्कै थिएन। शुरूआत नै हाम्रा अलि फरक किसिमबाट भयो। म मेरी आमा र बजैले हुर्काएको मानिस। मेरो उदण्डतामा अङ्कुश लगाउने लोग्नेमानिस कोही थिएन विधवा आमाबजैलाई त्यो लगाउन सक्ने आँट नै हुन्नथ्यो। म अरूले बाधी दिएको नैतिक दायरामा भित्र बस्नुभन्दा आफ्नै दायरा सिर्जना गर्न खोज्थे। प्रत्येक आउने नया सिनेमा हेर्नै पर्थ्यो मैले। भए चार छाक खान्थेँ, नभए एक छाकमै टुंगिएर बस्थेँ। नाता नपर्ने दौँतरी केटीप्रति आशक्त हुनु अनैतिक होइन भनि ठान्थेँ म र मेरो केटीसँगको संगत देखेर भोलादाइ भन्थे — “तिमी त खालि केटीको पछि लाग्छौ। पढन आएको मानिस रे। पढनु पर्दैन तिमीले?”

यो उनको साँच्चिकै गाली पनि हुन सक्थ्यो या उनको आफ्नो हीनताबोधको परिणाम पनि अथवा दुबै। एउटा आशनमा त म एकैछिन बस्न सक्दिनथेँ। मेरो पढाइको आफ्नै तरिका थियो। कुनै विषयलाई एउटै ठाउँमा बसेर कण्ठस्थ गर्नुभन्दा सो विषयलाई लिएर कहीँ एक्लै फुर्सदको बेला त्यसको चित्रण गर्नु, केलाउनु प्रश्न गर्नु, समाधान निकाल्नेजस्ता काल्पनिक अभ्यास गर्थे म। अथवा दिवास्वप्नलाई पढाएको माध्यम बनाएको थिएँ मैले।

म आएको वर्ष दिन पनि नबित्दै भोलादाइको एस.एल.सी.को परिणाम निस्कियो र उनी बी.एस्सी. एग्रिकल्चर पढ्न भारत गए। त्यसको दुई वर्षपछि छट्टिको समयमा पहाड घर गएका उनको त्यहीँ आउँको बेथाले बिनाउपचार मृत्यु भयो। थुप्रै तन्देरी मरे सो समयमा हाम्रो गाउँमा। औषधी, उपचारको अभावमा कहिले पखालाले, कहिले आउँले, कहिले सन्निपातले, कहिले ठाइफाइड मर्ने कुरा सामान्य थियो त्यो बेला। हैजाले, माइप्रकोप आदि महामारीले त गाउँ नै सखाप पार्थ्यो कहिले कहीँ।



२०१४ सालमा नेपाली कांग्रेसको तर्फबाट भद्र अवज्ञा आन्दोलन शुरू भयो। स्वतन्त्र अभिव्यक्तिको पक्षधर म फुच्चे केटो त्यो आन्दोलनको पछि लागेँ। राजनैतिक होस् या अरू कुनै, अवज्ञा स्वाभाविक हो भनि ठान्थे म। त्यसैले सो समयको नेपाली कांग्रेसको भद्र अवज्ञा आन्दोलनमा पुषका दिनमा पानीका फोहोरा खान दौडनु पनि मलाई अस्वाभाविक लागेन। काठमाडौँको जाडो पुषको दिन। आन्दोलनकारीमाथि पानीका फोहोरा र अश्रुग्यास हानिन्थ्यो। अश्रुग्यासले पोलेको आँखा प्याज लगाउदा पोल्ने कम हुन्छ भनेर छिमेकी घरहरूबाट आमैहरूले काटेको प्याज ल्याएर दिन्थे हामीहरूलाई। नेताहरू भित्र के छलफल गर्थे? त्यो हामीले जान्ने कुरा पनि भएन। हामी त बाहिर विद्यार्थी नेताकापछि लागेका थियौँ। कमल चित्रकार र मार्सल जुलुम शाक्य विद्यार्थी नेता थिए जस्तो लाग्छ मलाई त्यो बेला। हामीले रानीपोखरी छेउको प्रधान न्यायालयको गेट घेरा हाल्यौँ। राजाप्रति भक्ति देखाउने कतिपय न्यायाधिशहरू बिहान सखारै न्यायालयभित्र छिर्थे भने कतिपयले भर्या ङ लगाएर पछाडिबाट छिर्ने प्रयाश पनि गरे। प्रधान न्यायाधिश भने दश बजे आएर दिनभरि गाडीमा टुँडिखेलमा बसेर कार्यालय सकिने समयमा फिर्ता घर जान्थे।

हामीले डिल्लीबजारको चारखाल अड्डा पनि घेरा हाल्यौ। महेन्द्रविक्रम शाह या शाही हामीलाई साथ दिन आएका थिए डिल्लीबजारमा। शायद उनी स्थानिय नेता थिए होलान् नेपाली कांग्रेसका त्यो बेला। म त फुच्चे नै थिएँ तर मेरा पहिलेका सहपाठी काकाहरू कृष्णप्रसाद, फणिन्द्रनाथ, ल73मीप्रसाद त उग्र थिए मभन्दा धेरै। भोलादाइ गएनन् त्यो आन्दोलनमा।

कहाँ के भयो? त्यो हामीहरूले बुझ्न सक्ने कुरा थिएन। बामपन्थीहरू भाग लिएकी लिएनन् आन्दोलनमा? त्यो मलाई सम्झना छैन। तर जे होस् राजा महेन्द्रले संविधान बनाएर निर्वाचन गराउने वचन दिएपछि आन्दोलन रोकियो। २०१५ सालको सम्विधान र २०१६ सालको संसदको कारण नै यही भद्र अबज्ञा आन्दोलन थियो। वामपन्थीहरूले आन्दोलन बीचैमा तुहाएको आरोप लगाए कांग्रेसलाई। शायद कांग्रेसको सामर्थ्य त्योभन्दा बढी थिएन होला या कांग्रेससँग अर्को विकल्प पनि थिएन होला। आन्दोलन सिद्धिएपछि त हामी पनि सेलायौँ।

हाम्रा बाबुबाजुले लड्ने मुद्दा पनि बढो विचित्रको थियो। डेढ सय पर्ष अगाडि नमिलेको अंशबण्डाको नाममा झगडा गर्थे उनीहरू। न्यायाधिशहरूका लागि दुहुनो गाई थियो उनीहरूको मुद्दा। त्यो जान्दाजान्दै पनि आफ्नो सामन्त शेखी जित्न त्यसलाई छाड्न चाहदैनथे र शुरूअड्डादेखि प्रधानन्यायालयसम्म एक दिन एक पक्षले र अर्को दिन अर्को पक्षले घुस खुवाउदै हिड्थे उनीहरू। शुरू अदालतदेखि सर्वोच्च अदालतसम्म पुग्थ्यो उनीहरूको मुद्दा र एउटा बिंगो लागेर फेरि शुरू अदालतमा नै झर्थ्यो। राणा शाशनकालमा घुस लिनेलाई श्री ३ या उनका भाइभतिजाकोमा पोल पुग्छ कि भन्ने डर रहन्थ्यो रे। प्रजातन्त्र आएपछि केही समय त्यो रोकिए पनि फेरि शुरू भएको थियो त्यो चलन।



अधिराज्यको एउटै मात्र विज्ञान कलेज त्रिचन्द्र कलेजमा प्रवेश पाउन मैले सकेसम्म प्रयास गरेँ तर त्यो प्रयासका थुप्रै वाधाहरु थिए। प्रथमत विज्ञान विषयमा प्रवेसको निम्ति चाहिने गणित नै थिएन मेरो। मैलेत नागरिक शास्त्र विषय लिएर एस.एल.सी उत्तिर्ण को थिएँ। दोश्रो, सो समयको राम्रै परिक्षा परिणाम भए पनि मभन्दा अझ राम्रा विद्यार्थी भएकाले मैले कलेजमा स्थान नपाएको हुन सक्थ्यो तर मभन्दा कम योग्यता भएका कोही कसैले पाएकाले त्यहाँ सबै कुरा न्यायसंगत थियो भन्ने कुरामा भने मलाई विश्वास छैन किनकि त्यसरी पाउनेहरु शक्तिशाली व्यक्तिका सन्तानहरु थिए । लीलानाथबाले मलाई यहाँ पनि सहयोग गर्ने प्रयास गरे। कांग्रेसी नेता सूर्यप्रसाद उपाध्यायका भाइ शारदाप्रसाद उपाध्याय शिक्षाविभागका डाइरेक्टर थिए र लीलानाथबाले उनीसँग मलाई सहयोग गरी दिन आग्रह गरे। डाइरेक्टरको आश्वाशनमा भर गरेर मैले धेरै पटक उनीकहाँ धाएँ तर, उनको वाध्यता जेसुकै होस, मैले प्रवेश पाइनँ। अन्ततः तीन महिनासम्म दौडदा पनि केही नलागे पछि कोही कसैले त्रिचन्द्र कलेजकै सुविधा प्रयोग गर्ने गरी अघिल्लो वर्ष मात्र खुलेको पब्लिक साइन्स कलेज (जो पछि यसका सँस्थापक अमृतप्रसाद प्रधानको नाममा अमृत साइन्स कलेजमा परिणत भयो) मा भर्ना हुन सल्लाह दियो र मैले त्यहीँ प्रवेश लिएँ।

सो समयको काठमाडौंमा शिक्षाको ठुलो माग पनि थिएन र संभावना पनि थिएन। काठमाडौंमा दरबार स्कूल, जुद्धोदय स्कूल, पद३मोदय स्कूल र भर्खर भर्खर मात्रै खुलेको नन्दिरात्री विद्यालय मात्र थिए भने पाटनमा एउटा र भक्तपुरमा पनि एउटा स्कूल मात्र थिए। पढने मानिस कम थिए र पढाउने ठाउँ पनि कम। शिक्षाप्रति आकर्षण कम थियो, आकर्षण हुनेले पढ्न पाउने संभावना अझ कम। मेरा नातागोता कोही थिएनन्, न चिने जानेका नै कोही थिए। घरबाट महिनावारी खर्चका निम्ति बिराटनगरसम्म मानिस पठाएर त्यहाँको राष्ट्रबैंक शाखाबाट पठाएको ड्राफ्टबाट पैसा लिन पनि सरकारी अधिकारीलाई जमानी राख्नु पर्थ्यो र मसँग त्यस्तो जमानी राख्ने मानिस नै हुदैनथ्यो।

एक पटक महिनौसम्म पनि आएन। घरबाट पैसा पठाएको ड्राफट नम्बर पनि आयो तर ड्राफट आएन। खान थिएन, साहुले पत्याउने कुरा पनि थिएन। वाध्य भएर म राष्ट्रबैंकको केन्द्रिय कार्यालय वसन्तपुर पुगेर खोजी गर्दा त्यो रकम दुई महिना अगाडि नै भुक्तानी भएको जवाफ दिए।

“मैले त लिएको छैन” — मैले आफनो दलिल राखेँ।

“के गरौँ त हामी? पैसा त लगिसकेको छ। तिम्रा साथीभाइ कसैले लगेकी? एकपल्ट त्यही खोजी गर न।” — कुनै एउटा बुज्रुग कर्मचारीले सल्लाह दियो।

त्यो त मेरो समाधान थिएन। कहाँ जाऊँ म मेरो त्यो पैसा खोज्न? मेरो रुनु बाहेक अर्को विकल्प थिएन र त्यही बसेर रुन थालेँ। मेरो रुवाइ त्यो कार्यालयको हल्लीखल्ली नै भयो। बैँसमा त म ४० केजीको पाँच फुटे मानिस, त्यो बेला त झन दार्हीै जुँगा पनि राम्रोसँग पलाई नसकेको १६ वर्षे केटे। त्यो बालक झैँ देखिने मानिस रोएको देखेर त्यहीँ बैंकमा काममा आएका एक सज्जनले माया लागेर वा दिक्क लागेर मलाई हाकिमकहाँ पुर्याखएर भने — “यो केटाको पैसा हराएछ। तल बसेर धुरुधुरु रोइरहेको रहेछ।”

हाकिमले मेरो कुरा सुने र सम्बन्धित कर्मचारी बोलाए। सम्बन्धित कर्मचारीले खासखुस गरेपछि हाकिमले भने — “उसलाई बोलाऊ त।”

बोलाएको मानिस आयो र फेरि केही बेर खासखास खुसखुस चलेपछि हाकिमले भने — “ल अहिले नै गर। म उसलाई यहीँ रोकी राख्छु।”

हाकिमको आदेशले म त्यहीँ नै बसिरहेँ र नभन्दै एक घण्टा पनि नबित्दै मैले आफनो रकम पाएँ। कसले के गर्योय त्योप्रति मलाई चासो भएन। मैले त हराई सकेको पैसा पाएँ, त्यही मेरो अहोभाग्य थियो। खालि यति मात्र भन्न सक्छु कि मलाई हाकिमकहाँ पुर्या ई दरिलै व्यक्तित्व भएको मानिस हुनु पर्छ अन्यथा हाकिमले भुक्तानी भइसकेको पैसा त्यहीँकोत्यहीँ भुक्तानी दिलाई दिनु पर्ने कुनै कारण थिएन ।

मेरो पढाइ शुरू भयो। मेरो कक्षा त दुई महिना अगाडि नै शुरू भई सकेको रहेछ र म मात्र पछाडि परेको रहेछु।



काठमाडौ प्रवासको मेरो पहिलो लक्ष थियो विज्ञान विषय पढ्नु। त्यो बेला राज्यभरिमा त्रिचन्द्र कलेज मात्र थियो विज्ञान पढाउने र मैले त्यहीँ नै प्रवेश लिनु थियो। मेरा स्थानिय अभिभावक कोही थिएनन्। त्यसैले मेरा आफू समानका दाजु या भिनाजु कसैले प्रवेश आवेदनको विधि पुर्याीएर निवेदन दर्ता गरिदिए र म प्रवेशको आशा लिएर दिनदिनै त्रिचन्द्र कलेजको प्राङ्गण कुर्न थालेँ।

केही दिनको प्रतिक्षापछि विद्यार्थी प्रवेशको सूची त निस्कियो तर त्यो सूचीमा म परिनँ। किन परिनँ? त्यसका धेरै कारण हुन सक्थे। नागरिकशास्त्र र अर्थशास्त्र लिने विद्यार्थी विज्ञान पढाइको निम्ति अयोग्य हुन सक्थ्यो र छनौट निष्पक्ष भएकोले पनि हुन सक्थ्यो या बलियो सिफारिस हुने व्क्तिले मलाई विस्थ्ापित गनै सक्ने संभावना पनि त्यक्तिकै थियो त्यहाँ। जे होस्, म परिनँ।जुन पढाइको लागि पचास डाँडा र सय खोला नाघ्दै असारसाउनको भेल पार गरेर चुहुँदो झरीमा राजधानी पसेको थिएँ त्यही पढाइमा प्रवेश नपाउनु पिडादायक थियो र जति समय बित्दै गयो मेरो पिडा पनि बढ्दै गयो। मैले प्रवेश निम्ति कलेजका प्रिन्सिपलकोमा पुगेँ। आफ्नो व्यथा सुनाएँ। ठाउँ भए गरी दिने वचन दिएर उनी पन्सिए। लीलानाथबाले सिफारिस गरी दिएका शिक्षविभागका डाइरेक्टरको कार्यालयको ढोका धेरै दिन कुरेँ तर कुनै पार लागेन। मेरो दुर्गमता दूरी उनीहरूलाई साँगा भन्ज्याङभन्दा पर लागेन।

अघि नै भनी सकेँ - मैले प्रवेश लिएँ। अरू विषयमा त म किताब रटेर पनि भ्याउन सक्ने थिएँ तर गणितमा त कोणको निम्ति प्रयोग हुने , , ,  जस्ता ग्रिक अक्षर मेरो लागि नबुझने अभिव्यक्तिहरु थिए। एस.एल.सी. मा अतिरिक्त गणित लिएका भोलादाइले मदत गरे तर आफू बुझ्ने तर अर्कालाई बुझाउने क्षमता वृद्धि भई नसकेका केही मात्र सहयोग भयो। यस्तै समस्या अरू ठाउँमा पनि परिरह्यो। मैले प्रयास जारी राखेँ र एक वर्ष पनि नपुग्दै गणितमा अव्बल हुन पुगेँ।

मेरो कक्षा बढो किचित्रको जमघट थियो। त्यहाँ धनकुटा मुसाङ्खेलका डिल्लीबहादुर खड्का थिए, धनकुटा बजारका तुलशी जोशी दिवस थिए, सिन्धुली कोटगाउँका नारायणविक्रम थापा थिए। थिए त्यहाँ काठमाडौं फोहोरा दरबारका अनन्तशमशेर राणा, कुपण्डोलका उपेन्द्रपुरुष ढकाल र ज्ञानेश्वरका आत्मप्रकाश पनेरु पनि। साइकल पनि शोख थियो त्यो जमानामा र थोरै मात्र साइकल चढेर आउथे। हाम्रो कक्षामा भएका छ वटी केटीमध्ये तीन वटी मोटरकारमा आउँथे तीन वटी हिँडेर। दुई वटी सो समयका उत्तरआधुनिक भएर होला ब्लाउज र स्कर्ट लगाएर पुरै मेकअपसाथ कक्षामा आउँथे जो सो समयको काथमाडौको परिवेशका लागि अपाच्य थियो। कक्षामा उनीहरु जतिखेर आए पनि अग्रस्थान दिनु पर्थ्यो र त्यो काठमाडौंको अभिजात्य वर्गबाट आएका विद्यार्थीलाई सह्य थिएन। त्यसैले एक द्यिन कक्षाभित्र समयमै आइपुग्ने केटाहरुले ती स्थान कब्जा गरे। ढिलो आउने केटीहरु आफ्नो ठाउँ खाली नदेखेर ढोकामा नै उभिइरहे। शिक्षक आएर स्थान खाली गरिदिन अनुरोध या आदेश गर्दा पनि सबै केटा पक्ष एक भए। कुरा प्रिन्सिपलकोमा पुगेपछि उनी आए, सम्झाए, हप्काए। अन्ततः अरूले त ठाउँ छोडिदिए, विरोधको नाइके भने त्यही समय कक्षाबाट बाहिर निस्केका फेरि फर्केर आएनन्।



म जमीन र लगानीपातको व्यवशाय बोकेको बिरतावालको छोरो भएको र हाम्रो समाजमा जागिर खाने कोही पनि नभएकाले जागिरदारको स्वभाव कस्तो हुनु परछ र हुन्छ ? भन्ने ज्ञान र अनुभव मलाई थिएन । मेरो काठमाडौँ प्रवेशको शुरूमा नै मेरो जम्काभेट सरकारी जागीरका दुई व्यक्तित्वहरूसँग भयो जसलाई मैले आज पर्यन्त बिर्सन सकेको छैन ।

त्यो बेला शिक्षाविभाग सिंहदरबारमा थियो र त्यसको प्रमुख थिए नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका भाइ शारदाप्रसाद उपाध्याय । कांग्रसीका भाइ भएका नाताले लीलानाथबाले मलाई उनी कहाँ गएर त्रिचन्द्र कलेजमा प्रवेशका निम्ति सिफारिस गरी दिए र डाइक्टरले पनि 'यसो बेलाबेलामा आएर सम्झाउदै गर्नु, म ठाउँ खाली भएपछि प्रवेश गराई दिउँला' भनेर आश्वासन दिए । मलाई त्यभन्दा ठुलो भरोसा के हुन सक्थ्यो र ? त्यही विश्वासको त्यान्द्रो समाएर म कैयौँ हप्ता उनी कहाँ धाइरहेँ तर मेरो चाकरी सफल भएन । न उनले प्रवेश नै दिलाए, न दिलाउन सकिनँ भनेर स्पष्ट जवाफ दिए । त्यो बेलाको शिक्षाको त्यति उच्च आसनमा बसेका व्यक्तिले म जस्तो झन्डै जंगली अवस्थाजस्तो दुर्गम गाउँबाट आएको केटालाई आश्वासन र अलमलमा राख्नु जागिरदारको महत्ता हो कि ?

पिताम्बरकाका वनारस पढ्न गएकाले उनले स्थानान्तर प्रमाणपत्रको लागि ताकेतापत्र पठाए । मैले पनि त्यो बेलाको परिक्षा नियन्त्रक कार्यालय सरस्वती सदनमा गएर सोको निम्त आवेदन दिएँ । पहिले त विद्यार्थी स्वयम् आउनु पर्ने अडान लिए पनि मैले त्यसको व्यवहारिक समस्या देखाएपछि प्रमाणपत्र कार्यवाहक भएका सहायक निरिक्षकले प्रमाणपत्र त दिने भए तर 'आज भएन, भोलि आउनु' भन्ने प्रकृया धेरै दिन चल्यो । एकातिर कलेजमा प्रवेश नपाएको पिडा त छदै थियो, अरकोतिर 'त्यति सानो काम पनि नगरिदिएको' भनेर पिताम्बरकाका गुनासापत्रहरू पठाउथे । त्यसमाथि प्रति दिनको तारेखले आजित भइसकेको थिएँ म । त्यही मानसिक दवाव नै एउटा सोर्हयवर्षे केटाका निम्ति उद्वेग र उत्तेजनाका पर्याप्त मसाला हुन पुग्यो र मैले 'यो त भानुभक्तले भने झैँ भोलि भोलि पो भयो' भनेर आफ्नो क्षुव्धता प्रकट गरेँ । सहायक नै भए पनि नियन्त्रकको कुर्सीमा बसेका हाकिमलाई आफ्नो अपमान भएको ठानेर रिस उठाउन पर्याप्त थियो र उनी कड्की हाले - "जाऊ, हुदैन तिम्रो काम । झन मिलाई दिऊँ भनेको ता यस्तो नाप्पिएको कुरा गार्ने ।"

जुन स्थितिमा मैले त्यो भनेको थिएँ त्यही स्थितिमा भएको भए उनी पनि त्यसै भन्ने थिए होलान् तर मेरोजस्तो उनको स्थिति थिएन । उनी परिक्षा नियन्त्रकको कुर्सीमा बसेका हाकिम थिए, म निगाहा माग्न गएको विद्यार्थी । त्यसैले मैले झुक्नु पर्ने थियो होला तर मैले पानि आफूलाई निर्दोष ठानेर प्रतिवाद गरेँ । साना र ठुलाका बीचमा विवाद चलेको देखेर त्यहीँ सोफामा बसेका मतिर हेरेर हप्काए - "सरले दिन्छु भन्नु भएकै रहेछ । यसो १।२ दिन ढिलो त हुन्छ नै । अनि केको विवाद नि सरसँग ?"

मलाई हप्काएपछि उनले हाकिमतिर हेरेर भने - "भई हाल्यो नि । यी आजकलका केटाकेटीको बोल्ने सोमत नै छैन । के बोल्ने, के नबोल्ने ? जान्दैनन् । ल, पर्सि आउनु अब । सरले दिइदिनु हुन्छ ।"

न भन्दै पर्सिपल्ट मैले त्यो प्रमाणपत्र पाएँ ।

त्यो घटनाको ठिक १८ वर्षपछि म सरकारी पदको इन्जिनियर र उनी अंचलाधिश हुदा हाम्रो फेरि जम्काभेट भयो । उनले आफ्नो तिक्ष्ण संझनाशक्तिको उपयोग गर्दै मलाई त्यो घटनाको स्मरण गराउन चाहे तर मैले 'खै त्यो त सम्झना छैन' भनेर टारी दिएँ । उनले त्यो प्रशङ्ग कोट्याउन किन चाहे ? मैले त्यो पट्टि सोचिनँ ।

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर