index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


बिराटनगर


बिराटनगरमा हाम्रो पहिलो बास आज महेन्द्रचोक भनिने बजारअड्डामा पर्यो । त्यो समयमा बजारअड्डाको माहिलाको होटल चल्तीको थियो र ठुलादेखि सानासम्म सबै नै त्यही होटलमा बस्थे। हुटेल भनिने त्यो होटल आजकोजस्तो छाटकाटको नभएर ठुलो भान्साघरजस्तो थियो जहाँ मानिसहरू चुलोको छेवैमा भात खान बस्थे। टेबुलमा खाने भन्नेहरू विद्यालयमा हुने लामो बेन्च र डेस्कजस्तैमा बसेर खान्थे र धोती फेरेर खाने बाहुनहरूका लागि चुलाकै छेउमा बनाइएका चौकामा पिर्काहरू राखिएका थिए। माहिलाका होटेलमा सानासाना बाच्छा बाँध्ने दाम्लाजस्ता मोटा जनै लगाएका बाहुन केटाहरूले खाना पकाउथे। त्यो होटलका मालिकले उब्रिएको भात फाल्थे कि फेरि तताएर खुवाउथे? या ती जनैधारी बाहुन कत्तिको बाहुन थिए? यी प्रश्न कसैले पनि उठाउदैनथ्यो। सबै कुरा विश्वासमा नै चलेको थियो।

मधेसतिरै मामलीघर भएका पिताम्बर काका काठमाडौ नजाने भए। शायद मामलीले सल्लाह दिए होलान ― काठमाडौँ सार्हैा टाडा छ, त्योभन्दा त बनारस धेरै नजिक। हुन पनि हो। मेरो घरबाट त के? बिरानगरबाट नै पनि काठमाडौ धेरै टाडा थियो। जोगवनीदेनि रक्सौल दुई दिनको रेलयात्रा थियो बाटामा कुनै अवरोध नआए। त्यसपछि विरगंज जाऊ र नेपाली रेलको सफर गर अमलेखगन्जसम्म। रेलबाट ओर्ल र गाडीमा चढ भीमफेदीसम्म। भीमफेदीबाट त अरू कुनै साधन थिएनन ठाडो उकालोमा एघार नम्बरमा हिडनु बाहेक। दुई दिनको यात्रापछि अनि पुगिन्थ्यो काठमाडौँ। म नै घर छोडेको सत्र दिनपछि काठमाडौँ पुगेको थिएँ। बनारस जान त धेरै सजिलो थियो। जोगवनीबाट चढेका रेल एकपल्ट कटिहारमा बदलेपछि सिधै पुगिन्थ्यो बनारस। फेरि गाउँघरबाट नै पनि तिर्था गर्न काशी जानेको लर्को लागि नै रहन्थ्यो जब कि नेपाल भनिने काठमाडौ मुद्दा गर्ने मात्र धेरै जाने गर्थे त्यो पनि अति कम। पशुपतिनाथभन्दा विश्वनाथ ठुला र सजिला मानिन्थे सो समयमा।

दिनभरिको थकानपछि हाम्रा अभिभावकले माहिला होटलमा खाटहरू लिए र हामी कोठामा बस्यौँ। साँझ परिसकेको र हाम्रा अभिभावकले हामी चाँडै सुत्छौ भन्ने थाहा पाएकाले हामी खान बस्यौँ। तरकारी त अति पिरो भए पनि मिठो थियो र चामल त बासमती नै थियो क्या रे तर कहिले पनि माड काढेको भात नखाएको मलाइै त्यो भात बालुवाजस्तै स्वादविहीन लाग्यो। झन सधैँ चिप्लो मासको दाल खाएकोले खस्रो रहरको दाल त घाँटीमा नै बिजाएको थियो।

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर