home

उपपति

-- राम दाहाल

राम दाहालका लेखनहरू

१.सहयात्री
२.दस्तावेज
३.कथाकी कुन्ती
४.कालचक्र
५.सौदामिनी
६.छायाँरूप
७.उपपति
८.दोश्रो अध्याय
९. कविता संग्रह
१०.मेरो जीवनयात्रा
११.संवृद्धिशास्त्र
12.Preosperology
१३. कथा बी

ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो घर बसाल्नु पर्ने दुर्भाग्यमय परिपाटीबाट ऊ पनि जोगिन सक्ने संभावना अवश्य नै थिएन। ऊ एक ठाउँबाट अर्को ठाउँमा नसर्न हरसम्भव प्रयास गर्थ्यो। घरधनीसँग कहिल्यै मनमुटावको वातावरण सिर्जना गर्दैनथ्यो। भाडा समयभन्दा अगाडि नै दिन्थ्यो। भर्सक सानातिना मर्मत पनि आफैं गर्थ्यो र समय समयमा घरधनीले बढाउन खोजेको भाडालाई पनि ऊ स्वीकार गर्थ्यो। यी सब प्रयासहरूको केवल एउटै मात्र कारण हुन्थ्यो - डेरा सर्नु नपरोस्, उसका आफ्नो जिवनका दुखसुखका आन्द्राभुँडी देखाउने राम्रा-नराम्रा, नयाँ-पुराना झटीमिटीका टुक्राहरू पुराना सामान बेच्ने लिलामेले गल्ली, टोल र बजारमा सामान प्रदर्शनी गरेजस्तै देखाउँदै हिडनु नपरोस् तर घर घर हो जहाँबाट अन्तिम पटक लाश भएर निस्किइन्छ र डेरा डेरा हो, जहाँ निस्किने प्रतिकृया हेर्दा पटके होइन्छ। प्रत्येक घरधनी र डेरावालको सम्बन्ध दुर्ईका बीचमा मनमुटाव नहुनु, समयमा भाडा तिर्नु, घरधनीलाई झिझ्याहट नदिनुसम्ममा मात्र सीमित हुँदैन। दुर्ई बीचमा जस्तोसुकै सुमधुर सम्बन्ध भए पनि घरधनीले डेरा दिनुको अर्थ उसले आफ्नो सम्पत्ति अर्काको हातमा सुम्पिएकोले ऊ सधै सशङ्कितत हुन्छ र डेरावाललाई पराई ठान्दछ। डेरावाल भने अर्काकै धन भए पनि भोगचलन गरिल्याएकोले त्यो धन आफ्नो निजी अनुभव गर्दछ र घरधनीले अन्तिम सूचना दिई सक्दा पनि बुझ्न नसक्ने बाँदरको छाउरोले मरेकी आमा नछोड्न समाएर चिच्याए झैं ऊ पनि डेरा नछोड्न खोज्छ। त्यसैले उनीहरू बीचमा अन्तर्द्वन्दको संघर्ष चल्छ र विजय जहिले पनि घरधनीकै हुन्छ। डेरावाललाई निकाल्न अरू केही कारण नभए घरधनीकी भान्जीको बिहे त्यही घरबाट हुने टुङ्गो लाग्छ या नातीको पास्नीलाई ठाउँ पुग्दैन या यस्तै अरू कुनै मानविय कारण जन्मन्छन् या जन्माइन्छन् र मानवताको नाताले नै सही डेरावाल डेरा छोड्न बाध्य हुन्छ। अनिलले जतिसुकै सतर्क भएर डेरावालको जिम्मेवारी पुरा गरे तापनि पछिल्ला कारणले बाध्य गरायो उसलाई डेरा सर्न।

'सासूले कुटेको चोट बुहारीलाई मात्र थाहा हुन्छ' भनेजस्तै डेरा पाउन पनि कम कठिनाई छैन भन्ने कुरा डेरा खोज्नेलाई थाहा हुन्छ। 'डेरा यहाँ पाईन्छ' भनेर थाहा पाउन सर्लक होम्स बन्नेुपर्छ। अनिलको कार्यालयका सबै सहभागी र सहयोगी कर्मचारीहरू, साथीभाई इष्टमित्र र आफ्नै रातदिनको दौडधुपपछि डेराघरहरूको सूची तयार भयो। त्यसलाई धेरै जनाको पर्याप्त श्रम र समय लागे पनि त्यो पक्षको कठिनाई शारीरिक र सामुहिक भएकोले अनिललाई कुनै बोझ भएन। हातमा डेराघरको सूची लिएर अनिल पहिलो घरको ढोका ढक्ढकाउन पुग्यो। २।४ मिनट पर्खेपछि एक जना अधबैंसेले ढोका खोल्यो र सोध्यो - "कसलाई खोज्नु भयो?"

आफूले सकेसम्म नम्र भएर अनिलले जवाफ दियो - "हजुर ! डेरा छ रे भनेर आएको।"

बगरेले खसीलाई आँखाले तौले झैं अनिललाई तालुदेखि पैतालासम्म हेरेर तौंलँदै उसले फेरि सोध्यो - "कति जनालाई डेरा?"

डेरा खोज्न भुक्तभोगी भएको अनिलले सहज भएर जवाफ दियो - "म एक्लैलाई।"

घरधनीले अब सहज भएर सहानुभूति दर्शाउँदै भन्यो - "ए ! तपार्ई एक्लैलाई पो। थियो हिजोसम्म तपाईलाई ठीक्क हुने तर अर्कोले लिइसक्यो। अब त घरपरिवारलाई हुने सिंगो फ्ल्याट मात्र बाँकी छ।"

अनिलले त्यो फ्ल्याट हेर्न चाहेन। हिजो थियो भने आज पनि छ डेरा त तर घरधनीलाई दिने चाहना छैन। 'फ्ल्याट हेरौं न त' भनी हाले पनि साँचो श्रीमतीजीसँग हुने थियो र भान्सामा बसेकी श्रीमती माइत पुग्ने थिइन्। डेरा दिन नखोज्नुभन्दा पनि दिन नसक्नुका अनेक कारण हुन सक्थे। घरमा हुर्केका छोरीचेली हुन सक्थे। कान्छी श्रीमती हुन पनि सम्भव थियो या यस्तै अरू कुनै र एक्लो मानिसलाई डेरा दिने खतरा उनी मोल्न चाहँदैनथे।

अनिलले धेर्रै डेरा हेर्यो - कहीं डेरा सानो थियो, कहीं ठूलो। कहीं भाडा धेरै, कहीं उसलाई ठाउँ मन परेन। कहीं उसलाई डेरा दिन त मन थियो तर घरधनी र अरू डेरावालका हुर्केकी चेलबेटीको जमात देखेर आफैं भागेथ्यो। उसको आफ्नो घर भएकोभए ती बाध्यताका बीचमा पनि उसलाई बस्नुपर्ने थियो तर डेरावाल भएकोले घरधनीकोजस्तै उसको पनि डेरा र घरधनी छनौट गर्ने अधिकार थियो। डेरामा बढीभन्दा बढी बस्न सक्ने संभावनामा उसले पनि गौर गर्न पाउँथ्यो।

धेरै दिनको मानसिक र शारीरिक परिश्रमपछि उसले भनेजस्तो डेरा पायो। मूल सडकभन्दा धेरै टाढा पनि नपर्ने तर त्यहाँको होहल्ला पनि नपुग्ने घर पाउन पनि त्यति सजिलो थिएन। त्यो बाहेक घरधनी बुढाबुढी मात्र थिए। देख्दा त उनीहरू सम्पन्न देखिन्थे र घर भाडा लगाएर खानुपर्ने आवश्यक्रा पनि उनीहरूलाई देखिदैंनथ्यो। उनीहरूले आफ्नो घरको एक भागलाई भाडा लगाउनु पर्ने कारण भौतिकभन्दा मानसिक बढी देखिन्थ्यो। अनिल त्यो घरमा पुगेर ढोका घचघच्याउँदा घरकी बुढी निस्किएर सोधिथिन् - "बाबु ! के कामले आउनु भयो?"

उनको भेषभुषा र उनको बोलाइको भद्रतालाई देख्दा अनिललाई आफू गलत ठाउँमा आइपुगेछु कि भन्ने लाग्यो तर यतिसम्म आइपुगी सकेपछि त्यसै केही नभनी जानु ती भद्रमहिलाको अपमान हुने ठानेर अलि हिच्किचाउँदै जवाफ दियो - "खै ! मलाई जानकारि दिनेले थाहै नपाई दिएको हो कि कसो हो? यहाँ डेरा पाइन्छ भनेको थियो उसले।"

"बाबुहरूको कति जनाको परिवार हो?" - महिलाले साधिन्।

डेरा रहेछ भन्ने अनिललाई पक्का भयो र आफूले गल्ती नगरेकोमा सन्तोष पनि लाग्यो। अब उही 'एक जना मात्रैलाई त डेरा छैन ' भन्ने जवाफ आउने पक्का ठानेर डेरा नपाउने निश्चित माने पनि उसले जवाफ दियो - "परिवार त मेरो छैन म एक्लै छु।"

"अनि यसो खान, पिउने बनाउने मान्छे त चाहियो नि !" - उनले सहज प्रश्न गरिन्।

"सधै होटेलमा खाने बानी लागेको मान्छेलाई त्यो पनि किन चाहियो र?" - अनिलले जवाफ दियो।

"त्यसोभए, तपार्र्ईलाई एउटा मात्रै कोठा भए त पुगी हाल्ला नि?" - उनले फेरि सोधिन्।

"पाए दुईटा भए राम्रो। न भए त एउटैले पनि काम चल्छ" - उनको डेरा दिने, नदिने ईच्छा बुझ्न नसकेर एउटा सानो आशाको त्यान्द्रो तान्दै अनिलले जवाफ दियो।

"त्यसो त दुईटा कोठा पनि छ तर एउटैले काम चल्ने भए दुईटाको भाडा किन तिर्ने भनेर पो त।" - बढीयाले उसको शङ्का निवारण गरिन्।

कोठा दिने कुरा बुढीयाको भनाइमा स्पष्ट थियो तर डेरावालको आर्थिक बचावट गरि दिन खोज्ने घरधनीको त्यो ममता देखेर ऊ आश्चर्य चक्रि भयो। उसको धारणामा घरधनीडेरावालबाट जहिले पनि बढी पैसा असुल्न खोज्ने प्राणी थियो र घरधनीप्रति हार्दिक सम्मान उसमा पहिले कहिल्यै पनि आएको थिएन।

"पहिले कोठा हेंरौं अनि पो भन्न सकिएला" - उसले राय व्यक्त गर्योठ।

राय दिन उसलाई त्यति गार्होन परेन। डेरा दिन तयार भई सकेकी घरधनीलाई डेरावाल मन परी सकेको थियो र डेरा लिन निश्चित गरेको अनिलले घरधनीकै इच्छाको निम्ति पनि डेरा अस्वीकार गर्न सक्दैनथ्यो। घरधनीको सल्लाह अनुसार ठिक्कैका दुर्ई कोठा लिने निश्चय गर्योध। हुन त उसका पाहुना आउने खालका कोही पनि थिएन्ने तापनि अदृश्य स्थितिको निम्ति उसले अर्को पनि कोठा लिने विचार गरेपछि बुढीयाले ती दुर्ई कोठा छानी दिएकी थिइन्।


हातमा चियाको गिलास लिएर घरधनी बुढीया आई पुग्दा अनिल कोठामा सामान मिलाउँदै थियो। कोठाभित्र पसेर हातको गिलास कफी टेवलमा राख्दै उनले भनीन्् - "ए ! एक जना भए पनि सामान त निकै रहेछ त। यो सबै मिलाउन बेर लाग्छ। यो चिया खानोस् पहिले अनि मिलाउनु।"

अनिलले बुढीयाको ममतालाई स्वीकार गरेर चियाको गिलास समाउँदै भन्यो - "हरे ! किन दुख गर्नु भएको नि?"

"के को दुःख? आफूलाई बनाउनु परि हाल्थ्यो। एक कप बढी बनाए नि !" - बुढीयाले बस्दै भन्निे - "फेरि वहाँलाई चिया छिनछिनमा चाहिन्छ।"

'वहाँ' भन्नाले उनले लोग्नेलाई भनेकी हुन् भन्न अनिलले बुझ्यो र त्यो छिनछिनको चिया उनलाई मन परेको छैन भन्नेउ नको पछिल्लो कथनले प्रष्ट गर्थ्यो।

"बासँग त मेरो भेट पनि भएको छैन।" - अनिलले बुढाका सम्बन्धमा जान्न खोज्यो।

"बाहिर हिंडडुल गर्न सक्नु हुन्न। बाथले थल्याएको छ।" - बुढीयाले जवाफ दिइन् - "अघि मात्रै तपाईको बारेमा सोध्दै हुनुहुन्थ्यो।"

"म बेलुका बासँग कुरा गर्न पस्छु नि।" - अनिलले आफ्नो आत्मियता देखायो।

बुढीया रित्तो चियाको गिलास लिएर फर्किन्। अनिल फेरि सामान मिलाउन थाल्यो।



बेलुका चाँडै होटलमा खाना खाएर अनिल आफ्नो डेरामा फर्कदा घरधनीकहाँ पस्यो। उसको डेरा त्यही घरमा भए पनि पस्नु पर्ने बाटो छुट्टै भएकोले घरधनीकोमा भित्रैबाट आवत-जावत हुन सक्दैनथ्यो। हुन त घरधनीको तर्फबाट उसको लङमा पस्न सकिन्थ्यो तर त्यो घरधनीको तर्फबाट मात्र खुल्ने हुनाले उनीहरूको इच्छामा भर पर्दथ्यो। त्यसैले ऊ मूलढोकाबाट भित्र पसेर ढोका ढकढकायो। उसको ढकढक्याइ सुनेर भित्रबाट आवाज आयो - "को हो?"

"म, अनिल, नयाँ डेरावाल।" - उसले जवाफ दियो।

एउटी अधबैंसे स्वास्नीमानिसले ढोका खोलेर उसलाई बैठकमा बसाई र भित्र पसी र एकै छिनपछि फेरि बैठकमा आएर भनि - "भित्रै आउनोस् रे !"

अनिल त्यो आईमाइको पछिपछि गयो। ऊ कोठाभित्र पस्दा बुढाबुढी कोठाको सोफासेटमा बसेका थिए। बुढा पुरानो खालको कपडाको गाता भएको क्रिाब पढ्दै थिए र बुढी स्वेटर बुनिरहेकी थिइन्। ती दुर्ईको तन्मयता देख्दा ती निकै बेरदेखि नै एक अर्कासँग न बोलेर आ-आफ्नो काम गरि रहेछन् भन्ने प्रष्ट हुन्थ्यो। भित्र पस्नासाथ अनिलले गरेको अभिवादन सुनेर बुढीयाले आफ्नो हातको काम आफ्ना अगाडिको टेबलमा राख्दै भनीन् -"ए, बाबु ! लौ आउनुहोस्, बस्नोस्। खाना पिना त भयो?"

"खाएँ।" - अनिलले अगाडिको एक्लो सोफामा बस्दै जवाफ दियो।

अनिलको जवाफ सुनेपछि बुढाले आफ्नो आँखाको चस्मा झके र क्रिाब काखमा राखेर अनिललाई हेरे। बुढाको हेराई भावविहीन र अन्वेषणात्मक थियो। अनिललाई असजिलो लाग्यो। एक छिन हेरेपछि उनले भने - "त्यसोभए यहाँ बस्न आउन तपाई नै हो?"

बुढाको भनाइ प्रश्नात्मक नभएर निश्चयात्मक थियो। उनको भनाइले अनिलले बुझ्यो कि बुढीयाले बुढासँग ऊबारे केही कुरा गरिसकेकी थिइन्।

"हजुर।" - अनिलले सकेसम्म नम्र भएर जवाफ दियो - "अहिले यहाँ पनि यसो चिनापर्चि गरूँ भनेर पसी हालेको।"

बुढाले रोबिलो तर मैत्री स्वरमा भने - "हो त नि, एउटै घरमा बस्ने भएपछि एक अर्कासँग चिनाजानी त गर्नु पर्छ नि। अँ, अनि तपाईको घर कहाँ नि?"

अनिलको निम्ति त्यो प्रश्न सधै नै नौलो र कहिले पनि नटुंगिने फेरो। १५ बर्षदेखि ऊ आफूले भाडा तिरेर बसेको छ भिन्दा भिन्दै घरमा। त्योभन्दा अगाडि उसकी आमा तिर्थिन् र अझ अगाडि बाबु।

"खै ! कहाँ भन्नेहजुर? जसले जिन्दगीभर सधै भाडाको घरमा बसेको छ त्यसको घर कहाँ भन्ने? आजदेखि यहीं नै मेरो घर।" - अनिलले भनाइलाई सकेसम्म हास्यमय बनाउन खोज्दै कटुता प्रकट गर्योक।

"ठीक भन्नेु भा, बाबु, ठीक।" - बुढाले घत मानेर भने - "त्यत्रो बर्ष पल्टनमा बसियो, खै कहिल्यै घर चाहिएको थिएन। जहाँ बस्यो त्यहीँ घर हुन्थ्यो। अहिले यी घर भनेर बुढाबुढी कुरेर बसेका छौं। के हुँदो रहेछ र?

"उमेरमा त जहीँ तहीँ घर। बुढेसकालमा चैं खुट्टा पसार्ने गुँढ चाहिंदो रहेछ नै।" - बुढीया बुढासँग सहमत भइनन ्।

"के गुँढ भन्छेस्, बुढीया ! यसलाई 'काल पर्खने दुलो' भन् न। वरिपरि आफन्तहरूको न्यानोपन भए मात्रै गुँढ हुन्छ।"

बुढा किन स्विकार्थे बुढीको कुरा !

"छोराछोरीहरू कहाँ छन् नि अहिले?" - छोराछोरी भए नभएको थाहा नपाई यस्तो प्रश्न गर्न हुन्न भन्नेजान्दाजान्दै अनिलको मुखबाट फुत्त निस्किई हाल्यो।

"माउले ओथारा त पखेटा नलागुन्जेलसम्म दिनुपर्ने न हो। पखेटा लागेपछि त उडे, गए।" - बुढाले दार्शनिक भावमा जवाफ दिए।

"छोरो पल्टनमा नै छ। बुहारी र केटाकेटी पनि उतै छन्। छोरी आफ्नै घरमा छन्।" - बुढीले बुढाको भाषा अनुवाद गरिन्।

"त्यो त सबैको उस्तै हो नि। काम काजी भएपछि सबैका छोराहरू आमाबाबुसँग बसी रहन सक्दैन्ने। छोरीहरूको त झन् कुरै छोडी दिऊँ। उनीहरू त यसै पनि छोडेर जाने जात।" - अनिलले सन्तोष दिनखोज्यो।

"'छोराछोरीले छोडे' भन्ने गुनासो होइन, भाइ। 'बुढेस कालमा एक्लै छौं' भन्ने भनाइसम्म हो।" - बुढाले ठट्टा गर्दै भने - "सधैं हामी बुढाबुढी आपसमा गुनासो गरेर चित्त बुझाउँथ्यौं। आज तपाई आउनु भयो। सधैंको हाम्रो गुनासो तपाईलाई पनि सुनाई राखेका मौका पाएर।"

"अब त्यो मौका पर्खनु पर्ने आवश्यक्रा रहेन। म सधैं नै यही घरमा रही रहन्छु। जतिखेर आवश्यक पर्योक त्यति नै खेर उपस्थित गराए हुन्छ मलाई।" - अनिलले हाँस्दै जवाफ दियो।

र उपस्थित हुँदै पनि गयो अनिल कर्णेल योगराजको कोठामा।


कर्णेल योगराजको उमेर लगभग ७० बर्षको थियो, यदि मानिसको वर्तमानलाई हेरेर उसको अतित तौलनु पर्ने भए रोगले जर्जर भएर वाथले थलिएको त्यो बुढो कुनै समयमा द्वितिय विश्वयुद्धको सिपाही थियो भनेर कसैले पनि भन्न सक्ने थिएन। अहिले त उनको त्यो सिपाही जोस शब्दहरूमा सीमित थिया, त्यो पनि केही शब्दहरूमा मात्र। सिपाहीबाट सुरु गरेको जिन्दगी कर्णेलमा आएर टुंगिएको थियो र आफूले गरेको प्रगतिप्रति उनलाई सन्तोष थियो। आफूलाई दिइएको मान-सम्मानको कारणले फौज र फौजीजीवनप्रति उनको अपार श्रद्धा थियो। उनी अतितका कुरा गर्न चाहन्थे। आफ्नो जीवनमा घटेका घटनाहरूका वर्णन सुरु गर्थे र त्यसलाई सुनिदिने मानिस खोजी गर्दथे। नेपालको पहाडी कुनाबाट इटालीसम्म छान्दै हिँडेको सिपाहीको निम्ति आज संसार एउटा कोठाभित्र सीमित थियो। एउटा रेडियो पनि साथमा नभएको भए त उनको विश्व शायद आफूभित्र नै सीमित रहने थियो होला। उनको सम्पर्कमा आएर बस्ने कुनै पनि व्यक्तिले उनको कुरा सुनिदिने धैर्य राख्न सक्नु पर्थ्यो। उनको फौजी रोवलाई सहनु सक्नु पर्थ्यो र उनीद्वारा आफ्नै किसिमले व्याख्या गरिने राष्टि्रय, अन्तरराष्टि्रय घटनाहरूको विवेचनालाई बुझी दिने प्रयास पनि गरी दिनु पर्थ्यो। बाहिरी विश्वसँगको उनको सम्पर्क त्यही रेडियोको माध्यमद्वारा हुने हुनाले उनका विवेचना अतितको सोचाइमा वर्तमानको प्रसारित घटनाक्रमहरूको आलोचना हुन्थ्यो। अहिलेका केटाकेटीमा पहिलेकाकोजस्तो ती73ण बुद्धि छैन, अहिलेको पढाई पहिलेजस्तो स्तरिय छैन। अहिलेको फैजमा पहिलेकोजस्तो अनुशासन छैन अथवा अहिलेको राजनीतिमा पहिलेकोजस्तो ईमान्दारी छैन। यस्तैयस्तै हुन्थे उनका आलोचनाहरू। हुन त अनिल उनको भनाइसँग पटक्कै सहमत थिएन तर एउटा कोठामा सीमित बुढाको भावनाप्रति असहमति जनाएर कुनै विद्वत्ता प्रकट गर्नु या कुनै उपलव्धि हासिल गर्नु नपरेकोले उनको भनाइलाई स्वीकार गरिदिन्थ्यो र उनका जतनसाथ आफूभित्र जोगाएर राखिएका धारणाहरूलाई लान्छित र क्षत हुनबाट जोगाउथ्यो तर उसले आफ्ना सम्बन्धहरूलाई डेरावालको स्थितिबाट बाहिर भनभ राखेन। ऊ समयमा नै भाडा बुझाउँथ्यो र घरधनीले गार्होन माने पनि भाडा लिन लगाई छाड्दथ्यो। घरधनीको स्नेह ऊमाथि भए पनि विना भाडा घरमा बसेर उनीहरूको कृपापात्र ऊ हुन चाहँदैनथ्यो र उनीहरूलाई आफ्ना आफन्तमा जोड्न पनि इच्छा थिएन उसलाई। बाबुले त छोरोसँग रिसाएर एक दिन छुट्याएर राख्छ भने एक दिन थोत्राथाम्रा बोकेर हिंड्न बाध्य हुनुपर्ने डेरावालले घरधनीसँग टाँसिन खोज्नु मखमलमा खाँडीको टुक्रा गाँस्नुजस्तै हो भन्ने धारणा थियो उसको।

अनिल कुनै सम्पन्न परिवारमा जन्मेको होइन। हुन त उसका बाबु रहुन्जेलसम्म जन्मदै डेरामा बस्नु परे पनि उसले कुनै असम्पन्नता भोग्नु परेको थिएन। उनीहरूको जीवन एउटा सामान्य मध्यम वर्गीयकोजस्तै थियो, कमाउनु, ल्याउनु, खानु। उसका बाबु मिष्ट र शिष्ट भाषी थिए। स्वाध्यायनले दार्शनिक थिए। जागिरमा मुखियाबाट सुब्बासम्म भए। आमा भविष्यको सुरक्षाको निम्ति करकर गर्थिन्, कति दिन बोल्दिनथिन्, झोक्राउथिन् तर बाबुको व्यवहारमा कुनै परिवर्तन हुँदैनथ्यो। न उनी धेरै खुसी हुन्थे, न दुःखी। उनको अनुहारमा दुख, सुख दुवैले फरक ल्याउँदैनथ्यो र उनको भावमा पनि फरक पर्दैनथ्यो होला। भूत र भविष्यभन्दा वर्तमानलाई मात्र विशेषता दिने अनिलको स्वभाव पनि बाबुबाटै आएको थियो। ऊ १३ बर्षको हुँदा बाबु मरे र आमाले अरू ३ बर्षसाथ दिइन। त्यो समयदेखि अनिल एक्लाको एक्लै थियो।

१५ बर्ष लामो जीवन संघर्षमा अनिलले स्नातक सम्मको पढाइ कमायो र एउटा स्थायी नोकरी पनि। कुनै पनि परिस्थितिमा निर्विकार र अविचलित हुने स्वभाव उसले बाबुबाट सिकेको थियो र त्यही स्वभावले गर्दा उसले आफूलाई कहिले पनि दुखी ठानेन। सुखदुखका भावनाविहीन व्यक्तित्वले गर्दा स्वास्नीमानिस उसको सामिप्य लिन हिचकिचाउथे र कोही आइपुगी हाले पनि २।४ दिनमा नै वाक्क भएर पर हुन्थे। त्यसैले गर्दा न उसले आफैं बिहे गर्न सक्यो, न उसको बिहे गरिदिने कोही मानिस नै थिए तर यसले उसमा कहिले पनि हीनभावना ल्याएन। मानिस आउनु, जानु उसको परिभाषामा 'केवल घटनाचक्रको एउटा सानो अंश मात्र हो' भन्नेथियो। त्यसैले कसैको आउनु र जानुले उसलाई केही पनि फरक पार्दैनथ्यो चाहे त्यो आउने जाने जोसुकै किन नहोस्।

शनिबारको दिन भएको र जिउमा केही सञ्चो पनि नभएकोले अनिल कोठामा इजिचेयरमा बसेर पढिरहेको थियो। कर्णेल्नीले आधा फब्ल्याटो लगाएको ढोकाबाट अनुहार देखाउँदै भन्निे - "ए ! बाबु त बाहिर जानु भएको रहेनछ नि ! म त ढोका लाउन बिर्सिएको हो कि भनेर चियाएकी।"

अनिलले आफ्नो हातको क्रिाब काखमा राखेर उनीतिर फर्कदै भन्यो - "आज कुनै खास काम पनि थिएन र अलि सञ्चो पनि नभएकोले निस्किनँ।"

कर्णेल्नी अझै भित्र नपसेको देखेर फेरि भन्यो - "भित्र पस्नोस्। किन बाहिरै?"

उनले भित्र पस्दै जवाफ दिईन् - "बाबुको केही काम छ कि भनेर नै।"

"छैन। आज के को काम हुनु? छुिट्टको दिन पनि काम गरेर साध्य हुन्छ?" - अनिलले तुरुन्तै जवाफ दियो।

कर्णेल्नी अनिलको अगाडि अर्को इजि चेयरमा बस्दै भन्निे - "मलाई पनि फुर्सद त कहाँ छ र? आज छोरी आउने भएकी छ। उसलाई यसो कोठासोठा मिलाई दिनु छ। फेरि छोरी आउने पहिलो दिन यसो खानासाना पनि त हेरी दिनु पर्योी।"

"के केटाकेटी पनि सबै आउने?" - अनिलले सोध्यो।

"केटाकेटी भन्ने नै कति छन् र? एउटी छोरी न हो। जुवाइँ परलोक भएपछि त उसलाई मैंले देखेको पनि छैन।"

बुढीयाको भनाइमा पीडा थ्यिो। जुवाइँ मरेर पहिलो पटक विधवा छोरीको मुख हेर्नु पर्ने बाबु आमाको कष्ट उनको मुख देख्दा अनिलले केही अन्दाज गर्न सक्यो। उसले केही बोल्नु उचित ठानेन।

बुढीया भन्दै गइन् - "चालिस बर्ष पनि पुगेको थिएन जुवाइको उमेर। भरखर को खाउँखाउँ, लाउँलाउँ भन्नेउमेर नै। जुवाइँ दुर्घटनामा परेर स्वर्गे भयो भन्दा म त मुर्छा परें भने त्यो छोरीको झन् कस्तो हालत भयो होला?"

"के गर्नु? सबैभन्दा बलियो यो काल नै हो कसैले पनि जोरी खोज्न नसक्ने।" - अनिलले सकेसम्म सहानुभूति देखाउँदै भन्यो।

बुढीयाले उसको कुरा सुन्नि वा सुन्निेन तर आफ्नो सुरमा भन्दै गईन्।

"ल हेर्नोस् त ! पैंतीस पुगेकी छैन, त्यत्रो लामो जीवन कसरि एक्लै बिताउने? तै छोरा भएका भए पनि त 'छोरा छन्, गर्छन्' भन्नेु हुन्थ्यो। एउटी छोरी छ १० बर्षकी। अर्को १० बर्षभित्र त त्यो पनि अर्काको घरमा जान्छे। कस्को सहारामा बस्नु अनि?"

"छोरीले पनि त आमा बाबुको हेरचाह गरि हाल्छन् नि।" - अनिलले बुढीयाको पीरलाई सहानुभूति दिनखोज्यो।

"आ ! के पाल्छन् छोरीले, अर्काको छोराको बसमा पर्ने जातले? कहीं जुवाइँ पनि आफ्नो छोरोजस्तो हुन्छ?" - बुढीयालाई अनिलको भनाइले कुनै सान्त्वना दिएन - "मैंले कति भने - 'आ ! एउटी छोरीले मात्र हुँदैन, छोरो पनि चाहिन्छ' भनेर तर आजकलका उरण्ठेउलाले हामी बुढाबुढीको कुरा सुने पो ! उल्टै 'छोरी पनि छोरा सरह नै हो, एउटै छोरी हुर्काउन कति गार्होर हुन्छ? उहिलेकोजस्तो जुग हो र पायो छोडी दिने गर्ने?' भनेर मलाई नै उडाए। अब अहिले हेर ! छोरो भए कस्तो हुने थियो।"

बुढीयाको वेदना अब आएर गुनासोमा झरी सकेको हुनाले अनिलले अरू थप्नु अनावश्यक ठानेर मौन भएर क्रिाबका पाना खेलाएर बसिरह्यो। बुढीयालाई मौनता सह्य भएन र सोधिन् - "बाबुले किन बिहे न गर्नु भएको नि अहिलेसम्म?"

अनिलले त्यस्तो प्रश्नको निम्ति तयार थिएन। त्यसैले तुरुन्त जवाफ दिन सकेन। बिहेजस्तो कुरामा उसको कुनै धारणा नै नभएकोले ओठे जवाफ उसको मुखबाट निस्कन सक्दैनथ्यो। उसले अल्मलिएर जवाफ दियो - "खै किन भन्ने? लगन नजुरेकी हो कि आफूले खोजेजस्तो जोडी नपाइएको हो? खै कहिल्यै कुरो मिलेन।"

बुढीयाले तुरुन्तै भनी हालिन् - "आ ! बिहेजस्तो कुरोमा पनि निच मारेर बस्नुहुन्छ? कस्तो केटी न मिल्नु? यसो आफू मिल्दी केटी हेर्योु, कुरा चलायो, छिन्यो। लगन त अनि आई हाल्छ नि।"

सजिलो थियो बुढीयाको समाधान मानौं बिहे जीवनको कुनै ठूलो पाइला होइन। केवल एकादशीको बर्तजस्तै पात्रो हेर्योक, निधो गर्योप, बर्त बसि दियो। मानौं स्वास्नी संकल्प पढिने कर्मपात्रजस्तै हो जसमा दुर्ई थोपा गंगाजल कुश, तिल, जौ हाली सकेपछि जस्तोसुकै संकल्प पनि पढ्न हुने, जस्तो पनि दान दिन मिल्ने। पसलमा गएर टाउको माफिकको टोपी छाने झैं आफू माफिककी स्वास्नी छान्ने सल्लाह दिई रहेकी थिइन् उनी तर एउटी चेतनशिल स्वास्नीमानिसको तुलना जड टोपीसँग कसरि गर्न सक्थ्यो र अनिलले?

"त्यसो पनि हुन सक्ने हो तर लगन आएपछि मात्र न त्यसो होला।" - अनिलले बुढीयासँग तर्क गर्नु कुनै कारण न देखेकोले जवाफ दियो।

"अँ, त्यो त हो। लगन त आउँनै पर्छ।" - बुढीयाले सही थापिन् - "कसैले तपाईको खाएकी भए मात्र ऊ दुलही हुन आइ पुग्छे।"

बुढीयाको भनाइमा अनिलले चित्त नबुझे पनि कुनैप्रतिवाद गरेन। उनको बिहेको सिद्धान्तमा तर्क गर्न नचाहेर पर सार्न गरिएको भनाइलाई बुढीयाले आफ्नै किसिमले आफ्नो सोचाइ र क्षमता अनुसार परिभाषित गरिन् भनेर विवाद उठाउनु जरुरी थिएन।

केही समयपछि कणेल्नी गइन्।

अफिसमा कुरा हुन्थ्यो - घनश्यामकी स्वास्नी सारै कडा छ, ऊ लोग्नेलाई जहिले पनि शङ्काको दृष्टिले हेर्छे र लोग्नेको प्रत्येक पाइलामा चियो गर्छे। घनश्यामको आचरण र व्यवहारलाई हेर्दा भने ऊ त्यस्ती होली भन्ने अनिललाई क्रै पनि लाग्दैनथ्यो। घनश्याम एकदम फुक्का प्राणी देखिन्थ्यो। त्यस्तै हुदो हो त बढी सतर्क र सशङ्कित हुनुपर्ने उसकी स्वास्नीले घनश्यामको स्वास्नीमानिसप्रतिको सम्बन्धमा बाधा पुर्यानएको कहीं पनि देखिदैनथ्यो। अफिसका १६ बर्षभन्दामाथिका सबै स्वास्नीमानिसहरू घनश्यामलाई वरिपरिबाट घेरेर उसको खिल्ली उडाउँथे तर उसको चाटुकारिताले उनीहरू सधैं पराजित हुन्थे र त्यो पराजयमा सधैं नै ती स्वास्नीमानिसहरूमा हर्षको अनुभूति भएको अनिल देख्दथ्यो। एउटी मात्र भए घनश्यामसँग लजाएर, मुस्कुराएर कुरा गरिरहेकी हुन्थी, दुईटी भए छेडखानी र व्यंग्य कस्दथे र धेरै भए छिल्लिएर खित्का छेाड्दै हाँस्दथे। स्वास्नीमानिसहरूको यो स्वभाव अनिलले कहिले पनि बुझ्न सकेन र कसैबाट बुझ्ने प्रयास पनि गर्न सक्दैनथ्यो।

घनश्याम कुनै सुन्दर मान्छे पनि थिएन र अनिल जत्तिको जिउडाल मिलेको खाइलाग्दो पनि होइन तर उसको बोलीचाली र लवजमा कुनै पनि स्वास्नीमानिस रिझन सक्ने प्रतिभा भने अवश्य थियो। १८ बर्षकी अनुजासँग कुरा गर्दा २० बर्षे केटोले झैं फिल्मि लवजका डाइलगहरू प्रयोग गर्दथ्यो। पप संगितका धुनहरू सुनाउन सक्दथ्यो र आधुनिक फेसनमा टिका टिप्पणी गर्दथ्यो। अनुजालाई टिपेर फिल्म गएको अनिलले देखेको थियो र अनुजाका दौतरी साथीहरूसँग पिकनिकमा घनश्याम नाचेको कुरा पनि सुनेको थियो। तर ४० बर्षे लिलालाई त्यही घनश्याम मेकअपको फाउण्डेशन र कोल्ड क्रिमको गुण र प्रकृति भट्याई दिन्थ्यो। लोलिताको कथा सुनाउँथ्यो। ओडिपस कम्प्लेक्स र इलेक्ट्रा कम्प्लेक्सको भिन्नेता व्याख्या गर्थ्यो। अरू त अरू चर्को स्वभावकी अधबैंशे आभा दिदी पनि घनश्यामसँग आँखा जुँध्दा एक निमेष टक्क रोकिएर आँखा निहुराएर जान्थिन् र घनश्यामले नवावी तालले सलाम गर्दा पुलकित भएर मुस्कुराउँथिन्। यौनसँग यस किसिमका व्यवहारहरूको के सम्बन्ध हुन्छ? त्यो अनिललाई थाहा थिएन तर एउटा कुरा प्रष्ट थियो, कुनै न कुनै रूपमा सबै स्वास्नीमानिसहरू घनश्यामलाई प्रेम गर्थे।

घनश्याम अनिलको दौतरी हुँदो हो -उमेरको हिसावले, तर पनि यी दुईका बीचमा कुनै मित्रता थिएन, शत्रुता न भए पनि। अनिल घनश्यामलाई कलियुगि कृष्ण ठान्दथ्यो र घनश्याम अनिललाई प्रेमविहीन सन्त। उनीहरूको एकप्रति अर्काको धारणा स्वास्नीमानिसहरूले एक अर्कोलाई सुनाई दिइसकेका थिए। एउटाका धारणाले अर्काको लक्ष र चाहनाको बाटो नकाटुन्जेल दुई लोग्नेमानिसका बीचमा मित्रता या शत्रुता उत्पन्न हुने संभावना नहुदा र उनीहरूबीच निकटता नहुदा यसले उनीहरूमा एक अर्कोप्रतिको सम्बन्धमा कुनै कटुता ल्याएन तर दुर्ई विपरित विचारधारा राख्ने मानिसहरू र दुर्ई असमानान्तर रेखाहरूले कुनै न कुनै विन्दुमा गएर काटिन कर लाग्छ र सो समय उनीहरूको आपसको भौतिक दूरीमा भर पर्दछ। अनिल र घनश्यामको भौतिक दूरी एउटै कार्यालयमा काम गर्ने हुनाले अति सीमित थियो। त्यसैले उनीहरूमा आपसी टक्कर पर्नु पनि स्वभाविक भयो। लञ्चको छुिट्टको समयमा घनश्याम महिला मण्डलीको समूह लिएर कार्यालयको क्यान्टिनमा ठूलो टेबलमा बसेको थियो। अनिल पनि आफ्नो प्लेट हातमा लिएर बस्ने ठाउँ खोज्न थाल्यो। अरू दिनभन्दा आज निकै भिड भएकोले घनश्यामको टेबलभन्दा अर्को ठाउँ पाएन र आफूलाई यहाँ बस्न चाहना नभए पनि बाध्यतावस त्यही टेवलको छेउमा पुग्यो। प्लेट बोकेर आएको उसलाई देखेर चपल सावित्रिले भनी - "ल, आज त अनिलजीले पनि हामीलाई साथ दिन लाग्नु भयो।"

अनिलले हातको प्लेट टेवलमा राख्दै भन्यो - "साथ त म सबैलाई दिन्छु। कहिले कसैलाई, कहिले कसैलाई। खालि आज तपाईहरू पर्नु भयो।"

"अनिलजी ! क्षणिकसाथ कसले पो खोज्छ र? सधैंको लागिसाथ दिन सके पो।"- सुन्दरी तर कटुभाषि मृदुलाले व्यङ्ग गरी। सबै स्वास्नीमानिस गलल्ल हाँसे।

"खै, कहिले पो आउला त्यो दिन !" - घनश्यामले मुस्कुराउँदै भन्यो। उसको मुस्कुराहटमा व्यंग्य झल्कन्थ्यो।

"जरुर आउँछ। किन न आउँला र सबैको आउँछ भने?" - अनिलको स्वरमा गम्भीरता भरिए पनि मुखको मुस्कुराहट भने गएन।

"मैंले त क्षमताको कुरा गरेको पो त।"

घनश्यामको त्यो भनाइले सबै स्वास्नीमानिसले एकै चोटि खित्का छोडे। अनिल अकमक्क पर्योस।

"कस्तो क्षमता?" - अनिलले कुरो बुझे पनि मर्यादा नाघ्न नसकेर सोध्यो।

"सबैले त बुझ सके। तिमीमा त्यही क्षमता नभएर त हेाला नि यो क्षमता भन्नेकुरा बुझ्न नसकेको।" - अनिलले हाँस्दै भन्यो र मृदुलातिर हेरेर थप्यो - "होइन त मृदुला?"

मृदुलाले रमाईलो मानेर नाक र आँखी भौ खुम्चाएर मुस्कुराउँदै भनी - "खै, को नि ! तपाई लोग्नेमानिसहरूका कुरा हामीलाई के थाहा?"

"हुन त हो। म सोध्ने पो कस्तो? हाम्रो अनिल बिचरालाई पनि के थाहा?" - घनश्यामले चित्त बुझेजस्तो गरेर गम्भीर अनुहार बनाउँदै भन्यो। सबै स्वास्नीमानिसको मुखबाट फेरि हाँसो फुस्कियो।

पहिलो पटक नाघी सकेको मर्यादाको ल73मणरेखा घनश्यामले छोप्नुको साटो लाजै नमानी फेरि पनि नाघेकोले अनिलले अब पनि उसको चुनौती नबुझे झैं गरेर चुप लाग्नु नामर्दी ठानेर जवाफ दियो - "यदि तिमीले यी स्वास्नीमानिसले चित्त बुझेर हाँसेको सही क्षमताको कुरा गरेको हौं भने त्यसले परिक्षण पनि हुन सक्दैन र?"

यसरी घनश्यामसँगसँगै आफूहरूलाई पनि अनिलले एउटै त्यान्द्रोमा उनिदिएर ब्रम्हास्त्र छोडेकाले सबै स्वास्नीमानिसहरूको रतिरागले उज्यालो भइरहेको अनुहारमा एकै चोटि गम्भीरता आयो। आफ्नो कति समय देखिको प्रयासले आनन्दित समुहलाई अनिलको एक वाक्यले नै चिसो पानी खन्याएजस्तै साम्मसुम्म पारेकोले घनश्यामले उसको भनाइलाई चुनौती मानेर जवाफ दियो - "सामर्थ्य मुखले होइन। कामले देखिन्छ, अनिल। गरेर देखाउन सक त।"

अनिलले आफ्नो ओठमा मृद मुस्कान ल्याएर भन्यो - "ठीक भन्यौ। सामर्थ्य कामले मात्र देखिने कुरा हो। केवल प्रत्येक बगरे कहाँ राखेको मासु देखेर पुच्छर हल्लाउने कुकुरलाई फालिदिएको एक एक टुक्रा हड्डीले बनेको थुप्रोलाई शिकार भनेर सोच्छौं तिमी। शिकार त त्यो बाघ को हो जो एक्लै गएर शिकार मारी आफू कहाँ घिसारेर ल्याउँछ।"

लोग्नेमानिसको बीचमा द्धन्द सुरु हुन लागेपछि पराया स्वास्नीमानिसहरूले मौन हुनु नै उपयुक्त हुनाले सबै स्वास्नीमानिस खान व्यस्त भए झै गर्न लागे र घनश्यामले कुनै पनि स्वास्नीमानिसबाट केही सहयोग पाएन। उसले व्यङ्ग्यात्मक भावमा भन्यो - "श्याल कराउँदैमा बाघ हुँदैन, अनिल।"

अनिलले हाँस्दै जवाफ दियो - "स्याल कहाँ कराएको हो र, घनश्याम? यो त बाघ गर्जेको पो त। तिमीमा बाघ र स्यालको आवाज छुट्याउन सक्ने तीक्ष्णता नै छैन। तिमीलाई आफ्नो पौरुषतामा त्यत्रो गर्व रहेछ। भन, तिमीले असंभव ठानेको काम म गरेर देखाई दिऊँ?"

"के असंभव काम?" - घनश्याम यस पटक साँच्चै गम्भीर देखियो।

"त्यो अहिले किन भनी रहनु पर्यो ? त्यो काम भइ सकेपछि तिमीले हारेर पनि स्वीकार गर्नु पर्नेछ कि त्यो असंभव काम सम्भव भयो भनेर।" - अनिलले मुस्कुराएर नै जवाफ दियो - "भन समय कति दिन्छौं मलाई त्यसको निम्ति? महिना दिन?"

"महिना दिन मात्रै?" - घनश्यामले खिस्सी गरेर भन्यो - "तिमीलाई त एक जुग पनि दिन सक्छु।"

"होइन, मलाई महिना दिन भए पुग्छ।" - अनिलले जवाफ दियो - "तर एउटा कुरा। यो कार्य पूर्तिमा कसैको, चाहे तिम्रै पनि, अनिष्ठ भयो भने मलाई दोष दिन भने पाउँदैनौ नि तिमी। यही समूह साक्षी छ।"

"ठीक छ, ठीक छ। दोष दिन्न।" - घनश्यामले वास्तै नगरी भन्यो।

उनीहरूको कुरा सुनेर लिलाले भनी - "लोग्नेमानिसहरूको यही बेहोरा नहुने। कहाँ ठट्टै ठट्टाको कुरोलाई लिएर साँच्चै गम्भीर भइदिने। अब यसको परिणाम कुन स्वास्नीमानिसले भोग्नु पर्ने हो?"

उसको कुरा सुनेर घनश्यामले जवाफ दियो - "के आत्तिनु भएको, लिला दिदी? कहीं मुसोले पनि खेती गर्छ?"

"मुसो भए खेती नगर्ला तर शिकार खोजी हिडेन भन्दैमा मुसो भन्न कहाँ मिल्छ र? - लिलाले संशय उठाई, - "फेरि मुसै भए पनि अर्काको खेति चोर्छ। थाहै नपाई पहाडै खोक्रो पारी दिन्छ। पैरो गएपछि न थाहा हुन्छ त्यो त।"

"म घनश्यामलाई पुर्वाभाष पनि दिन्छु, लिला दिदी, कि त्यो मुसोले उसलाई नोक्सान पुर्यािउने छ।" - अनिलले मुस्कुराएर थप्यो - "यदि घनश्यामले यो बाजी राख्न नचाहेमा अझै पनि समय छ।"

"बरु म सक्दिन भन, अनिल। म त बाजी फिर्ता लिने पक्षमा छैन।" - घनश्यामले फुर्तिसाथ जवाफ दियो।

"तब त ठीकै छ।" - अनिलले कुर्सीबाट उठ्दै भन्यो र लिलातिर हेरेर थप्यो - "यो टेबलमा मेरो तर्फबाट कुनै अभद्रता हुन गएको भए सबैसँग क्षमायाचना छ।"

अनिल नवाबी तालले झुक्दै हातले सबैलाई सलाम गरेर मुस्कुराउँदै बाहिर निस्कियो। अनिलको त्यो नौलो चाला देखेर सबै स्वास्नीमानिस एक छिन अकमक्क पर। केही छिनपछि सावित्रीले खित्का छोडेर हाँस्दै भनी - "अब अनिल पनि हाम्रो घनश्यामजस्तै नक्कले हुन थाल्यो। सिकारु भए पनि सुहाउँदो रहेछ।"

टेबुल छोडेर अफिस फर्कदा लिलाले सावित्रीलाई भनी - "शाकाहारी बाघलाई रगत सुँघाउने काम राम्रो भएन, सावित्री ! घनश्यामको घर उजाडिन सक्छ।"

"त्यो बघिनी?" - सावित्रीले आश्चर्य मानेर उसको मुखमा हेरी।

"बाघको पञ्जामनि बघिनी स्वतः खुम्चन्छे।" - लिला दार्शनिक भएर जवाफ दिई।

"के गर्नु त अब? हामीले गराएको होइन।" - सावित्रीले वेवास्ता जनाई।

"र हामी त्यसलाई रोक्न पनि सक्दैनौं।" - लिलाको स्वरमा दार्शनिक भावुका अझै पनि थियो।

अनिल र घनश्यामको होडबाजी अफिसमा एउटा चर्चाको विषय भएको थियो र यसमा दुर्ई पक्ष विपक्षमा बाँडिएका थिए त्यस कार्यालयका सहकर्मीहरू। घनश्यामको भनाइलाई गम्भीरतामा लिएर उत्तेजित नहुनु पर्ने हो अनिलले भन्ने बहुसंख्यक स्वास्नीमानिसको राय थियो भने लोग्नेमानिसको मर्दपनकै हस्सी उडाएपछि उसले त्यसलाई चुनौतीको रूपमा लिनु बाहेक अर्को उपाय रहँदैन भन्ने अधिकांश लोग्नेमानिसको विचार थियो तर विषय व्यक्तिगत भइसकेकोले कोही पनि यसबारे उनीहरूसँग सोधपुछ गर्न र जानकारी लिन अप्ठ्यारो मान्दथे।

डाइनिङ टेबलको घटनापछि कार्यालयमा मानिसका भावनाप्रति केही फरक देखिनु स्वाभाविक थियो। अनिलको सौम्यता पछाडि उग्रता पनि भएको कुरा सबैले स्वीकारे। त्यो बेला उपस्थित हुनेले पनि र नहुनेले पनि। फलस्वरूप अनिल स्वतः हुलको एउटा चेहरा भन्ने धारणाबाट एउटा व्यक्तित्व ठानिन थाल्यो। स्वास्नीमानिसहरू आ-आफ्ना समस्याको समाधान ऊसँग गएर खोज्न थाले र लोग्नेमानिसहरू उसलाई आफ्नो समकक्षीको रूपमा सम्मान गर्न लागे। अनिलको असंभवलाई संभव बनाउने बाजी पौरुषत्व र आँटको नमुना भएर निस्कियो र ऊसँग सहमत असहमत दुवै पक्षले उसको दृढतालाई मान्न कर लाग्यो।

यसरी मानिसले आफूप्रतिको धारणालाई बदलेको देखेर अनिलले अनुभव गर्योर कि यो परिवर्तन त्यही बाजीको परिणाम हो र उसले तोकेको समयभित्र बाजी पुरा गर्न सकेन भने मानिस स्वतः फेरि बदलिएर जानेछन् र उसको स्थिति असाध्य हुन पुग्नेछ। सधैंको एकाकिपनबाट वाक्क भएका मानिसहरू सधैं नौलोपन खोज्छन्, पराइका उत्पीड्नमा आनद मान्छन् र प्रोत्साहित गर्छन। बक्सिङ, साँढे जुधाईजस्ता पीडादायी खेलहरूका सिर्जना यस्तै स्वपीडनबाट पीडित मानिसहरूको दुःखलाई कम गराउनलाई नै गरिएको हो भन्ने उसको धारणा थियो तर नाउबाट पानीमा हाम फाली सकेपछि एउटा किनारामा त उसले पुग्नु नै पर्योा। आत्मसम्मानले गर्दा त्यही नाउमा फर्केर जान ऊ सक्दैनथ्यो।

अनिलको यो तेश्रो चियाको कप थियो र कुनै सोखले होइन बाध्यतावस पिइरहेको थियो। एक कप चिया पनि नलिई कन रेस्टुराँको टेवल ओगटिरहन नमिल्ने देखिएकोले उसले चिया समाइरहेको थियो अन्यथा आधा घण्टाको बीचमा ३ कप चिया खान त्यत्ति सजिलो थिएन उसका लागि।

यदि उसलाई सूचना दिने स्रोत पक्का हो भने पूर्णिमा निस्की सक्नु पर्ने हो - उसले मनमनै सोच्यो। यदि यो कप सिध्याउँदा पनि ऊ ननिस्किए अर्कै उपाय गर्ने विचार गरेर फेरि सडकतिर हेर्योन। अफिस, स्कुल जाने समय धेरै अगाडि नै बितिसकेकोले फाट्टफुट्ट २।४ बाहेक सडक सुनसान थियो। एक्का दुक्का गाडी र साइकलहरू ओहोरदोहोर, ओहोरदोहोर गदैं थिए। अनिलले चियाको सुर्को तानेर फेरि सडक तिरै आँखा घुमायो। सडकको पल्लो छेउमा पूर्णिमा देखा परी अथवा पूर्णिमाजस्तै स्वास्नीमानिस देखा परी र यताउति नहेरी आफ्नो गन्तव्यतिर हिंडी। अनिलले टेबलमा छुट्टाएर राखेको पैसा टिपेर हतारहतार उठ्यो र पैसा काउण्टरमा राखेर बाहिर निस्कियो।

लगभग ५०/६० मिटरको अन्तर राखेर ऊ पूर्णिमाको पछि लाग्यो। पहिलो त ऊ सडकको अर्कोतिर भएको र दोश्रो यसै काम नभएर हिंडेको मानिसको चालाले पाइला चलाई रहेकोले पूर्णिमाले कसैले उसलाई पछ्याइरहेछ भन्नेअनुभव गर्न सक्ने थिइन पछाडि फर्केर हेरेकी भए पनि तर उसले पछाडि फर्केर हेरिन र उसले हेर्नुपर्ने आवश्यकता पनि थिएन। न ऊ कुखुरे बैंशकी तरुनी थिई, न ऊ कुनै नकाम गर्न जान लागेकी थिई। उसलाई कसैले पछ्याई रहेको भए पनि केही अन्तर पर्ने थिएन। ऊ त आज बर्त बसेकीले पशुपति दर्शनलाई हिंडेकी थिई। उसको मनमा कुनै पाप थिएन र मनमा पाप नभएपछि शङ्का पनि थिएन।

पूर्णिमा बस स्टपमा आई पुग्दा त्यहाँ कोही पनि थिएन। सामान्यतः त्यो बस स्टपमा मानिस कमै हुन्थे। त्यसमा पनि त्यो मध्यान्हमा झन् को हुन सक्थ्यो? यदि बस खालीजस्तै नदौडने भए त्यो स्टपमा गाडी कमै रोकिन्थ्यो। पिक आवरमा त रोकिदैं रोकिदैनथ्यो।

अनिल बस स्टपमा पुग्दा पूर्णिमा बस आउने बाटोतिर आँखा लगाएर उभिरहेकी थिई। ऊ पूर्णिमाभन्दा २।४ मिटर परै उभिएर सोध्यो - "बस रोक्छ यहाँ?"

कसैको प्रश्न सुनेर पूर्णिमाले टाउको घुमाएर अनिललाई हेरी र भावविहीन स्वरमा भनी - "दिउँसो त रोक्दा रोक्छ।"

अनिलले देख्यो-पूर्णिमा नराम्री होइन। उसको उमेर त्यही बर्ष तीसेकको हुँदो हो, पातली तर जिउ डालमा दोष लाउन नमिल्ने। बाँधिएको कपालको जुरो मोटो नै देखिएकोले कपाल लामै हुनुपर्ने अन्दाज अनिलले काट्यो तर उसको अनुहार भावविहीन र आँखा निश्तेज देखिएकोले गार्हस्थ्य जीवनमा कटुता प्रशस्त छन् भन्ने बुझन्थ्यो। स्वरमा कुनै कर्कशता नभए पनि कटुता पर्याप्त थियो।

पहिलो कदममा नै त्योभन्दा अगाडि बढ्नु अनिलले उचित ठानेन, आखिर पूर्णिमाको गन्तव्य स्थान नै उसको पनि भएकोले उसले बोल्ने ठाउँ प्रशस्त पाउन सक्थ्यो। हतारिएर पूर्णिमालाई शङ्का उव्जाउनाले प्रतिक्तिया विपरित हुन सक्थ्यो। ऊ आफ्नै सुरमा उभिएर बस पर्खी बस्यो।

आधा घण्टा कुर्दा पनि बस नआएकोले अनिलले दिक्दारीसाथ आफैंलाई भने झैं गरेर भन्यो - "खै, बस त आउँदैन क्यारे। ट्याक्सी समाउनु पर्छ कि के हो?"

"यस्तै हो बसको यहाँ। कहिले एक घण्टा पनि कुराई दिन्छ। उनीहरूलाई के बितेको छ र?" - पूर्णिमाले सहयात्रीको गुनासोमा सहमति जनाई।

अनिलले पहिलो ट्याक्सी रोक्यो र भन्यो - "म त पशुपतितिर जान लागेको। तपाई पनि त्यतैतिर जाने हो भने लगी दिन सक्छु।"

पूर्णिमाले 'हुन्छ, हुँदैन' झट्ट निर्णय गर्न न सकेर अलमलिंदै भनी - "हुन त मेरो पनि उतै जाने हो तर बस आइ हाल्ला नि। तपाईलाई केको दुख?"

अनिर्णित स्थितिमा आदेशात्मक निर्णयको आवश्यक्रा बुझेर अनिलले भन्यो - "कति कुर्नु हुन्छ त्यो बस? एक घण्टामा पनि न आउन सक्छ। अहिले नै आए पनि तपाईलाई त्यहाँ पुग्न एक घण्टा त त्यसै लाग्छ। आउनोस्, बस्नोस्।"

चिन्नेु न जान्नेुको नयाँ मानिसको सौहाद्रता लिनु पर्दा असजिलो मान्दै पूर्णिमा ट्याक्सीको पछिल्लो ढोका खोलेर भित्र पसी। अनिल पहिले नै अगाडि बसेको थियो। दौडँदै गरेको ट्याक्सीमा अनिल आफ्नै सुरमा फतफतायो - "हामी जागिरेले त सधैं बसको भर पर्नु पर्ने। यस्तै चालाले त जागिर नै उडाई दिन बेर छैन। बेलामा कहिल्यै आउने होइन।"

अनिलको आफूसँग बोल्न खोज्ने चाहना देखेर चालकले पनि थप्यो - "सद्धे हुँदा त बसको चाला यस्तो छ। आज त झन् यताको बाटो ब्लक छ। घुमेर जानु पर्छ गाडी। बस के आउँथ्यो अनि?"

"त्यही त भन्या।" - अनिलले आफ्नो कुरा पोख्ने मौका पायो - "बाटो बन्द गर्ने भएपछि अगाडि नै सूचना दिनु पर्दैन। जहिले मन लाग्यो तैले ट्वाक्क थुनी दियो भयो। हेर न, आफ्नो त अहिले फेरि अफिस नपुगी नहुनेछ। आज सोमबारे औंशी वर्त लिएपछि एकपल्ट यसो पशुपतिको दर्शन गरि हालूँ भनेर आएको। यस्तो छ ताला।"

अनिल पूर्णिमालाई विश्वास दिलाउन चाहन्थ्यो कि उसले ट्याक्सि लिनुको कारण केवल हतार भएर मात्र हो। उसलाई प्रभाव पार्न लिएको होइन र पशुपति पूर्णिमालाई पछ्याएर आएको पनि होइन। खास कामले नै जान लागेको हो।

"आ ! हजुर ! हामी ट्याक्सीवालालाई पैसा बढी लियो भनेर गाली गर्छन्। ट्याक्सी भएन भने कतिको अर्जेण्ट काम बित्छ।" - चालकले पनि ट्याक्सीको महत्व दर्शाउने मौका चुकाएन।

केही समयपछि ट्याक्सी गौशालाको नजिक आइपुग्न लाग्दा अनिलले पूर्णिमातिर फर्केर सोध्यो - "तपाईलाई कहाँ रोकि दिऊँ?"

"तपाई पशुपतिसम्म जाने भए मलाई पनि पशुपतिमै छोडि दिए हुन्छ।" - पूर्णिमाले उसलाई नहेरी जवाफ दिई। ट्याक्सी दौडँदै गयो।

ट्याक्सीबाट निस्केपछि पूर्णिमाले आफ्नो भाग ट्याक्सीको भाडा दिन खोजी तर अनिलले लिन मानेन। उसको धन्यवादसम्म मात्र स्वीकार गर्योे।

पशुपतिकोसामु गएर अनिलले आफूले तीन दिन लगाएर कण्ठस्थ गरेका संस्कृतका शिव स्तोत्रहरू आँखा चिम्लेर धेरै बेर पाठ गर्योर। उसले शुद्ध भन्यो वा भनेन, त्यसमा केही महत्व थिएन किनकि त्यसको शुद्धतालाई जाँच्न सक्ने दर्शनार्थीहरूमध्ये कोही पनि थिएन्ने र भट्टजीहरूको ध्यान ऊपिट्ट छँदै थिएन। आँखा खोलेर हेर्दा झट्ट यसको आँखा उसैलाई हेरिरहेकी पूर्णिमामा पर्योा। पूर्णिमाको आँखामा कौतुहल थियो र आश्चर्य पनि। उसले सोचेकै थिइन कि त्यस किसिमका लुगा लगाउने मानिस पण्डितले झैं स्तोत्र भट्याउन सक्ला। अनिलले आफ्ना आँखा हटाएर भगवानको दर्शन गर्योय र बाहिर निस्कियो। एक दिनमा यति नै चाहेभन्दा बढी भइसकेको थियो।


बेलुका खाना खाएर घर फर्केपछि अनिलको कोठाको ढोकामा एउटी सानी केटी चिहाउन आइपुगी। अनिलले लख काट्यो 'यो कर्णेलकी नातिनी हुनुपर्छ। त्यसैले आरामी कुर्सीबाट नउठीकनै उसले भन्यो - "भित्रै आऊ न। किन बाहिर उभिएकी?"

केही लजाउँदै भित्र पसी। उसको उमेर १० बर्ष जति हुँदो हो। गोरी, सलक्क परेकी त्यो केटी खुकुलो ब्लाउज र फ्रकमा टुपुक्क परेकी राम्री देखिन्थी। उसलाई लजाएको देखेर अनिलले सोध्यो - "तिम्रो नाम के हो?"

"अरुणा" - केटीले निहुरेर नै जवाफ दिई।

"अरुणा। नाम त राम्रो रहेछ। किन त्यसरी लाज मानेकी? बस न यता सोफामा" - अनिलले सोफा देखाउँदै भन्यो।

तर अरुणाले आफ्नो ठाउँबाट नसरी भनी - "जिज्यूबुवाले बोलाउनु भएको छ तपाईलाई।"

"ए, जिज्यूबुवाले। ल हुन्छ। म आउँछु एक छिनपछि।" - अरुणाको बस्ने इच्छा नदेखेर जवाफ दियो।

"साथै लिएर आउनु भन्नेु भएको छ।" - अरुणाले पाइलो सारी।

बस्दा पनि नबस्ने, नलिई पनि नजाने बालहठको अगाडि अनिलले झुक्नै कर लाग्यो र हातको किताबलाई थन्क्याएर उठ्दै भन्यो - "ल हिँड त त्यसोभए।"

अरुणा अघि लागि र अनिल ढोका बन्द गरेर उसको पछिपछि लागेर कर्णेलको कोठामा पुग्यो। उसलाई भित्र आएको देखेर कर्णेल्नीले हत्तपत्त भन्निे - "लौन नि ! किन यसरी बेपत्ता भएको? - "

अनिलले मुस्कुराउँदै सोफामा बसेर जवाफ दियो - "लौ ! कहाँ वेपत्ता हुनु? दुई दिन त भयो नि न आएको।"

"हेर, अझ दुई दिन मात्र पो भयो रे त्यहीं पल्ला कोठाको मान्छेको कुरा पनि।" - कर्णेल्नीले अचम्म मानीन् - "वहाँ करसाहेवलाई चाहिं केही पो भयो कि भन्ने कत्रो पीर !"

"मलाई मात्रै किन भन्छेस्? तँ आफैलाई पनि भन् न।" - कर्णेलले चस्मा खोलमा राख्दै भने, - "मैंलेभन्दा बढी उही कराउँथी।"

"हो त नि। पीर लाग्दैन त? आज त मनले नै मानेन र यो नातिनीलाई 'जा त अंकललाई बोलाएर ल्या' भनेर पठाएकी।" - बुढीयाले थपिन्।

"तर प्यादा दरो रहेछ। कालले छोड्ला प्यादाले छोडेन।" - अनिलले मुस्कुराउँदै भन्यो।

कर्णेल हा, हा हा.... गर्दै हाँसेर भने, - "त्यै त हो, काम दिएपछि फत्ते गरेर त छोड्नु पर्छ त।"

"यो त घोइरी पो छ त।" - अरुणाकी आमाले असहमति देखाई। - "एउटा काममा लागेपछि लाग्यो, लाग्यो गर्ने। कसैले भने पनि आफ्नो जिद्धि छोड्ने होइन।"

अरुणाले रिसाएको भावले छड्के आँखा पारेर आमातिर हेरी।

"बानि त पल्टनियाकोजस्तो हुनु पर्छ। डिसिप्लीन भएको। एउटा काम हातमा लिएपछि त्यो पुरा नगरि आउन पाइन्छ र।" - कर्णेल बुढाले भने - "म लप्टन हुँदा पल्टनमा एउटा रिकुटे थियो। उसलाई जे काम लगाए पनि एउटा न एउटा उम्कने निहुँ निकाल्ने ऊ। काम गर्योग भने पनि आधा मात्र काम गरेर आउने। कति पल्ट कोर्ट मार्शल गरियो तर उसको बानि सुधि्रए पो। जे काम पनि पछि गर्ने भनेर साँच्थ्यो ऊ। धावामा पर्दा त गोली पछि लोड गरुँला नि भनेर बोकेको बन्दुकमा गोली हाल्न न पाउँदै दुश्मनले ढाली दियो।"

कर्णेल आँफूले भनी सिद्धाएर - "हा, हा"गर्दै हाँस्न थाल र अनीललाई कुनै हाँसो न उठे पनि मर्यादाको निम्ति उसले - "हि, हि, हि' गरेर दाँत देखाई दियो।

"सर्धै पल्टनका कति कुरा? आज त अरू कुरा गरे पनि त हुन्छ।" - कर्णेल्नीले नबुझेको कुरा प्रष्ट पारिन्।

"गर न त। मैंले कहाँ रोकेको छु।" - कर्णेलले आपत्ति जनाउँदै टुंग्याए।

"साँची, तिमीहरूको त चिनाजानी नै भएको छैन क्या रे। मेरो पनि सुद्धि कस्तो?।" - कर्णेल्नीले छोरीतिर हेरेर भन्निे - "वहाँ अनिल बाबु ! हाम्रो घरमा डेरा गरेर बस्नु भएको। ऊ मेरी छोरी मधु। अस्ति कुरा गरेकी थिएं नि मैंले 'आउँछे' भनेर। अँ, यो चैं नातिनी, यसैकी छोरी।"

फेरि नातिनीतिर हेरेर थपिन् - "मामा भन्नेु पर्छ नि तैले वहाँलाई, अनिल मामा।"

"उनको र मेरो त चिनाजानी भई सक्यो।" - अनिलले मुस्कुराउँदै भन्यो र मधुतिर हेरेर सोध्यो - "तपाई अहिले कै काम पनि गर्नु हुन्छ कि?"

"गथ। छोडि दिएँ।" - मधुले छोटो उत्तर दिई।

"आफ्नो मन बहलाउन केही काममा अल्झी रहन राम्रो होइन र?"

"सुरुमा त मलाई त्यस्तै लाग्थ्यो तर बाहिर गएर अर्काको सुखी संसार हेर्नुपर्ने पीडाभन्दा एक्लै बसेर सम्झने आफ्नो दुख सजिलो लाग्यो मलाई।"

"अर्काको सुख त जहीं बसे पनि देखिन्छ। अर्काको दुख जहीँबाट पनि सुनिन्छ। यसबाट उम्कन खोज्नु त बेकार प्रयास हो। कंदमूल खाएर जंगलको ओडारमै बसे पनि पशुपंक्षिको दुःख देखिन्छ भने समाजमा बसेपछि हेर्दिन भनेर संभव छैन। हो, तपाईको दुखमा कोही पनि सहभागि बन्न सक्दैन तर यसको माने यो होइन कि तपाईप्रति बहुसंख्यकको सहानुभूति छैन भन्ने। जीवनलाई नकारात्मक पक्षबाट हेर्नु हुन्न, मधुजी, र एउटा दुःखलाई सधैं आफूसँग घसारेर लान पनि खोज्नुहुन्न।

"त्यही त भन्दछु नि म पनि।" - कर्णेलले अनिलको कुरामा सही थापे।

"हो भन्न त सबै त्यसै भन्छन् 'सबैको सहानुभूति छ' भनेर तर सहानुभूति प्रेम होइन। ममता पनि होइन। यो त केवल लोकाचार हो।" - मधुले अनिलको कुरा स्वीकार गरिन। "हो, लोकाचार पनि हो। वास्तविका पनि हो। मानव समूहले एउटा मानिसलाई दिन चाहेर पनि दिने र दिन सक्ने कुरा नै अरू के पो छ र? भन्न्ाोस् त। ऊ अतितलाई वर्तमानमा बदल्न सक्दैन। कसैको दुख लिनै चाहेर पनि लिन सक्दैन। उसले गर्न सक्ने कामको नाम नै लोकाचार हो।"

"यो लोकाचारको फाइदा के त?"

"तपाई आफ्नो भविष्य निमार्णको लागि पाइला चलाउनोस्। त्यसमा लोकले सहयोग गर्छ किनकि ऊ त्यसमा सहयोग गर्न सक्छ। कसैको पनि माया, प्रेम, सहानुभूति, सहयोग उसको क्षमताको आधारमा तौलनोस्। पर नजानोस् यहीं नै हेर्नु होस् न। के अरुणाले तपाईको दुख बुझ्न सकिन भनेर उनलाई दोष दिन सक्नु हुन्छ? कदापि सक्नुहुन्न किनकि तपाईको दुःखको शतांश बुझ्ने क्षमता पनि उनमा छैन। केवल तपाई रुनु भयो भने उनी पनि रोई दिन्छिन् तर तपाईको दुख बुझेर होइन, तपाई रोएको दुखमा। आमा तपाईको दुख बुझेर रुनुहुन्छ, तपाई रोए पनि न रोए पनि। त्यो ममताको दुख हो तर रुनु बाहेक वहाँ अरू के गर्नसक्नु हुन्छ? म तेश्रो मानिस तपाईहरूको परिवारभन्दा परका मानिस तपाईको दुःखको कारण बुझ्छु तर तपाईको आन्तरिक पीडा त अनुभव गर्न सक्दिनँ। त्यसैले सहानुभूति मात्र गर्न सक्छु। तपाईको संसार मजस्ता मानिसबाट बनेको छ। अरुणा जस्ताहरूबाट होइन। आमा जस्ताहरूबाट पनि होइन।"

"मलाई त्यस्तो संसार र समाजसँग के मतलव जसले मेरो दुःख बुझ्न सक्दैन, जो मेरो दुखमा भागिदारी बन्दैन? म पनि त्यही समाजको अङ्ग हुँ। त्यही समाजको एउटा टुका हुँ। समाजमा बसेर पनि समाजले दुखलाई कम गर्न खोज्दैन भने मलाई त्यसको के काम?"

"मधुजी ! यो संसार विशाल माहुरीकतो गोलो हो जो त्यसका सदस्यको समझदारी, सद्भावना र सहयोगमा टिकेको छ। प्रेम, सहानुभूतिले ती सदस्यहरूलाई बाँधेर रोखेको छ, तर त्यो गोलोमा प्रत्येकका आफ्नै सुख र दुख छन्। एउटाको दुखलाई थोरै सीमितले मात्र बुझ्न सक्छन्। बाँकिले त सामूहिक सहानुभूति बाहेक केही पनि दिन सक्दैन्ने। यही दिनुको नाम नै लोकाचार हो, सद्भावना हो।"

"सद्भावना होइन, ढोंग हो, त्यसैले नै यो समाजप्रति घृणा छ मलाई।"

"ढोंग नै सही तर त्यही ढोंगले यो संसार टिकाइरहेछ। तपाई यो समाज छोडि दिनुहोला तर त्यो गोलोमा एउटा माहुरी न हुँदैमा गोलो रित्तिन्छ र?"

"त्यो त हो, अनिल बाबु ! पल्टनको एउटा सिपाही मर्दैमा पल्टन खारेज हुँदैन।" - कर्णेल बुढाको पनि घत बुझ्यो।

"एउटा सिपाहि मर्दैमा पल्टन खारेज हुँदैन। एउटा मौरी नहुँदैमा गोलो रित्तिदैन।" - अनिल भन्दै गयो - "त्यो गोलोमा हजारौं तपाई जतिकै दुःखी होलान् तर तीमध्ये कतिको दुख तपाईले आफ्नो ठान्नेु भएको छ? त्यो पक्ष पनि सोच्नु होला।"

"हो, बुझेकी छैन मैंले अर्कोले मेरो नबुझ दिएजस्तै। यदि एक अर्काको दुख नै न बाँडिने हो भने त्यो समाजलाई त्यसका सदस्यहरूको के काम? मेरो के काम?"

"समाजलाई तपाई चाहिएको होइन। तपाईलाई समाज चाहिएको हो। तपाई आफू नष्ट हुन खोज्नु हुन्छ भने समाजले त्यही सद्भावनाका २।४ शब्द भनेर या कार्य गरेर तपाईलाई रोक्न खोज्छ। समाज आफू वलिदान भएर तपाईलाई जोगाउँदैन। व्यक्तिको निम्ति समूह वलिदान हुन लाग्यो भने मानव समुदाय, सभ्यता, संस्कृति सब नष्ट भएर जान्छ,। त्यसैले आफूलाई नष्ट हुन नदिनोस्। अरूको निम्ति नसही अबोध अरुणाको निम्ति पनि तपाई यही समाजमा शिर ठाडो पारेर उभिनोस्।"

मधु बोलिन। अनिल भन्दै गयो।

"मलाई थाहा छ, तपाईलाई त्यसो गर्न त्यति सजिलो हुने छैन तर जीवन संघर्ष हो र संघर्ष मानविय धर्म हो। त्यसबाट मूक्ति कसै पनि पाइँदैन। यसलाई झेल्नै पर्छ आफ्नो भागमा परेको अंश ठानेर। अरुणालाई यो समाजमा उभिने ठाउँ दिन तपाई मात्र सक्नु हुन्छ। यो उल्टो वटबृक्षमा सन्ततिको निम्ति पूर्वजहरूले दुःखसुख सबै वलिदान गर्नुको नाम इतिहास हो र इतिहासको एउटा अंश बन्नेु प्रत्येक पूर्वजको दायित्व हो र तपाईको पनि।"

"अनिल बाबुले भन्नेु भएको कुरा ठीकै हो नि, नानी। आफ्नो निम्ति नभए पनि छोराछोरीकतो निम्ति बाँच्नु पनि पर्छ, गरी खानु पनि पर्छ।" - कर्णेल्नीले छोरीलाई सम्झाइन्। मधु बोलिन। अनिलले फेरि थप्यो - "चिन्नेु न जान्नेु यो पहिलो भेटमा नै मैले यतिका कुरा भन्न त नहुने हो। शायद मेरो ज्यादति नै भयो होला। चित्त चैं नदुखाउनु होला नि।"

"सम्झाउन, बुझाउन सबैले हुन्छ। झन् त्यसमा पनि तपाई त यो घरको एउटा सदस्य भई सक्नु भएको छ। तपाईको त एउटी दिदी, बहिनी ठानेर उसलाई सम्झाउने, हप्काउने, बाटो देखाउने हक पनि छ।" - कर्णेलले राय व्यक् गरे।

"छोडि दिऊँ यी कुरालाई अब। तपाई लामो समयलाई कि छोटो समयलाई?" - अनिलले मधुलाई हेरे सोध्यो।

"उठ जोगि फटकार छाला। दुईटी आमा छोरी छौं, जहाँ गएर जति बसे पनि त भयो।" - मधुले मुस्कुराउने प्रयाश गर्दै जवाफ दिई।

"त्यो त मुखले भन्नेसम्म पो त,। आखिर घर व्यवहार हेर्नै पर्योु। छोरीको पढाइ छुटाउनु भएन।" - अनिलले प्रत्युत्तरमा मुस्कुराउँदै भन्यो।

"मैंले त वहाँको बेचविखन गरेर यतै बस् भनेको।" - बुढीयाले आफ्नो कुरा व्यक्त गर्न चुकिन्ने।

"भन्नु हुन्छ नि, मुमा, तपाई। भन्ने बित्तिकै बिक्छ र वहाँ?" - मधुले भनी।

"भै हाल्यो नि त्यो जहिले बिक्ला विकोस्। तँ यही नै आएर बस् न त।" - कर्णेल्नीले जोड दिइन्।

"ल भन्नोस् त। म यहाँ आएर सधैं बस्नु हुन्छ?" - यसपल्ट मधुले अनिलको समर्थन लिन खोजी।

"छोराछोरीले आमा बाबु कहाँ बस्न न मिल्ने त होइन।" - अनिल अलि ढिलो स्वरमा भन्यो - "तर कस्को आधारमा को? भन्नेकुरा आउँछ। स्वास्नीमानिस विधवा भएपछि आफ्नो घर गएर बस्नु पर्ने हो। हाम्रो समाजको परम्परा यो छ तर यो कुनै अनिवार्य नियम होइन किनकि घरमा बस्न नसक्ने अथवा नमिल्ने प्रशस्त कारणहरू ह्न सक्छन्। तब तपाईको घरको केही नै थाहा नपाई म कसरि राय दिऊँ?"

कर्णेल्नीले छोरीको अप्ठ्यारोपन बुझेर जवाफ दिइन् - "सासूससूरा त छन् जेठाजूसँग तर मधुलाई सासूले पहिले नै देख्न सकिन्ने र छुिट्टएर बसेका। त्यसमा पनि आ-आफ्नो अंश अगाडि नै लिई सके।"

"त्यसोभए तपाईलाई आफ्ना सासूससूरा कहाँ जान सक्ने कारण रहेनछ। छोरो हुँदा त टिक्न नसकेकी बुहारी विधवा भएर टिक्न सक्ने कुरै उठ्दैन। तपाई यही आए पनि त हुने रहेछ। अरू समस्या त छैन्ने होला नि तपाईलाई बाँधेर राख्ने।" - अनिलले मधुतिर हेरेर भन्यो।

"मलाई जहाँ बसे पनि उत्तिकै होइन र?" - मधुले फेरि तर्क गरी।

"होइन। उत्तिकै त कसै गरे पनि हुँदैन। कमजोर र एक्लो भएपछि त्यान्द्रै सरह भए पनि सहायता चाहिन्छ र लोग्नेविनाकी नारी त कमजोर र एक्ली हुन्छे हाम्रो समाजमा, त्यसमा पनि विधवा चाहि।" - अनिल गम्भीर भयो - "हाम्रो समाजको बनौट नै यस्तै छ। कमजोरलाई दबाउन खोज्ने र उसबाट फायदा लिने। कुदृष्टि राख्नेहरूबाट जोगाउन पनि कसैको छायाँको आवश्यकता पर्दछ। अरू ठाउँमा योभन्दा ठूलो ओत नभएपछि तपाई यहाँ आउनु राम्रै देख्छु। बुवाआमालाई पनि त तपाईको सहयोग हुन्छ।"

"त्यसोभए सोच्नु पर्ला।" - मधुले अनिश्चयको स्वरमा भनी।

"के सोच्छेस् अब? जति सोचे पनि त्यही हो।" - कर्णेल्नीले छोरीलाई दबाब दिन खोजिन्।

"सोच्न दिनोस्, हजुर, सोच्न दिनोस्।" - अनिलले विरोध गर्योो - "यो त जिन्दगीमा दुर्घटनावस आएको एउटा मोड हो। न यस्ता दिन आउलान् भनेर वहाँले सोच्नु भएको थियो, न तपाईहरूले, न अरू कसैले। वहाँले त आफ्नो जीवनको 'क, ख, ग' फेरि सुरु गर्नु परेको छ। हाम्रो करमा, दबाबमा अथवा मायामा वहाँले निर्णय लिएर त्यसको परिणाम हामीले भोगि दिने त होइन। हामी त फगत आँठोपाँजो सहयोगसम्म गरि दिन सक्छौं।"

अरुणा काँखमा नै निदाउन लागेकीले छोरीलाई सुताउन मधु छोरी लिएर गएपछि कर्णेलले अनिललाई हेरेर सोधे - "अनिल बाबु ! यहीं ल्याए राम्रै होला। होइन?"

अनिलले एक दृष्टि कर्णेलमा दिएर आँखा शुन्यमा राखेर भन्यो - "कर्साहेब ! मंसिरमा असिनाले पाकेको बाली विगारेको धानको खेत र आँखा अगाडिकी राँडी छोरी छातीका शूल हुन् तर विधाताले नियतिमा राखेको कुरा भोग्नै पर्छ। मधुलाई सहायता चाहिएको छ अहिले र सहायता तपाईहरू बाहेक अरू कोही पनि देख्दिनँ म।"

केही समयपछि अनिल विदा भएर फर्कियो।


भोक र थकाईले शिथिल भएकी पूर्णिमा सोफामा आँखा चिम्लेर पल्टिरहेकी थिई। छोराछोरी स्कुलमै थिए र घनश्याम त कहिले पनि कार्यालय छुट्ने बित्तिकै घर फर्केको उसलाई सम्झना थिएन, घनश्यामकी स्वास्नी भएर यो घरभित्र पसेको भोलिपल्ट पनि। घनश्याम उसलाई माया गर्थ्यो, उसलाई विश्वास थियो तर कति गर्थ्यो? ऊ भन्न सक्दिनथी। उसको माया दाम्लोमा बाधिएको गाईलाई गरिने सहानुभूतिजति पनि हुन सक्थो या दुर्ई छोराछोरीको आमाप्रति हुने लोग्नेकोजति हुन पनि सक्थ्यो। अझ यो नभएर छोराछोरीप्रतिको आफ्नो दायित्व विर्सन नसकेर स्वास्नीप्रति पुर्यािउनु पर्ने कर्तव्य मात्रै पनि हुन सक्थ्यो। सम्पन्न परिवारको बिग्रेको लोग्नेमानिसको आफ्नो निश्चित धारण नभएकोले उसबाट पाइने प्रेमको मात्रा तौलन र त्यसको व्याख्या गर्न ऊ असमर्थ थिई।

घनश्यामका अवगुणहरूको गिन्ति थिएन। ऊ स्वास्नीमानिसहरूको बीचमा आफूलाई कृष्ण त ठान्थ्यो नै। सो बाहेक मौका भेट्टाए कौडा पनि ठोक्यो र होश रहुन्जेल सुरा पान गर्न सक्थ्यो। जागिर खानु पर्ने कारण कुनै थिएन तर खाएको थियो रवाफ देखाउन र जागिरमा टिकेको थियो त आफ्नो बाबुको प्रभाव भएर मात्र। नत्र त उसको काम, उसको आचरण हेरेर उहिले नै ऊ निस्किसक्नु पर्ने थियो। यी सब अवगुण भएर नै होला घनश्यामका आमाबाबु पूर्णिमाजस्ती एउटी मध्यमवर्गकी छोरीलाई बुहारी मान्न सजिलै तयार भएका थिए। अझ जतिसक्दो छिटो त्यो बिहे गर्न पूर्णिमाका बाबुलाई दबाब पनि दिएका थिए। बिहे भएर आएपछि पूर्णिमाले घनश्यामको आचरणलाई बदल्न ठूलो प्रयास गरी तर आफ्नो प्रयास खेर गएपछि उसले आफ्नो मौनता भित्र आफूलाई लुकाउन खोजी। उसको यो मौनता सासूलाई असह्य भयो र लोग्नेलाई विग्रन दिएको आरोप स्वास्नीमाथि लगाउन थालिन्। पूर्णिमाले त्यो आरोप धेरै पटकसम्म सुनेपछि असह्य भएर एकदिन जवाफ दिएकी थिई - "१० महिना पेटमा राखेर २५ बर्षसम्म तपाईले समाल्न नसकेकोलाई म आएकीले समाल्न सक्छु भनेर तपाईले कहाँबाट आशा गर्नु भयो?"

बुहारीको जवाफमा विद्रोही भावना देखेर सासूको इच्छा विरुद्ध ससूरा आफ्नी स्वास्नीमाथि नियन्त्रण गर्न बाध्य भए। परिणाम स्वरूप घर गृहकलहबाट जोगियो।

पूर्णिमा आन्तरिक रूपमा विद्रोही भई। उसले घनश्याममाथि नियन्त्रण गर्न खोजिन किनकी उसका सुरुका प्रयास नै असफल भएपछि पछि गएर त्यो सफल हुने उसले ठानिन। बाहिर घनश्याम के गर्छ? ऊ कुनै वास्ता राख्न छेाडी। केवल आफ्नो घरभित्र कुनै स्वास्नीमानिसको उपस्थिति उसलाई सह्य थिएन र घनश्यामकोमा आउने कुनै पनि स्वास्नीमानिस उसको झम्टाइमा पर्ने हुनाले 'पूर्णिमा कडा छ' भन्न्ो भावना स्वास्नीमानिसहरूमा थियो र यही हल्ला घनश्यामको कार्यालयसम्म पनि पुगेको थियो। नत्र एउटा छोरो, एउटी छोरीकी आमा पूर्णिमामा मध्यमवर्गीय परिवारमाजस्तै धर्मभीरुता थियो जो आफ्नो दुखले गर्दा धर्मान्धतामा परिणत भइसकेको थियो। उसको खर्च अति नै सीमित थियो। उसलाई लुगाफाटाको सोख थिएन। गहनापातको चाहना पनि थिएन। मध्यमवर्गिय परिवारकोजस्तै उसको कन्जुस्याइँ उसको परिवारमा नसुहाँदो थियो तापनि ऊ त्यो स्वभाव छोड्न सक्दिनथी।

घनश्याम पूर्णिमाभित्र बसेको जीवनप्रतिको कटुतालई बुझ्न चाहँदैथ्यो र बुझ्न पनि सक्दैनथ्यो। उसको संसार अर्कै थियो। पूर्णिमाको धर्माधन्तालाई पातिव्रत्य ठान्दथ्यो र उसको मौनतालाई सन्तुष्टि। आनुपातिक रूपले गरिव परिवारमा जन्मिएकी पूर्णिमा उसको घरमा भएको सम्पत्तिले खुसी र सुखी छ भन्नेउसलाई लाग्दथ्यो।

घरमा बाबुको स्थान लिन नसक्ने बाबु भएपछि स्वतः आमाले त्यो स्थान लिनुपर्ने बाध्यताले १० बर्षकी छोरी सिर्जना र ७ बर्षको छोरो विवेक आफ्नी आमासँगभन्दा बाजेबजैसँग बढी टाँसिन खोज्नु पनि स्वाभाविक थियो र अझ छोराछोरी स्कुलमा नै बसाइएपछि त उसको एकाकिपन झन् बढेको थियो। लोग्नेको आफूप्रतिको हेलचेक्र्याकई, सासूससुराको अस्नेहमाथि छोराछोरी टाढिनाले पूर्णिमा आफ्नै छहारीभित्र बिलाएर आफ्नो सत्यलाई असत्य बनाउन चाहन्थी। वास्तवमा पूर्णिमा बाहिरबाट कठोर देखिने तर भित्रभित्रै आफ्नै भावना विरुद्ध संघर्ष गर्ने एक्ली नारी थिई । उसलाई आफ्नो गन्तव्य के हो? र कहाँ हो? भन्नेनिश्चय थिएन।

पूर्णिमाका दुर्ई धारणा थिए। पहिलो, कुनै पनि लोग्नेमानिस चरित्रवान हुँदैन र दोश्रो, कुनै पनि जवान लोग्नेमानिस धर्ममा आस्था राख्दैन। धर्म उसको परिभाषामा आध्यात्मिक चिन्तन नभएर सनातनले गरिने कर्मकाण्ड थियो र यी कर्मकाण्डलाई ऊ नियमित रूपले पुरा गर्थी। ऊ कुनै पनि व्रतलाई छोड्दिनथी र सबै देवीदेवताका मन्दीरहरूमा पुग्थी। भोको बस्नु उसको भाषामा धर्म थियो र मूर्तिहरूलाई ऊ देवताका स्थावर स्वरूप मान्दथी। कुनै मूर्तिलाई ढोग्नु पर्दा ऊ आफ्नो आत्मादेखि नै तन्मय भएर ढोग्थी र कुनै पनि लोग्नेमानिसप्रति शङ्काको दृष्टिले हेर्थी।

आजको लोग्नेमानिस भने अरूभन्दा फरक थियो। उसले आफूलाई मन्दीर पुर्या इदिने प्रस्ताव राख्दा त्यो जोगिन सक्ने टैक्सीको भाडाको लोभ नभएको भए पूर्णिमा ट्याक्सिमा पक्कै पनि चढ्ने थिइन र दोश्रा, त्यो भाडा उसले तिर्नु परेको भए मिटरमा चढेको आधा पैसा मात्र तिर्ने थिई तर त्यो लोग्नेमानिसले न त ऊसँग चिनापर्चि नै गर्न खोज्यो, न त्यो भाडा नै तिर्न दियो। यदि उसले चिनापर्चि नै नगर्नु पर्ने भए त्यो भाडा एक्लै तिर्नु पर्ने किन? पूर्णिमाको निम्ति यो एउटा न बुझने प्रश्न भयो। दोश्रो, तन्मयतासाथ पाठ गरि रहेको मानिसले आँखा खोल्दा एउटी स्वास्नीमानिसको आँखामा आँखा जुधेर पनि उसले किन उसलाई हेरेन? यो प्रश्न पनि उसको निम्ति न बुझने भयो। आजसम्म उसले भेटेका लोग्नेमानिसहरू यसरी र्निविकार कहिले पनि भएका थिएन्ने । उसलाई आँखा गाडेर नहेर्ने, विना स्वार्थ सेवा गर्ने मानिस उसले भेटेकी नै थिइन।

आफ्नै सोचाईमा डुवी रहेकी पूर्णिमालाई दुई दिन अगाडि मात्र घरबाट माइत आएकी नन्द विजयाले कोठा भित्र पसेर हेर्दै भनी - "तपाईलाई सञ्चो भएन कि के हो, भाउजू?" पूर्णिमाले आँखा खोलेर उठेर बस्दै भनी - "होइन, त्यसै पल्टेकी।"

उभिइरहेकी नन्दलाई देखेर थपी - "बस्नोस् न। किन उभिइरहनु भएको?"

नन्दले बस्दै भनी - "आज त तपाईको बर्त पो हो क्यार। मन्दीर पुगेर आउनु भएको होइन?"

"हो," - पूर्णिमाले टाउको समेत हल्लाएर जवाफ दिई, - "त्यसैले होला अलि थकाइ पनि लागेको छ।"

"होइन, भाउजू। मैंले एउटा कुरा बुझ्न सकेकी छैन।" - नन्दले भनी, - "धर्म गर्नु त सबैले पर्छ तर जिउ राखेर पो गर्नु पर्छ त धर्म पनि। तपाई भने न खाई, न खाई सुकी, सुकी धर्म गर्नुहुन्छ। यस्तो पनि हुन्छ धर्म?"

"धर्मको रूप कस्तो हुन्छ मैया? त्यो मलाई थाहा छैन तर सनातनले जसलाई धर्म भनेको छ त्यसलाई मानिरहेकी छु म।" - पूर्णिमाले उसलाई नहेरी जवाफ दिई, - "रह्यो खाने र नखाने कुरा। जसलाई भोक बढी लाग्छ त्यो बढी खान्छ र जसलाई कम भोक लाग्छ त्यो कम खान्छ।"

"तपाई दिनदिनै भोकै बसेर आँत सुकाउनु हुन्छ। त्यसैले तपाईलाई भोक पनि कम लाग्छ। त्यसो भन्नोस् न।"

"हुन सक्छ त्यो पनि तर त्यो त आत्माको चाहना हो। कति मानिस चाहेर पनि भोको बस्न सक्दन्ने। कर परेर बस्नु पर्दा पनि हाहाकार मचाँउछन्। भोको बस्ने चाहना उनीहरूको आत्मादेखि नै भएको भए उनीहरूलाई त्यस्तो गार्होा पर्ने नै थिएन।"

"के भोको बसेर धर्म हुन्छ जस्तो लाग्छ त तँपाईलाई?"

"कसरी नमान्ने? मान्नेै पर्यो नि। सनातनदेखि व्रत लिनु, पुजा गर्नु धर्म मानिएको छ भने आज आएर नमानेर कसरी चल्छ?"

"सनातनले भनेको कुरा सबै सत्य मानेर हुन्छ र?"

"कसरी नमान्ने सत्य? एक कुरालाई असत्य मानेर शङ्का उठाउने वित्तिकै हजार शङ्काहरू निस्कन्छन्। ती सबै शङ्काका समाधान हुँदैन्न र समाधान नपाएपछि शङ्का नै सत्य भएर निस्कन्छन् अनि पूरा धर्ममाथि नै अविश्वास भयो भन्दैमा सबैतिरको आस्था त छुट्दैन नि। त्यो वस्तुलाई मात्र अलग्ग छुट्टयाएर राख्नु पर्छ।"

"तपाईकै कुरा एक छिन मानूँ। भोको बसेर आत्मा शुद्धि गरेको इश्वरले देख्दैन भने के उसले मूर्तिमाथि चडाएको फलफूल देख्न सक्छ? आत्माशुद्धिका निम्ति शिला भएर बसेकी अहिल्याको प्रायश्चित र पवित्रतामाथि शङ्का उठाउने हो भने सिता त के अनुसुया र सावित्रिमाथि पनि शङ्का उठ्छ। पापको मूल नै शङ्का हो।"

"सत्यमाथि शङ्का उठाउनु पाप हो। मान्छु म तर जुन कुरा शङ्कास्पद छ त्यसमाथि शङ्का उठाउनु चाहि पक्कै पाप होइन। भोको बसेर धर्म हुन्छ कि हुँदैन यो शङ्का यथावत छ। आजदेखि होइन युगौंदेखि। एक छिनको निम्ति मानि लिऊँ धर्म नै हुन्छ रे प्रायश्चित स्वरूपमा तर जसले पाप गरेको नै छैन त्यसले प्रायश्चित गर्नुपर्ने किन? अहिल्याको प्रायश्चित गर्नुको पछाडि त केही कारण छ, पापको कारण तर सावित्री र अनुसुयाले गर्नुपर्ने कुनै कारण नै छैन। सिता वनमा बसिन् तर प्रायश्चित गर्न बसेकी होइन्ने। उनको मनमा पाप नभएकोले उनले वनवासलाई कहिले पनि आफ्नो प्रायश्चित भनेर स्वीकार गरिन्ने। त्यसैले न भोको बस्नुसँग धर्मको सम्बन्ध छ, न विना पापको कुनै प्रायश्चित हुन्छ।"

"बहुतै सजिलो छ तपाईको व्याख्या। शङ्कास्पद हुन गयो भने शङ्का उठाउन सकिन्छ। पाप गरियो भने प्रायश्चित गर्दा हुन्छ। अहिले तपाई म कहाँ हुनुहुन्छ। यो अकाट्य सत्य हो। तपाई र मेरो निम्ति हाम्रो यहाँ हुनुभन्दा ठूलो सत्य अहिले केही पनि छैन र यो सत्यमा शङ्का निकाल्ने हामीसँग मरिमेटे पनि कारण छैन तर दोश्रो मानिसको निम्ति तपाई मसँग र म तपाईसँग यहाँ नभएर अरू कोही तेश्रो व्यक्ति तपाई या मसँग हुन सक्ने शङ्का उव्जने कारण पर्याप्त छन् किनकि एक अर्काको साक्षि त हामी मात्र छौं। तब के कसैले हामी यहाँ अरू कसैसँग भएको शङ्का उठाउन मिल्छ? त्यस्तै हो धर्म पनि। जसले शङ्का उठाउँदैन त्यसलाई शङ्काको निम्ति आधार छैन र जसलाई शङ्का उठाउनु छ त्यसलाई शङ्का नहुने ठाउँ नै छैन। भक्ति तर्क होइन, ज्ञान पनि होइन। यो त आस्था हो र आस्थामा शङ्का हुँदैन र शङ्का मानिदैन।"

"भाउजू !, को धर्म र आस्था वैरागीको जस्तो छ- एकचित्त र एकलव्यको जस्तो छ - एकनिष्ठ तर वैराग्यले गृहस्थी चल्ला र?"

"मेरो गृहस्थी नै कहाँ छ र, मैंया? घरमा आइपर्ने कामको जिम्मा बुवामुमाले लिनु भएकै छ। तपाईको दाइको आफ्नै संसार छ र मेरो संसारको आवश्यकता वहाँलाई छैन।" "छोराछोरी त छन्।"

"छन् पनि र छैन्ने पनि। उनीहरू म बिना पनि त्यसरी नै बाँच्नेछन् जसरी म हुँदा बाँची रहेका छन्। केही समयपछि म उनीहरूकी आमा हुँ, भन्नेएउटा नाता मात्र बाँकी रहने छ। बाँकी सबै मेटिने छन्।"

"तपाई त्यसै लत्ता छोड्नुहुन्छ।"

"शायद त्यसै पनि होला। मेरी आमा पनि त्यसै भन्नु हुन्छ तर बन्धन नभएपछि बाध्यताले त्यसै गराउँदो रहेछ।"

"दाइलाई किन बाध्य गर्नु हुन्न तपाई?"

"हामी दुध र पानी होइनौ जो एक अर्कासँग घोलिएर एक हुन्छ। हामी त तेल र पानी हौं जो जति घोलिए पनि अलग्गै छुट्टिन्छ। आ-आफ्नो सतहमा अडिएर बस्नु हाम्रो स्वभाव हो। जसरी मोती केवल सिपीमा मात्रै हुन्छ तर प्रत्येक सिपीमा मोती हुँदैन, त्यसरी नै गार्हस्थ्य सुख परिवारमा मात्र हुन्छ तर सबै परिवारमा सुख हुँदैन। म पनि त्यही मोती बिनाकी सिपी हुँ।"

"दाई के भन्नुहुन्छ?"

"त्यो मलाई न सोध्नोस्। वहाँलाई नै सोध्नोस्।"

"लोग्नेस्वास्नी बीचमा यसरी सामञ्जस्यता नभएपछि दाम्पत्य जीवनको माने के, भाउजू?"

"धर्म भन्छ - नारीको निम्ति पति नै देवता हो। त्यो सत्यलाई न मान्ने हो भने दाम्पत्य जीवनको यहाँ केही अर्थ छैन। मैंले त त्यही सत्यलाई मानेर बसेकी छु।"

"त्योभन्दा त अलग अलग बस्नु नै बेस होइन र?"

"आत्माको मिलन हुन नसकेपछि शारीरिक निकटताले त्यो धर्मको पालन गर्नु र्कव्य हो। जिउँदो देवता नभेटेपछि ढुंगाका देवतालाई सजीव मान्ने र पुजा गर्नु हाम्रो धर्म हो। सँगै भएर पनि एक्लो हुनु मेरो भाग्य हो र भाग्य सबैभन्दा बलवान् हुन्छ।"

"यसरी जीवनको कटुता बोकेर बाँच्नु पर्ने बाध्यताभन्दा त, भाउजू, तपाई आफूलाई भनेको नठान्नु होला, म त नरकमै परे पनि पोइला जाने थिएँ। स्वास्नी हुनुको अर्थ यही बाध्यता हो भने कसैकी स्वास्नी भएर बस्ने नै किन? संसारमा आफू सुँहाउँदो मानिस कहीं भेटिन्न र?

"थाहा छैन। मैंले यसबारे सोचेकी पनि छैन र सोच्ने विचारसम्म पनि छैन। आखिर सबै नै लोग्नेमानिस एउटै ड्याङका मूला त हुन् नि।"

"गलत छ तपाईको धारण, भाउजू ! तपाईले लोग्नेमानिस देख्नु र चिन्नु भएको छैन। प्रत्येक नारीको निम्ति एउटा सुहाउँदो पुरुष हुन्छ र त्यो पुरुषको पन्जाभित्र नारी आफूलाई नारी सम्झन थाल्दछे। जुन दिन तपाई त्यसलाई भेट्नुहुन्छ, त्यस दिनदेखि नै तपाई अर्कै बन्न र अर्कै सोच्न थाल्नु हुनेछ। हो, त्यो दिन मेरो दाईको घर भत्कन्छ अथवा ढलपल हुन सक्छ तर मलाई त्यसमा दुःख लाग्ने छैन किनकि आफूलाई स्वास्नी अनुरूप बनाउन नसक्ने लोग्नेमानिसको घर वालुवाको हुन्छ र त्यसलाई सानो हावाले पनि भत्काइ दिन्छ।"

"बालुवा कै सही तर भएको घर उजाड्न म चाहन्नँ। यथास्थिति नै मेरो निम्ति पर्याप्त छ।"

पूर्णिमा र उसकी नन्दको यो विवाद कुनै नौलो थिएन। नन्दको भावना जहिले पनि विद्रोही हुन्थ्यो। हुन त ऊ पनि आज २५ बर्ष पुगी सकी, आफ्नो घरजम पनि गरेर बसेकी थिई तर १३ बर्षकी हुँदा पनि भाउजूप्रति दाजूको व्यवहारलाई लिएर उसले सधैं विरोध गरेकी थिई। लोग्नेसँग नै पनि उसको ठोकाबाजी चल्थ्यो तर लोग्नेले उसको तीक्ष्ण धारणालाई सम्मान गरिदिएकोले उसको परिवार सुखी र खुसी थियो। उग्र स्वभावकी नन्दले शान्त स्वभावको लोग्ने पाउनु पनि पूर्णिमाले भाग्य नै ठानी।

पुर्णीमाले यथास्थिति खोजेपनि यथास्थिती रहिरहन सक्ने संभावना थिएन। उसको जीवनमा अनिल ग्रहणको राहुजस्तो भएर आइरहेको थियो। बुद्धिचालको खेलाडीजस्तै पुर्णीमाका कमजोर र दरिला दुवै पक्षलाई केलाएर ऊ आफ्ना चालहरूलाई अगाडि बडाउँदै थियो र ती चालबाट बचाउन एउटा सबल लोग्नेको जिम्मेवारी घनश्यामले पुरा गर्न सक्दैनथ्यो। त्यसैले अनिलको इच्छा र चाल मुताविक पूर्णीमाको भेट हुनैपर्ने थियो र भयो पनि।

हप्तामा एक दिन छोराछोरीलाई भेट्न पूर्णीमा आफैँ जाने गर्दथी र उसका ससुराले त्यो दिन आफ्नो गाडी उसलाई दिने गर्थे। पुर्या उने र ल्याउने काम ड्राइभरले गर्थ्या तर त्यो दिन काममा आउन झन्डै एक घण्टाजति ढिला गर्योम। त्यो देखेर पूर्णीमा रिसाई तर डाइभरले नरम भएर जवाफ दियो, -"हजूर ! घरमा हुर्किएकी छोरी छन् ३ /३ वटी। केटोको कुरो लिएर आएको लमीलाई वेवास्ता गरेर हिड्न भएन। त्यसैले ढिला भयो।"

बाबुको बाध्यतालाई बुझेर पूर्णीमाले शान्त हुदै जवाफ दिई, - "ठीकै छ नी त्यसोभए त। खाली केटाकेटी पर्खिरहेका होलान् भनेर पो त।"

ड्राइभरले हतार गरेर गाडी लिएर जाँदा पनि एक घण्टा ढिला भइसकेको थियो, केटाकेटी आफ्ना आमाबाबु या अविभावकको साथमा बसेर कोही खान, कोही गफ गर्न र कोही घुम्न लागेका थिए। आफ्ना छोराछोरीलाई नदेखेर पूर्णीमाले छोरीकी साथीलाई सोधी - "सिर्जना कहाँ छ हँ?"

सिर्जनाकी साथीले औंला देखाएर भनी, - "दिदीभाइ ऊ पछाडी बसेका छन् मैले नचिनेको अंकलसँग ।"

पूर्णीमालाई विश्वास नभए पनि पछाडीपिट्टको पाटोमा गई। दुर्ईजना केटाकेटी र एउटा लोग्नेमानिस चउरको बीचमा बसेर लुडोमाथि तन्मयतासाथ निहुरिरहेका थिए। पूर्णीमा विस्तारै उनीहरूको नजिक गई।

विवेकले आफ्नो दाउ पल्टाएपछि रमाउँदै आफ्नो गोटीले लोग्नेमानिसको गोटी फालेर भन्यो, -"लौ अंकल ढुस। चारैवटा गोटी घरमा।"

लोग्नेमानिसले पनि उसलाई चिढाउदै भन्यो -"मेरो ढुस भएपनि सिर्जना छन् नि। उनले तिम्रो गोटी ढुस पारिन्ने भने मलाई भन न।"

विवेकले अनुरोधको स्वरमा भन्यो,-"नमार् है, सिर्जना, मेरो गोटी।"

सिर्जनाले पासा गुडाई। उसको दाउ लागेन। विवेक जोगीयो र दंग पर्दै भन्यो - "कसो अंकल? लाग्यो त दाउ? त्यसै छ हाम्रो गोटी खान।"

लोग्नेमानिसले हांस्दै जवाफ दियो - "अघि रुन लागेको देखेर भाईलाई सिर्जनाले माया गरिन् नै। नत्र तिम्रो गोटी पक्कै ढुस हुने थियो।"

सिर्जनाले पनि थपी - "अघि कस्तो रुन्चे मुख लगाइसकेको थियो। अहिले फुर्ति गर्छ नै।"

आफूले नबोलाएसम्म कसैको पनि तन्मयतम नटुङ्गिने देखेर पूर्णीमाले बोलाई - "सिर्जना, विवेक !"

दुबै केटाकेटीले एकैचोटी आखा उठाएर भने - "ममी।"

केटाकेटीको भनाइ सुनेर लोग्नेमानिसले पछाडी घुमेर हेर्योट। उसकेा अनुहार देख्नेबित्तिकै पूर्णिमाको मुखबाट आश्चर्यचकि आवाज निस्कियो, - "तपाई?"

लोग्नेमानिसले चउरबाट उठेर भन्यो -"ए ! यी त तपाईका छोराछोरी ! यिनीहरू एक्लै बसिरहेका रहेछन् कोही नआएर। म पनि एक्लै थिएँ। अभिभावक बिनाका हामी नाता जोडेर खैल्दै थियौं।"

पूर्णिमा के भनूँ, भनूँ? भनेर अक्मकाइ। आमाले नचिनेको ठानेर विवेकले बालसुलभ सरलताले लोग्नेमानिसलाई देखाएर भन्यो -"अनिल अंकल, ममी?"

अनिलले पनि ठट्टाको पाराले केटाकेटीलाई हातले देखाउदै भन्यो -"सिर्जना, विवेक।"

आमालाई छोराछोरी चिनाइदिने जोकरलाई देखेर सिर्जना र विवेक मरिमरी हाँस्न थाले र उनीहरूकोसाथ अनिलले पनि दियो। पूर्णिमा पनि हाँसी।

हाँसो थामिएपछि अनिलले केटाकेटीलाई भन्यो -"ल, अब आमा आइहाल्नुभयो। तिमीहरू आमासँग बस। म अहिले जान्छु।"

हिंड्न लागेको अनिलको हात समातेर सिर्जनाले भनी -"अंकल पनि नजानु न। सँगै बसेर खाने अनि खेल्ने।"

विवेक अर्को हात समाउन पुग्यो।

केटाकेटीको हात छुटाएर हिड्न पनि अनिलले सकेन र केटाकेटी अनुरोधमा मात्र त्यहाँ बस्न पनि सम्भव थिएन। उसको यो स्थिति बुझेर पूर्णिमाले पनि अनुरोध गरी - "तपाई पनि बस्नोस् न। केटाकेटी त्यत्रो अपहत्ते गर्दैछन्।"

आमाको आड पाएपछि केटाकेटीले फेरि त्यहीँ चउरमा बसाए।

पूर्णिमाले लिएर आएकी केटाकेटीको लागि मिठो खाने कुरा उसले र अनिलले पनि चाखे। केटाकेटीको निमित्त पनि त्यो चाखी दिनु आवश्यक थियो। केटाकेटी आफूलाई आमा र अंकल चिनाउने माध्यम ठान्दथे र वास्तवमा पूर्णिमा र अनिलको कुनै चिनापर्ची पनि थिएन। केवल एकदिनको भेट मात्र। केटाकेटकिो चहचह बाहेक उनीहरू दुर्ईजनाका बीचमा खास कुराकानी भएको थिएन। एकैछिन पछि दिदीभाइ आफूमा नै व्यस्त हुन थालेपछि दुर्ईजना मौन भएर बस्नुभन्दा केही कुरा गर्नु सजिलो ठानेर अनिलले पूर्णिमालाई भन्यो-"मेरो नाम त तपाईले जानिसक्नुभयो तर मैले भने तपाईलाई के भनेर सम्बोधन गर्ने थाहा पाउन सकेकी छैन।"

पूर्णिमाले बिना हिचकिचावट जवाफ दिई - "मभन्दा ठूलाले मलाई पूर्णिमा भन्ने गर्छन्।"

"मैले पनि त्यसरी नै सम्बोधन गरे तपाईलाई कुनै आपत्ति नहोला नै?"-अनिलले आधा ठट्टामा र आधा सत्यमा भन्यो।

"आपत्ति हुन सक्ने कारण छैन।"-पूर्णिमाले पनि उस्तै जवाफ दिई र एकछिनपछि सोधी-"तपाई कसैलाई भेट्न आउनुभएको यहां?"

"भेट्न त भेट्न हो तर केटाकेटीलाई होइन। उनीहरूको प्रधानाध्यापकलाई भेट्नु थिया। एउटी केटीलाई यहां प्रवेश दिलाउन सकिन्छ कि भनेर।"

"को? छोरी तपाईकी?"

"छोरी होइन। छोराछोरी त मेरा छैन्ने। मेरी एउटी भान्जी छ, नाताकी त होइन बोलेकी। मेरै घरधनीकी नातिनी।"

"उसको घरमा लोग्नेमानिस छैन्ने र तपाईले आउनुपर्योघ?"

"छैन्ने सक्ने खालका। बीचराका बाबु दुर्घटनामा परेर मरेका दुर्ई बर्ष पनि भएको छैन। बाजे छन् मामली पट्टीक,ा तिनै पनि ७० बर्षका बुढा बाथले थलिएका।"

"त्यसोभए तपाई परोपकार गर्न लाग्नुभएको।"

"परोपकार होइन। समाजमा जहाँ बस्यो त्यही दायित्व जन्मन्छन्। एउटा शक्त लोग्नेमानिस नभएको घरमा डेरावालले त्यति जिम्मेवारी लिनु मानविय दायित्व हो।"

"आमा नै आएकी भए पनि सक्थिन् होला?"

"सक्थिन् होला। लोग्नेले नगरेपछि या लोग्ने मरेपछि एउटी स्वास्नीमानिसले लोग्नेले गर्ने जम्मै पारिवारिक काम गर्न बाध्य हुनुपर्छ। केवल बर्षदिन अगाडि मात्र विधवा भएकी स्वास्नीमानिसप्रति सहानुभूति भएको र उनका बाबु आमाले कर गरेकाले यो एक दिन खेर फालेको हुं।"

"हुने भयो त?"

"हून्छजस्तो त छ तर त्यति रकम उनीहरू बुझाउन सक्छन् या सक्दैल्ल् थाहा छैन। आमाबाबु त पक्कै बुझाउन सक्दैल्ल्। उनको भने आफ्नो आर्थिक स्थिति कस्तो छ? आफूले थाहा नपाएको कुरा।"

"पहिले चिल्ल् भएको थिएन र?"

"चिल्ल् त अहिले पनि चिनेको छैन यदि एक दिनको अझ एक छिनको भेटलाई चिनाजानी नभल्ल्हो भन। तपाईँसँग त आज समेत दुर्ई पल्ट भेट भयो, तर एक अर्काको नाम बाहेक अरू केही जान्दैनौँ।"

"मेरो बिहे भएको छ र मेरा दुर्ई वटा छोराछोरी छन् भन्ने त जान्नु हुन्छ।"

"त्यसो त मेरा छोरी छैन्ने भन्ने आधारमा मेरो विहे नभएको हुन सक्छ भन्ने अन्दाज तपाई गर्न सक्नुहुन्छ। तपाईका छोराछोरीले तपाईलाई देख्दा, - "खै बुवा आउनु भएन?" भनेर नसोधेको देख्दा र बाबुको बारेमा उनीहरूले कुरा नगर्दा र तपाईको सिन्दूरपोते यथावत देखिँदा छोराछोरीका बाबु उनीहरूलाई भेट्न आउन हुन्न भनेर प्रमाणित गर्छ र तपाई वहाँद्वारा उपेक्षित हुनुहुन्छ या वहां परिवारप्रति जिम्मेवारमुक्त भएपनि पारपाचुके भइको छैन भनेर प्रमाणित गर्दछ। कति कुरा बाहिरी अंाँखाले कानले देखिन्छ सुनिन्छ। कति कुरा भित्रीले बुझन्छ।"

"आईमाईप्रति तपाईका भावना धेरै काल्पनिक त छैन्ने?"

"काल्पनिक त हुन सक्छन् किनकी मेरा आमा बाहेक कुनैपनि आईमाईसँग मेरो सङ्गत छैन सामान्य लोकाचार बाहेक। त्यसैले म आफ्नो कमजोरी पहिले नै स्वीकार गर्छु तर पनि नारी समूहप्रति मेरो श्रद्धा अटूट छ।"

"गजब छ तपाईको कुरा ! स्वास्नीमानिससँग कनै सम्बन्ध छैन भन्नु हुन्छ। त्यस्तो सम्बन्ध नै नहुने मानिस त स्वास्नीमानिससँग कुरा गर्न हिच्किचाउछ, लजाउछ। तपाई त चिन्नु न जान्नुकी मसँग यसरी कुरा गरीरहनु भएको छ मानौं तपाई सधैं स्वास्नीमानिसको बीचमा बस्ने गर्नुहुन्छ।"

"नहिच्किचाउनु, नलजाउनुका दुर्ई वटा कारण छन्। पहिलो नारीलाई पनि पुरुषजस्तै ठानेर मित्रवत व्यवहार गरेपछि समानताको भावना रहन्छ र लाज लाग्दो स्थिति हुंदैन। दोश्रो, आफू समान विचार धाराका स्वास्नीमानिससँग कुरा गर्दा अप्ठ्यारो पर्नै सक्दैन।"

"के समानता देख्नुभयो ममा तपाईले?"

"तपाई लोग्नेमानिस देखेर रातो मुख पार्ने तरुनी नभएर दुर्ई छोराछोरीकी आमा हुनुहुन्छ र म पनि केटी जिस्काउन र फकाउन हिंड्ने लैनछोकरो होइन। यो भयो हाम्रो उमेरको समानता। दोश्रो, कुराकानीले नै प्रस्ट भईकेको छ -हाम्रो बौद्धिकता पनि समान छ।

"मलाई तपाईले विदुषी ठान्नु भयो त्यसोभए?"

"मेलै आफूलाई विद्धान् पनि ठानेको छैन।"

"तपाई त मैले भेटेको लोग्नेमानिसमा सबैभन्दा अनौठौ हुनु हुदो रहेछ। मलाई पनि लाग्न थालिसक्यो मानौँ हाम्रो भेट धेरै पहिलेदेखि भएको छ।"

"त्यो साामान्य कुरा हो। जसरी मैले तपाईलाई एउटा स्वास्नीमानिस नसम्झेर एउटा मानिस मात्र ठानेको छु त्यसरी नै तपाईले पनि मलाई एउटा लोग्नेमानिस नठानेर एउटा मानिस मात्र ठान्न थाल्नु भयो। त्यसैको परिणाम हो यो। एउटा लामो बाटोमा तपाईलाई एउटी आइमाई सहयात्रीसँग चिनापर्ची गर्न, कुरा गर्न केही पनि समय लाग्दैन। ऊ लोग्नेमानिस हो भन्नेभावना मनमा नराखेर केवल सहयात्री मात्र ठान्नुस् उसलाई, नारी र पुरुषमा तपाई अन्तर पाउनुहुन्न। आफ्ना आचरण र स्वभावका दायराहरू निश्चित गर्ने आफ्नै मन हो।"

एउटा नजानेको व्यक्तित्व पाएर पूर्णिमा साच्चै अल्मलिई र ऊ केही बोल्न सकिन। पूर्णिमा नबोलेको देखेर अनिलले भन्यो -"म अहिले जान्छु। यदि कुनै भुलचुक भएको भए अहिले नै क्षमा याचना पनि गर्दछु।"

"केमा जानुहुन्छ? गाडी छ तपाईको? - "-पूर्णिमाले सोधी।

अनिलले मुक्तकण्ठ हाँसो हाँस्दै भन्यो -"गजब छ, पूर्णिमाजी, तपाईको प्रश्न पनि ! हाम्रो यहाँ भेट भएको एक घण्टाभन्दा बढी भइसक्यो र तपाईले मेरो हिँडाइ, लगाइ, बोलाइ, खुवाइ आदिले बुझ्नुपर्ने हो कि म गाडी राख्न सक्ने क्षमताको सम्पन्न मानिस होइन र कार्यालयको सुबिधा प्रयोग गर्न पाउने उच्चस्तरिय हाकिम पनि होइन। म त पाए ट्याक्सी, बस चढ्छु। नपाए पैदल हिँड्छु।"

पूर्णिमाले लजाएर जवाफ दिई -"अघि नै भनिहाले नि म कुनै बिदुषी होइन तपाईजस्तो। त्यसोभए मेरै गाडीमा जानुहोला नि एकछिनपछि। त्यसो गर्दा हुँदैन?"

"हुन त नहुने हैन तर मेरो निम्ति चाँडै छोराछोरी छोडेर जानुपर्ने बाध्यता एउटी आमामाथि किन थोपरूँ? फेरि तपाईको सहानुभूतिको बोझ म किन बोकूँ?"

उसको प्रतिबद्धतामा पूर्णिमा दंग परेर भनी - "वाह ! आफ्नो ट्याक्सीमा एउटा नचिनेको व्यक्लिाई चढ्ने आदेश थोपरेर आफ्नो सहानुभूति अर्कोलाई भने बोकाउने र आफू भने बोक्न नखोज्ने। यो पनि गजब सिद्धान्त रहेछ। रह्यो केटाकेटीको कुरा। उनीहरू त मसँगभन्दा तपाईसँग रमाइरहेका छन्। तपाईलाई कुनै हतार भएको पनि म देख्दिन र ती केटाकेटीसँग अरू केही बेर बस्न तपाईँलाई कुनै आपत्ति त हुँदैन होला।"

आपत्ती गर्न पनि उसले चाहेन। केटाकेटी सहित उनीहरूले निकै समय साथै बिताए। केटाकेटीलाई विद्यालय भवनभित्र पठाए पछि पूर्णिमाले सोधी - "तपाई बस्नु हुन्छ कहाँ?" अनिलले मुस्कुराउदै भन्यो - "बस्ने त मेरो के ठेगाना छ र? कुनै अत्यावश्यक परे यसमा फोन गरे हुन्छ।"

गाडी चढे पछि बाटोमा कुनै कुरा भएन। सहर आई पुगे पछि सामान्य 'नमस्ते' जस्तो औपचारिकताका साथ उनीहरू छुटि्टए।


साँझ घर आई पुग्दा अरुणा अनिललाई कुरेर बसी रहेकी थिई र ऊ राम्रोसँग बस्न नपाउदै भनी - "हजूरआमा त 'मैले त हाम्रो डैडी मरीहाल्नुभयो अर्को डैडी ल्याउने हजूरआमा' भनेकी त 'ममीले अर्को बिहे गर्नु हुन्न' भनेर रुन पो थाल्नु भयो।"

अनिल केही बोलेन, ऊ नबोलेको देखेर अरुणाले फेरि सोधी - "मरेको मानिस फेरि आउँदैन हो कि, अनिल मामा?"

"कसरी आउन सक्छ त मरेको मानिस? मर्नु भनेको नै नफर्कने बाटोमा सधैँको निम्ति जानु हो।"

"डैडी आउदैन भनेर जानेपछि किन रोईरहेकी त ममी?"

महाभारत युद्धका नायक अर्जुनलाई उनकै सारथी कृष्णले जुन प्रश्न राखेका थिए, आज त्यही प्रश्न एउटी बालिकाले उसको सामु खडा गरी। यो प्रश्नको जवाफ मानिससँग भएको भए मानिस सधैँ शोकबाट मुक्त हुने थियो होला तर दुर्भाग्य ! ऊ सधैँ यसको जवाफ नभेट्टाएर यसैमाथि शोक गर्दछ।

"तिमी स्कुलमा नै गएर बस्छ्यौ कि यहीँबाट पढ्न जान्छ्यौ?"

"नाइँ, म स्कुलमा त बस्दिन।"

"किन?"

"त्यसै। तपाई असल मानिस अनि हाम्रो ममी पनि असल हुनुहुन्छ। हाम्रो ममीले तपाईसँग बिहे गर्नु हुँदैन।"

"कसले सिकाउँछ तिमीलाई यस्तो कुरा?"

"त्यो त कसैले पनि सिकाएको हैन। म आफैले जानेकी। हाम्रो ममीले बिहे नगरेपछि तपाईसँग पनि बिहे गर्नु भएन।"

अनिलले बुझ्यो अरुणामा बाबुको चाहना प्रबल भएको छ। सुरुसुरुमा उसले बाबु मरे पनि केही समयपछि फर्केर आउँछ भन्ने बुझेको हुनुपर्छ। सायद उसकी आमाले पनि यही कुरा भनेकी थिइन् होला। अहिले यो घरमा आएपछि बाजेबज्यैले विस्तारै सत्य खोलिदिदै गए। अब ऊ बाबु पाउने विभिन्ने बाटाहरू खोजिरहिछ र उसलाई पनि बाबुको रूपमा पाउन सक्ने सम्भावना केलाइरहिछ।

अरुणाको मन अर्कातिर लैजान उसले भन्यो-"आउदो छुट्टीको दिन तिमीलाई म घुमाउन लैजान्छु। ल है, अरुणा?"

"हवस्।"-अरुणाले जवाफ दिई र फेरि सोधी - "मैले तपाईसँग विहे गर्नुहुन्छ?"

अनिलले सोच्यो-अरुणालाई बाबु चाहिएको छ। आमाको लोग्नेको रूपमा बाबु पाउन नसके ऊ आफ्नो लोग्नेको रूपमा बाबु भेट्टाउन चाहन्छे। लोग्ने के हो? उसलाई थाहा छैन तर बाबु उसले बुझेकी छ। बाबु घरमा आमाको गालीमा छोरीको निम्ति ढाल भ्ाएर बस्छ। बाहिर निस्कदा उसलाई म्वाईँ खान्छ। 'बाइ, बाइ' गर्दै बाहिर निस्कन्छ र बेलुका घर फर्कन्छ। घर फर्कदा चक्लेट, टफी आदि लिएर आउछ । त्यसैले ऊ बाबुसमानको लोग्नेमानिसलाई लोग्ने बनाउन चाहन्छे र उसको वरिपरि अनिल बाहेक अरू कोही पनि छैन्ने। त्यसमा पनि बाजेबजैले असल मानिस भनिदिएका छन्।

"हेर पहिलो कुरा त तिमी सानी छौ ा। तिम्रो बिहे गर्नेउमेर भएको छैन। दोश्रो कुरा, विहे त आफू जत्रैसँग पो हुन्छ त। म त बुढो भईसकेँ। बालक र बुढोको विहे त हुन सक्दैन।"

"तपाई शिवशर्माजस्तै बुढो हुनुभयो त?"

"शिवशर्मा? को शिवशर्मा?"

"तपाईले शिवशर्मा चिन्नु भएको छैन? स्वस्थानीको शिवशर्मा?"

अनिलले सम्झ्यो - आमाले उसले सुनाउने गरेको स्वस्थानी कथाकी गोमालाई विहे गरेर अलपत्र पार्ने ७० बर्षे बुढो शिवशर्मा। आमा बजैको निम्ति त स्वस्थानी कथाश्रवण त केवल कर्मकाण्ड थियो तर वर्तमानकी १० बर्षे गोमा शिवशर्मा खोजेर स्वस्थानी माताका प्रतापले मुक्त हुन खोज्दछे।

"अरुणा ! स्वस्थानी त कथा हो। कथाका कुरा साँचा हुँदैन्ने। कहीँ ७० बर्षको बुढोले ७ बर्षको केटी विहे गर्छ?

"म ठूलो भएपछितपाईसँग विहे गर्न हुन्छ नि?"

"तिमी ठूली हुँदा म बुढो भइसक्छु र उमेरदारले बुढोसँग विहे गर्दैन्ने। छोड यो विहेको कुरा। ठूली भएपछि तिमीलाई सुहाउदो केटो खोजी दिउँला अनि बिहे गरिदिउँला। बिहेको कुरा कहाँबाट उठ्यो तिम्रो मनमा? अहिले त पढ्नुपर्छ, ज्ञानी हुनुपर्छ तिमीले। बिहेको कुरा त पछि पो गर्ने त।"

"अनिल मामा ! गोमाले शिवशर्मासँग किन विहे गरिन् त? उनका त डैडी पनि थिए।"

"तिम्रो स्वस्थानीको कथामा सब ढाँटेका कुरा। ती ढाँटेका कुरा नपत्याऊ।"

"हजूरआमा साँच्चै हो भन्नुहुन्छ।"

"हजूरआमालाई थाहा छैन। त्यसैले 'हो' भन्नुहुन्छ। हजूरआमा बाहिर जानुहुन्न त्यसैले थाहा पाउनुहुन्न। मैले त गोमालाई नै भेटेको छु। उसको विहे शिवशर्मासँग भएको होइन।"

"उहिले उहिलेकी गोमालाई भेट्नुभएको?"

"हो, उहिले उहिलेकी गोमालाई?"

"त्यसोभए त उसको छोरा नवराजलाई पनि भेट्नु भएको होला नि?"अरुणाले उत्सुकाकासाथ सोधी।

"गोमाको शिवशर्मासँग विहे भएको थिएन। कसरी नवराज जन्मन्थ्यो? उसको छोराको नाउँ त विवेक। छोरी पनि छ उसकी तिमी जत्रै।"

अरुणाले अचम्म मानेर हेरी अनिलको अनुहारमा।

"अनि बुढी भइ सकिन त गोमा?"

"बुढी त भई नि। तिमी जत्रै छोरी हुने मानिस बुढी हुँदैन त?"

अनिललाई थाहा थियो केटाकेटी निम्ति सबै वयस्कहरू बुढाबुढी ठहर्छन। धेरै बुढाबुढी र कम बुढाबुढी। उहिलेकी कथाकी गोमा कमसेकम उसकी आमा सरह त हुनु पर्थ्यो नै। अरुणाको मनमा बसेको त्यो शिवशर्मा हटाउनै पर्ने थियो उसले ढाटेरै भएपनि।

"त्यसोभए, अनिल मामा, त्यो गोमा मलाई पनि देखाई दिनुहोस् है?"

"हुन्छ मौका परेको बेला देखाई दिउँला।"

अरुणा सन्तोष मानेर उठी र भनी - "अहिले जान्छु। ममी रिसाउनुहुन्छ फेरि 'कहाँ गएकी थिई' भनेर। हिजो पनि रिसाउनुभयो।"

अरुणा गएपछि अनिलले सोच्यो - अनायास ऊ बन्धनमा पर्दै गईरहेको छ। घनश्यामका ती निर्दोष छोराछोरी घनश्यामले बाबुको दायित्व पूरा नगर्नाले एक दिनको चिनापर्चीमै ऊबाट बाबुको दायित्वको आशा राख्छन्, असम्भव आशा। अर्कोतिर अरुणा ऊसँग बाबुको स्थान माग्दछे। ती निर्दोष केटाकेटीका आशाहरू न्ा ऊ लत्याउन सक्छ, न पूरा गर्न। समयले पोल खोलेपछि पूर्णिमा उसलाई घृणा गर्न थाल्नेछ। अरुणाले त्यस्तै कुरा गर्दै गई भने उसकी आमाले अनिलले सिकाएछ भन्ने ठानेर ऊप्रति असम्मान देखाउन थाल्नेछ। यी अवश्यम्भावीहरूले उसको भविष्य धमिल्याउन सक्छन् तैपनि ऊ यिनीहरूबाट उम्केर जान सक्दैन। भोलि घनश्याम ऊसँग झगडा गर्नेछ जुन झगडामा जय पराजय दुवैमा उसको अहित छ।

अनिललाई लाग्यो - आज सम्म ऊ जो थियो भोलि त्यो रहने छैन।


अनिलको भनाइ मधुलाई तर्कसँगत लाग्यो, तर्कसँगत मात्र हैन वास्तविक पनि। उसले जीवनलाई यस किसिमले सोचेकी थिइन। पहिले सोच्ने जरुरत थिएन। पछि सोच्ने सामर्थ्य भएन। सधैँ लोग्नेको ओतमा बसेकी मधुको निम्ति जीवन बिनासंघर्ष चल्ने एउटा सुखमय परिचर्या मात्र थियो। अभाव र असम्पन्नता उसले कहिले पनि भोग्नु परेन र निर्दयता र विषाद सहनु परेन। हठात् कालचक्रको लाठो आफ्नो शिरमा आएर बज्रेपछि दैवको निर्दयता, निकटस्थसँगको विछोडको विषाद, दैनिक जीवनमा आइपर्ने अभाव र समाजको तटस्थता उसले एकैचोटी अनुभव गरी। सामाजिक रिति पुर्या्उन उसलाई सहानुभूति देखाउन आउने पर्याप्त भए पनि आत्मियतासाथ उसको दुखमा सहारा दिने मानिस एउटा पनि आई पुगेन। समाजप्रतिको घृणाको मूल कारण पनि त्यही थियो उसको। ऊ आफूलाई समाजभन्दा पर र एक्ली ठान्थी र आफ्नो गुप्तवासबाट पहिलो पल्ट बाहिर निस्केर आएकी थिई माइत। उसको निष्कृयताको कारणले अरुणाको पढाइमा बाधा पुग्यो र अरूणले आमाको दुखको स्रोत आफूलाई ठान्न थाली। अरुणाको लक्ष आमालाई खुसी पार्नु थियो र प्रत्येक वयस्कलाई ऊ भावले या वचनले बाबु होई दिने अनुरोध गर्न थाली। ऊ पढ्नुको साटो वयस्कहरूलाई रिझाएर बाबु कमाउन चाहन्थी आफ्नो खुसीको निम्ति थोरै र आमाको खुसीको निम्ति धेरै। तर मधुलाइृ थाहा थिएन। आफ्नै सपनामा मात्रै निदाएर बसेकी मधुलाई थाहा हुने कुरा पनि भएन। उसले आफूले पर्याप्त समय र साधन नदिए यो छोरी हुर्कन र फस्टाउन सक्दिन भन्ने कुरा अनिलले उसलाई नऔँल्याएसम्म उसको मनमा त्यो आएको थिएन। अनिलले औँल्याएपछि उसमा चिन्ता पस्यो र अनिललाई छोरीको निम्ति विद्यालय खोजीदिन अनुरोध गरी। उसको अनुरोधमा अनिल विभिन्ने विद्यालय गएर संभावित स्थानहरूको छनौट गरेको थियो। सिर्जना र विवेक पढ्ने स्कुल उसको छनौटमा नपरे तापनि पूर्णिमालाई त्यहीं भेट्न उपयुक्त ठानेर पूर्णिमाभन्दा अगाडि नै पुगेको थियो। सबै नै स्वभाविक रूपमा भएको थियो - खाली पूर्णिमाको ड्राइभरलाई ढिलो गराउन कुसमयमा लमी पठाउने काम भने उसको कर्तुत थियो।

विहान अनिल कर्णेल बुढाकोमा पुग्यो। सधैँ बेलुका मात्र आउने अनिललाई देखेर बुढाले स्वागत गर्दै भन्ो -"आज त अनिल बाबु अचम्मै गर्नुभयो। बिहानै आउनुभयो।" अनिलले बुढालाई अभिवादन गरेर भन्यो -"बेलुका आज ढिलो हुन्छ। त्यसैले बिहानै पसेर जाऊँ भनेर आएको।"

उसको भनाइ सुनेर बुढाले सोधे - "खास काम भएर होकी, त्यसै नै?"

"खास काम त केही होइन। अरुणाको लागि स्कुल भन्नु गएको थियो मधुजीले त्यसैले।"

"त्यसोभए मधुलाई पनि बोलाऊँ। आमाका अगाडि नै कुरा गर्न सजिलो हुन्छ।"

बुढाले मधुलाई बोलाए र एकैछिनपछि मधु आएर अनिललाई अभिवादन गर्दै बसी।

"अँ त। ऊ अनिल बाबु पनि आउनु भएको रहेछ स्कुलको कुरा लिएर नातिनीको लागि।" - बुढाले अनिललाई बोलाउनुको कारण जनाए।

मधुले अनिलको मुख हेरी। अनिलले हातमा भएको कागज खोलेर तीमध्ये एउटा दिँदै भन्यो - "उच्चस्तरयि विद्यालयमध्ये यसमा मात्र प्रवेश मिल्ने संभावना छ। त्यो पनि १० हजार पहिले नै धरौटी राख्नुपर्ने र महिनाको ३ हजारभन्दा कम बिल आउदैन।"

"त्यो त असाध्यै महंगो भयो।" - मधुले निधार खुम्च्याएर भनी।

"यो विद्यालयमा केवल आवासयि मात्रै छ त्यसैले त्यसमा प्रवेश गर्ने कुरा संभावना छैन।" - अनिलले भन्दै गयो - "यी तीन विद्यालयहरू मध्यमस्तरीय हुन्। यिनमा आवाशिय पनि छ र घरबाट आवतजावत गर्न पनि हुन्छ।"

"के मा आउने जाने?"

"त्यसो यिनीहरूको आफ्नै बस छ। बसको शुल्क समेत गरेर महिनामा हजार ननाघ्ला।" - अनिलले जवाफ दियो।

"त्यतिसम्म त धान्न सकिन्छ होला।"- मधुले बाबुको मुखतिर हेरेर प्रश्न गरी।

"पढाइ कस्तो छ नी?" - बुढाले अनिललाई प्रश्न गरे।

"जस्तो दाम उस्तै पढाइ। आजकल शिक्षा पनि एउटा व्यावसाय भएको छ। माल अनुसारको मोल दिनुपर्ने। महिनाको ५० तिरेर पाईने शिक्षाभन्दा यो राम्रो पक्कै छ।" "तपाई के सल्लाह दिनुहुन्छ?" - मधुले अनिललाई प्रश्न गरी।

"यदि तपाई महिनाको हजार र छोरीको टिफीन किब कापीको निम्ति अरू १-२ सय खर्च गर्न सक्नुहुन्छ भने म यिनै मध्यम स्तरीय एउटामा राख्ने सल्लाह दिन्छु।" - अनिलले मधुको मुखमा हेरेर भन्यो र मधुको अनुहारमा स्वीकृतिको भाव देखेर थप्यो - "यसले दुर्ई वटा फाइदा छन्। पहिलो, छोरीले केही स्तरीय पढाइ पाउन सक्छे र दोश्रो, समाजमा तपाई र अरुणा दुवै जना उच्चस्तरीय मध्यमवर्गमा गनिन थाल्नु हुनेछ। त्यो स्थान पाउन पनि केही मूल्य त तिर्नै पर्छ।

" "कस्तो जमाना आयो आफ्नो इज्जतको निम्ति पनि मोल तिर्नुपर्ने?" - कर्णेलले दिग्दारी भावमा भने।

"होइन, हजूर। मोल त पहिले पनि दिनै पर्थ्यो। अहिलेको र उहिलेकोमा फरक केवल मोल बुझाउनु पर्ने माध्यममा मात्र छ।" - अनिलले प्रतिरोध गर्योम - "एकै किसिमका विद्यालय मात्र भएकाले त्यो बेला विद्यालयमा स्तर जनाउनुपर्ने आवश्यका थिएन, समानता थियो तर कूलकी छोरी ल्याउन र कूलमा छोरी दिन त्यो बेला पनि होड चल्थ्यो। आफ्नो स्तर देखाउनुपर्थ्यो। मुरीका मुरी बारुदले बन्दुक पड्काउदै बरियाँत पनि जान्थ्यो र सयौँ जन्तिलाई खीरमात्र खुवाएर बेहुली भतेर पनि उतारिन्थ्यो। केको निम्ति हुन्थ्यो? खालि इज्जतको निम्ति होइन?"

"शुद्ध ब्राहमण पढाएर छोरी चेली लिइन्थ्यो, दिइन्थ्यो। त्यस्तो झन् धेरै थियो नि, अनिल बाबु। त्यो फोस्रो ढाँचा त कसै कसैले मात्र गर्थ्यो।"- बुढाले अनिलको कुरा स्वीकतार्न चाहेन्ने।

अनिल बुढासँग सामान्य तर्क गर्ने पक्षमा हुँदैनथ्यो तर अहिले ऊ तर्क गर्न तयार भयो किनकि उसको तर्कको विजयले एउटी बालक केटीको भाग्यको निर्णय गर्न सक्थ्यो। उसले जवाफ दियो - "त्यसरी विहै गर्ने त अहिले पनि पर्याप्त छन्। साधारण विद्यालयमा पढ्ने अनगिन्ति छन्। गुरुकूलमा पढ्नेको पनि खाँचो छैन। तर जुन समाजमा बसिन्छ त्यो समाजमा आफ्नो क्षमताले भ्याएसम्म्ा इज्जतसाथ बस्न खोज्नु सम्मान हो। त्यसमा पनि आजको युग प्रतिस्पर्धाको हो। यदि हामीले बालकलाई आफ्नो क्षमताले भ्याएसम्म सबल बन्ने मौका दिएनौँ भने भोलि उनीहरूलाई खुट्टा टेक्न गार्होब पर्नेछ। त्यसै हिसाबले मात्र भनेको हुँ। मैले अरू पनि विद्यालयको नाम लिएर आएको छु। यदि चाहनुहुन्छ भने ती बारे पनि भन्छु।"

"होइन, भइहाल्यो। यी तीन वटामध्ये कुन राम्रो होला? तिनका कुरा गरौँ न।" - मधुले अरू विवाद हुन नदिन बीचैमा भनी।

कफी टेबलमा राखेकामध्ये एउटा उठाउँदै अनिलले जवाफ दियो, - "यसमा राख्नु चाहिँ म उपयुक्त ठान्दछु। यसको पढाई पनि स्तरीय नै छ। शुल्क पनि ठीकै छ र यसको बस पनि सडकसम्म आउँछ।"

"त्यसोभए यसैमा प्रवेश लिइदिनोस् न।"-मधुले अनुरोध गरी।

अनिलले टाउको हल्लाउँदै अस्वीकृति जनाएर भन्यो -"होइन, मधु जी। अरुणालाई प्रवेश लिइदिन तपाई आफैँ जानुपर्छ। बरु तपाईलाई सहयोगको निम्ति म त्यहीँ मैले चिनेको एक जना मानिस छ। त्यसलाई फोन गरिदिन्छु।"

"म कहिले पनि गएकी छैन त्यसैले पो त।"-मधुले कारण देखाइ।

"यो परिस्थितिमा तपाई कहिले पनि पर्नुभएको थिएन। त्यसैले जानु पनि भएको थिएन। तपाईले यस्ता समस्याहरू दिनदिनै भोग्दै जानुपर्छ । आज म छु। त्यसैले मबाट गराउनुहुन्छ यो काम। भोलि कोही अर्को खोजेर काम चलाउनु होला तर सधैँ को पाउनुहुन्छ तपाईको गरिदिने? एक न एक दिन त तपाई आफैँले सबै बेहोर्नै पर्छ। तपाई अहिले गए विद्यालय चिन्नुहुन्छ, शिक्षक चिन्नुहुन्छ, त्यहाँको चालचलन देख्नुहुन्छ र फेरि आमा नै हुदाहुँदै मैले अभिभावक बस्न पनि राम्रो हुँदैन।"

"हो, छोरी। आफ्नो काम गर्न बानी पनि बसाल्नुपर्छ।" - कर्णेलले पनि सही थापे।

"म गर्दिनँ भनेको त कहाँ हो र? कहिले नगरेकोले जान्दिनँ कि, बिग्रन्छ कि भनेर पो त।" - मधुले जवाफ दिई।

"तपाई गर्नोस् पहिले। मलाई विश्वास छ, बिग्रँदैन। केही गरे बिग्रेछ भने पनि म त्यसलाई सुधारुँला। भयो अब?" - अनिलले मधुतिर मुस्कुराएर हेर्दै भन्यो।

"बिग्रियो भनेचाहिं मलाई थाहा छैन नि।" - मधुले पनि मुस्कुराएर नै जवाफ दिई।

"जानी जानी बिगारेको चाहिँ सपारिन्न नि। होइन, हजूर?" - अनिलले बुढाको मुखतिर हेरेर हाँस्दै भन्यो।

"हो त नि। बिगार्न त कहाँ हुन्छ त?" - बुढाले फेरि सही थापे। मधु मुस्कुराई मात्र।

भोलीपल्ट बिहान चिया खानकेा निम्ति बाहिर जाने तरखरमा भएको बेला मधु चिया लिएर अरुणाको साथमा अनिलको कोठाभित्र पसी। यसरी उसको प्रवेशको निम्ति अनिल तयार थिएन। सामान्य त उसको कोठामा स्वास्नीमानिसहरू कहिले पनि पसेका थिएन्ने र आफ्नो घरमा उनीहरूलाई कसरी सम्मान गनुपर्छ? अनिललाई थाहा थिएन। त्यसमा पनि एउटी उमेरदार स्वास्नीमानिसको प्रवेश त उसको लागि झन् नौलो थियो। उसले आश्चर्य मानेर मधुको मुख हेरेर केवल एक शब्द मात्र निकाल्न सक्यो -"तपाई?"

"यसमा आश्चर्य मान्ने कुरा के छ र?" - मधुले उसको आश्चर्यलाई सामान्य बनाउन खोज्दै जवाफ दिई - "तपाई मेरो कति काम गरिदिनुहुन्छ। तपाईलाई एक कप चिया ल्याउँदैमा केही फरक त पर्दैन होला नि। आमा गर्नुहुन्थ्यो कहिलेकहीँ यो काम। आज मैले गरेँ।"

"मेरो आश्चर्य तपाईँले ल्याएकोमा हैन। तपार्ईँ आएकोमा हो।" - अनिलले संयममा आएर जवाफ दियो - "र त्यो पनि कहिले नआउने तपाईँ आएकोमा पनि हैन। मेरो घर भनूँ या कोठामा कहिले पनि कुनै पनि उमेरदार आइमाई नपसेकाले आज तपाईको प्रवेश नै मेरो लागि एउटा आश्चर्य भएको हो।"

"अचम्म ! के आजसम्म तपाईको कोठामा कुनै उमेरदार स्वास्नीमानिसले प्रवेश गरेकै थिएन्ने त?" - मधुले बसेर चिया कपमा खन्याउँदै भनी।

"स्वास्नीमानिसको विचारमा म एउटा चिसो मुस्कान मात्रै हुँ जो टाडाबाट मात्र राम्रो देखिन्छ। नजिकैबाट हेर्दा त त्यसमा कुनै स्पन्दन हुँदैन। यो मैले भेटेको स्वास्नीमानिसको धारणा हो।" - अनिलले पनि बस्दै जवाफ दियो।

"त्यसो भए तपाई स्वास्नीमानिसको स्नेहमा पटक्कै विश्वास गर्नुहुन्न। कि त तपाईको आत्मामा भएको दया र हार्दिकता ती स्वास्नीमानिसहरूले पटक्कै बुझेन्ने।" - मधुले चियाको कप अनिललाई दिँदै भनी।

"अरू स्वास्नीमानिसको त म भन्न सक्दिन तर मैले मेरी आमाको स्नेह राम्ररी जानेको छु। त्यसैले पहिलो पक्ष होइन होला।"

"तर आमा स्वास्नीमानिस होइन। आमा त आमा हो। स्नेह, दया, प्रेम र सबैभन्दा ठूलो ममता बोकेकी एउटा विशाल रक्षिका हो। यसको तुलना कुनै स्वास्नीमानिस या लोग्नेमानिससँग गर्न सकिन्न। सर्वव्यापी आकाश पनि कहीँ कुनै वस्तु विशेषसँग तुलना हुन सक्छ र?" - मधुले अनिलको मुख हेरेर भनी - "मैले त ती स्वास्नीमानिसहरूको कुरा गरेकी हुँ जो जन्मले तपाईका कोही पनि होइन्ने तर घटनावस तपाईका मित्र हुन आइपुगे।"

"त्यसो भए दोश्रो पक्ष ठीक होला तर अलि फरक रूपमा।" - अनिलले जवाफ दियो। - "शायद मैले ती स्वास्नीमानिसहरूको आत्मियता चिन्न सकिनँ।"

"दुइटै एउटै कुरा हो। ताली एक हातले बज्दैन तर तपाईँमा म जुन सौहार्द्रता पाउँछु त्यसलाई कुनै पनि स्वास्नीमानिसले कसरी अनुभव गर्न सकेन्ने? त्यो आश्चर्यको कुरा हो।" "शायद मभित्र भएको कठोरतालाई उनीहरू पहिले छुन पुग्दा हुन्।" - अनिलले मुस्कुराएर जवाफ दियो।

अनिल मुस्कुराए पनि मधुले गम्भीर भएर जवाफ दिई। - "सायद तपाईका सामु जो आए ती सबै सुखमा थिए। दुखमा कोहि पनि थिएन्ने्। तपाईजस्तो मानिस सुखमा काम लाग्न सक्दैन्ने। दुखमा मात्र तपाईको आवश्यकता पर्छ। तपाईको सद्भावना चिन्न सकिन्छ। दुर्ई वर्ष अगाडिसम्म तपाईसँग मेरो भेट भएको भए तपाई मेरो पनि दृष्टिमा पर्नु हुने थिएन।"

"धन्यवाद धेरै यसरी मैले थाहा नपाएका मेरा गुणको भण्डार खोलेर मेरो बखान गरिदिएकोमा।" - अनिलले मुस्कुराहटको साथै आफ्नो भनाइमा ठट्टाको लवज मिसाएर भन्यो - "अब भन्नोस्। अरुणाको प्रवेश लिनुभयो?"

"अर्को एउटा कुरा। तपाईको यो मप्रतिको 'तपाई' मलाई पटक्कै चित्त बुझेन।" - मधुले गम्भीर भएर नै जवाफ दिई - "उमेरले म सानो या ठूलो जे हुँ बुद्धिले, क्षमताले र तपाईको व्यावहारिक जेष्ठताले मप्रति तपाईको 'तपाई'भन्दा 'तिमी' नै धेरै सुहाउँछ। यसलाई कसैले पनि आपत्तिजनक मान्ने छैन।"

"तर मैले 'तपाई'बाट 'तिमी'मा ओर्लेपछि तपाईले पनि त तिमीमा ओर्लनु पर्योे नि।" - अनिलको मुस्कुराहट हराएर ऊ स्वभाविक रूपमा आइसकेको थियो।

"कुनै जरुरत छैन। यो 'तिमी' साटासाट गरेको होइन। 'तँ' यस्तो शब्द हो जो असिम स्नेह या अन्तरंगता देखाउन या कसैलाई हेला गर्न प्रयोग गरिन्छ। 'तिमी' आफूभन्दा सानालाई मान जनाउन प्रयोग गरिन्छ। तपाईबाट 'तिमी' को मान पाउनु नै मेरो निम्ति धेरै हो। आफूलाई नष्ट गर्न खोज्ने बाटोमा लागेकी मलाई उठाएर जीवनको बाटोमा राखी दिनुभयो। त्यो कुनै पनि गुरु, आमा, बाबुले दिने शिक्षा या दिक्षाभन्दा कम छैन। त्यसैले मेरो हृदयले दिएको तपाईप्रतिको सम्मानलाई सानो पार्न मलाई बाध्य न गर्नुहोस्।" "ठीकै छ तिमीलाई त्यस्तो लाग्छ भने।" - अनिलले अरू जोड गरेन - "अनि अरुणाले प्रवेशको के भयो?"

"प्रवेश त लिइदिएँ तर विद्यालय जानुपर्नेचाहिं अझै १० दिन पछाडी मात्रै रे।"

"वातावरण कस्तो लाग्यो विद्यालयको तिमीलाई?"

"राम्रो छ। वरिपरि केहीले पनि बाधा नगर्ने सुनसान रहेछ ठाउँ।"

"पढाइ पनि राम्रै छ भन्छन् सबैजना।" - अनिलले विस्तारै भन्यो - "अब छोरीको खर्च निकै बढ्यो। पुर्यासउने साधन के छ तिमीसँग?"

"पेन्सन आउँछ ४ हजार जति। अरू त के छ र? महिनाको ३ हजार ब्याज आउँछ बैँकबाट।"

"त्यतिले त सधैँ पुग्दैन। जति छोरी बढ्दै जान्छे। उसको आफ्नो खर्च पनि बढ्दै जान्छ। अरू जटाउने साधन त थप्नुपर्यो नि।"

"केबाट थप्ने मैले? अरू मसँग के छ र?"

"हिम्मत र साहस छ। त्यो पनि कम होइन।"

"के गर्नु र त्यसले भएर पनि?"

"मैले पनि कमाउनु पर्छ भनेर मनमा एउटा निश्चय राख। कमाउने बाटा अनेक छन्। धेरथोर जे भए पनि कमाउन सकिन्छ। तिमी नोकरी गर्न सक्छ्यौ, व्यापार पनि गर्न सक्छ्यौ या अरू कुनै। खाली निश्चय आफूमा हुनुपर्योि।"

"मैले नोकरी गरेर व्यापार गरेर पैसा कमाउने? असम्भव।"

"कमाउने होइन, आर्जन गर्ने। जस्तोसुकै तुच्छ कामले पनि केही न केही आर्जन गर्छ। संसारमा यो काम ठूलो यो काम सानो भन्ने हुँदैन।"

"समाजले त ठूलो सानो ठान्छ नि।"

"ठान्छ। त्यसैले समाजको मर्यादा राखेर कुनैपनि काम गर्न हुन्छ। तिमी पनि काम हेर्दै जाऊ। म पनि हेर्दै जान्छु। उपयुक्त काम भेटेपछि म भनुँला।

"के तपाई सधैं अर्काको नै भलो चाहनुहुन्छ?"

"सधैं भलो कहाँ गरिन्छ र? कति काममा कुभलो पनि गरिन्छ। जानी जानी पनि, नजानेर पनि। मेरा आफन्त त म आफू बाहेक अरू कोही नभएकोले आफ्नो निम्ति गरिने काम बाहेक सबै अर्काका हुन्छन्। अर्को एउटा कुरा। अरुणालाई पुराणाकि थोत्रा कथा सुन्ने नदेऊ र सुनी हाले पनि वास्तविका तुरुन्त बुझाईदेऊ।

"किन? के भयो र?" - मधुले सशङ्कित भएर सोधी।

"ऊ गोमाजस्तै भएर बुढो शिवशर्मासँग विहे गर्ने धुनमा छ। मैंले शिवशर्मा छैन, गोमाले त अर्कैसँग विहे गरेकी छ। उसका दुईटा छोराछोरी छन् भनेर लगाई दिएको छु। पत्याएर गएकी छ।"

"त्यो पनि के के सोच्छे? के? के? उसको ड्याडी गएपछि त्यस्ती भएकी छ।"

"बाबुसँग झ्याम्मिएका छोराछोरी त्यस्तै हुन्छन्। भन्ने त ऊ ममीको निम्ति ड्याडी चाहिन्छ भन्छे तर वास्तवमा आफ्नो निम्ति बाबु खोजिरहिछ। उसको शिवशर्मा पनि यही बाबु खोजाइको उपज हो।" - अनिल भन्दै गयो।

"कसैले न कसैले उसको निम्ति यो बाबुको भूमिका पूरा गरिदिनैपर्छ। म आज जो गरिरहेको छु त्यो तिम्रो निम्ति हैन उसको निम्ति गर्न बाध्य भएको छु। उसलाई बाब, आमाको लोग्नेको रूपमा हैन, उसलाई बाबुलेजस्तै स्नेह दिने वयस्क पुरुषको आवश्यका भएको छ। उसको खोजाइ यति विकृत भएको छ कि उसले मसँग विहे गर्ने प्रस्ताव राखेकी छ।" "हरे राम ! के भएको हो त्यो केटीलाई?" - मधुले लामो सास फेरेर भनी।

"तिमी आत्तिनुपर्ने आवश्यकता छैन। उसको बाबुको रिक्त स्थान त कसैबाट पनि पूर्ति हुन सक्दैन तर उसलाई विस्तारै विस्तारै वास्तविका बुझाउन म हर प्रयास गर्नेछु। तर त्यसमा मेरोभन्दा तिम्रो भूमिका बढी छ। मर्नु के हो भन्ने तिमी उसलाई बुझाउने प्रयास गर र मरेका बाबुको स्थान कसैले पूरा गर्न सक्दैन भन्ने ज्ञान पनि उनमा विस्तारै भर। अहिलेसम्म त ऊ एउटा बाबु नभए त्यो स्थान अर्को बाबुले पूरा गर्न सकिन्छ भन्ने धारणामा छ। २।४ बर्ष हो उसलाई बुझाउनुपर्ने। त्यसपछि त ऊ आफैँ बुझ्न थाल्छे।"

मधुले त्रस्त आँखाले अनिललाई हेरी। त्यो देखेर अनिलले फेरि भन्यो - "मधु ! यो जीवनको सघंर्ष हो। यसमा डराउनु हुँदैन। जे पर्छ त्यो बेहोर्दै जानुपर्छ। यो त एउटा थालनी मात्र हो। हिम्मत लिएर निर्णय लिने दिन त अझै बाँकी नै छ। आज नडराई सुरु गर्यौण भने त्यो बेला तिमीमा आफैँ आत्मबल आउनेछ।"

"शायद मेरो लागि योभन्दा अरू बाटो पनि त छैन होला।" - मधुले कप उठाएर किस्तीमा राख्दै भनी। अनिलले केही जवाफ दिएन।


बुढेसकालमा जन्मिएकी बाबुकी प्यारी छोरी मधु केटकाकेटीदेखि नै पुल्पुलिएकी थिई। दाजुभन्दा १२ बर्ष कान्छी भएकीले दाजुको खप्की पनि खानु परेन र दाजुले उसलाई माया नै गर्दथ्यो। केटाकेटी उमेरमा जे भन्यो त्यही पुर्यााइदिने गरेकाले उसलाई पढ्ने, सिक्नेभन्दा आफूखुसी गर्ने स्वभाव बसेर गयो। परिणामस्वरूप उसले विद्याालय पार गरेरमाथि उक्लन सकिन र कुनै सिप पनि हासिल गर्न सकिन। छोरीको त्यो चाला देखेर बाबु चुक्चुकाए तर समय बितिसकेपछि चुक्चुकाउनु मात्रै भयो। अरू केही गर्न सकेन्ने। तैपनि मधुलाई भाग्यले साथ दियो। २० बर्ष नपुग्दै भनेजस्तो केटो माग्न आयो र कर्णेलले पनि त्यो मौका चुकाएन्ने। लोग्ने अफिसर भई सकेकाले १२ बर्षको अवधिमा उनले केही जोड्न समर्थ भए र मधुलाई एउटा स्तर दिएर राख्न सफल पनि भए। मधुको आफ्नै एउटा घर थियो जसलाई उनले ५।७ हजारमा भाडामा लगाउन सक्थी, २।४ लाख बैँकमा थियो र ४ हजार जति लोग्नेको पेन्सन थाप्थी तर यी सब चीजलाई व्यवस्थित गरेर कसरी चलाउने? त्यो भने उसलाई ज्ञान थिएन। केटाकेटीदेखि नै अव्यवस्थित भएको अवस्थामा अचानक व्यवस्था कायम गर्नुपर्ने बाध्यताले ऊ विचलित भएकी थिई र अनिलका जम्मै सल्लाह र सुझावहरू ऊ अकाट्य मान्न थालेकी थिई। अनिलको प्रयास उसलाई थिग्य्राएर स्थापित गर्न खोज्नु थियो तर मधु भने आफू उभिन नखोजेर अनिलको भरमा अडिन खोज्दथी। अनिललाई मधुप्रति माया या स्नेह भएर होइन। अरुणाप्रतिको दयालाई कहीँ आफूप्रतिको स्नेह या माया नसम्झोस् भनेर कुरा पनि प्रष्ट पारेको थियो। उनीहरू दुर्ई जनाको वार्तालापमा अरुणाको भूमिका प्रधान पारेर अनिलले अघि सार्नुको कारण पनि त्यही थियो।

लोग्नेमानिसद्वारा उपेक्षित स्वास्नीमानिसले भन्ने गर्दर्छन् - मलाई लोग्नेमानिससँग कुनै वास्ता छैन, म आफैँ स्वतन्त्र छु र स्वतन्त्र भएर बाँच्न सक्छु। उनीहरू यो धारणालाई सत्य मान्दछन्, यही धारणा अनुसार आचरण देखाउँछन् र यही धारणामा बाँच्न खोज्छन्। सत्ययुगदेखि अहिलेसम्म यसरी नै चली आएको छ। बिहे भएका भए ती आफूलाई सती, साध्वी प्रमाणित गर्न खोज्दछन् र बिहे नभएका भए लोग्नेमानिसको नाम लिन पनि हिच्किचाउँछन्। आदिम युगदेखि चलिआएको विपरित लिङ्गीको सम्बन्धबाट आफू अलग्गिने बाध्यताले उनीहरूमा अरू स्वास्नीमानिसको सामु हीनताबोध हुन थाल्दछ र त्यही हीनताबोधलाई लुकाउन उनीहरू सतित्व र पवित्रताको आडमा प्रभूताभाव देखाउन थाल्दछन्। त्यही प्रभूताभावमा अड्केकी स्वास्नीमानिसका जीवनमा लोग्नेमानिसले प्रवेश गर्ने वित्तिकै ऊ विचलित हुन थाल्दछे र आफूलाई आफैँभित्र केलाउन थाल्दछे। पूर्णिमा त्यही स्थितिमा थिई। लोग्ने घनश्यामको नाङ्गो आचरणका कारणले लोग्नेमानिसप्रति नै घृणाको भाव बोकेर सती-साध्वी बनीरहेकी पूर्णिमा अनिलसँगको दुर्ई भेटमा विचलित भई। हुन त अनिलले उसलाई विशेष केही भनेको वा गरेको थिएन तैपनि पूर्णिमाले उसमा एउटा मर्दपन भने अवश्य देखी। लोग्नेमानिसले एउटी चिन्नु न जान्नुकी स्वास्नीमानिसप्रति पनि त्यस किसिमको सद्भाव गर्न सक्छ र आफू लोग्नेमानिस हुँ भन्ने जनाएर पनि स्वास्नीमानिसलाई त्यसरी सम्मान दिन सक्छ भन्ने उसले सोचेकी पनि थिइन। धार्मिक आस्थावान परिवारमा हुर्किएकी पूर्णिमाले लोग्नेमानिसको रूपमा केवल घनश्यामलाई मात्र चिनी र लोग्नेमानिस सामु उभिनुपर्दा जहिले पनि असजिलो अनुभव गरेकी थिई तर अनिलको साथमा त्यो असजिलोपन उसले अनुभव गरिन। छोटो समयमै ऊ कुलोको पानी बाँझो गरामा भिज्दै आएजस्तै अनिल उसको जीवनमा भिज्दै गयो र ऊ आएकोसम्म पनि उसले थाहा पाउन सकिन। अनिलको उपस्थितिले उसको हीनताबोध स्वत हराउँदै थियो र लोग्नेमानिसप्रतिका उसका धारणा बदलिन थाले। ऊ स्वयं भित्र अन्तरद्धन्द सुरु भयो।

'छोराछोरीले अर्को पटकको लागि अनिललाई निम्त्याएका छन् र ती केटाकेटी उसलाई पर्खेर बसेका छन् तर अनिल उनीहरूको निम्तोमा आउन पनि सक्छ र नआउन पनि। आउन सक्ने संभावना थोरै छ। अस्ति पनि ऊ कारणवस आइपुगेको थियो र पर्सी आउनुपर्ने कारण त्यो अवश्य पनि हुने छैन। अर्काका छोराछोरी, ती पनि एकछिन अगाडि मात्र चिनेका, तिनीहरूकै निम्ति मानिस कसरी आउन सक्छ र? मैले 'आइदिनोस् न त' भनेकी भए पनि शायद आउन सक्थ्यो होला। ऊ आएन भने केटाकेटी अवश्य पनि नियास्रो मान्नेछन् र मलाई त पक्कै सोध्नेछन् 'अनिल अंकल आएन?' 'आएन' त भनिदिउँला तर त्यतीले मात्रै उनीहरूको चित्त बुझ्नेछैन। सोध्न थाल्नेछन् - 'किन आएन? के भयो? तपाईले आउनेहोस् भन्नु भएन?' आदि इत्यादि। एउटा प्रशनको जवाफ अधूरो भएपछि अनेक प्रश्न उब्जन्छन्। मैले उसको बारेमा के जवाफ दिने? नाम बाहेक मैले उसलाई अरू केही पनि चिनेकी छैन। कहाँ बस्छ? के गर्छ? ऊ कस्तो मानिस हो? म आफैलाई थाहा छैन भने छोराछोरीलाई के जवाफ दिने?'

पूर्णिमामा अनिललाई छोराछोरीसम्म पुर्याछइदिने इच्छा प्रबल हुन थाल्यो। ऊ जति त्यो इच्छालाई रोक्न चाहन्थी त्यती नै छोराछोरीले अनिललाई बढी खोज्नेछन् र अनिल नआउनुको दोष पुर्णतया उसैलाई दिनेछन् भन्ने सोच्न थाली। ऊ त्यो अपरिचित अनिलको उपस्थिति अनिवार्य ठान्न थाली।

"उसलाई फेरि बोलाउने कसरी? टेलिफोन त दिएको छ तर त्यो घरको पनि हुन सक्छ र कार्यालयको पनि। उसको घरमा स्वास्नी होली। केही गरी घरको टेलीफोन रहेछ भने र उसकी स्वास्नीले 'को? किन?' आदि सोध्न थाल्ली अनि के भनेर जवाफ दिने? हुन त उसले बिहे नगरेको छनक दिएको थियो तर त्यो असत्य पनि त हुन सक्छ। मलाई सबै कुरा साँचै भन्नु पर्छ भन्ने पनि त छैन। मेरो कारण उसको परिवारमा कलह उब्जन सक्छ। शङ्का उब्जन सक्छ। उसको परिवारमा दाग लगाउन सक्छ। त्यस्तो भयो भने उसले मलाई माफी देला? यदि कार्यालयकै टेलीफोन रहेछ भने पनि 'म उसको को?' भनेर सोधे भने के जवाफ दिने? म फलानी त भन्नेै पर्यो्। मैले फोन गर्दा कार्यालयमा नै वाधा पर्ने हो कि? ऊ रिसायो भने मैले के भन्ने? अत्यावश्यक परे फोन गर्नु भनेको थियो। अत्यावश्यक काम के देखाउने?"

पूर्णिमाले मन मार्न खोजी तर केही समय नबित्दै इच्छा बलवान हुँदै गएपछि दृढ भएर आफैँलाई भनी -"फोन गर्नु भनेर दिएको त होला नि यो नम्बर। उसले त मेरो ठेगाना टेलीफोन केही पनि लिएको छैन। उसले चाहे पनि मलाई भेट्न सक्दैन।"

पूणिमाले टेलीफोन नम्बर घुमाई र रिसिभर कानमा राखी। रिङ टोन बज्दै जाँदा उसको छातीको धड्कन पनि बढ्दै जान थाल्येा। रिसिभर क्रेडलमा राखूँ राखूँ भन्ने एक मन भए पनि राख्न सकिन। ३/४ घण्टी गएपछि उताबाट सानो स्वर सुनियो - "हलो।"

केटाकेटीको स्वर सुनेर उसलाई शङ्का लाग्यो र यो फलानो नम्बर हो भनेर सोधी। बच्चाले 'हो' भनेपछि सोधी -"अनिल जी हुनुहुन्छ त्यहाँ?"

बच्चाले पूर्णिमाको प्रश्नको जवाफ दिनुको साटो उल्टो प्रश्न गर्योल - "तपाई को?"

"म अनिलजीको चिनजानको मानिस।"

"तपाईको नाम के?" - बच्चाले आफ्नो जिद्दी छोडेन।

"पूर्णिमा।" - ऊ आफ्नो नाम दिन बाध्य भई।

"अनिल मामा त कार्यालय जानुभएको छ।"

"भानिज या भान्जी रहिछ।" - पूर्णिमाले मनमनै सोची र प्रस्ट भनी - "वहाँको कार्यालय कहाँ पर्छ?"

"त्यो त मलाई थाहा छैन। पख्नोस्। म ममीलाई बोलाइदिन्छु,।" - बच्चाले रिसिभर भुइँमा राखेको आवाज आया। पूर्णिमा पर्खिरही। एकछिनपछि एउटा नारी स्वर आयो।

"हलो ! कसलाई खोज्नु भएको?"

"अनिलजीलाई।"

"ए, वहाँ त कार्यालय जानुभएको छ त। यो त वहाँको घर पर्योन।"

"कार्यालय वहाँको कहाँ नि?"

नारीस्वरले कार्यलयमा नाम बताउने बित्तिकै पूर्णिमा खंग्रङ्ग भई। त्यसैले नाम दिने नारीलाई धन्यवादसम्म दिन नसकेर रिसिभर क्रेडिलमा राखी। आफ्नो लोग्ने काम गर्ने कार्यालयमै अनिल काम गर्न सक्छ भन्ने उसले कहिले पनि सोचेकी थिइन। उसको भावनामा लोग्ने काम गर्ने कार्यालयमा ऊजस्ता मानिस मात्र काम गर्छन् भन्ने ठानेकी थिई। ऊ सोफामा गएर बसी। उसको टेलीफोन गर्ने इच्छा एकपल्ट सेलाएर गयो। ऊ आफ्नै अन्तरद्धन्दमा रुमल्लिन थाली। केही समयको आफैँभित्रको छलफलपछि उसको इच्छा फेरि बदलिन थाल्यो।

"कार्यलयमा टेलीफोन गर्दैमा के हुन्छ र? म कुनै व्यभिचारी गर्न लागेकी त होइन। फेरि मलाई त्यस कार्यालयमा कसले चिन्छ र? म त्यहाँ कहिले गएकी पनि छैन र मलाई कसैले चिनेको पनि छैन। मेरो नाम कसलाई थाहा छ र त्यहाँ? फेरि थाहा नै पाए पनि त्यस्ता पूर्णिमा कति हुन्छन् कति?"

उसले मन दर्होप गरेर फेरि टेली फोन घुमाई। एकैछिनको प्रतिक्षापछि उताबाट नारीस्वर सुनियो। नारीस्वरले कार्यालयको नाम भन्यो।

"अनिल जी हुनुहुन्छ त्यहाँ?" - पूर्णिमाले अस्वभाविक स्वरले सोधी।

"को अनिल? अनिल सापकोटा?"

"हो।" - अनिल सापकाटा हो वा होइन त्यो थाहा नभए पनि 'हो' भन्नु श्रेय ठानी।

"हुनुहुन्छ होला। म हेरीदिन्छु। तपाई को बोल्नुभएको?"

"पूर्णिमा।" - पूर्णिमाले छोटो जवाफ दिई।

"पू-र्णिमा।" - नारीस्वरले लामो लेग्रो तानेर नाम लिई र भनी - "तपाई पर्खनोस्। म हेर्न पठाइदिन्छु ।"

पूर्णिमा रिसिभर समाएर पर्खिरही। केही समयपछि अनिलको स्वर सुनेर पूर्णिमाले सोधी - "अनिलजी हो?"

अनिलको सकारात्मक उत्तरमा पूर्णिमाले अभिवादन गरेर भनी - "म पूर्णिमा।"

"अनि के? सबैजनालाई ठीकै छ?" - अनिलले सहज प्रश्न गर्योन। ऊ कुनै विशेष कुरा गर्न चाहँदैनथ्यो किनकी रिसेप्सनिष्ट सावित्रीका आँखा आफ्ना आँखा अगाडि फिँजाइएका फाइलमा भए पनि उसको कान र ध्यान टेलीफोन वार्तालापमा छ भन्ने अनिल बुझ्थ्यो।

"ठिकै छ त्यसो त।" - पूर्णिमाले आफेनो कुरालाई बढाउन थपी - "पर्सि तपाई केटाकेटीकता विद्यालयमा आउने होइन?"

"आउनु राम्रो होला र?"

"कत्रो आश गरेर बसेका होलान् उनीहरू।"

"कसको अनुरोध? तपाईको कि केटाकेटीकेा?" - अनिलले हाँस्दै सोध्यो।

"ल मेरो पनि ठान्नोस्।" - पूर्णिमा पनि मुस्कुराई।

"त्यो त ठट्टाको कुरा।" - अनिल फेरि सहज भएर भन्यो - "हुन्छ। म पुग्छु तर तपाई एकपल्ट फेरि पनि सोच्नुहोस्। ल त नमस्कार।"

अनिलले टेलीफोन राख्यो।

एक घण्टा पनि समय नबित्दै कार्यालयका सबै स्वास्नीमानिसहरूले थाहा पाए - अनिललाई स्वास्नीमानिसले फोन गरेकी थिई। टिफीनका लागि क्यान्टिनमा पुग्दा स्वास्नीमानिसहरूको बीचमा पूर्णिमा नाम कण्ठस्थ भइसकेको थियो। आइमाईको खासखुस-खासखुस बीचमा नै यो कुरा दौडिरहेको थियो तर लोग्नेमानिस भने अनभिज्ञ थिए। त्यसदिन पनि घनश्याम महिलामण्डलीको नाइके नै थियो। अनिललाई आएको टेलीफोनको कारणले कार्यलय आएका कुनै पनि स्वास्नीमानिस क्यान्टीन आउन छुटेका थिएन्ने र घनश्यामलाई उनीहरूले बलैले अटाएका थिए।

टेबलमा विभिन्न प्रसङ्गका कुरा चलिरहेका थिए। सबैलाई चासो घनश्याम र अनिलको ठोकाबाजीको भएपनि कसैले त्यसलाई उठाउन सकेको थिएन। निकै समयपछि पनि कसैले कुरा नउठाएको देखेर सावित्रीले भनी -"आज अनिलजी आउनु भएनछ खाना खान पनि।"

"ऊ आए पनि कसैले नदेख्ने कुनामा बसेर खान्छ घरकी नौली बुहारीलेजस्तो।" - घनश्यामले आफ्नो प्रतिद्धन्दिलाई ठोस्न चुकेन।

"त्यति सार्होत त नभन्नोस् न भन्ने पाएँ भनेर।" - अनुजाले हाँस्दै भनी।

"मैले भनिरहनु पर्छ? तिमीहरूले देखेकै कुरा त हो नि।"

"तपाईको एक किसिमको मिजास अनिलको अर्को किसिमको। खै, हामीसँग कुरा गर्न कहिल्यै हिच्किचाएको मलाई त थाहा छैन।" - सावित्रीले अनिलको पक्ष लिई।

"साँच्ची। अनिल र तपाईको झगडा त अब मिल्यो होइन?" - मृदुलाले आगोमा घिउ खन्याइदिई।

"हाम्रो केको झगडा? यस्ता मानिसँग म के झगडा गर्ने? यसो उसको हुतिसम्म जाँच्न खोजेको पो त।" - घनश्यामले फूर्ति लगायो।

"ठोकाबाजी परिसक्यो। अहिले हुती जाँच्न खोजेको भन्नुहुन्छ। उसले वचन पुर्याेयो भन्ो थाहा पाउनुहोला।" - शारदाले व्यङ्ग्य कसी।

"बाबै ! कहीं बोकाले दाइँ गरेको सुनेको छ? गर्न सक्ने मानिस भएको भए अहिलेसम्म केही गर्ने थियो।" - घनश्याम उत्तेजित भयो।

"उसले दिएको समय आधा पनि बितेको छैन। त्यसो नभन्नोस्।" - सावित्रीले फेरि अनिलको समर्थन गरी।

"उसले अलिकति केही गर्न सकेको भए नाक फुलाई सक्ने थियो। जोशमा एक दिन भनी हाल्यो अहिले चुकचुकाउँदै होला, बिचरा।"

"कोही नबोली काम फत्ते गर्छन्। कोही बोलेर पनि नपुर्याीउने हुन्छन्। मानिस एकै खालका कहाँ हुन्छन् र?" - लिलाले विस्तारै भनी।

"ठिक भन्नुभयो, लिलादिदी।" - घनश्यामले लिलासँग सहमति प्रकट गर्योन - "उसले एक दिन भनी हाल्यो। अहिले उसलाई गाहारो भयो पुर्यानउन।"

"त्यो त अनिल नै जान्ला। अहिले के भन्न सकिन्छ र?" - लिलाले प्रष्ट समर्थन गरिन - "तपाईको घर परिवारलाई कस्तो छ? त्यता कुरा गरौँ न।"

लिलाले प्रसङ्ग बदलेको देखेर अरूहरू मौन भए। घनश्यामले फुर्तिसाथ जवाफ दियो - "मेरो घरपरिवार? मस्ति छ मेरो घर परिवारबाट मलाई। अहिलेसम्म बुवाले थामिदिनु भएको छ सबै।"

"छोराछोरी कहाँ छन्? कतिमा पढ्छन्?" - लिलाले कुरा कोट्याउँदै गई। यसरी कुरा कोट्याउनुमा लिलाको कुनै खास ल73य छ भन्ने सोचेर सबैजना मौनतासाथ उनीहरूको वार्तालाप सुनिरहे।

"एउटी छोरी छ अनि एउटा छोरा। छोरी ३ कक्षामा पढ्छे र छोरो १ कक्षामा। बुवाले आवासिय विद्यालयमा राखिदिनुभएको छ। छुट्टीकता दिन उनीहरूका आमा भेटेर आउँछे।" "तपाई जानुहुन्न भेट्न?"

"फुर्सद भए त जान्छु तर मलाई फुर्सद नै कहाँ हुन्छ र?"

"छोराछोरीको नाम के राख्नुभएको छ?"

"छोरीको सिर्जना, छोराको विवेक। किन चाहियो, लिला दिदी, तपाईलाई यी सब कुरा?" - घनश्यामले भन्यो - "तपाई त मसँग बयान लिन लागेजस्तो गरेर सोध्नुहुन्छ।"

"बयान लिएको होइन। तपाईसँग हामी यसरी घुलमिल भएर बसेका छौँ र पनि तपाईबारे कति पो हामीले अनिल बारेभन्दा बढी जानेका छौँ र? त्यसैले सोध्न लागेकी। तपाईलाई मन पर्दैन भने सोध्दिनँ पनि।" - लिलाले अचुक वाण चलाई।

"होइन, होइन। यस्ता कुरा सोध्दा मन नपर्ने भन्ने के छ र?"

"छोराछोरीको नाम कसले राखेको नी? नाम त राम्रा रहेछन्।"

"उनीहरूकै आमाले। नाम राख्ने सोख उसकै छ।"

"श्रीमतीले तपाईलाई खुब सम्मान गर्नुहुन्छ जस्तो छ।"

"ऊ त माई बनेकी छ। सधैँ धर्मका कुरा गर्छे। व्रत लिन्छे, पूजा गर्छे। मेरो साटो धर्म गरी दिने नै उही छ। लोग्ने जस्तोसुकै भए पनि देवता हो भन्ने उसको भनाइ छ।" - घनश्यामले गर्वसाथ भन्यो।

"तपाई 'जस्तोसुकै' भनेर कसले भन्छ र वहाँलाई?"

"छ मेरी ब्हिनी सानैदेखि मेरो खेदो गर्ने। जहिले पनि भाउजूको ओड लिएर मसँग झगडा गर्ने। बिहे गरेर पठाएपछि आजकल अलि कम भएको छ।"

"त्यस्तै हो दाजु बहिनीको ठोकाठोक पर्छ नै। त्यसमा पनि छोरीहरूलाई बाबुले पुल्पुल्याएको हुन्छ, छोरालाई आमाले।"

"कसरी जान्नुभयो तपाईले यी सबै कुरा?"

"सबैको घरमा त्यस्तै हुन्छ। मेरै भरमा पनि छोरो मेरो आड लिन्छ, छोरी बाबुको लिन्छे। यो त स्वभाव नै हो।"

"श्रीमतीको के नाम राख्नुभएको छ नि तपार्र्ईले? आफू सुहाउँदो राख्नुभएको होला नि?"

"मैले राखेको होइन। उसको माइतीघरको नामले नै बोलाउने गर्छौँ हामी सबै। नाम राम्रै लागेकोले अर्को नाम थपेनौँ।"

"के नाम?"

"पूर्णिमा।"

घनश्यामकी स्वास्नीको नाम सुन्ने बित्तिकै सबै स्वास्नीमानिसले एकैचोटी लामो सास ताने तर बाठी लिलाले यसको आभास घनश्यामलाई हुन नदिन तुरुन्तै भनिहाली -"नाम त असाध्यै राम्रो रहेछ। मानिस पनि त्यस्तै हुनुहुन्छ होला। तपाईको रोजाई नराम्रो त हुनै सक्दैन।"

"२।४ जनाको बीचमा राख्दा मानिस राम्रीमै गन्निेछे।" - घनश्यामले सगौरव भन्यो।

लिलाको लक्ष बुझेकीले अब साबित्री पनि वार्तालापभित्र पसी - "तपाई श्रीमतिलाई अलि वेवास्ता नै गर्नुहुन्छजस्तो छ।"

"उसको संसार र मेरो संसार अलग्गैजस्तो भएपछि एक अर्काको वेव्ास्ता त केही हदसम्म त भइहाल्छ नी, सावित्री।" - घनश्यामले उसको भनाइलाई नकारेन।

"स्वास्नीले आफूलाई लोग्नेद्वारा उपेक्षित सम्झन पनि त सक्छन् यस्तो स्थितिमा।" - सावित्रीले उसको भनाइमा संशय देखाई।

"ऊजस्ती धर्मभीरु र साध्वीले उपेक्षा सम्झनु नै अपराध ठान्दछन्।" -घनश्यामले आत्मविश्वाससाथ भन्यो।

"आफ्नो चरित्र शुद्ध राखेर मात्र त्यस्रो आत्मविश्वास हुनुपर्छ, घनश्यामजी !" - सावीत्रीले यसपटक घनश्यामको चरित्रमा नै आक्षेप लगाई।

"त्यो त मेरी स्वास्नीले भन्नुपर्ने कुरा हेा। तपाईले होइन।" - घनश्यामले आफ्नी स्वास्नीको फाइदा उठाउँदै भन्यो।

"ठीकै हो, घनश्यामजी, ठीकै हो। यो हाम्रो अधिकारको कुरा होइन। पूर्णिमाजीको अधिकार हो।" - अनावश्यक वादविवाद चर्कन नदिन लिलाले बीचैमा हस्तक्षेप गरी र यसमा पनि केही कारण छ भन्नेबुझेर सावीत्री पनि चुप लागी। - "तर हामी तपाईका शुभचिन्तक हौँ। पूर्णिमामा ग्रहण नलागोस्, औँसी ल्याउन उसका कलाहरू न्ाघटुन् - यो हाम्रो चाहना हो। त्यसैले हामी सल्लाह दिन्छौँ - तपाई पूर्णिमाको उपेक्षा न गर्नुहोस्। मायाको बन्धनले बाँधिएन भने धर्म र लोकलाजको बन्धनले मात्र कसैलाई पनि बाँधेर राख्न सक्दैन र पूर्णिमाजी पनि त्यसको अपवाद हुनुहुन्न।"

"तपाईहरूले पूर्णिमालाई चिन्नु भएकै छैन।" - घनश्याम मुस्कुरायो।

"चिनेका छैनौँ त्यसैले दिएका हौँ यो सल्लाह अन्यथा दिने थिएनौँ।" - लिलाले उठ्दै भनी र उसको साथसाथै अरू पनि उठे।

बाटोमा सावीत्रीले लिलालाई सोधी - "लिला दिदी ! तपाईले कसरी शङ्का गर्नुभयो त्यही पूर्णिमा भनेर?"

"सावित्री ! जुन अनिललाई कुनै स्वास्नीमानिसले फोन गर्दैन्ने त्यही पूर्णिमाले फोन किन गरी? यसको एउटा मात्र कारण-अनिल चाहन्थ्यो पूर्णिमा फोन गरोस् र सावित्रीले पूर्णिमाले फोन गरेको सबैलाई सुनाओस्। यसरी ढ्वाङ फुक्नुपर्ने व्यक्ति घनश्यामकी स्वास्नी बाहेक अरू कोही हुनु आवश्यक थिएन। अनिलले कुरा गरेको तिमी साक्षी छौ। उसले आफ्नै टेबलबाट पनि त फोन उठाउन सक्थ्यो। किन उठाएन? उसको शब्द शब्दको साक्षी चाहिएको थियो उसलाई। पूर्णिमा उसलाई कहीँ जान भनीरहेकी थिई र ऊ मानिरहेको थिएन। अन्त्यमा मान्यो पूर्णिमाको करले। भन्ोपछि अनिलले पूर्णिमालाई कति बलियोसँग समाएको रहेछ जसले गर्दा आफ्नै लोग्नेको कार्यलयमा आफ्नो नाम दिएर अर्को लोग्नेमानिसलाई मनाइरहिछ। घनश्यामको निम्ति त्यो बाजी आत्महत्याजस्तै हुन गयो।"

"१/२ दिनमा त घनश्यामलाई पनि थाहा हुन्छ, अनि के हाला?" - सावित्रीले शङ्का उठाई।

"के हुन्छ? गृहदाह। यस्तोमा सधैँ यस्तै भएको छ।" - लिलाले कुरा टुङ्ग्याई।


अनिल घर फर्कदा बाटैमा उभिएकी अरुणाले उसलाई वचन लगाई - "तपाईकी पूर्णिमाले आज फोन गरेकी थिई।"

उसको भनाइ जेठी स्वास्नीले मन परेकी कान्छी स्वास्नीको बारेमा लोग्नेलाई भनेजस्तै थियो। अनिलले पनि थाहा नपाएजस्तै गरी उसलाई भन्यो -कहाँबाट? किन गरेकी? भनेर सोधिनौ?"

"कसले सोधोस् त्यस्ती नखरमाउलीसँग। मैले मामा त हुनुहुन्न कार्यालय जानुभएको छ भनेकी त 'कहाँ काम गर्नुहुन्छ अनिलजी?' भनेर सोधेकी।" - अरुणाले पूर्णिमाको सोधाईलाई नाकेस्वरले बजाउँदै नकल गरी। - "मैले त ममीलाई बोलाईदिएँ। ममीले नै कुरा गर्नुभयो।"

"म नभएको बेला फोन गरेर दुख दिइछ त त्यसले।" - अनिलले अरुणाप्रति सहानुभूति देखाए झैँ गरेर भन्यो।

"पर्दैन भनिदिनोस् त्यस्तालाई फोन गर्न। मलाई त मन पर्दैन त्यस्ताले फोन गरेको।" - तरुनीले रिसाएजस्तै भान पारेर अरुणाले थपी।

"हुन्छ, हुन्छ। म भनुँला" - ऊ अरुणालाई कुममा समाउँदै लिएर घरनेर आइपुग्यो। गमलामा पानी हालीरहेकी मधुले दुर्ई जनालाई देखेर भनी -"आज त मामा भान्जी नै बाटादेखि नै सँगै नि। किन? के पर्‍यो?"

"पूर्णिमाले आज टेलीफोन गरी भनेर मसँग उजूरी गर्दैछिन्। उनलाई मन परेन रे टेलीफोन गरेको।"

"अघि नैदेखि भुतभुताउँदैछ। किन फोन गरेकी? को हो त्यो? भनेर। यति विधि नाटीकुटी किन चाहिएको हो यसलाई?" - मधुले छोरीको बानी देखेर बर्बबराई।

"त्यसै फोन गर्ने त चिन्नु न जान्नु।" - अरुणा पनि विरोध गर्न पछि परिन।

"तँलाई फोन गरेको हो त? मामालाई गरेको हैन?" - मधुले आपत्ति जनाई - "तँलाई किन चिन्नु पर्योह? मामालाई चिनेकै छ।"

अरुणा आमालाई हेरेर भुतभुताउँदै भित्र पसि। त्यो देखेर मधुले भनी - "हेर्नोस् न। बिना कारण नै त्यसै चिडिन्छे, फतफताउँछे। यो उमेरमा त खानु, खेल्नु पो गर्छन् अरू त। यो भने घरबुढी जस्तो जेमा पनि नाटीकुटी गर्ने भएकी छ।"

"मधू ! ऊ बुढी भएकी होइन। आफ्नो वस्तु अर्कालाई दिन नचाहने बालहठ अरुणाभित्र प्रबल छ। सधैँको निम्ति बाबु गई दिनाले त्यो बाबु ऊ खोज्छे। तिमी गएकी भए ऊ तिमीलाई पनि त्यसरी नै खोज्ने थिई। ऊ प्रत्येक माया गरिदिने वयस्क लोग्नेमानिससँग बाबुको हक माग्दछे। उसको दृष्टिमा बाबु एउटा वस्तु हो, जो हराउन सक्छ, अर्कोले लुट्न सक्छ। मृत्यु उसले बुझेकी छैन। बाबुलाई लिएर जाने मृत्युलाई उसले सजीव, मूर्त व्यक्ति ठानेकी छ र कसैले पनि त्यो पितृत्वको भाव दिने व्यक्तिलाई ऊबाट पन्छाएर नलगोस् भन्ने ऊ चाहन्छे। उसको निम्ति म एउटा वस्तु हुँ र त्यो वस्तुलाइै चोरीनबाट जोगाउन उसले हर सम्भव प्रयास गर्दछे। बाहिर म के गर्छु, कोसँग कुरा गर्छु, कोसँग बस्छु उसलाई थाहा छैन। त्यसैले म बाहिर उसको विचारमा सुरक्षित ठानिन्छु। हठात् पूर्णिमा भन्ने एउटा जीवले फोन गर्नाले अरुणामा ममाथि अरू कसैको अधिकार छ कि भनेर शङ्का जन्माइदिन्छ र अरुणा त्यो जीवको विरोध गर्छे। ममीले चोरेर लगे पनि यही उसैको सामु राख्छे भन्ने विश्वास नभएको भए तिमीप्रति पनि पूर्णिमाप्रति जस्तै धारणा राख्ने थिई। अहिलेको हाम्रो दायित्व हो उसको त्यो विकृत धारणालाई विस्तारै विस्तारै हटाउनु।" - अनिलले सम्झायो।

"कसरी बुझाउन सक्नु उसलाई? उसले बुझ्न चाहे पो।"

"कसरी बुझाउनु थाहा छैन तर बुझाउनु हाम्रो र्कव्य हो। हाम्रो धर्म हो। यसबाट हामी उम्कन खोजेर पनि उम्कन सक्दैनौ।"

त्यो दिन अरुणा रिसाएर अनिलको कोठामा आइन।


अनिल विद्यालयमा पुग्दा पूर्णिमा पहिले नै पुगिसकेकी थिई। केटाकेटीले उसलाई रमाएर स्वागत गरे र पूर्णिमाले पनि मुस्कुराएर साथ दिई। अनिलले पनि मुस्कुराएर भन्यो - "तपाई आज त चाँडै आईपुग्नुभएछ।"

"तैपनि केटाकेटी पर्खी रहेका थिए।" - पूर्णिमाले जवाफ दिई।

"आज तपाईले लुडो ल्याउनु भएन?" - विवेकले अनिलको हात समाउँदै सोध्यो।

"लौ ! आज त बिर्सिहालेछु नि।" - अनिलले एउटा हात विवेकको काँधमा राखेर जवाफ दियो।

"त्यसो भए हामी ऊ पर जंगल घुम्न जाने हैत?" - सिर्जनाले नजिकै आएर भनी - "म थुप्रै पुतली समाउछु आज। तपाईले पनि समाइदिने।"

"हुन्छ नि त्यो त। किन नहुनु?" - अनिलले सहमति जनायो - "तर तिम्रो ममी पो एक्लै पर्नुहुन्छ नि यहाँ?"

"ममीलाई पनि लिएर जाने नि।" - विवेकले समाधान निकाल्यो।

"ममी हिड्न सक्नु हुन्न नि जंगलभित्र।" - अनिलले विरोध गर्यो्।

"लौ, मलाई नसोधी पो निर्णय गर्नुहुन्छ तपाई त?" - पूर्णिमाले मुस्कुराएर जवाफ दिई - "मैले जान्छु भने भने नि?"

"केटाकेटीहरूको जिद्दि तपाईमा पनि सर्न सक्छ र?" - अनिलले हाँसेर भन्यो।

"सबै मानिसभित्र रहेको केटाकेटीपन समय समयमा निस्कन सक्छ।"

"समयभन्दा पनि बढी कुसमयमा।"

"कुसमयमै सही तर निस्कन त सक्छ।"

"विवाद छैन। अल्पमतले बहुमतको पालना गर्नु बाहेक अर्को विकल्प के हुन सक्छ र? विरोध गर्ने बित्तिकै सङ्कीर्णताको दोष लाग्दछ।" - अनिलले मुस्कुराएर नै जवाफ दियो - "ल केटाकेटी हो ! कता जाने? बाटो लाग।"

अनिलको कुरा सुन्नेबित्तिकै सिर्जना र विवेक झ्याङबाट निस्केको खरायो जस्तै एकैछिनमै विलाए। अनिल र पूर्णिमा शिकारी कुकुरले जस्तै उनीहरूको पाइला पछ्याउन थाले। "अनिलजी ! मैले तपाईलाई तेस्रो पटक भेटीसकेँ तर आजसम्म चिन्नेसकेकी छैन। तपाई को?" - पूर्णिमालेसँगै हिँडीरहेको अनिललाई मुखै नहेरी सोधी।

"पूर्णिमाजी ! म को? यसबारे म आफैँले धेरै विचार गरेको छु र यसको समाधान फेला पार्न सकेको छैन। यो भयो आध्यात्मिक पक्ष।" - अनिलले पनि हिँड्दै जवाफ दियो - "तर मानिसको भौतिक पक्षले नै उसको अस्तित्व जनाउने हुनाले मेरो 'म' भन्ने व्यक्त्वि पनि सायद मैले यही भौतिक आधारमा विश्लेषण गर्नु उपयुक् होला तर यो प्रश्नको जवाफ दिनुभन्दा पहिले म एउटा प्रश्न राख्न चाहज्छु। अझ प्रस्ताव राख्न चाहन्छु।"

"भन्नोस् न। कस्तो प्रस्ताव?"

"केही दिन अगाडि हामी एक अर्कालाई चिन्दैनथ्यौँ। हामीले एक अर्कालाई देखेका पनि थिएनौँ। कारणवस, घटनाबस हाम्रो भेट भयो र हाम्रो मित्रता पनि भयो। हाम्रो यो सम्बन्ध सामान्य मित्रता मात्र ठान्छु म। तपाई पनि यति नै त ठान्नुहुन्छ होला नि?"

"हो। हाम्रो मित्रता केवल मित्रता मात्रै हो।"

"खाली हाम्रो मित्रता यति चाँडो भयो कि हामीले एक अर्कालाई व्यक्तिगत रूपमा भित्रसम्म जाँचिरहन आवश्यक ठानेनौँ। धेरै गहिरिएर हेर्न थालेपछि अर्कोमा अनगिन्ति दोष देखिन थाल्दछन्। त्यसैले हामी यतिमै हाम्रो भेटघाटको अन्त्य किन नगर्ने?"

"अर्थात्?"

"बिपत्तिको समयमा बाहेक अरू बेला हामी एक अर्काको खोजीनिति नगरौँ।"

"किन? तपाईलाई मदेखि डर लाग्छ भेटघाट बढाएर केही अनिष्ट गर्छे भन्ने?"

"मेरो अनिष्ट होइन। तपाईको अनिष्ट हुने डर लाग्छ र सायद भइ पनि सक्यो। यदि मैले तपाईलाई पहिले नै चिनेको भए म तपाईसँग भेटघाट पनि गर्ने थिइनँ।"

"मलाई चिनी सक्नु भयो तपाईले म को हुँ, के हुँ भन्ने थाहा नपाईकनै?"

अनिल एकछिन केही नबोलेपछि फेरि विस्तारै भन्यो - "पूर्णिमाजी ! म कोहुँ? त्यो त तपाई जान्नुहुन्न तर तपाई को हो? म राम्ररी जान्दछु। तपाई को हो? भनेर जाने पनि 'तपाई के हो?' भनेर जानेकी थिइनँ र जानेको भए तपाईसँग भेट गर्ने पनि थिइनँ।"

"त्यसोभए तपाईले मलाई चिन्नु भएको थियो?" - पूर्णिमाले आश्चर्य मानेर सोधी।

"हो चिनेकी थिएँ। तपाई घनश्यामकी स्वास्नी हो जो मसँगै काम गर्छ।"

"यो कुरा त तपाईले कहिले पनि भन्नुभएन। तपाईले मप्रति सधैँ नै नचिनेको व्यवहार गर्नुभयो।" - अनिल बोलन।

ऊ नबोलेको देखेर पूर्णिमाले उसको पाखुरामा समातेर भनी -"भन्नोस् न कारण के?"

"मेरो उद्देश्य तपाईको चारित्रिक पतन गर्नु थियो।"

"मेरो? तपाईले? किन? मैले तपाईको के बिगारेथेँ?"

"लोग्नेमानिसको अभिमानले अपमान सहन सक्दैन। त्यो पनि नामर्दिको दोष लगाएको अपमान। त्यसमा पनि स्वास्नीमानिसहरूको जमातको बीचमा शारीरिक नामर्दिको दोष लगाएर कुनै अर्को लोग्नेमानिसले उसको अपमान गर्योक भने शायद उसलाई हिंस्रक हुनुभन्दा अर्को उपाय हुँदैन र म अपमानित भएको थिएँ अकारण नै।"

"कसले? मेरो लोग्नेले गर्यो अपमान?" - पूर्णिमाले स्थिर दृष्टिले उसलाई हेरेर सोधी।

"महिला मण्डलीको बीचमा बसेर मलाई 'नपुसक' को बाना पहिराउँदै आफ्नो पुरुषत्व प्रमाणित गर्ने समय दियो मलाई एक महिनाको।"

"र तपाई उसकै स्वास्नीमाथि आफ्नो जादू प्रयोग गर्न कसिनु भयो।"

"मैले आक्रमण नै गर्नु परेपछि अरू कसको जीवन बिगार्न जाऊँ त?"

"अरू कसैको जीवन सपारेर पनि त बाजी जित्न सक्नुहुन्थ्यो।"

"त्यो तहका मानिसहरू कसैको जीवन सपारेको कुरालाई प्रमाण मान्दैन्ने।"

"तपाई दुर्ई जनाको बाजी त्यसोभए त्यो कार्यालयमा चर्चाको विषय हुनपर्छ।"

"चर्चा र चासो दुवैका। दुईटा सााढे जुधेपछि तमासा हेर्नेहरूको जमात जहीं पनि लाग्दछ। एउटा न एउटाको पक्षमा सबै जान्छन् र उत्सुकासाथ परिणाम पर्खछन्।" "म पनि त्यो चर्चा बाहिर पक्कै छैन होला?"

"पहिले पूण्र्िामा नामले नचिनिए पनि तपाईले टेलिफोनमा आफ्नो नाम दिएपछि तपाई घनश्यामकी पत्नि पूर्णिमा नै हो भन्ने स्वास्नीमानिसहरूले पत्ता लगाई सकेका छन् किनकि आजसम्म कुनै स्वास्नीमानिसले मलाई अफिसमा फोन गरेकै थिएन्ने।"

"त्यसोभए तपाईको कार्यलयका स्वास्नीमानिसहरूको बीचमा म अनिल सापकोटाकी भित्रेनीको रूपमा गनिएकी छु। घनश्यामको अगाडि अनिल सापकोटाको इज्जत ठूलो हुन पुगेको छ। बाजी तपाईले जित्नुभएको छ तर अचम्म्ाको कुरा ! तपाई यतिभन्दा पर किन जान चाहनुभएन? घमण्ड र नसाले लस्त यूधिष्ठिरले झैँ उसले द्रौपदि नै बाजीमा थाप्यो त तपाईले जितेको बाजी किन आफ्नो बनाउन खोज्नुभएन?"

"पूर्णिमाजी लोग्नेमानिसको अभिमान जुवाको खाल हो र ऊ कसै गरे पनि बाजी हार्न चाहँदैन। मेरा पासा शकुनिका हुन् तर जुवाको खाल मैले थापेको होइन। घनश्यामले थाप्न लगाएको हो। म द्रौपदी जित्न सक्छु तर द्रौपदीको चीर हरण गर्नु मेरो काम होइन। त्यसैले नै मैले यसको अन्त्य गर्न चाहेँ।"

"एउटा अचुक शिकारी झैँ तपाई सुनियोजित षड्यन्त्र गर्नुहुन्छ एउटी स्वास्नीमानिसलाई धोखा दिनलाई। तपाई आखा चिम्लेर एउटी स्वास्नीमानिसको बेइज्जति गराउन सक्नुहुन्छ। समाजमा पतिताको नाम दिलाउनुहुन्छ र भन्नुहुन्छ - 'म द्रौपदीको चिरहरण गर्न सक्दिन।' भोलि मैले र मेरो परिवारले चिने जानेका साराका बीचमा 'मैलेलुकी लुकी तपाईलाई भेटेँ' भनेर फैलनेछ र यी मेरा छोराछोरीलाई साक्षी बक्न लाउनेछ समाजले। मैले नाङ्गी हुन बाँकी के छ र अब तपाईले चिरहरण गर्न नसक्ने?" "तपाईले त्यति चाँडो टेलिफोन गर्नुहुन्छ जस्तो लागेको थिएन।"

"कुनै न कुनै दिन मैले टेलिफोन गर्नेछु भन्ने निश्चय गरे नै तपाईले टेलीफोन नंबर दिनुभएको थियो। मैले फोन नगरेकी भएपनि तपाईले यस्तो वातावरण सिर्जना गर्नुहुने थियो कि म टेलीफोन गर्न बाध्य हुने थिएँ। मेरो लोग्ने ती सिकारीमध्येको हो जो बथानमा गोलीका छर्रा छोडेर १/२ शिकार घाइते पार्दछ तर तपाई एउटा शिकार ताक्नुहुन्छ र ढिलो गरेर भएपनि निश्चित रूपमा मार्नु हुन्छ। दूईटा शिकारीका बीचमा बाजी परेर निर्दोष शिकारले मर्नु परे झैँ तपाईहरूको बाजीले मलाई नङ्ग्याउन सफल भएको छ। आखिर तपाईहरू दुर्ईटामा के फरक?"

"लोग्नेमानिसले आँफू बीचको फरक देख्दैन।"

"हो, म पनि देख्दिन। तपाईहरूको दुवैको लक्ष स्वास्नीमानिसहरू कसरी बढी पीडीत हुन्छन्? त्यही खोजेर दुख दिनु हो। तपाईहरूको हेराइमा आइमाई केवल मोहरका ढक्का हुन्, खाले भएर थापे पनि हुने, च्याँखे भएर थापे पनि मिल्ने। एउटा मेरो इच्छाले चाहँदा नचाहँदै पनि मेरो शरीर भोगेर लोग्ने भएको छ -मेरा छोराछोरीको बाबु बनेको छ, अर्को मेरो आत्मा बेचेर मैले थाहा नपाइकनै मेरो उपपतिको दर्जा समाजमा फैलाइरहेछ।"

"तर पूर्णिमाजी ! मेरो यस्तो कुनै भावना थिएन र छैन।"

पूर्णिमाले कठोर दृष्टिले अनिललाई हेरेर भन्ाी - "यो समाजमा लोग्नेमानिस र स्वास्नीमानिसको सम्बन्ध उनीहरूको आत्मिय भावनाले होइन, समाजको बन्धन र धारणाले बन्दछ। समाजको धारणाको अगाडि तपाईका धारणा र भावना केही पनि होइन्ने र समाजले त्यो धारणा तपाईको भनाइले होइन गराइले निश्चित गर्दछ।"

"ल मेरो भुल भएछ। क्षमा त दिन सक्नु हुन्छ?" - अनिलले हाँसेर भन्यो।

"मैंले माफि दिएर या नदिएर के फरक पर्छ र अब? समाजले त तपाईको गराइलाई गल्ती ठान्दैन। बरु बहादुरी ठानी देला। समाजमा मप्रति तपाईको सम्बन्ध तपाईले नै कायम गरेको हो। अरू कसैले होइन। त्यसैले जबसम्म यो समाजमा बस्नु हुन्छ तबसम्म समाजले तपाईलाई मेरो उपपति नै मान्ने छ। अब मैंले तपाईले नमानेर केही पनि फरक पर्दैन।"

"हामी एउटा मानिसलाई कैयौं पटक भेट्छौं र कुरा गर्छौ। त्यसले केही फरक पार्दैन? जीवन जस्तो पहिले थियो त्यसरी नै चल्छ। तब के यी तीन वटा भेटले नै केही फरक पार्छ र?

"पार्ने थिएन यदि मेरो लोग्ने र तपाईले मलाई दाउमा नथापेको भए। तपाई मलाई नभेट्नु भएको भए पनि फरक पर्ने थिएन र अन्तिम मेरो टेलिफोन तपाईको अफिसमा नगएको भए पनि अन्तर पर्ने थिएन।"

"तर त्यो पूर्णिमा तपाई नै हो भन्ने सबुत पनि त छैन कसैसँग।"

"समाजको धारणा घटनाहरूको संयोगले निर्धारण गर्छ। तपाईले मेरो पतिव्रता तोड्ने बाजी राख्नु भएको छ। मेरो लोग्नेले त्यसलाई स्वीकार गरेको छ। मैंले टेलिफोनमा जिद्धि गरी गरी तपाईलाई मनाएकी छु पनि। त्यो विश्वास मेट्न त्यति सजिलो छैन। हामीले मेट्न खोजे पनि समाजसँग अकाट्य सबुत छ।"

"कुन सबुत?"अनिलले बीचैमा कुरा काटेर भन्यो।

"मेरा छोराछोरी। उनीहरूले तपाईबाट बाबुकोजस्तो माया अनुभव गरेका छन्। हुन त तपाई त्यो माया खालि मेरो मन जित्न देखाउनु भएको थियो तर ती केटाकेटीले यो कुरा बुझ्दैनन्। भोलि तपाईको कुरा सबैसँग गर्नेछन्। उनीहरू पुतली खोज्न गएको पनि र हामी दुर्ई एकान्त जंगलमा बसेर कुरा गरेको पनि। हामीले झगडा गर्यौंक कि प्रेमका कुरा गर्यौंे उनीहरूलाई के थाहा? उनीहरू त केवल एकान्तबासको साक्षी मात्र बकी दिन्छन्।"

"पूर्णिमाजी !" - अनिलले फेरि भन्ने सुरु गर्योन।

"अब छोडि दिनुहोस् अरू कुरा। अब हामी वास्तविका मात्र हेरौं। समाजले हामीलाई उपपति, उपपत्नी जे ठाने पनि हामी एक अर्काका मित्र हौं भन्नेकुरा त हामी पनि मान्छौं। पछि के नाता बने पनि हाम्रो मित्रता तोड्नु पर्ने कुनै कारण देख्दिनँ म। त्यसैले हामी तपाईबाट ओर्लेर मित्रवत तिमीमा झरौं। यही हाम्रो उमेरले, हाम्रो विचारले बढी सुहाउँछ।" अनिलले पूर्णिमालाई यति व्यवहारिक र बुद्धिमान ठानेको थिएन। उसको व्यवहारिक बुद्धि देखेर चकित भयो ऊ।

पूर्णिमा भन्दै गई - "तिमी आवेशमा निर्णय गर्न सक्छौं र परिणाम के हुन्छ सोच्न सक्दैनौ। जो मानिसले सजिलैसँग स्वास्नीमानिसलाई धोका दिन र फाल्न सक्दैन त्यसले स्वास्नीमानिसलाई आँफूतिर तान्न खोज्नु हुँदैन। यदि म तिम्रो घाँटिमा झुण्डेकी भए तिमी के गर्थ्यौ? भन त। त्यो त तिमीले विचारै गरेका थिएनौं। दुर्ईवटा छोराछोरीकी आमा झुण्डिन पनि सक्छे र झुण्डेपछि छोड्दिन पनि। अनि तिमी उसलाई पाएर सुखी हुन्थ्यौं कि दुःखी?

"तिमी झुण्डिने छौं भन्ने आशा नै थिएन मलाई?"

"तिम्रो निष्कपटतामा विश्वास गरेर मैंले यो सम्बन्धलाई मित्रतासम्म नै कायम राखें। यदि मेरो चाहना त्योभन्दा पर भएको भए तिमीलाई त्यो पनि बाध्य गराउन सक्ने थिएँ। तिमीजस्तो आर्ईमाईको हात नपरेको लोग्नेमानिसलाई बाध्य गराउन कुनै गार्होक थिएन।"

अनिलले केही भन्ने सकेन तर पूर्णिमा भन्दै गई - "जे होस् समयमा मलाई जानकारी दिएकोले म तिमीलाई धन्यवाद दिन्छु। एक दिन मात्र ढिलो भएको भए यसको असर अर्कै हुन सक्थ्यो।"

"मैंले अब घनश्यामसँग कस्तो सम्बन्ध राख्ने त?"अनिलले सोध्यो,

"तिमीहरू ल्ाोग्नेमानिसको सम्बन्ध कस्तो छ? कस्तो राख्छौं? त्यो मलाई थाहा छैन र वास्ता पनि छैन। खालि तिमीहरूको चरित्र विपरित भएकोले मित्रता त हुन सक्दैन तर अनावश्यक झगडा गर्नु कुनै बुद्धिमानी होइन। मुर्खले कुनै कुरा बक्यो भनेर आँफूले पनि मूर्खता देखाउनु मलाई निको लाग्दैन।" - पूर्णिमा भनी र मुस्कुराउँदै थपी - "मूर्ख उपपति ! रामायणको युद्धको कारण सीता हुन् र महाभारतकी द्रौपदी। त्यसैले कुनै पनि स्वास्नीमानिसको कारणलाई लिएर कहिल्यै द्वन्द न गरे। यसको अन्त्य सधैं युद्ध र विनाशमा छ।"

"कहाँबाट घटना सुरु भएको थियो कहाँ आएर अन्त्य भयो। शायद यसैको नाम जीवन होला।" - अनिलले पनि मुस्कुराएर भन्यो - "तर पूर्णिमा ! तिमीले मलाई माफी त दियौ? "मेरो लोग्नेको चरित्रले कहिले न कहिले यो कुरा अवश्य नै हुने थियो। कुनै कुर र नीच मानिसबाट हुनुभन्दा पहिले नै तिमीबाट हुन गयो। त्यसैले म तिमीलाई दोष दिन्न। म त्यो स्थितिको तिम्रो बाध्यता बुझ्दछु।"

अनिलले कृतज्ञ भएर पूर्णिमालाई हेर्यो"। उसको बालसदृश कृतज्ञतामा स्निग्ध भएर पूर्णिमाले स्नेहसाथ भनी - "हिँड। केटा केटी कहाँ गए हेरौँ। उनीहरूले त साँच्चै हामी दुर्ईजनालाई एकान्तमै छोडी दिए। उनीहरूसँग विदा भएर आज चाँडै घर पुग्नु बेस छ।"

अनिल पूर्णिमाकोसाथसाथै हिड्यो।






अनिल अब धेरैजसो घनश्यामसँगको झगडाबाट बच्ने प्रयास गरिरहेको थियो। आत्मश्लाघाले पीडित घनश्यामले चोट लाग्ने ठाउँमा हिर्काए पनि अनिल मुस्कुराएर नै त्यसलाई सही दिन्थ्यो र मित्रवत व्यवहार नै गर्दथ्यो। अनिलको यस किसिमको व्यवहारलाई कार्यालयका सबै सहकर्मीहरूले अनिलको संयमको प्रशंसा गर्दथे। जुन अनिल केही दिन अगाडिसम्म कायर र नामर्दमा गनिएको थियो त्यही अनिल दृढ र संयमी ठहरिनु शायद मानिसप्रति मानिसको धारणा एकपल्ट निश्चित भईसकेपछि उसका सबै कार्यहरू त्यही धारणामा पुर्वाग्रहित हुने हुनाले पनि होला। कार्यालयमा आ-आफ्ना क्याबिनमा आ-आफ्ना कुर्सी हुनाले विशेष काम न परि अर्कोको ठाउँमा गएर कार्यालय बाहिरको कुरा गर्न सम्भव नभएकोले खास कुरा स्न्याक्सवार वा डायनिङ्ग टेवलमा नै हुने गर्दथ्यो। घनश्यामले मात्र विशेष छुट पाएकोले अर्काको कोठा या डायनिङ्ग टेवलमा गएर कुरा गर्दथ्यो। घनश्यामको कुरा प्राय जसो सुवर्ण, श्रृंगार, सुरामा नै हुने भएकाले लोग्नेमानिसले खास चासो लिदैंनथे। खालि उसलाई शत्रु बनाउन नचाहेर सही थापि दिन्थे तर नारी मण्डली उसको प्रशंसा, श्रृंगार अतिरञ्जन र वैभवता प्रदर्शन अवश्य नै मन पराउँथे। यी सबै कुराको कमी भएको अनिलमाथि घनश्यामले आक्मण गर्दा उनीहरू त्यसमा मनोरञ्जन लिनु स्वतः स्वभाविक प्रवृत्ति पनि थियो तर आकमण सहन सक्ने, चुनौती स्वीकतार गर्ने र विजय प्राप्त गर्ने अनिलको क्षमता देखेर अनिलमाथि उनीहरूको श्रद्धा बढ्यो। घनश्यामप्रति त केवल सहानूभूति मात्र थियो जुन सहानुभूति कसैकी माया गरिएकी स्वास्नी पोइला जाँदा लोग्नेप्रति हुन्छ। कार्यालयमा हठात् आएको परिवर्तनको गन्ध नाकमा केही पसे पनि स्थितिसँग अनभिज्ञ घनश्याम भने पहिलेकोजस्तै आचरण गरिरहेको थियो र उसको प्रत्येक आचरण उसको सहकर्मीहरूलाई जहिले पनि असामयिक र अभद्र लाग्न थाल्यो। घनश्यामको झगडाको कारण डाइनिङ्ग टेवल नै भएकोले अनिल खानको निम्ति डाइनिङ्ग टेवलमा आउँदैनथ्यो। यसरी ऊ नआउनुको कारण पहिले जे लगाए पनि पूर्णिमाको टेलिफोन पश्चात घनश्यामसँगको वादविवादबाट बच्न नै ऊ नआएको हो भन्ने कुरामा सबैको सहमति थियो। त्यसैले घनश्याम बाहेक उसको नआउनुमा कसैले पनि टिप्पणी गर्दैनथ्यो र यसरी टिप्पणी गर्नु अभद्रता हो भन्ने धारणा पनि सबैको बनेको थियो।

डायनिङ्ग टेवलको वरिपरि बसेका स्वास्नीमानिसहरूलाई एक दिन घनश्यामले फूर्ति लगाउँदै भन्यो - "बुझ्नु भो। आज कति दिन भयो अनिल यहाँ खान नआएको?"

घनश्यामले सोचेको थियो - उसको यो भनाइले नारीसमूहमा कुराकानीको निम्ति खरको थुप्रोमा झल्कोले झैं काम गर्नेछ तर उसको आशाको विपरित यसले उनीहरूमा कुनै प्रतिकृयासम्म पनि ल्याएन। टेवलमा भएको यो शान्त खल्लोपनलाई हटाउन लिलाले भनी - "आजकल यो खाना पनि राम्रो छैन यहाँ।"

"ऊ खाना नराम्रो भएर नआएको हो र?" - घनश्यामले कुरा कस्यो।

"तपाईले गल्ती सोच्नु भयो, घनश्यामजी।" - लिलाले विस्तारै भनी - "मैले यो खाना अनिलजी नआउनु भएको कुरासँग जोडेको होइन। मैले त खाना नमिठो छ भनेकी मात्र पो त।"

"आजकल घनश्याजी खाली अनिलजीलाई मात्र देख्नुहुन्छ। खै, हामीले त अनिलजीले तपाईको कुरा काटेको कहिले पनि सुनेको छैनौ।" - मृदुलाले कटुवचन प्रयोग गरी।

"मैले कुरा काटेको हो र उसको? मैले त उसका बखान गरिदिएको पो त। मैले पनि बेला बखतमा उसको नाम नलिने हो भने त सबैले उसलाई बिर्सी सक्ने थिए होलान्।" - घनश्यामले आफ्नो भनाइलाई प्रहशन बनाउन खोज्दै भन्यो।

तर त्यसले पनि केही असर गरेन। केवल लिलाले भनी - "अनावश्यक कुरालाई विवादको बिषयवस्तु बनाउनाले कहिले पनि राम्रो हुँदैन। तपाई लोग्नेमानिसहरू किन यस्ता कुरामा डर मान्नुहुन्न, हँ?"

"कोदेखि डर मान्ने? अनिलदेखि? बीचरा गौप्राणी !" - घनश्यामको स्वरमा सआनुभूति होइन तिरस्कार थियो।

"कोठा थुनेर कुटेपछि बिरालोले पनि घाँटी समात्छ भन्छन् क्या।" - यसपटक अहिले मौन सावित्रीले भनी।

"ढोका मैले थुनेको हो र? ऊ आफैले थुनेको।" - घनश्यामले गर्वसाथ भन्यो - "उसलाई उम्कने खटप्वाल मैले दिएकै छु महिना दिनमा केही गर्न सकेन भने। त्यही खटप्वाल भएन र?"

"केही गर्योह भने?" - सावित्रीले घनश्याममा आँखा गाडेर सोधी।

घनश्याम यसरी हास्यो मानौँ आकाश खस्ने कुरा कसैले गरिरहेको थियो। सावित्रीले आफू अपमानित भएको ठानेर भनी -"यसरी नहास्नुहोस्, घनश्यामजी। यो कुनै असम्भव कुरा होइन। कसलाई के थाहा कहीँ भई पनि सक्यो कि?"

"मतलब?"-घनश्यामले हाँसो रोकेर मुस्कुराउँदै भन्यो।

लिलाले सावित्री र घनश्यामको विवादलाई अरूतिर मोड्न बीचैमा हस्तक्षेप गरी।

"मतलब यही हो कि हाम्रो ज्ञानले थाहा पाएभन्दा बाहिर कतिपय कुराहरू हुन सक्छन् र ती हुँदैन्ने र भएन्ने भन्नु अज्ञान हो। त्यसैले कसैले कसैलाई सानो या ठूलो, निर्धो या बलियो भन्नु अनुचित हो। भुसुनो पनि हात्तीको कानभित्र छिर्न पायो भने बलियो हुन्छ। यो त सामान्य नियम हो।"

"तपाईहरू सबैजना यसरी कुरा गर्दै हुनुहुन्छ मानौँ म गल्ती रहेछु या म हार्दैछु। तपाईहरू किन आज मेरो विश्वासमा शङ्का यठाउँदै हुनुहुन्छ?" - घनश्यामले लिलाको कुरा सुनेपछि सशङ्कित भएर भन्यो।

"कुरा हार्नु या जित्नुमा होइन र ठीक बेठिकको पनि होइन।" - लिला दार्शनिक भएर भनी - "आत्मविश्वास र आत्मभिमान सबैमा हुनुपर्छ, तर यसले अर्कोलाई बेफाइदा गर्नु हुन्न। अर्काको 'अहम्' मा चोट लाउनु हुन्न। सामाजिक मर्यादाको यो बनावटले नै समाजलाई नैतिकताको दायराभित्र वा घेराभित्र राखेको छ। अन्यथा समाजभित्र नैतिकता भन्ने कुनै चिज रहने थिएन। त्यसैले जो छ त्यसलाई नियमभित्र राखेर समात्नु बुद्धिमानी हो। नदुखेको कपालमा लाएको यो डोरी छिचाल्नुहोस् र अनिललाई आफ्नै बाटोमा जान दिनुहोस्।"

"कसले छेकेको र उसको बाटो र?" - घनश्यामले सगौरव प्रश्न गर्योे।

"तपाईले।" - यो पटक सावित्री लिलाको भनाइले पनि रोकिइन - "तपाईको छेउ पनि पर्न नचाहने उसलाई तपाईले घिच्याएर ल्याउनुभयो, अपमान गर्नुभयो। चुनौती दिनुभयो। उसले चाहेर स्वीकतार गरेको होइन चुनौती। स्वीकार गर्न पनि बाध्य गराउनुभयो। उसले तपाईको कुभलो नगरीकनै तपाईले शत्रुवत व्यवहार गर्नुभयो।"

"अहो ! निकै पो अनिल पक्ष लियौ त। उसँग नाता गाँस्ने शुर छ कि क्या हो?" - घनश्यामले मुस्कुराएर नै अनावश्यक व्यङ्ग्य प्रहार गर्यो"। सावित्रीको अनुहार अपमानले रुँला रुँलाजस्तो देखियो।

लिला बोल्न खोजी तर उसलाई उछिनेर मृृदुलाले जवाफ दिई - "तपाई दुर्ई छोराछोरीको बाबु भएर त आफ्नो आचरणमा बस्नुहुन्न भने कुमार केटो अनिलसँग कुमारी केटी सावित्रीले विहे नै गरी भने पनि तपाईलाई किन कपाल दुख्ने हँ? घरकी स्वास्नी कँजाएर राख्न नसक्ने नामर्दले अर्काकी छोरी, चेलीलाई मनपरी भन्दै हिँड्ने?" "के रे, के रे?" - यसपटक साँच्चै ने घनश्यामले मृदुलाको भनाइ बुझेन।

"त्यसो होइन, मृदुला।" - लिलाले तैपनि स्थिति शान्त पार्न भनी।

"लिलादिदी पनि घुमाएर संझाएर बुझाउन खोज्नुहुन्छ।" - मृदुलाले लिलालाई बोल्न दिइन।

"बुद्धिमानलाई पो इसारा पनि काफी हुन्छ। बुद्धिमान भए बुझसक्ने थियो। मुर्खको निम्ति त एउटै मात्र भाषा हुन्छ - सोझो मुखमा भन्नु। त्यति भएपछि मात्र बुझ्छ। बुझ्नुभो? अर्काकी छोरीचेलीलाई अपमान गर्दै जितेको धाक चाहिँ नलगाउनु। बरु गएर सोध्नु आफ्नी स्वास्नीसँग - 'यो कार्यालयमा फोनमा कसलाई खोजेको थियो ' भनेर। 'किन? केलाई?' भन्ने त सोध्न जानेकै होला।" - मृदुलाले घनश्याममाथि ब्रह्माश्त्र प्रहार गरेर उठी। उसको साथै अरू स्वास्नीमानिस पनि उठे। केवल लिला बसिरही।

सबै स्वास्नीमानिसहरू गएपछि मृदुलाको भनाइले मर्माहत भएको घनश्यामले लिलातिर फर्केर सोध्यो - "लिला दिदी ! के साँच्चै पूर्णिमाले यहँा फोन गरेकी थिई?"

"पूर्णिमाले फोन गरेकी चैँ साँच्चै हो। सावित्रीले मलाई ढाँटि्दन तर कुनचाहीँ पूर्णिमा हो? त्यो भने, म मात्र होइन, कोही पनि भन्न सक्दैन। मृदुलाले पनि त्यो फोन गर्ने तपाईकै श्रीमती हो भनेर त कहाँ किटेकी छ र?"

"तपाईले यी सबै कुरा किन भन्नुभएन पहिले?" - घनश्याम साँच्चै विस्मित भएर भन्यो।

लिलाले आफ्नो सुरमा विस्तारै भनी -"घनश्याम बाबु ! तपाईलाई संयमको निम्ति धेरै पटक अनुरोध गरेकी हुँ र दुर्घटनाको आभासा पनि दिएकी हुँ 'स्वास्नीलाई उपेक्षा न गर्नुहोस्' भनेर तर तपाईको आफ्नै जिद्दि छ, आफ्नै नचाहिँदो 'अहम् ' छ। तपाईको घर फुट्न सक्छ भनेर भन्नेलाई त्यति शब्द नै काफी थियो। यदि तपाईकै श्रीमतिले फोन गरेको रहेछ भने बाजी त तपाईले हार्नु भयो तैपनि तपाईको घर फुटेकै छ भन्ने केही छैन। नहारेकै भए पनि तपाई बाजी जित्न नजानुहोस्। अनिलजस्ता मानिस शत्रुभन्दा धेरै बलिया मित्र हुन सक्छन। यो मेरो सल्लाह मान्नोस्।"

"जसले मेरो घर फोर्न आज्दैछ उसैलाई मित्र मानूँ?" - घनश्यामको स्वरमा घृणा थियो।

"आजसम्म कति वटा घर तपाईले टुक्राउनुभयो? त्यसको हिसाब गर्नुभएको छ?" - लिलाले उठ्दै भनी - "आफ्नो कर्मको फल भोग्न स्वर्ग र नर्क पुग्नु पर्दैन। बरु भोग्नुभन्दा पहिले नै पश्चाताप गरेर प्रायश्चित गरी हाल्नुस् भनेर सल्लाहसम्म दिएकी पो त मैले। त्यो गर्नु नगर्नु तपाईको खुसी।"

लिला बाहिर निस्केपछि घनश्याम गर्हौँो खुट्टाले उठ्यो। यति ठूलो हीनता उसले कहिले भोगेको थिएन।


दोश्रो पटक विद्यालमा भेट भएपछि अनिलसँग पूर्णिमाको भेट भएको थिएन। उनीहरू दुर्ई जनाको भेट हुन सक्ने समान उद्देश्यहरू प्नि थिएन्ने र उनीहरूले एक अर्कासँग भेट गर्न पनि चाहन्ने। पूर्णिमाले अनिललाई मित्रताको सम्बन्धभित्र उपपतिको नाम कायम राख्ने दुईवटा कारण थियो। पहिलो त आफूलाई त्यति सजिलै झुक्याउने मानिसलाई पश्चातापबाट पिडित भएर ऊसँग रुँदै छुटकारा नमागुन्जेलसम्म क्षमा दिने पक्षमा थिइन किनकी अनिलले उसको सबभन्दा कमजोर मानसिक भावनासँग खेलबाड गरेको थियो। अनिलले यसको साटो उसलाई बलत्कार गरेको भए उसको शारिरिक क्षुधाको आवेग हो भनेर सजिलै विर्सिदिन सक्ने थिई तर अनिलले त नियालेर, जाँचेर, तौलेर उसको चिरा पर्न सक्ने स्थानमा प्रहार गरेको थियो र त्यसलाई लुकाउनुको साटो उल्टै आफूलाई निष्ठावान् बनाएर पूर्णिमामा लागेको दाग उसको आँखा अगाडि तेर्स्याई दिएको थियो। लाग्नेमानिसप्रति एउटा धारणा बोकेर बसेकी पूर्णिमाको धारणामा परिवर्तन ल्याइदियो र फेरि धारणा विहीन बनाएर दोबाटो उभ्योईदियो। यो धारणाशून्य स्थिति पूर्णिमाले भोग्नुपर्छ भने यो स्थितिको सिर्जना गर्ने अनिल किन उम्केर जाओस्? कसैले नचाहे पनि अनिल उसको उपपतिको नामले त चर्चित हुने नै छ किनकी वास्तविकाभन्दा पुरुष दम्भले सिर्जना हुन गएको त्यो बाजीको परिणाम हावाभन्दा पातलो भएर सहरका प्रत्येक कुनामा फैलिनेछ र किम्वदन्तिको रूपमा भएर पनि धेरै रहिरहनेछ। पुरुषको बाजीमा एउटी नारी नािङ्गएको कथा कहिेले पनि त्यसै सेलाएर ज्ााने छैन। चौबाटोमा उभिएर नािङ्गनु पर्ने एउटी नारीको व्यथालाई उसको लोग्ने घनश्यामले बुझ्न सक्छ या सक्दैन तर त्यो वेदना बुझ्न सक्ने क्षमता अनिलमा छ र त्यसैको सहभागी बनाउन चाहन्थी पूर्णिमा अनिललाई। एउटा मित्रले बाहेक कसले बुझ्न सक्छ अर्को मित्रको वेदना र अरू कसलाई पोख्न सकिन्छ मनको कुरा? दोश्रा, ऊ घनश्यामकी पत्नी हो र ऊ त्यो दायित्वबाट उम्कन चाहेपनि उम्कन सक्दिन। उसले त्यही दायरा भित्र बाँच्नु छ -आफ्नो नम्तिभन्दा पनि आफ्नो छोराछोरीको निम्ति। उसको र अनिलको सम्बन्ध थाहा पाएर भोलि घनश्याम एउटा घायल हिंस्रक र जंगली जनावरले जस्तै आक्रमण गर्न आउनेछ। हुन त स्वास्नीको उपस्थितिमा पनि आफ्नो मर्यादा त्यागेर परस्त्रीसँग जाने लोग्नेले स्वास्नीसँग स्पष्टिकरण माग्न पाउने कुनै नैतिक अधिकार त छैन तर पुरुषप्रधान समाजमा एउटा लोग्नेमानिस हुनु नै उसको सर्वाधिकार भइसक्यो र उसको त्यो अधिकारलाई कसैले पनि नकार्ने छैन र स्वयं पूर्णिमाले पनि त्यसमा शङ्का उठाउने सक्ने छैन। यस परिस्थितिमा न सासूससुराले सहायता गर्न सक्छन्, न आमाबाबुले, न अरू कसैले। त्यो बेला उसको सहयोगी अनिल मात्र हुन सक्छ किनकि आफूले गर्दा उत्पन्न कारणले पीडित भएकी स्वास्नीमानिसको निस्वार्थ सहायता गर्नु अनिलजस्ता मानिसपछि पर्दैन्ने। त्यसैले पनि अनिल उसलाई आवश्यक थियो।

अनिल र उसको सम्बन्ध एक न एक दिन घनश्यामले थाहा पाउने कुरा त पूर्णिमालाई निश्चित थियो तर 'त्यो' समय कति लामो हुन्छ? सो भने ऊ भन्ने सक्दिनथी। त्यो हप्ता दिन हुन सक्थ्यो, एक महिना र अझ बर्ष दिन पनि। आमाबाबुले छोराछोरीको र लोग्नेले स्वास्नीको नराम्रो कुरा थाहा पाउन सधैँ नै ढिलो हुन्छ र कहिलेकहीँ त उनीहरू थाहा पाउने सबभन्दा पछिल्ला व्यक्तिहरू हुनसक्छन्। उनीहरूलाई त्यो जानकारी दिने व्यक्ति शङ्कास्पद मानिने हुनाले कोही पनि त्यस्ता जानकारी दिन अघि सर्दैन। उनीहरूले यस्ता कुरा थाहा पाउन कुनै घटना या दुर्घटना हुनुपर्छ। उसको विषय लोग्नेको कार्यालयमा सबैको चासोको विषय भएकोले त्यो कुरा घनश्यामसम्म पुग्न केही समय मात्र लाग्नेछ भन्ने ऊ विश्वस्त थिई र यसको निम्ति ऊ तयार पनि थिई तर लोग्नेसँग यो विषयमा वादविवाद हुनुभन्दा अगाडि नै ऊ विश्वस्त कसैसँग छलफल गर्न चाहन्थी र त्यही बेला उसकी नन्द विजया आइपुगेकीले यसबारे ऊसँगै आफ्नो गोप्यता खोल्नु उचित ठानी।

आफ्नो कोठामा बसिरहेकी नन्दलाई पूर्णिमाले भनी -"मैयाँ ! म एउटा समस्यामा परेँ। जो पायो त्योसँग सल्लाह गर्न पनि नमिल्ने।"

विजयाले भाउजूतिर हेरेर सोधी -"के पर्यो भाउजू त्यस्तो कुरा?"

भाउजूले लामो सास फेरेर भनी -"परस्त्रीसँग फूर्ति लगाउनु, सेखी हाँक्नु, अर्को लोग्नेमानिसको अपमान गर्नु यी सबै दाजुका स्वभाव तपाईलाई थाहा छँदैछ। आफ्नो अभिमानको जोसमा एउटा सच्चरित्र र बुद्धिमान व्यक्तिलाई महिना दिनको समय दिएर 'मेरी आफ्नै स्वास्नीका पातिव्रत्य सके तोड'् भनेर चुनौती दिनु भयो। महिला मण्डलीको समूहमा अपमानित र बाध्य भएको त्यो मानिसले चुनौतीलाई स्वीकार गर्न करै लाग्यो।

"अर्काकी स्वास्नीको पातिव्रत्य लुट्न खोज्नेलाई पनि सच्चरित्र भन्नुहुन्छ तपाईँ?" - न्न्दले मन्द विरोध प्रकट गरी।

"त्यसो भन्नुको कारण छ म तपाईलाई पछि प्रष्ट्याउँछु।" - पूर्णिमाले भनी -"त्यो मानिसले आफ्नो 'अहम्' र अस्तित्व जोगाउन त्यो बाजी जित्नु आवश्यक थियो। तपाईलाई थाहा छँदैछ दाजुको बानी। यहाँ एकपल्ट आफूले जितेपछि कसरी लखेट्नुहुन्छ। अँ त, त्यो मानिसले बाजी जित्यो पनि तर कुनै अभद्रता गरेर होइन, भद्र भएर नै। त्यो बाजी जित्न मलाई उसले छुनुसम्म पनि परेन। छुन कोसिस पनि गरेन। उसलाई सच्चरित्र भन्ने मेरो आधर यही नै हो। बुद्धिमान पनि म उसलाई ठान्दछु किनकि उसले मेरो बारेमा एक शब्द पनि नबोली, मलाई आफूखुसी गर्न दिएर मेरो आचरण र बोलीबाट समाजमा मेरो 'उपपति' को नाम लिइदियो।"

"मैले तपाईको कुरा बुझनँ, भाउजू।" - विजयाले शङ्का उठाई - "तपाईलाई छोएन। तपाईलाई केही भनेन। तपाईलाई कुनै चिज गर्न वा भन्न बाध्य गराएन भने समाजका आधार के हुन् त उपपति मान्ने?"

पूर्णिमाले सबै कुरा बेली विस्तार लगाई। भाउजूको कुरा सुनेपछि विजयाले भनी -"भाउजू ! त्यसोभए कुनै न कुनै दिन दाजुलाई थाहा हुने नै छ। शायद त्यो थाहा पाउन महिना दिन नकाट्ला। तब तपाई के गर्नुहुन्छ?"

"त्यही त म तपाईसँग सोध्न लागेकी। मैले गर्ने के?" - पूर्णिमाले उल्टै उसैलाई प्रश्न राखी।

"फोन गरेको कुरा अस्वीकतार गर्नुहोस्।" - विजयाले सोझो सल्लाह दिई।

"फोन सुन्ने साक्षी छन्। त्यो म फर्काउन सक्दिन। त्यो फर्काए पनि त छोराछोरीले असत्य बोल्ने छैन्ने।"

"हो, त्यो त।"

"अनि?"

"स्थिति त अप्ठ्यारो छ। अनिल र तपाईको प्रेम भएको भए पनि त अब उसैसँग जानुस् भन्ने थिएँ म तर त्यो पनि छैन। मित्रता नै पनि तीनवटा भेटको मित्रता कस्तो होला? मित्रता नै भए पनि दुर्ई भिन्न लिङ्गीहरू एकै ठाउँमा बस्दन्ने।" - विजयाले जवाफ दिई - "बरु दाजुलाई नै सबै कुरा भने कसो होला?"

"बुझ्नु होला र तपाईको दाजुले?" - पूर्णिमाले शङ्का उठाई।

"बुझन त पक्कै बुझ्दैन उसले लोग्नेमानिस र स्वास्नीमानिसको मित्रता उसको आँखामा यौनसँग मात्र सम्बन्धित हुन्छ। यो बाहेक उसको अरू परिभाषा नै छैन।" - नन्दले सहमति जनाई र फेरि भनी - "त्यसो भए म एउटै मात्र उपाय देख्छु। जो छ त्यहीमा अडान लिनुहोस्। जे जसो पर्ला।"

"यो त कुनै समाधान भएन।"

"जे जसो पर्ला भन्ने कुनै समाधान पनि होइन। यो त नियतिको हातमा छोडिदिने कुरा हो।" - नन्दले भनी - "लोग्ने छोड्न तपाई तयार हुन हुन्न। घर तपाईँबाट छोडिदैँन। योभन्दा अर्को उपाय अर्को केही छ त?"

प्ूािर्णमा बोलिन। ऊ नबोलेको देखेर विजयाले फेरी थपी - "अरू जेसुकै कुरा होस,् भाउजू, एउटा कुरा भने तपाईमा बदलिएको छ। तपाईले आफ्नो चरित्रसँग मेल खाने लोग्नेमानिस भेट्नुभएको छ जसलाई तपाई त्याग्न चाहनु हुन्न। तपाईले दुत्कार्न सकेको भए यो समस्या आउने थिएन। त्यो सबल लोग्नेमानिस हो तपाईको निम्ति। तपाईलाई मनपर्दो लोग्नेमानिसको व्यक्तित्व हो। त्यसैमा अड्नु बाहेक अर्को बाटो पनि छैन तपाईको।"

पूर्णिमा बोलिन। विजया भन्दै गई - "हुन त तपाई मित्रता भन्नुहुन्छ तर तपाईहरूको बीचमा यो मित्रता होइन। उसको बारेमा त मलाई थाहा छैन तर तपाई भने उसलाई प्रेम गर्न थाल्नुभयो र शायद यो तपाईको पहिलो प्रेम होला। मेरो दाजुलाई तपाईले कहिले पनि प्रेम गर्न सक्नु भएन किनकी ऊ तपाईको प्रेमको योग्य पनि छैन।"

"यस्तो पनि हुन्छ र, मैयाँ?"

"हुन्छ। प्रत्येक नारीको मनमा मानसिक नै भए पनि एउटा उपपति रही रहन्छ। पति लोग्नेको दायित्व, बाबुको दायित्व,र घरको मूल पुरुषको दायित्व पुरा गर्छ। ऊ नारीको भौतिक अर्धाङ्ग हो। उपपति कल्पना, सपना, सौन्दर्य श्रृगार र प्रेमको प्रतिनिधित्व हो। उसको सम्झनामा ऊसँगको क्षणभरको भेटमा पनि नारीले आमा र घर मालिक्नीको बोझ एकदिन विसाउन पाउँछे र आल्हादित हुन्छे। मनोविज्ञानको हिसाबमा उपपति कुनै अपराध होइन।"

"के तपाईको पनि उपपति छ र?"

नन्दले मुस्कुराएर भनी - "म के नारी भित्र पर्दिन र? तर जुवाईलाई नसुनाउनु होला नि यस्ता कुरा। लोग्नेमानिसजस्तै सहु भएपनि यस्ता कुरा सहँदैन्ने।"

"मैयाँको कुरा भन्दै हिड्छु होला नि म अब? आफ्नै परिस्थिति कस्तो परिरहेछ।"

"प्रेममिलनको तयारी गर्नुहोस्, भाउजू, अब प्रेममिलनको। उपपति जोगाएर आफैले राख्नुपर्छ। अरू कसैले सहायता गर्दैन नि।" - विजया अँाखा नचाएर हाँस्न थाली। भाउजूले पनि साथ दिई।

पूर्णिमाले न्न्दबाट कुनै निधानको आशा पनि गरेकी थिइन। जो गर्नु थियो ऊ आफैँ गर्नु थियो। दाजुको विस्फोटन हुनुभन्दा अगाडि नै भाउजूको पक्ष लिने एउटी नन्दलाई प्रस्ट शब्दमा आफ्नो स्थिति बुझाएर आफ्नो पक्ष बलियो बनाउन चाहन्थी ऊ। त्यसैले नन्दको प्रेममय व्यङ्ग्यात्मक हँासोमा उसले खुसीसाथ साथ दिन सकी।

केही दिन कुनै घटनाबिना बितेपछि एकदिन घनश्याम साँझमै घर आइपुग्यो। यसरी समयमै घर आउनुको सँगसँगै कुनै आाधी बेहरी आउने छ भन्ने घरका सबै सदस्य बुझ्दथे। घर बाहिरको कुकुरले कुटाई खाएपछि घरका सबै नै सदस्य सचेत भए। सधैँ नै त्यो आँधीलाई आमाले नै शान्त पार्ने हुनाले उनी नै सबभन्दा पहिले बाहिर निस्किइन् र 'कुँइकुइँ' गरिहेको कुकुरतिर हेरेर भन्निे - "किन कुट्छ्स् त्यो बीचरो कुकुरलाई? त्यसले के बिगार गर्योे तेरो?"

"घरभित्र नै पस्न पाएको छैन खुट्टा उचालीउचाली प्याण्ट नै हिलो पार्छ। फोहोर दल्छ।" - घनश्यामको रिस झन् बढ्यो - "यो घरका मानिस जत्तिकै फोहारी र घिनलाग्दो छ यो कुकुर।"

"कहिले कुकुरसँग रिस, कहिले मानिससँग। के भएको तेरो यो बुद्धि, बाबु?" - आमाले दुखसाथ भन्निे - "बाबुले बुढेसकालमा थामेको यो घरको तेरोचाहिं कहिले पनि माया र जिम्मेवारी हुने भएन। होइन?"

"यो घरमा बस्नुभन्दा त जंगलमा धुनी लगाएर बस्नु बेस छ।" - घनश्यामले आमामाथि बज्र प्रहार गर्योए - "कसको लागि चाहिएको छ यो घर? कसको लागि थाम्नु छ यो घर?"

आमाले बुझन सकिन्ने रिस कोमाथि हो ? त्यसैले सोधिन् - "किन कराएको तँ? तलाई कसले के गर्योध?"

"के गरेन भनेर सोध्नुहोस् न? के भएन भनेर सोध्नुहोस्?" - घनश्यामको स्वर पञ्चममा पुग्यो - "यो घर बिकिरहेको छ। यो घर भत्किरहेको छ। बुझ्नु भयो?"

आमाको उत्तरको प्रतिक्षा नगरी ऊमाथि उक्लियो र कोठातिर लाग्यो।

पूर्णिमा कोठामै बसेर आमाछोराको वादविवाद सुनिरहेकी थिई। उसले त्यतापिट्ट ध्यान दिइन। उसलाई थाहा थियो -'यो दिन आउनेछ' र यो दिनको लागि ऊ तयार भएर बसेकी थिई। त्यसैले लोग्नेभित्र पस्दा पनि न उसले विशेष स्वागत नै गरी न त केही भए जस्तै उत्तेजना नै देखाई। ऊ सधैं जस्तै शान्त भएर आफ्नो स्वीटर बुनिरहेका हात चलाउँदै भित्र पसेको लोग्नेलाई आँखा उठाएर एकपल्ट हेरी र फेरि आफ्नै धुनमा लागिरही। घनश्याम बाहिर जति बम्किए पनि स्वास्नीको अगाडि स्वयम् आफ्नो चरित्रको कारणले हीनताबोध अनुभव गर्थ्यो। चाहे सुरमा होस् या चाहे नसामा, उसले स्वास्नीको अगाडि जहिलेपनि हीन नै अनुभव गरेको थियो आफूलाई। त्यसैले आमासँग जति बम्किएर आएपनि आफू भित्रको आवेग र उद्धेग कुनै निहुँ बिना नै निकाल्न नसकेर सोफामा बस्यो। ऊ बसेको देखेर पूर्णिमाले उसलाई हेरेर भनी - "केही खाने तपाई?" "बाहिरकै कुराले टन्ने अघाएको छु। के खानु अब?" - उसले रिस देखायो।

"बाहिरको कुरा एउटा कानले सुन्नुपर्छ, अर्का कानले उडाउनु पर्छ। पेटसम्म पुग्न दिनु हुँदैन किनकी पेट र कानमा काम अलग अलग छन्।" - पूर्णिमाले ऊनको धागो एकातिर पन्छाएर उठ्दै भनी - "म खाने कुरा लिएर आउँछु।"

५/७ मिनेटपछि चमेना लिएर आउँदा घनश्याम त्यसरी नै बसेको थियो जसरी ऊ बसेको थियो। पूर्णिमाले प्लेट टेबलमा राख्दै भनी - "लुगा फेरेको भए हुन्थ्यो नि।" घनश्यामले खाना नछोएर पूर्णिमातिर नहेरी आफ्नो सामु एक टक हेरेर भन्यो - "तिमीले मेरो कार्यालयमा फोन गरेकी थियौ?"

फेरी आफ्नो ठाउँमा बस्दै पूर्णिमाले सोधी - "कहिले?"

"५/७ दिन अगाडि।"

"गरेकी थिएँ १० दिन अगाडि जति।"

"कसलाई?" - यसपाली घनश्यामले उसको मुख हेर्योथ।

"कसलाई भनेर भनीरहनुपर्ने आवश्यक छ र?" - पूर्णिमाले आफ्नै काममा व्यस्त भएर भनी।

"मैले जान्ने चाहेँ भने।"

"जान्ने नै चाहेको भए पनि दिन्छ। अनिल सापकोटालाई।"

घनश्यामले सोचेको थियो - 'पूर्णिमा भन्ने चाहने छैन। उसको प्रबल विरोध गर्नेछ। अझ फोन गरेको नै छैन भन्ने छ। अन्त्यमा भन्नेै परे पनि कष्टसाथ भन्नेछ।' तर प्ार्णिमा त यसरी भनिरहेकी थिई कि अनिल सापकोटा एउटा बर्षौँदेखिको चिनजानको मानिस हो र उसलाई फोन गरेर कुनै गल्ती गरेकी छैन।

"किन गरेकी थियौ उसलाई फोन?" - घनश्याम अलि उत्तेजित भएर सोध्यो।

"उसलाई छोराछोरी भेटिदिन अनुरोध गरेकी थिएँ।"

"उसलाई? मेरा छोरछोरी भेटिदिन?" - घनश्याम साँच्चिकै उत्तेजित भएर सोध्यो।

"बाबुको दर्शन नपाएपछि बाबुको कार्याल्ायमा काम गर्ने एउटा अंकल पाउदा उनीहरू खुसी भएका थिए र उसलाई पर्खेर बसेका थिए। मैले नबोलाएको भए ऊ नआउन सक्थ्यो।"

"किन सोधिनौ तिमीले मलाई?" - रिस घनश्यामको चढेको थियो।

"सोधेर के हुन्थ्यो र? अतितमा मैले सोधेर सहयोग पाएँ नै के र? मैले सोध्नु आवश्यक नै के थियो र? बाबुको दायित्व तपाईले कहिले पो पुरा गर्नुभयो र? सधैँ अर्कै लोग्नेमानिसबाट गुजारा चलाएकी स्वास्नीमानिसलाई अनिल सापकोटा नै फरक पर्थ्यो र?"

"मेरो अपमान भएको छ तिमीले उसलार्ई बोलाएर। थाहा छ तिमीलाई?" - घनश्याम गर्जियो।

"थाहा छ।" - पूर्णिमाले त्यही सहज स्वरमा जवाफ दिई - "तर त्यसको कारण पनि तपाई नै हो। अरू कोही होइन।"

प्ूर्णिमाका 'थाहा छ' सुनेर चकित भएको घनश्याम रिसको आवेगमा पनि वाल्ल परेर सोध्यो - "के थाहा छ तिमीलाई?"

"यही कि लोग्नेमानिस आफ्नो शेखीको खालमा स्वास्नीमानिसको र स्वास्नीसम्मको पनि बाजी थाप्दछन् र उनीहरू पतन भएको रमिता हेर्न मन पराउँछन्।"

"मैले कसरी थापेँ तिमीलाई बाजीमा?" - घनश्याम अलि शान्त भयो, - "मैले तिम्रो पातिब्रत्यमाथि विश्वास गरेको थिएँ।"

"तपाईलाई मेरो परिक्षा गर्ने अधिकार के? आफूलाई कुन दिन तपाईले आचरणमा राख्नुभएको छ र मेरो आचरणको परिक्षा गर्ने तपाईले?" - पूर्णिमाको स्वर अलि चर्को भयो - "तपाई लोग्ने भएर पनि बाटो भुल्न लाग्दा बाटो देखाउनु त कता कता? अझ एउटा लोग्नेमानिसको घमण्ड तोडेर बदला लिन आफ्नै स्वास्नीलाई रखौटी राख्न प्रोत्साहन गर्ने तपाई? त्यो हिसाबले त तपाईभन्दा अनिल सापकोटा धेरैमाथि छ। तपाईद्वारा अपमानित भएर चुनौती स्वीकततार गर्नु पर्दा पनि तपाईकी स्वास्नीलाई धोका दिन सकेन। समयमै सचेत गराइदियो।"

"तिमी लहसिएको प्रमाणित गरिदियो भन न।"

"हो। म लहसिएकी प्रमाणित गरायो किनकी उसले बाँच्नैकै निम्ति पनि यो प्ामाणित गर्नै पर्थ्यो। उसको निम्ति यो बाजी तपाईकोजस्तो मनेारन्जनका लागि थिएन।" - पूर्णिमा क्रूर भई - "तपाईको निम्ति स्वास्नी त एउटा खालमा थाप्ने मोहर हुन्छे भने अरूप्रति तपाईको सहानूभूति नै कहाँ पो होला र?"

"त्यसोभए अनिल सापकोटाको रङ तिमीमा चढेकै रहेछ।" - घनश्याम अब स्वास्नी झैँ अपमान गर्न तम्सियो।

"मैले भनेर र सम्झाएर तपाईले कहिले पनि मान्नुभएको छैन र चित्त पनि बुझाउनु भएको छैन। त्यसैले आज चित्त बुझाउनु होला भनेर म बुझाउन पनि खोज्दिन।" - पूर्णिमा भन्दै गई, - "तपाईभन्दा अनिल श्रेष्ठ छ भन्ने प्रमाणित भएको र सबैले मानेको कुरा सुनेपछि यसको कारण स्वास्नी नै हो भन्ने सोचेर तपाई ममाथि खनिन आउनुभएको छ। एउटा निर्बोध कुकुरलाई कुट्नुभयो। सबैभन्दा माया गर्ने आमालाई झम्टनुभयो। अब आएको छ मेरा पालि। तर एक कुरा तपाईलाई सल्लाह दिन्छु - पहिले गएर 'स्वास्नीलाई शेखीको खालमा थाप्नु ठीक हो कि बेठिक?' भनेर सोध्नुस्। कुनै एउटा पनि 'ठिक गरिस्' भन्यो भने मसँग आएर कुरा गर्नुस्।"

"त्यसोभए अनिलसँग तिम्रो सम्बन्ध के रह्यो त?" - घनश्यामले व्यङ्ग्य कस्यो।

"त्यो मसँग के सोध्नुहुन्छ? निर्णय गर्ने कुरा समाजको हातमा पुगिसकेकाले मैले सबै कुरा सत्य भने पनि कसले पत्याउँछ र?" - पूर्णिमाले उपेक्षाको भावमा भनी।

"समाजले त अनिलकी रखौटी भनी दिनेछ तिमीलाई।" - घनश्याम पनि प्रहार गर्न चुकेन।

"ठीकै भन्नुभयो। समाजले दिने त्यही नै होला।" - पूर्णिमाले घनश्यामको प्रहारको केही वास्तै नगरी भनी - "तपाईहरूको यो ठोकाबाजीले जे जति नोक्सान गरे पनि केही फाइदा त यसले गरेको छ। तपाईले बाजी हार्नु भयो र त्यसैले भविष्यमा अकारण मानिसको अपमान गर्ने अँाट अब आउने छैन। अनिलले बाजी जित्यो तर 'खाई न पाई छालाको टोपी लाई' भनेजस्तो उसले पनि समाजमा बदनामी कमाउने 'उपपति' को दर्जा पायो र भविष्यमा ऊ पनि आवेगमा आउने मानिसको चुनौती स्वीकार गर्ने छैन। कसैकी रखौटीमा गनिए पनि म मेरो छोराछोरीको भविष्यप्रति चिन्तित रहनुपर्ने आवश्यकता रहेन। तपाईले वेवास्ता नै गरेपनि आफ्नो कारणले कसैको भविष्य बिग्रिएको कुरा अनिलजस्ता मानिस जहिले पनि स्वीकार गर्छन् र मेरो जिम्मेवारी नलिए पनि मेरो छोराछोरीको जिम्मेवारी उसले लिनेछ।"

"त्यत्रेा विश्वास?" - घनश्यामले फेरि व्यङ्ग्य यर्यार।

"हो, मलाई विश्वास गर्न सिकाएको तपाईले होइन। उसले हो। तपाईको निम्ति स्वास्नीमानसि यौनतृप्तिको साधन मात्र हो। उसको निम्ति सामाजिक मर्यादाको एक भाग। त्यसैले तपाईप्रति मेरो सहानुभूति मात्रै हो, ऊप्रति सन्मान। तपाईले आफ्नो गर्वले उसलाई पनि मेरो जीवनमा ल्याएर हुल्नु भएको छ र तपाईजस्तै उसलाई पनि मेरो जीवनको एउटा अङ्ग बनाइदिनुभएको छ। मेरो उपपतिको रूपमा।" - पूर्णिमा सबै थन्क्याएर बाहिर निस्कन लागी।

"लोग्नेका सामु यस्ता कुरा गर्न लाज लाग्दैन तिमीलाई?" - घनश्यामले मुख बिगारेर भन्यो।

हिँड्न उठाइसकेको पाइलालाई रोकेर घनश्यामको अनुहारमा आँखा गाडेर पूर्णिमाले जवाफ दिई - "'लज्जा' शब्द तपाईको मुखबाट? जसलाई लोकलाजको कुनै भय भएन, जसलाई सँस्कार र संस्कृतिको ज्ञान भएन र जसलाई परिवारको जिम्मेवारीसम्म लिन चाह भएन त्यसैलाई 'लज्जा' शब्दको प्रयोग गर्न किन हिच्किचाहट भएन? अझ मलाई पो लाज हुनुपर्ने? मलाई केको लाज? म मेरो र्कव्यबाट कहिले चुकिनँ। मैले सामाजिक मर्यादालाई मानेर बसेँ। तपाईले फुँडी खेलाएर बसे झैँ मैले नाठा खेलाएर बसिनँ। यो चारित्रिक संयम तपाईलाई असह्य भएर यो उपपतिको नगरा मेरो घाँटीमा ल्याएर झुन्ड्याउनु भयो र ठोक्न थाल्नुभयो आफैँ र ठोक्न लागाउनुभयो तपाईको समाजलाई। मेरो जो जति हुन सक्ने अपमान र बेइज्जती भइसक्यो। योभन्दा बढी हुनु के छ र बाँकी? तपाईले झुन्ड्याएको घाँडो सक्न हुन्छ त झकेर फाल्नुस्। सक्नुहुन्न त त्यही बजेको सुनेर बस्नोस्। मलाई त अब फाल्नु छैन किनकी यो फाले पनि मेरो पुराना सन्मान अब रहने छैन।"

"आफ्नो चरित्रहिनतालाई छोप्न तिमी तर्क पनि गर्न सक्छ्यौ होइन?" - आफ्नो पराजयमा कसै पनि मान्ने नसक्ने स्वभावको घनश्यामले स्वास्नीको मुखबाट निस्किएको कटु सत्यलाई पचाउन नसकेर बक्र दृष्टिले हेर्दै भन्यो।

पूर्णिमाले नामर्द लोग्नेप्रति स्वास्नीले कटुता देखाउँदा आउने मुस्कान एक कुनामा ल्याएर भनी - "अनिल सापकोटाको हातबाट भएको आफ्नो पराजयको रिस तपाई ममाथि आरोप लगाएर शान्त पार्न चाहनुहुन्छ। तपाईलाई मैले उपपति लिएकोमा हैन, तपाईको प्रतिद्धन्दि अनिल विजयी भएकोमा चोट लागेको छ तर तपाईहरूको यो जयपराजयको खेलमा म त विना ज्यानकी गोटी मात्र भएँ। तपाई आफ्ना उपपत्नीहरूको सामु मलाई बिना स्पन्दनकी फलामे मूर्ति बनाएर आफ्ना चारित्रिक दुर्गुणहरूलाई आफ्ना बाध्यता सिद्ध गर्न चाहनुहुन्थ्यो भने अनिल मलाई सजिव र संवेदनशिल नारी प्रमाणित गरेर तपाईलाई नैतिक चारित्रहीन व्यक्ति देखाउन चाहन्थ्यो। घमण्ड र मुर्खतावस तपाईले आफनो खानदानको इज्जत दोबाटोमा लगेर टुङ्ग्याउनुभयो। अनिलले त्यसलाई आफ्नो मर्यादाले ढाकछोप गरेर आफ्नो विजय कमायो। मेरो भूमिका नगण्य छ त्यहाँ। पूर्वनिर्धारित चक्रव्यूमा पस्नु र त्यसैमा फस्नुमा पनि मेरो कुनै भूमिका छैन। आफूले चाहेर पसेको अभिमन्यू त निस्कन सकेन भने म निस्कन सक्ने त कुरै भएन। पराजयले आहत तपाईले यी कुरा अवश्य स्वीकार गर्नु हुनेछैन किनकि तपाईको दोषयुक्त दृष्टिमा तपाई बाहेक अरू कोही पनि सत्य हुनै सक्दैन तर एक सत्य तपाईले बुझ्नुभएको छ कि हिजो म जो थिएँ आज म त्यो छैन। बाँकी बुझाउन प्रयास गरेपनि तपाई बुझ्न चाहनु हुनेछैन। त्यसैले म प्रयास गर्दिन।"

पूर्णिमा बाहिर निस्की। स्वास्नी निस्किएको ढोकालाई बक्रदृष्टिले हेरेर घनश्यामले दार्हा् किट्दै भन्यो - "जो चोर उसको डाँका ठूला। लोग्नेको सामु 'पोइ राखेकी छु', भन्ने शरम नलागेको त्यसलाई। हेरुँला। त्यसलाई सजिलैसँग बाँच्न दिएछु भने।"

सोफामा राखेको कोट लगाउँदै घनश्यामले पनि आवेशसाथ बाहिर निस्कियो र आमाको कोठाभित्र पस्यो। आमा उहिल्यै विवाहमा दिएको कन्तुर खोलेर विहेका लुगाफाटा तह लगाउन थालेकी थिइन्। १५/१६ वर्षको उमेरका ती आफ्ना श्रृंगार र पोसाकको स्पर्शमा आह्लादित भएर उनी अर्कै संसारमा डुबेकी थिइन् र छोराको आँधीजस्तो प्रवेश पनि उनले अनुभव गरिन्ने। त्यो देख्दा आमाले पनि उपेक्षा गरेको ठानेर घनश्यामले आधा आवेश र आधा घृणा मिसिएको चर्को स्वरमा भन्यो - "ए आमा ! यो घरमा कि त्यो बस्दिन कि म बस्दिनँ।"

अर्को संसारबाट ब्यूँझएकी आमाले छोराको भनाइ केही पनि नबुझेर वाल्ल परेर मुख हेरीन्। छोरो हान्निेएर सोफामा गएर बस्यो। त्यो देखेर आमाले सोधिन् - "के भनिस्, बाबु, तैँले?"

छोरोले चिढिएर जवाफ दियो - "तपाईलाई आफ्नै मात्र धुन छ। घरभित्र के भइरहेको छ? त्यतिसम्म पनि थाहा छैन। मैले भनिहालेँ नि। यो घरमा कि ऊ बस्दिन कि म बस्दिनँ।"

आमा अझै पनि अन्धकारमा नै थिइन्। हुन त कुनै पनि लोग्नेमानिसले साइनो नलगाई 'ऊ' भनेपछि उसकी स्वास्नीलाई सम्झनुपर्छ भन्ने उनलाई थाहा थियो तर घनश्याम र पूर्णिमाका बीचमा मनोमालिन्य भएको उनलाई थाहा थिएन। बिना गहिरो मनामालिन्य एक या अर्को भन्ने सक्ने स्थितिमा पुग्न सम्भव थिएन। तर अकारण नै छोरो चिडीएको पक्कै होइन भन्ने मानेर नरम स्वरमा सोधिन् - "किन? के भयो? के गरी बुहारीले?"

आमाको ध्यान अब पूर्ण रूपमा आफूमा केन्द्रित भएको थाहा पाएर छोरोले चर्केर भन्यो - "के यो घरको इज्जत छैन,? आफूले जे मन लाग्यो त्यही गर्न पाइन्छ यो घरमा बसेर? ल भन्नोस् आमा। के यो घरको इज्जत त्यसै मेट्न पाईन्छ?"

आफ्ना छोराको स्वभाव चिनेकी आमाले सम्झाउने स्वरमा भनीन् - "शान्त भएर भन् न, बाबु, के भयो भनेर।"

"शान्त हुने? कसरी शान्त हुने? शान्त हुने ठाउँ कहाँ छ? यहाँ त लाज, अपमान र घृणाले सास फेर्न पनि गार्हो् छ।" - घनश्याम अझै पनि उत्तेजित थियो।

आमाले तुरुन्त केही भनिन्ने। घनश्यामलाई केही मत्थर हुन दिनु आवश्यक थियो। एकछिन आफ्नै काम गरेपछि शान्त स्वरमा भन्निे - "बुहारी कहाँ छ?"

"होली कहीँ यही घरमा। जान त ऊ कहाँ जान्थी। जानु त मैले छ।" - घनश्यामले व्यङ्ग्य कस्यो मानौँ पूर्णिमा उसको सामु नै छ।

"जानु तैँले मात्र किन पर्योश? हामी सबै जाउँला नि। तर पहिले यो त जान्नुपर्योि कि उसले के गरी।" - आमाको स्वर पहिले जस्तै शान्त थियो।

"उसले मेरो नाक काटी दिई। तपाईको नाक काटी दिई। यो घरको यो कूलको नै नाक काटी दिई। हामीले बाहिर मुख देखाउनु लाज मर्दो भयो।" - घनश्याम अझै उत्तेजित नै थियो।

"कसरी काटी त उसले हाम्रो नाक?" - आमाको शान्तिमा कुनै परिवर्तन देखा परेन।

"बुझ्नु भो। उसले अर्को लोग्ने लिई र लोग्ने लिएको कुरा मेरै सामु स्वीकार गरी।" - घनश्यामले जवाफ दियो।

आमाले छोराको मुख हेरिन् छोरो बौलाएको त छैन भनेर तर छोरो बौलाएको कुनै लक्षण देखिएन। केवल केही उत्तेजना मात्र थियो उसमा। उनले आफ्नो हातले सामान मिलाउँदै विस्तारै भन्निे - "घनश्याम ! नाठो पोइ राख्ने स्वास्नीमानिसले 'मैले नाठो पोइ राखेकी छु' भनेर लोग्नेलाई भन्दैन्ने। जसले राखेको छैन उसले मात्र भन्ने अँाट गर्छ। तेरो स्वभावले उसलाई यो भन्ने बाध्य गरायो होला तर तँ त्यसमा विश्वास नगर।"

"तर उसले त्यसलाई मेरै कार्यालयमा फोन गरी। उसलाई लिएर छोराछारी भेट्न विद्यालय गई। के यसलाई पनि म असत्य ठानूँ?" - घनश्यामको उत्तेजना साम्य भएको थिएन।

"तैँले आफ्नो कानले सुनिस्? आफ्नो आँखाले देखिस्?" -आमा अलि कडा भएर सोधिन्।

"मैले सुनिनँ त के भयो? अरूले त सुने, अरूले त देखे।" - घनश्याम झुक्न खोजेन।

"ल, एकछिनलाई मानूँ त्यो पनि सत्य रहेछ तर टेलिफोन गर्नु, छोराछोरीकहाँ लिएर जानु अनेक कारण हुन सक्छन्। आफूलाई शङ्का लागेको एउटा मात्र कारणलाई आधार मान्नु हुँदैन।" - आमाले तार्किक उत्तर दिइन्।

"तर उसले स्वीकार गरेकी छ।" - घनश्यामले हठ लियो।

"तैले आरोप लगाई दिइस्। उसले 'हो' भनिदिई। कुरा यति न हो। तर जे भए पनि तेरो पक्षको कुरा मैले सुनिहालेँ। अब म पूर्णिमाको पक्षको पनि त कुरा सुन्नु पर्योु। दुर्ई छोराछोरीकी आमा, घरकी बुहारीलाई तेरो कुरा सुन्ने बित्तिकै आरेाप लगाएर घरबाट निकाल्न त कसै गरे पनि मिल्दैन। मिल्छ? भन् त।" - आमाले सम्झाउँदै सोधिन्। "ठीक छ मिल्दैन भने। उसलाई पनि सोध्नुस् न त अब।" - घनश्याम आमाको तर्कयुक्त भनाइले निकै सेलाई सकेको र अल्मलिई सकेको थियो।

"सोध्छु उसलाई पनि तर झगडा त तिमीहरूले पहिले नै गरिसक्यौ। उसलाई पनि सेलाउन दिनुपर्छ, नत्र रिस र दुखको आवेशमा जे पनि भनी दिन सक्छे। त्यति सजिलो छैन नि बाबु स्वास्नीलाई, बुहारीलाई आरोप लगाउन। घर भत्किएको हेर्न तयार हुनुपर्छ। जोरीपारीले काखी बजाएको सुन्ने तयार हुनुपर्छ। त्योभन्दा पनि अझ, बाबु, स्वास्नीसँग झगडा गर्दा, उसलाई आरोप लगाउँदा छोराछोरीको भविष्य हेररे काम गर्नुपर्छ र भविष्यमा छोराछोरीले आमाको पक्ष लिएर आफूमाथि लगाउने आरोप बेहोर्न पनि तयार हुनुपर्छ। त्यसैले त्यति छिटै निर्णय गर्नु हुन्न यस्तो कुरामा। तर जे होस् म बुझुँला।" - आमाले घनश्यामलाई बुझाएर पठाइन्।

छोराको भनाइ आमालाई रातभर घाँटीमा खडि्कइरह्यो। 'छोरो अविवेकी छ,, बिग्रिएकोछ,, तिललाई पहाड बनाउँछ र नचाहिँदो कुरामा घमण्ड झकेर फुर्ति झाँट्छ' भन्ने आमालाई थाहा थियो तर पनि त छोरो छोरो हो। ऊ जस्तै कुपात्र भए पनि ऊभन्दा प्यारो अरू कोही हुन सक्दैनथ्यो। बुहारी जतिसुकै खराब भएपनि छोराको अनुपातमा सत्पात्र नै थिई र छोराले बुहारीलाई कहिले पनि आरोप लगाएको थिएन। उनले जति चाहे पनि त्यो छोराको निम्ति त्योभन्दा असल बुहारी भित्र्यानउन सक्ने थिइन्ने। आफ्नो मालभन्दा बढी पाएकोमा उनी खुसी नै थिइन् बेलाबखत बुहारीसँग उनको ठाकठुक परे पनि। छोराबुहारीको बीचमा मनोमालिन्य हुन सक्ने शङ्का उनलाई नभएको होइन तर १२ बर्षसम्म त्यो देखा नपरेपछि त्यो शङ्का उनले त्यागी सकेकी थिइन्। अनायाश बिना कुनै पूर्वाभाष बिजुली चम्किएकाले उनी केही विचलित भएकी थिइन्। छोराको आरोपको एउटा अंश मात्र सत्य भए पनि यो घरभित्र कलह पस्ने संभावना थियो। छोरोको भविष्य अन्धकारमय हुन सक्थ्यो। आफ्नो विवेक र बुद्धिले समस्या समाधान गर्न सक्ने सामर्थ्य छोराको थिएन। उसले हात हालेपछि सप्रने कुरा पनि बिग्रने संभावना थियो। छोराको कुरा बाबुलाई सुनाएर पनि समस्या सामधान हुने संभावना थिएन। 'घरभित्रको समस्या गृहिणीले नै समाधान गर्नुपर्छ' भन्ने धारणा थियो उनको। उनी केवल धन कमाउन जान्दथे, त्यसको विस्तार गर्न जान्दथे र त्यसको संरक्षण गर्न।

आमाले विहान जेनतेन गरेर कार्यालय पठाइन्। बाबु आफ्नो काममा निस्किए। बुहारी सधै झैँ केही नभए झैँ गरेर आफ्नो दैनिक कार्यमा लागी रही। त्यो देख्दा सासूलाई लाग्यो - शायद छोरोको शङ्कामा कुनै आधार छैन। बुहारीसँग छोराको आरोप उठाउन पनि त्यति सजिलो ठानिन्ने। कतै बुहारी निर्दोष भएर सासूले आफूमाथि आरोप लागाएको ठानी भने? तर एउटा आरोप लागीसकेको थियो र त्यसको निर्क्योल गर्नु अत्यावश्यक थियो।

सासू दिउसो बुहारीको कोठाभित्र पसिन्। पूर्णिमा सोफामा बसेर तन्मयताकासाथ किताब पढी रहेकी थिई। उसले सासू पसेकेा थाहा पाइन। उसलाई ज्ञानलोकबाट वास्तविकामा ल्याउन सासूले भन्निे - "ए ! तिमी त पढ्दै पो रहिछौ।"

सासूको स्वरले बिउँझएकी पूर्णिमाले सासूलाई देखेपछि किताब सोफमा नै राखेर उठी। उसको त्यो मुद्रा देखेर सासू सोफामा बस्दै भन्निे - "बस, बस। म त त्यसै एकलै बस्दा दिक्क लागेर आएकी।"

सासू बुहारीको बीचमा मनोमालिन्य नभए पनि खास आत्मियता थिएन र सासू कुनै खास काम बाहेक छोरेाको अनुपस्थितिमा अरू समयमा उसको कोठबभित्र कहिले पनि पस्दैनथिन्। एकाएक सासू आउनुमा कुनै खास प्रयोजन छ भन्ने पूर्णिमाले अड्कल काटी। आइरहने मानिसको अनुपस्थिति र बिरलै आउने मानिसको उपस्थितिले देखा पर्ने आशङ्का त पूर्णिमामा देखा पर्योस नै तर बुहारी भएकीले आफूभित्र भएको भावनालाई उसले आफ्नो अनुहारमा देखाइन र कुराको थालनी सासूले नै गरून् भनेर पर्खिरही। एकछिन घरमाइतीको कुरा पछि सासूले बुहारीलाई हेरेर भन्निे - "घनश्यामले तिमीसँग झगडा गर्योल?"

प्ूार्णिमाले एक दृष्टि सासूलाई हेरेर जवाफ दिई - "हाम्रा धारणाहरू फरक फरक भएको कुरा त तपाईलाई थाहा नै छ। त्यसैले हाम्रा बीचमा कहिले काहीँ विवाद त भइ नै रहन्छ र कहिले चर्कोमा पनि पुग्छन्। यस्तै झगडा कि अरू कुनै?"

आफूले कुरा नखोली बुहारीले कही भन्ने नचाहेको देखेर सासूले प्रकट गरिन् - "तिमीले उपपति लियौ भनेर आरोप लाएको छ उसले।"

"वहाँले लगाएको आरोप त धेरै छन्। यो त पछिल्लो आराप हो।" - पूर्णिमाले त्यो आरोपलाई अस्वीकार गरिन।

"तर यो आरोप सबैभन्दा गम्भीर हो।" - सासूले सम्झाइन्।

"हा, सबभन्दा गम्भीर भने हो।" - पूर्णिमाले पनि सहमति जनाई र एकछिनपछि थामिएर फेरि भनी - "तर बिना प्रेम, बिना दायित्व चल्ने लोग्नेस्वास्नीको जिन्दगीभन्दा त दिनरात जुधेर बस्नु सजिलो हुन्छ। केही दुखदायक भने हुन्छ। बज्नेबाजा नपाउने केटाकेटीहरू टिनको बट्टामा फुटेका खबटा हालेर पनि बजाउँछन्। शायद सन्ताषको निम्ति होला।"

"उसको आरोपमा सत्यता छ त?" - सासूले बुहारीको दार्शनिकामाथि ध्यान नदिएर सोधिन्।

"वहँाले तपाईलाई सुरुदेखि अन्तिम सम्मको कुरा त भन्नुभएको छैन होला। खाली आरोपको लागि उपयुक् बुँदामात्र भन्नुभएको होला। त्यसैले तपाईलाई आश्चर्य लाग्यो। सबै कुरा सुनेपछि मात्र राय व्यक्त गर्नुहोला।"

पूर्णिमाले घनश्यामले अपमान गरेको, उनीहरूको ठोकाबाजी परेको, अनिललसँग भेट भएको, अनिललाई टेलिफोन गरेको, अनिलले आफूलाई गरेको अपराधको बयान गरेको, सबै कुरा सुनाउँदै गई र सासू ध्यान दिएर सुन्दै गइन्। सबै कुरा भनिसकेपछि उसले सासूलाई सोधी - "अब भन्नेोस्। देाष यहँा कसको छ?"

सासूले छक्क परेर सोधिन् - "मैले अझै पनि एउटा कुरा बुझन। तिम्रो र त्यो अनिल भन्नेसँगको भेट तीन पटक मात्र भएको कुरा तिमी गर्छ्यौ। पहिलो र दोश्रो भेट त तिम्रो चाहना र ज्ञान बिना नै हुन गयो। तेस्रो भेट तिमी छोराछोरीको मन राख्न बोलाएकीले भएको तिमी भन्छ्यौ र पछिका दुर्ई भेटमा छोराछोरी पनि साथमा थिए। यी भेट असामान्य र विषेश त कहीँ पनि देखिँदैन तर यो उपपतिको समस्या कहाँबाट आयो?"

"उपपतिको सिर्जना बोलचाल, भेटघाटले गरेको होइन। तपाईको छोराले र अनिल सापकोटा दुवैले उपपति बनाउन र बन्ने खोजेका पनि होइन्ने। समस्या त बाजी र सेखीले उब्जाइ दिए। एउटाले नपुसकको संज्ञा दियो त 'अर्कोले तेरै स्वास्नी उडाउन सक्छु' भनेर चुनौति दियो। लोग्नेमानिसहरूको झोकाझोकमा यतिसम्म त ठिकै थियो। यस्तो बाजीमा हात झक्नुपर्ने तपाईको छोराले थियो तर वहँाले न हात झक्नुभयो, न मलाई पूर्व जानकारी नै दिनुभयो। वहाँले अनिल सापकोटाको सामर्थ्य आँक्न सक्नुभएन। वहाँमा शेखी थियो, अभिमान थियो भने अनिलमा स्वाभिमान। वहाँ मुर्ख हुनुहुन्छ, अनिल बुद्धिमान। वहाँ आवेशमा काम गर्नुहुन्छ, अनिल तौली तौली गोटी चाल्छ। चित्त नदुखाउनुहोला छोरालाई होच्याई भनेर। ममा जो घटना घट्यो त्यसले दुर्ई जनाको बीचमा तुलना गर्न बाध्य तुल्याइदियो। अन्त्यमा आएर अनिल सापकोटाले बाजी जित्यो या बाजी जितेको आभास गराइदियो। मेरो एउटा टेलिफोनलाई नै कार्यालयमा सबैले प्रमाणको रूपमा लिए किनकी वहाँको अभिमानको कारणले वहाँको पराजय हेर्न सबै उत्सुक थिए। उत्सुकाले एउटा सानो दसीलाई पनि प्रमाण बनाइदिन्छ।"

"यो सबै कुरा त्यहीँ मेटिएर किन गएन?"

"सामान्य स्थितिमा जान सक्थ्यो र जानु पनि पर्थ्यो। कसैकी स्वास्नी के गर्छे भन्ने चासो पराइहरूले लिदैन्ने तर वहाँको अविवेकले पीडीत वहाँका सहकर्मी र चिनजानहरूको बीचमा यही घटना सुकेको खरबारीमा आगो लगाउन सक्ने झल्को भएर आगो जत्तिकै फैलियो। त्यसमा अझ थप जहीँतहीँ आफनो नचाहिँदो रिस र आवेश देखाएर वहाँले त्यो आगोलाई झन् दन्काउनु हुदेैछ।"

"के हो त्यो अनिल सापकोटा भन्ने?"

"त्यो को हो? कहाँ बस्छ? के गर्छ? मलाई पनि थाहा छैन खाली वहाँकै कार्यालयमा काम गर्छ भन्ने बाहेक। तीनवटा भेटको अनुभवले यति मात्र भन्न सक्छु कि उमेरमा अनिल वहाँको दौँतरी हो, हेर्नमा लायक छ, र पत्याउँछन् त्यसैले सबैले उसले मलाई फसायो भन्ने कुरामा तर उसलाई यो कुराको पश्चाताप छ कि यो बाजीले सम्बन्धित सबैको कुभलो गर्योक भन्ने कुरामा।"

"बिगार गरेपछि पछुताउनुको के अर्थ छ र? गोहीको आँसुजस्तो।" - सासूले स्वीकार गरिनन्।

"त्यस्तै भावना अझै वहँाले अनुभव गर्नुभएको छैन। आफूले गरेको कुरा त अझै ठीक ठान्दै हुनुहुन्छ। वहाँलाई आजको स्थितिले भविष्यमा परिवारमा आउन सक्ने समस्याप्रति कुनै चिन्ता पनि छैन। वहाँलाई आफ्नो पराजयको क्षेाभ छ। त्यो पराजयको निम्ति अनिललाई केही गर्न सक्ने क्षमता वहाँमा छैन। त्यसैले जे जसरी हुन्छ मलाई यो घरबाट निकाल्न चाहनुहुन्छ पराजयको कारण म नै हुँ भन्ने ठानेर।"

"बुहारी घनश्यामको जिद्धि तिमीलाई थाहा छँदैछ। आफ्नो जिद्धि पुगेन भने उसले आफ्नै नोक्सानी गर्छ। त्यसैले तिमी २।४ दिन कतै गएर बसे हुँदैन?"

पूर्णिमाले सासूलाई आँखा गाडेर हेर्दै भनी - "यो तपाईको ममता बोलेको हो कि अहिलेको वास्तविका?"

सासूले बुहारसिँग अँाखा नजुधाई जवाफ दिइन् - "यो ममता पनि हो र वास्तविका पनि। छोरो र बुहारीमा रोज्न्ापर्ने अवस्था आउँदा मैले छोरोलाई रोज्नु मेरो ममता हो। यो ममताको स्थिति ममा आए झँै तिमीमा पनि आउन सक्छ र तिमीमा आयो भने मैले जे गर्दैछु तिमीले पनि त्यही गर्नेछौ। कोही पनि आमाले मेरो कार्यको भर्त्सना गर्न सक्दैन। दोश्रो, यो स्थिति ल्याउन तिमी पनि केही जिम्मेवार छौ। चिन्नु न जान्नुको मानिसलाई तिमीले पनि विश्वास गरेकी छौ। आफ्नो मुर्खताको मोल मेरो छोराले बुझाउनु पर्छ भने आफ्नो गल्तीको सजायबाट तिमी पनि त उम्कन सक्दिनौ? आखिर त्यो अनिल सापकोटाप्रति तिम्रो नरम दृष्टिकोणका पनि केही अर्थ छ।"

"ऊप्रति मेरो दृष्टिकोण हेरेर तपाईले निर्णय गर्नुभएको भए मैले आफूसँग भएको निर्दोषिताको सबुत पेस गर्नुपर्ने थियो तर तपाईको निर्णयहरू ममतामा आधारित भएकोले ती सबुतहरू म्ा पेस गरी रहन्नँ। तपाई जो निर्णय गर्दै हुनुहुन्छ त्यो छोरालेजस्तै आवेशमा गर्दै हुनुहुन्छ ममताका आवेशमा। एउटी गृहिणीको हिसाबले लोग्नेस्वास्नीको झगडा भर्सक उनीहरूलाई नै समााधान गर्न दिनु पर्ने थियो। गृहिणीको कर्तव्य र तिनीहरूका बीचमा समन्वय र सामन्जस्य ल्याई दिनु पर्ने थियो। 'लोग्ने सपारिनस्' भनेर मलाई त पटक पटक आरोप लगाई सक्नु भएको छ तर छोरोलाई सप्रन दिन होइन, उसलाई बिग्रन दिन सधैँ मद्दत गर्नु हुन्छ। ३५ वषर््को छोरोलाई आमाले बालख ठानेर काखी च्याप्न थालेपछि र उसका सबै गल्ती र अपराधलाई दण्ड नदिई सप्कोले छोप्न थालेपछि छोरो हुर्कन पाउँदैन र ऊ त बिग्रन्छ नै।"

"ढाकछोप गरेँ त आफ्नै छोराको गरेँ अरूको त गरिनँ। तिमीलाई आपत्ति किन?"

"मलाई आपत्ति छ किनकी म तपाईकी छोराकी स्वास्नी हुँ। आमाले मात्र सधैँ घरपरिवार र जीवन चल्ने भए छोराको विहै किन गरिदिनुपर्थ्यो? यदि आजको समस्यामा तपाईले हस्तक्षेप नगरेर लोग्नेस्वास्नीलाई समाधान खोज्न छोडीदिनु भएको भए हामी शायद समाधान खोज्ने थियौँ होला तर तपाई त्यो गर्न सक्नु हुन्न। तपाई छोरालाई बुहारीको हकको वस्तु ठान्न सक्नु हुन्न र छोरो सधैँ बुहारीकोभन्दा आफ्नो नजिकमा होओस् भन्ने ठान्नुहुन्छ।"

"तिमी मलाई आरोप लगाउन थाल्छ्यौ?"

"आरोप लगाएक िहोइन, देखेकी सत्य भनी दिएकी हुँ। रिसको आवेशमा लोग्नेले 'निस्केर जा' भन्नु र सोची विचारी सासूले '२।४ दिनको निम्ति कै गएर बस्' भनुमा उस्तै उस्तै भाषा हो तर घरकी बुहारी निस्केर जाँदा ऊ मात्र निस्केर जान्न। उसको साथसाथै धेरै कुरा निस्केर जान्छ।"

"मतलब?"

"'ठूला घरकी बुहारी पोइल गई भन्ने हल्ला त मच्चिने नै छ। चरित्रहीन भएकीले निकालि दिएँ भनेर तपाईका छोराले प्रचार त अवश्य पनि गर्नुहुनेछ। यो त वहाँको स्वभाव हो। दोश्र्रो, स्वास्नी भनेको जस्तोसुकै भए पनि घरको बार हो। सो नभएपछि वहँको लागि घर नै यौनरंगमन्च हुनेछ। आमाको ममताले त्यसलाई रोक्न सक्दैन। स्वेच्छाचारी यौनको लाग्ाी वहाँले स्थाय िपरिवार नियोजन गर्नुभएको छ। त्यसैले यो घरमा भित्रिन आउन सक्ने स्वास्नीमानिस घर परिवार र सन्तानको चाहना बोकेर आएकी हुन्न। केवल धनको लोभमा आउने रण्डी मात्र हुन्छे। त्यो चाहना बोकेर कोही आयो भने उसले सन्तानकै निम्ति पनि नाठो खेलाउनुपर्ने आवश्यका पर्नेछ।" "अरू पनि छ कि?"

"छ अरू पनि छ। मेरो उमेरकी छोरी माइतमा शरण लिन सक्दिन। उसले गाँस, आवासको आफैँ व्यवस्था गर्नु पर्नेछ। कसैको साहारा लिनुपर्छ, कसैको शरण पर्नुपर्छ। दुर्ई छोराछोरीकी आमालाई कसैले पनि स्वास्नी त बनाउन तयार हुने छैन तर उपपत्नी, जसलाई शुद्ध भाषामा रखौटी भन्ने गरिन्छ, त्यो ऊ बन्न सक्छे। ऊ बन्छे पनि किनकी ऊसँग अर्को विकल्प हुँदैन। आजसम्म म कसैको रखौटी होइन, तपाईकी छोराकी स्वास्नी हुँ तर यो घरबाट निकालेपछि म अवश्य पनि त्यही बुहारी रहन सक्दिनँ। यस्तो स्थितिमा यो प्रत्येक स्वास्नीमानिसको बाध्यता हो। त्यसैले अन्तिम निर्णय लिनुभन्दा पहिले फेरि एकपल्ट सोच्नुहोस्। कमसेकम ससुरासँग त केही सल्लाह गनुहोस्।"

आमा सोचमा परिन्। बाबुलाई छोराको आरोप र बुहारीको तर्क दुवै प्रस्तुत गरिदिइन्। बुहारीको तर्कमा ससुराले सत्यता देखेर छोरोलाई सम्झाए तर अहंकारले पीडीत छोरोलाई उपदेशले कुनै असर गरेन। ऊ आफ्नो हठमा अडिई रह्यो र बाबुले पनि छोरोलाई त्याग्न सकेनन्। बरु उनले पूर्णिमाको जीवनलाई सरल बनाउन सहरको अर्को घर खाली गराए र उसलाई त्यहँँा बस्ने बन्दोबस्त गरिदिए। पूर्णिमाले पनि बाहिर कसैको शरणमा जानुभन्दा ससुराकै शरणमा जानु उपयुक्त ठहर्याोएर आफ्नो निर्वाशन सुरु गरी।


मधुको घरजम अब राम्रैसँग व्यवथित भइसकेको थियो। अनिलले उसलाइृ सम्झाई बुझाई एउटा पसल खोल्न लगायो। पहिले त मधुले त्यो काम गर्न मानिन तर अनिलले कर गरेको र आमा बाबुले पनि सहमति दिएपछि काम गर्न सुरु गरी। सुरुसुरुमा व्यापारमा अनभिज्ञ मधुलाई निकै गार्होु परे पनि अनिलले बहिनीलाईजस्तै सहयोग दिँदै आएकोले अभ्यस्त भएपछि बिना अनिलको सहयोग नै सबै काम गर्न सक्ने भई। अनिललाई आफ्नो पूँजी लगानी गर्ने कुनै उद्देश्य थिएन तर अनिलको पूँजी पनि आफ्नो व्यापारमा सँगसँगै पर्योथ भने सो पूँजीको लागि पनि अनिलले उसलाई सघाउनु पर्नेछ भन्ने सोचेर मधुले साझेदारीमा काम गर्ने भए मात्र काम थाल्ने भएकी हुँदा अनिलले पनि पूँजी लगानी गरेको थियो। अनिलले सुरुमा नै हुने आमदानीबाट मधुको मेहताना कटाएर बाँकी मुनाफा आधाआधा गर्ने व्यवस्था गरकोले सुरुमा मधुको पारिश्रमिक मात्र नाफा निकाले पनि केही महिनापछि अनिलको लाभांश पनि अनिलको खातामा जम्मा गरिदिन लागी। मुनाफामा उसैले कुनै कपट गरिन।

पहिले कहिल्यै पनि कडा परिश्रम नगरेकी मधुलाई काम गर्न निकै नै गार्होड भयो। बिहानी चिया खाएर निस्केपछि खाना ऊ उतै खान्थी। शहरको सम्पन्न क्षेत्रमा खोलीएको पसल बेलुका ७ बजेसम्म खोलिन्थ्यो र दिउँसो १ घण्टा खानाको निम्ति मात्र बन्द हुन्थ्यो। १२ घण्टाभन्दा बढी लगातारको ड्यूटी त्यति सजिलो थिएन। बीचबीचमा अनिलले आएर उसलाई प्रोत्साहित र सहयोग नगरेको भए ऊ त्यो कामलाई पहिल्यै छोडिसक्ने थिई। सामान लिन जानु पर्दैनथ्यो। अनिलले उपलब्ध गराई दिन्थ्यो। पैसा पनि तिर्न जानु पर्दैनथ्यो। अनिलले नै पुर्याथईदिने व्यवस्था गरेको थियो। व्यवस्थित रूपमा हिसाब किताब राख्ने व्यवस्था मिलाई दिएको थियो र सो अनुरूप राखे नराखेको बीचमा आफैं आएर निरिक्षण गर्थ्यो। आफ्नो अफिसको समय बाहेक अनिलको अरू समय मधुको सहयोगमा नै बितेको थियो र बाहिरी विश्वमा के भइरहेको छ सो थाहा पाई रहने फुर्सद उसलाई पनि थिएन। यति व्यस्त थिए मधू र अनिल दुवै।

एक दिन बिहानै अरुणा चिया लिएर अनिलको कोठा भित्र पसी। अनिललाई सधैं बिहानको चिया ल्याई दिने काम अरुणाको भइसकेको थियो। अनिल घरको छोरो समानको सदस्य भइसकेको हुनाले भित्रपिट्टको ढोका खुलिसकेको थियो र त्यस ढोकामा अनिलले ताल्चा पनि लगाउने गर्दैनथ्यो। घरकी नोकर्नीले अरू कोठा जस्तै आएर अनिलको कोठा पनि साफ गर्थी। अरुणा आफ्नो इच्छा लाग्दा त्यही कोठामा आएर बस्थी, पढ्थी र आमा, हजुरआमाको कोठामा जतिसुकै छ्याल्लब्याल्ल बनाए पनि अनिलको कोठाको ऊ कुनै पनि चिज चलाउँदिनथी। चलाए पनि यथास्थानमा नै राखिदिन्थी। त्यो देखेर हजूर आमाले 'यहाँ त छुकछुक गर्दि रहिनछे नि यो' भन्यो भने 'के गर्नु? भरे आफैंले मिलाउनु पर्छ' भन्ने गर्दथी।

अरुणाले चिया अनिलको छेउको कफी टेबलमा राखेर आरामी कुर्सीमा बस्दै भनी - "बाहिर जानुभन्दा अगाडि एकपल्ट हजूरबालाई भेट्नु रे।

अरूणको भावमुद्रा चित्त नबुझेकी स्वास्नीले लोग्नेलाई केही कुरा सुनाएजस्तै देखिएकोले अनिलले ओठमा मुस्कुराहट ल्याएर भन्यो - "किन रे?"

अरुणाले ओठ लेप्र्याोउदै भनी - "कुन्नि किन हो? बुढालाई केमा रिस उठेको हो।"

एक छिन नबोलेर फेरि आँखिभौँ खुम्च्याउँदै भनी - "पढिंनँ रे मैंले। मामालाई भनि दिन्छु भन्नु हुँदैथ्यो हिजो।"

अनिलले चियाको सुर्को तानेर सोध्यो - "तिमी पढ्दिनौ र?"

"को पढिरहन्छ त बुढाका अगाडि। स्कुलमा पढि हाल्छु। दिएको होमवर्क यहीँ तपाईको कोठामा बसेर गरिहाल्छु। यसो एक छिन खेल्यो भने पढ्दिन भनेर कराउछन् बुढा।"

"धत्, त्यसरी बुढा बुढा भन्नु हुन्छ हजुरबुवालाई? पढिन भनेपछि दुःख पाउँछे नातिनिले भनेर भन्नु भएको पो त मायाले।"

"भो हामीलाई माया गर्न त। माया आफ्नै छोरीलाई गर्छन् नि। बुढाबुढी बसे कि त्यही छोरीले दुख पाई भन्ने गुनासो गर्छन् सधै। कहाँ त्यस्ता कुरा गर्छन् हाम्रा?"

"तिम्री ममीले माया गर्छिन् नि तिमीलाई त।"

"ममी पनि गर्नुहुन्न माया। जहिले पनि जेमा पनि मैंले नै बिगारेको भन्नुहुन्छ। मेरै दोष देख्नुहुन्छ।" - अरुणाको अनुहार दुखि र गम्भीर देखियो।

"म पनि त माया गर्छु नि तिमीलाई - "अनिलले अरुणालाई सान्त्वना दिनलाई भन्यो।

"मलाई आउने बित्तिकै 'तिमीलाई कस्तो छ?' भनेर सोध्नु पनि हुन्न। मैंले स्कुलको पाठ गरें कि गरिनँ त्यो पनि खोज्नु हुन्न। मलाई कहिले पनि बाहिर लिएर जानु हुन्न। यस्तै हुन्छ माया गरेको?" - अरुणाले साँच्चै बालकले चित्त दुख्दा भन्न सक्ने भावात्मक स्वरमा र लवजमा भनी।

एउटा बालिकाको पीडालाई अनिलले अनुभव गर्योस। यो घरमा बसेर उसले सबैको जिम्मेवारी पुरा गरे पनि एउटी बालिकाप्रतिको जिम्मेवारी पुरा गरेको रहेनछ भन्ने थाहा पायो। त्यसैले आफूलाई सहज बनाउँदै उसले कबुल गर्यो - "हुन्छ, हुन्छ। अब म त्यसै गर्छु।"

"साँच्ची?" - अरुणाले मुख उज्यालो पारेर सोधी।

"हो, साँच्ची।" - अनिलले पनि मुस्कुराउँदै जवाफ दियो।

अनिलले खाएको चियाको कप टिपेर अरुणा गएपछि अनिलले विचार गर्यो । आखिर माया पनि जालो रहेछ चारैतिरबाट बन्दै जाने। अरुणा उसलाई त्यही गर्न बाध्य गराइरहेकी थिई जो ऊ गर्न चाहदैनथ्यो।

बेलुका अनिल धेरै ढिलो घर फर्कियो। आफू ढिलो आउने जानकारी बिहानै दिएकोले घरका सबै सदस्यहरू ढोका थुनेर निदाइसकेका थिए। त्यसैले घरका अरू मानिसलाई बाधा नपुगोस् भन्ने ठानेर पछाडि पिट्टको ढोका खोलेर भित्र पस्यो। कोठाको बत्ती बलिरहेको थियो र अरुणा आरामी कुर्सीमा निदाइरहेकी थिई। थाकेकी आमा निदाइसके पछि ऊ अनिलको कोठामा आएर उसलाई पर्खदा पर्खदै भुसुक्क निदाएकी थिई। अनिलले भित्र पसेर लुगा फेर्यो र अरुणातिर हेर्याल। यो रातमा मधुलाई उठाएर छोरी जिम्मा लाउनु उपयुक्त नलागेर अनिलले अरुणालाई उठाएर पलंगको भित्तापिट्ट सुताइदियो र बत्ति निभाएर आफू पनि सुत्यो।

सधैं एक्लै सुत्ने बानी परेको अनिललाई अरुणाको उपस्थितिले धेरै रात गएपछि मात्रै निन्द्रा लाग्यो।

बिहान झसमिसैमा मधुले 'छोरी कहाँ गई ' भनेर खोजेपछि कर्णेल्नी आफैं उठेर अनिलको कोठा भित्र पसिन्। रिमरिम उज्यालो भर्खर कोठाभित्र छिरेको थियो। अनिल निदाइरहेको थियो र उसको काखीमनि आफ्नो टाउको घुसारेर एउटा हात उसको छातीमा राखेर मस्त सुतिरहेकी थिई अरुणा। त्यो देखेर बुढीयाका गहभरि आँसु भरियो र एकै छिन उनीहरू दुवैलाई हेरेर आँसु पुछ्दै बाहिर निस्किन्।

घनश्यामले जागिर छोडिसकेको थियो। जागिर छोडेको २।४ दिनसम्म त कार्यालयमा कहिलेकहीं उसको नाम सुनिन्थ्यो। त्यसपछि सबैले बिर्सिदिए। घनश्यामले जागिर छोडेकै पनि डेढ दुर्ई बर्ष बितिसकेको थियो। मधु आफ्नो कारोबार पूर्ण रूपले हेर्न सक्ने भइसकेकी थिई र अब त उसका दुर्ई जना सहायक पनि थिए। बलियो र विस्तारित भएको व्यापारमा बेलाबखत अनिलको सहायता भने उसलाई आवश्यक हुन्थ्यो र अनिल नोकरीमै भएकाले आफूलाई चाहिएको बेला उसको सहयोग नमिल्न सक्थ्यो। कतिपल्ट यस्तो समय पनि आउँथ्यो जब कुनै कुरा ऊ आफैं निर्णय गर्न सक्दिनथी। फेरि व्यापारको तुलनामा नोकरीबाट आउने पैसाको पनि कुनै तुलना हुन सक्दैनथ्यो। अनिलले नोकरी नै गर्नु पर्ने आवश्यका पनि ऊ देख्दिनथी। त्यसैले एक दिन उसले अनिललाई भनि - "अनिल दाई ! तपाई त्यो नोकरी किन छोड्नु हुन्न?"

अनिल र मधुको साईनो दाजु बहिनीमा परिणत भएको धेरै भइसकेको थियो।

अनिलले मुस्कुराउँदै जवाफ दियो - "तिमीले भएको एउटा नोकरी पनि छोड्न लगाएर मलाई बेरोजगार बनाउन खोजेकी त होइनैं?"

मधुले गम्भीर भएर उसको ठट्टालाई पन्साउँदै भनी - "नोकरी छोड्दैमा मानिस बेरोजगार हुने होइन। मजस्ती मानिस त केही गर्न सक्दी रहिछु भने तपाईजस्ताले त सय गुणा बढी गर्न सक्नुहुन्छ। मलाई सिकाएको पनि त तपाईले नै हो।"

"होइन, मधु, होइन। मैंले तिमीलाई बाटोमासम्म राखि दिएको हुँ। सिकेको तिमी आफैंले हो। तिम्रो चाहनाले, तिम्रो परिश्रमले तिमीलाई जान्ने बनाएको हो। अब व्यापारको विषयमा तिमी मभन्दा धेरै जान्ने भइसक्यौ। कुन समयमा के बिक्छ? कुन ठाउँमा के चल्छ? त्यो तिमी जान्दछ्यौ। किन्न आउने मानिसको अनुहार हेरेर त्यो मानिसको खल्तीमा कति पैसा छ र त्यो मानिसले कस्तो माल किन्न सक्छ? त्यो तिमी भनी दिन सक्छ्यौ। यो तिम्रो व्यवाहारिक ज्ञान हो। ममा त्यो ज्ञान छैन। त्यसैले त्यो व्यापारपिट्ट मलाई लगाउने विचार गरेकी भए त्यो विचार त्यागिदेऊ।"

"व्यापारमा लगाउने मेरो विचार होइन। यो व्यापार त म आफैं चलाउन सक्छु। कहीं आवश्यक परे तपाईसँग सल्लाह लिउँला। मेरो विचार त तपाईले अर्को व्यवशाय गरे हुन्थ्यो भन्ने हो।"

"कस्तो अर्को व्यवसाय?"

"हेर्नोस्। हामीले यो हाम्रो व्यापारमा राम्रै गरेका छौं। पर्याप्त विस्तार पनि भएको छ र नाफा पनि राम्रै भइरहेको छ। यसलाई अझ विस्तार गर्ने हो भने म हेर्न पनि सक्दिन र मुनाफा पनि आजको अनुपातमा हुन सक्दैन। हामीसँग केही पूँजी सन्चिति छ तपाईको पनि मेरो पनि। त्यसलाई बैंकमा राखि राख्नु म उचित देख्दिन। त्यही पैसाले सानै भए पनि एउटा उद्योग किन नथाल्ने?"

"कति छ त्यो सन्चिति?"

"सबै गरेर अढाइ तीन लाख पुग्छ।"

"त्यतिले के हुन्छ र?"

"त्यति नगद हातमा भएपछि दश लाखको उद्योग चल्छ। आखिर बैंक र साहुकार पनि छन् नि रिण दिनेहरू।"

"रिण लिएर त्यहि पनि डुब्यो भने?"

अनिलको कुरा सुनेर मधुले मुस्कुराउदै भनी -"यही कुरा मैले पनि तपाईले मलाई व्यापारमा लगाउदा भनेथेँ। त्यो बेला त व्यापार असफल भएको भए मेरो अर्को पालिने साधन पनि थिएन। अहिले त उद्योग असफल भए ज्यान पाल्ने यो व्यापार त छँदैछ नि।"

मधुको निश्चयता देखेर अनिलले बुझ्यो - सफलता र सम्पति नै निश्चयताको आधार हुन्। हिजो उसको कमाइ मधुकोभन्दा ठूलो थियो, त्यसैले उसको आँट पनि मधुकोभन्दा ठूलै थियो। आज मधुको कमाइ उसकोभन्दा ठूलो भएकोले मधु उसलाई बाटोमा लाग्ने दवाव दिई रहेकी थिई। उसलाई मधुको कुरा ठीकै लाग्यो तर कतिपय यस्ता कुराहरू ह्न्छन् जसलाई पहिले नै प्रस्ट बनाउने आवश्यक हुन्छ। त्यसैले उसले मधुलाई भन्यो -"मधु ! जुनबेला मैले तिमीलाई व्यापार गर्न जोड दिएथेँ त्यो बेला तिम्रो आयको साधन थिएन। तिमीले भावी जीवन गुजार्नको निम्ति त्यो संघर्ष अत्यावश्यक थियो तर मेरो बाँच्ने साधन मेरो नोकरी छ । त्यसैले मेरो लागि उद्योगमा जानु आवश्यक छैन। धनको तृष्णा त कति कमाए पनि मेटिदैन।"

"हो। मेरो निम्ति अत्यावश्यक थियो त्यो बेला। तपाईले मलाई संघर्ष गर्न लगाउनुभयो। म सफल हुन पनि सक्थेँ असफल हुन पनि। म असफल भएको भए मेरो सँगसँगै तपाईको पनि पूजिँ डुब्न सक्थ्यो। तपाईले मेरो निम्ति खतरा लिनुभयो किन? एउटा सौहार्द्रताले, एउटा मानवबीचको प्रेमले। मेरो निम्ति गरिदिनु पर्ने अरू कुनै पनि कारण थिएन। तपाईले मेरो लागि एउटा दाजुले गर्न सक्नेभन्दा बढी गरिदिनुभयो। तपाई कुनै सम्पन्न मानिस पनि होइन कि त्यो पूँजि डुबेको भए चोट नलाग्ने। अतितको तुलनामा म अहिले धेरै सम्पन्न्ा छु। यो तपाईको प्रयासको फल हो। मलाई त यति भए पुग्छ तर तपाईलाई पुग्दैन। तपाईको विहे गर्नु छ, परिवार चलाउनु छ र त्यसको निम्ति एउटी साझेदारीमा कामगर्ने रिणी बहिनीका पनि उत्तरदायित्व छन्। त्यही जिम्मेवारी नै हो तपाईलाई उद्योगमा आउनोस् भन्ने मेरो जोड। कुन चिजको उद्योग चलाउने, कसरी चलाउने, कहाँ चलाउने? त्यो हामी बसेर निर्णय गरौँला। मलाई विश्वास छ - तपाईको ज्ञान र मेरो अनुभवले हामीलाई असफल हुन दिदैन। तपाई केवल हुन्छ मात्रै भन्नोस्।"

मधुको कुरा अनिललाई ठिकै लाग्यो र उसले नोकरीबाट राजीनामा दिएरउद्योग व्यवसायतिर पस्यो। सुरुमा उसलाई त्यो काम निकै गार्हो् लागे पनि आफू त्यसमा केही भिजेपछि उसमा हिम्मत बढ्दै जान लाग्यो र मधुले पनि उसलाई सल्लाह र हौसला दिँदै गएकीले ऊ उद्योग स्थापना गर्न सफल भयो। नोकरी अर्को पूजिँपतिको व्यवसायको एउटा सानो जिम्मेवारी थियो र पूरा कारोवारको रेखदेख गर्नुपर्ने आवश्यक एउटा नोकरलाई पर्दैनथ्यो तर आफू पूजिँपति भएपछि अनिलले थाहा पायो - नोकरलाई काम लगाउनु त्यति सजिलो रहेनछ। त्यसैले उसको संघर्ष कडा भएर निस्कियो। नोकरीमा आठ घण्टा काम गरेपछि ऊ बाँकी समय स्वतन्त्र हुन्थ्यो तर आफ्नो व्यावसायमा उसलाई कहिले पनि फुर्सद हुदैनथ्यो। एउटा सिकारु प्ाूजिँपतिको पाइला पाइलामा अड्चनहरू फेला पर्दथे जसको समाधान भने त्यति सजिलै फेला पर्दैनथे। त्यसैले उसका खाने, सुत्ने र आराम गर्ने समय पनि कुनै निश्चित थिएन र डेरा पनि उसको एउटा राति सुत्ने थलो मात्र भयो।

मधुलाई आफ्नो व्यापारबाट फुर्सद थिएन र अनिललाई आफ्नो उद्योगबाट। त्यसैले अरुणा बिहान बेलुका एक्लै हुन्थी। बाजेबजैसँग कुरा गरेर ऊ बस्न सक्दिनथी। नोकर्नीसँग गर्ने कुरा हुँदैनथ्यो। ऊ सामान्यत एकान्तबासी भएकी थिई। आमा मात्र व्यस्त हुँदा बिहान बेलुकाको समय अनिलसँग बित्दथ्यो र अनिलसँग बस्ने उसको आदत बसिसकेको थियो। त्यही अनिल पनि अनुपस्थित हुन थालेपछि उसले आफूलाई एक्ली ठान्नु स्वभाविक थियो। ऊ बिहानै चिया दिन पुग्थी। अनिल त्यो बेला सम्ममा बाहिर निस्कन तयार भइसकेकेा हुन्थ्यो। अरुणा प्रत्येक दिन एउटै प्रश्न गर्थी - "आज बेलुका त तपाई चाँडै घर फर्कनुहुन्छ होला हैन?"

अनिल जवाफ दिन्थ्यो -"हुन्छ, म कोसिस गर्छु"

उसको जवाफ सनेर अरुणा विचार गर्थी - "आज पनि ऊ ढिलो नै आउनेछ।"

अरुणा मानिसको भनाइ केही बुझ्न सक्ने १३ बर्ष लागेकी केटी भइसकेकी थिई। ऊ पहिलेजस्तो जिद्दि गर्न सक्दिनथी। ऊसँग आमा र मामा आउँछन् भनेर कुर्नु बाहेक अरू उपाय थिएन। बिहानी त चाँडै स्कुल जानुपर्ने हुनाले समय बित्दथ्यो तर बेलुका स्कुलबाट आएर आफ्नो गृहकार्य सकेपछिको समय लामो हुन्थ्यो उसको निम्ति। ऊ अनिलको कोठामा गएर नोकर्नीले सफा गरेको कोठा फेरि सफा गर्थी, सामान झकेर मिलाउँथी र त्यही कोठामा बसेर अनिललाई पर्खन्थी। यसरी अनिललाई पर्खनु उसको दिनचर्या भइसकेको थियो। आमा आईपुगेपछि आमाको कोठामा जान्थी र आमासँग बस्थी। दिनभरी कामले थाकेकी आमा खाना खाने बित्तिकै सुत्दथी र अरुणा फेरि अनिललाई कुरेर बस्दथी। अगाडि किताब फिँजाएर सोफामा बसेकी अरुणा सोफामा नै निदाउँथी र अनिलले उठाएर आफ्नो छेउमा सुताइदिन करै लाग्दथ्यो।

यसरी अरुणा आफूसँग सुत्दा उसलाई असजिलो नलागेपनि सधैँ अरुणालाई आफूसँग सुताउनु हुन्न भन्ने अनिललाई लाग्यो र एकदिन मधुलाई भन्यो - "मधु ! अरुणा सधैँ मसँग सुत्ने बानि परिसकी तर एक दुर्ई बर्षपछि अरुणा ठूली हूँदै जान्छे र ऊ आफू ठूलो हुँदै गएको उसलाई थाहा पनि हुँदैन। ऊ जहिले पनि तिम्रो हाम्रो अगाडि आफूलाई बालक नै ठान्छे। ऊ ठूली हुँदैछ भन्ने ज्ञान दिन पनि उसलाई आवश्यक छ। त्यसैले तिमी उसलाई सम्झाऊ।"

"म त सधैँ भन्छु नि 'मेरो काठामा सुत्' भनेर। उसले माने पो। बरु तपाई नै किन सम्झाइदिनुहुन्न उसलाई ?" - मधुले आफ्नो असमर्थ्यता प्रकट गरी।

"म भन्ने थिएँ तर मैलेभन्दा मैले उसलाई बलजफ्ती निकालेको ठहर्याँउने छ उसले। बाबुको साटो पाएको मबाट गलत्याइनु उसलाई चोट लाग्न सक्छ। मैले केही भने उजुरी लिएर ऊ तिमीकहाँ आउदिन। तिमी उसलाई सम्झाऊ, बुझाऊ। त्यति गर्दा पनि मान्नि भने अलिकति कडाइ पनि देखाऊ। नारी सुलभ आउन सक्ने प्राकृतिक विकासको अर्थ बुभाऊ। ऊ बुझ्ली र बुझ्न खोजिन भने तिम्रो विरोध गर्न मकहाँ अवश्य आउनेछ। त्यो बेला म उसलाई सम्झाउँला। तिमी निर्दयी नबन। केवल कठोरता देखाऊ बाध्यताको कठोरता।" - अनिलले मधुलाई बुझायो र मधु उसको कुरा स्वीकार गरेर गई।

त्यही दिन बेलुका अनिल घरमा आई पुग्दा अरुणा उसको कोठामा बसेर रोइरहेकी थिई। अनिलले उसको छेउमा आएर बस्दै सोध्यो - "के भयो, अरुणा? किन रोएकी?"

अरुणा जवाफ दिनुको साटो अनिलको छातीमा टाँसिएर झन् रुन थाली। अनिलले उसलाई रुनबाट रोकेन। ऊ अरुणाको टाउको सुम्सुम्याएर बसिरह्यो, निकै बेरपछि अरुणाको रुवाइ कम भएपछि उसले सोध्यो-"कसले के भन्यो? भन त?"

अरुणाले छातीबाट मुख नहटाई सुक्क सुक्क गर्दै भनी - "ममीले।"

अनिलको ओठमा मुस्कान आयो जुन अरुणाले देखिन। त्यही मुस्कान यथावत् राखेर उसले सोध्यो-"के गरिन् ममीले? गाली गरिन्?"

अरुणाले 'हो' भनेर मुन्टो हल्लाई। अरू बेला भएको भए अनिलले 'पख त्यो ममीलाई मैले गाली गरिनँ भने' भनेर अरुणाको चित्त बुझाउने थियो तर आजको स्थितिमा उसले त्यो भन्न सकेन। उसले सोध्यो -"के भनेर गाली गरिन्? कि बदमासी गर्यौस कि तिमीले?"

"होइन। मैले केही पनि गरिन। मलाई त्यसै गाली गर्नुभयो।" - अरुणाले विरोध देखाई।

"केही त भनिन् होला नि ममीले?" - अनिल अरुणाको मुखबाट भनाउन चाहन्थ्यो।

"म ठूली भएँ रे। मैले अब तपाईसँग सुत्नुहुन्न रे अनि।" - अरुणाले अब पोल लगाई।

"ए ! ममीले त्यसो भनिन्।" - अनिलले पनि आश्चर्य माने झैँ गरेर भन्यो।

"ठूली मान्छेले मामासँग सुत्नुहुन्न र? म ठूली भएँ रे। हो, मामा?" - अरुणाले टाउको उठाएर अनिलको मुखमा हेरी।

अनिलले अबोध अनुहार लगाएर जवाफ दियो -"खै, के हो, के हो, अरुणा ! म छोरोमानिस। तिमी छोरोमानिस भएको भए तिमी ठूली भयोै कि भइनौ? म फ्याट्टै भनिदिने थिएँ तर तिमी छोरीमानिस र छोरीमानिस कसरी, कहिले ठूला हुन्छन्? त्यो त म छोरोमानिसलाई थाहै हुने कुरा भएन। छोरीमानिसले मात्र जान्दछन् त्यस्ता कुरा। ममी छोरीमानिस भएकोले ममीले भनेको कुरा ठीकै होला नि?"

अरुणाले अनिललाई सर्वज्ञाता ठहर्यानएकी थिई। अहिले अनिल आफूजस्तै अलमल्ल परेको देखेर ऊ वाल्ल परेर उसको मुख हेरिरही। त्यो देखेर अनिलले भन्यो - "हामी दुवैले नजानेको कुरा कसलाई सोध्न जानु? फेरि सोधे पनि बुध्दु भन्लान् हामीलाई। बरु ममीले भनेको कुरा मानौं। बुझ्यौ? बरु तिमी ममीसँग पनि नसुत। एक्लै सुत ममीको कोठामा अर्को ओछ्यान् लाएर।"

अरुणाले रुँला, रुँलाजस्तो अनुहार बनाई। त्यो देखेर अनिलले भन्यो - "त्यहि सुत्नु त होनी ममीको कोठामा त। पढ्न, लेख्न बस्न त मेरो कोठामा भइहाल्छ नि। त्यो पनि हुँदैन भनिन् भने अनि हामी दुवै जना ममीसँग झगडा गरौँला। बुझ्यौ? जे पनि हुँदैन हुँदैन भन्न त कहाँ पाउँछिन् तिनले?"

अरुणाको पुरै चित्त नबुझे पनि यो सम्झौतालाई उसले स्वीकार गरी किनकी अनिलले आफ्नो अज्ञानता देखाएर उसकी ममीको कुरा काट्न सकेन। अज्ञानीले ज्ञानीको कुरा नचाहे पनि, नबुझे पनि मान्न करै लाग्यो। अरुणा र आफू बीचको भएको समझदारीको जानकारी अनिलले मधुलाई दियो र मधुले आफ्नो कोठामा अरुणाको लागि अलग्गै ओछ्यान् लगाइदिई।

समय बित्दै गयो। मधुले सधैँ अनिललाई बिहे गर्न जोड दिन थाली। अनिल एउटा न एउटा बहाना बनाएर त्यसलाई छल्दथ्यो। अचानक बिधवा हुँदा दाजुले कुनै सहायता नदिएर अनाश्रित भएकी मधु अनिलको स्नेह र सहयोग लिएर उसलाई आफ्नै दाजु ठान्न थालेकी थिई र उनीहरूका बारेमा अरूका जे धारणा भएपनि आफ्नो बाध्यता प्रस्ट्याउन एउटी बहिनीले झैँ अनिलको बिहे गरिदिन चाहन्थी। अनिलले पनि मधुको यो चाहनालाई बुझको थियो तर उसको आफ्नै बाध्यता थियो तर त्यो बाध्यता ऊ आफैँलाई पनि प्रस्ट थिएन। त्यसैले मधुको कुरालाई सधैँ सधैँ पन्साउँथ्यो।

एकदिन बेलुका अनिल घर फर्कदा अरुणा गम्भीर अनुहार लाएर उसको कोठामा उसलाई पर्खेर बसिरहेकी थिइ। अनिललेभित्र पसेर उसको अनुहार हेर्दै भन्यो -"के भयो, अरुणा?" १३ बर्ष पुगेर १४ बर्षमा टेकेकी अरुणाले अनिललाई जवाफ दिई -"तपाईलाई फोन आएको थियो।"

अनिलको फोन बराबर आउने गर्थ्यो। त्यो कुनै नौले कुरा थिएन र आफू घरमा हुँदा अरुणा आफैँ फोन उठाउँथी। आमाको र मामाको रिसेप्सनिष्ट उही भएकी थिई र यसमा उसको कुनै गुनासो थिएन। आज अचानक यस्तो गुनासो देखा परेकोले अनिलले पनि गम्भीर भएर सोध्यो -"कसकेा आएको थियो?"

"पूर्णिमाको।"

"को पूर्णिमा?" - यसरी अचानक पूर्णिमा उदाउनुको कारण नबुझेर अनिलले अरू कोही हो कि भनेर सोध्यो।

अरुणाले चिढिदै जवाफ दिई -"हामीलाई के थाहा को पूर्णिमा भनेर? हामीले तपाई को? भनेर सोध्दा वहाँले चिन्नुहुन्छ, फोन गरेको थियो भनेर भनिदिनु नि भन्थी। यी यहँा फोन दिएकी छ।"

अरुणा अनिलसँग लड्न तयार भएर बसेकी थिई र पूर्णिमाको जवाफ चेब्रे पारेर यसरी भनी कि अनिलको अनुहारमा मुस्कुराहट आईहाल्यो।

"तिमीलाई त केही भनिन। होइन?"

"मैले के खाइदिएकी छु उसको र त्यसले भन्न पाउने? भनेकी भए मैले पनि भन्न जानेकी थिइनँ र?"

"त्यसोभए त्यो पूर्णिमासँग तिमी चिढिएकी त? त्यसले अगाडि त फोन गरेकी थिइन।"

"किन गरेकी थिइन ? यो घरमा सबभन्दा पहिले तपाईलाई फोन गरेको उसैले होइन?"

"उहिले तिमी सानी हुँदा? अझै सम्झेकै छौ तिमीले त्यो दिन? मैले त उहिले नै बिर्सिसकेको थिएँ।" - अनिलले हास्ँदै जवाफ दियो।

"साँच्ची" - अरुणाले केही विश्वास र केही अविश्वासमा सोधी।

"हो साँच्ची? मैले त त्यसपछि उसलाई देख्नु त के उसको स्वर पनि सुनेको छैन। त्यही पूर्णिमा हो भने। अर्की पूर्णिमा त होइन होली।"

"खै कुन्नि त्यो त।" - अरुणा अब सामान्य भइसकेकी थिई।

"को रहेछ? किन खाजेको रहेछ? थाहा पाउनु पर्योम नि। अब फोन गर त ल एक पल्ट।" - अनिलले अरुणालाई काम लगायो।

अरुणा उठेर फोन घुमाई र उत्तरको प्रतिक्षामा पर्खी। उताबाट स्वर आएपछि भनी - "पूर्णिमाजीलाई पाऊँ न एक पल्ट।"

शायद फोन पूर्णिमाले उठाएकी थिई, त्यसैले थपी - "एकछिन होल्डमा बस्नुस् है।"

अरुणाले टेलीफोन रिसिभर ल्याएर अनिललाई दिँदै भनी - "पूर्णिमा।"

अनिलले रिसिभर कानमा राखदै भन्यो-"को? पूण्र्िामाजी हो? म अनिल बोलेको। तपाईले फोन गर्नुभएको थियो रे नि?" व "यदि तिमीले बिर्षेको छैनौ भने, अनिल, म पूर्णिमाजी होइन। पूर्णिमा मात्रै हो। तिमीले अत्यावश्यक कामको लागि मात्र यो फोन दिएका थियौ। मैले एकपल्ट त्यसको दुरूपयोग गरेँ। परिणाम आफैँ भोग्नु पर्योए तर अहिले त दुरूपयोग गरेजस्तो लाग्दैन।"

"भन न त, के पर्योय?"

"मेरो सामु अहिले यस्तो समस्या आइलाग्यो जो मेरो जीवन र मरणको प्रश्न हुन सक्छ। त्यो बारे सल्लाह लिन मेरो भलो चाहनेहरूमध्ये समर्थ मानिस तिमी बाहेक अरू कोही भेटिनँ मैले।"

"छोराछोरीलाई त सन्चै छ?"

"स्ान्चै छ उनीहरूलाई।"

"घनश्यामजीलाई पनि ठीकै छ त?"

"सन्चै छ वहाँलाई पनि। ठीकै छ त कसरी भनूँ म?"

"तब कहाँ पर्योा त त्यस्तो समस्या?"

"म आफैँलाई पर्योि, अनिल। म आफैँलाई।"

"के पर्योई? भन न त।"

"अनिल ! सबै कुरा टेलिफोनमा भन्न गार्होै छ। त्यसैले भोलि मलाई एकपल्ट भेट्न आऊ न। सक्छौ?"

"जब तिम्रो जीवन र मरणको प्रश्न छ त्यहाँ सक्दिनँ भन्न्ो प्रश्नै आउँदैन। बरु भन। कहाँ भेटूँ तिमीलाई?"

पूर्णिमाले ठाउँ र समय दिई र अनिलले उसलाई आउने वचन दिएर रिसिभर अरुणालाई दियो। अरुणाले रिसिभर क्रेडलमा राख्दै सोधी - "पूर्णिमाको छोराछोरी पनि छन्?" अनिलले मुस्कुराउँदै जवाफ दियो - "छन् नि छोराछोरी। तिमी जत्रै छोरी छ, छोरो अलि सानो।"

"म त पूर्णिमा केटी पो हाली भन्ने ठानेकी।" - अरुणाले हाँस्दै जवाफ दिई।

"अब गफ मात्रै गर्छ्यौ कि भान्सा तयार भयो भएन हेर्छ्यैा पनि?"-अनिलले कमिजको टाँक खोल्दै भन्यो। अरुणा उठेर भान्सातिर हेर्न गई।


भोलीपल्ट अनिल पूर्णिमाले भनेको ठाउँमो पुग्दा पूर्णिमा अगाडि नै पुगिसकेकी थिई। दिएको निश्चित समयभन्दा अगाडि नै पूर्णिमा पुगेकीले ऊ ठूलै समस्यामा परेकी अनिलले अनुभव गर्योर। दिउँसोपख भएकोले त्यस रेस्टुरेन्टमा अरू मानिस कोही पनि थिएन। अनिल गएर टेबलको अर्को छेउमा बस्यो। पूर्णिमालाई सोधेर केही चिसो मगायो। बेराले चिसो ल्याएर राखुन्जेलसम्म कोही पनि बोलेन। बेयरा गएपछि अनिलले सोध्यो - "के भयो, पूर्णिमा?"

पूर्णिमाले शान्त भएर जवाफ दिई - "मेरो लोग्ने मलाई पारपाचुके दिन चाहनुहुन्छ। त्योभन्दा पनि अझ बढी वहाँ मबाट छोराछोरीलाई पनि छुट्याउन चाहनुहुन्छ।"

अनिल आश्चर्यचकित भएर सोध्यो - "अचानक यो कसरी हुन गयो?"

पूर्णिमाले उस्तै स्वरमा जवाफ दिई - "यो अचानक सबै भएको होइन। यसको सुरुआत नै तिमीहरूको बाजी हो। वहाँले बाजी हार्नुको परिणाम हो।"

"मैले त सोचेकी थिएँ त्यो घटना उहिले नै टुंगिई सक्यो।"

"जहाँ तिमीहरूको निम्ति टुिङ्गयो त्यहाँ मेरो सुरुआत भयो"

पूर्णिमाले आफू निष्कासन भएको घटना सबै सुनाई। त्यो सुनेर अनिलले भन्यो - "घनश्यामले त्यति तल झर्नुपर्ने थिएन। आवेशमा त्यो गरिहाले पनि पारपाचुके गर्ने र छोराछोरी नै आमाबाट खोस्न किन चाहने उसले, पूर्णिमा?"

"वहाँको स्वभाव नै परपीडनबाट आफू आनन्द लिन खोज्ने हो। वहाँले सोच्नुभएको थियो मलाई घरबाट निकालेर आफ्नो घरलाई रासलिलाको वृन्दावन बनाउँदा म पीडित हुनेछु। बहुलाहीजस्तै हुनेछु र वहाँले प्रतिशोध र परपीडाको आन्न्द पाउनुहुनेछ। लोग्नेबाट निष्कासित भएर ससुराले तोकी दिएको हन्डीमा गुजारा गर्नु पर्दा दुख मलाई अवश्य भयो तर त्यसलाई देखाएर समाजमा घृणित र अपमानित हुन नचाहेर मैले आफ्नो दुखलाई छातीभित्रै लुकाएँ। वहाँले मेरो मौनतालाई मेरो सुख भनी ठान्न्ाभयो र त्यो वहाँलाई सह्य भएन। अब मेरो छोराछोरी मबाट खोस्न चाहनुहुन्छ।"

"तिम्रा सासूससुराले यसको विरोध गनुपर्ने हो नि? आखिर उनीहरूलाई थाहा छ - तिमीले कुनै अपराध या पाप गरेकी छैनौ - भनेर।"

"कुनै पनि आमा बाबुले आफ्ना छोराछोरी न्यायको तराजुमा राखेर जोख्न सक्दैन र मेरा सासूससुरा पनि यसका अपवाद होइनन्। छोराले नातिनातिनी आफूकहाँ ल्याउन बुहारी त्याग गर्न खोज्दा पहिले यसको विरोध पनि गरे होलान् तर छोरो र बुहारी को त्याग्ने? भन्न्ो प्रश्न उठेपछि बुहारी नै उनीहरूलाई पनि सजिलो हुने नै भयो। सजिलो नभए पनि बाध्यताले गराउन लगायो।"

"कुरा गरिसक्यौ उनीहरूसँग?"

"सासूसँग कुरा गर्नु बेकार नै हो। ससुरासँग कुरा गरेँथे तर त्यसले पनि कुनै समाधान निस्कन सकेन। वहाँले आफ्नो बाध्यता देखाउनुभयो।"

"जस्तो?"

"छोरो त्याग्न नसक्ने बाध्यता त वहाँको पहिलो हो। दोश्रो परिवारको इज्जतलाई छोरोको जस्तो गरेर बजारमा फिँजाउन चाहनुहुन्न। त्यसैले आपसी समझदारीबाटै पारपाचुके लिने दिने सल्लाह दिनुहुन्छ। यसकालागि पर्याप्त सम्पति दिन वहाँ तयार हुनुहुन्छ।"

"छुटि्टएर त यसै पनि बसेकै थियौ नि?"

"त्यतिले पुगेन वहाँहरूलाई। म अलग्गै बसे पनि छोरोछोरी त मेरै मात्र बने र वहाँहरूका कसै गरे पनि बन्न सकेनन्। वहाँहरूको नभनूँ, मेरा सासू ससुराको छोराका।"

"अब तिमी के चाहन्छ्रयौ?"

"हेर्नोस्, एउटी आमा धनसम्पति छोड्न सक्छे। लोग्ने छोड्न सक्छे तर आफ्ना छोरोछोरी छोड्न सक्दिन। छोराछोरी उसको अन्तिम चाहनाहरू हुन्।"

अनिलले एकछिन् घोरिएर सोच्यो - "तिम्रो आफ्नो कुनै विचार छ यो योजनामा?"

"छैन। के गर्ने? म केही सोच्नै सक्दिनँ। घर त यसै भत्किई सक्यो। माइतीमा पनि बुढा आमाबाबुलाई म के भन्न्ा जाऊँ? दाजुभाइले मेरो रक्षा गर्न सक्दैनन्।" - पूर्णिमाको स्वर पीडाले शुष्क भयो।

अनिल केही पनि बोलेन। एकछिन मौनता छरियो। पूर्णिमाले सोधी-"कुनै समाधान पाउन सकूँला म?

"पूर्णिमा ! समाधान त्यति सजिलो छैन। उनीहरू धनवान छन्। त्यसैले न्याय पनि उनीहरू आफैँतिर पल्टाउन सक्छन्। बलले पनि तिमी जित्न सक्दिनौ। तिम्रो एक मात्र हतियार छ कुटनिती। सबै मानिसको आफ्नो सबभन्दा कमजोर पक्ष हुन्छ। छोराछोरी तिम्रा कमजोर पक्ष हुन् भन्ने घनश्यामले बुझको छ तर उसका पनि कही न कहीँ कमजोर पक्ष छ र उसको बाबुआमाको पनि छ। त्यसैले ती पक्ष फेला नपारुन्जेल तिमी उनीहरूलाई अल्झाएर राख। त्यो कसरी राख्नुपर्ने हो तिमी जान। हामी दुर्ई जनाले खोजेपछि कहीँ न कहीँ ती कमजोरीहरू फेला पर्छन्। समय हाम्रो पक्षमा छैन। त्यसैले हामी र उनीहरू कसले पहिलो हात पार्न सक्छ? त्यो तिमीले कति समय उनीहरूलाई अल्झाएर राख्न सक्छ्यौ? त्यसमा भर पर्छ।"

"उनीहरू आज भोलि नै गर्न चाहन्छन् यी कुरा।"

"हो। उनीहरू चाहन्छन्। हामी पनि चाहन्छौँ आज भोलि नै यी कुरा समाधान गर्न तर चाहँदैमा हुने कुरा होइन। तिम्रा ससुरा सकेसम्म यो कुरा अदालतसम्म्ा पुर्याकउन चाहदैन्ने। त्यसैले उनी १/२ महिना पर्खन तयार हुनेछन्। उनलाई भनिदेऊ - मेरा १/२ वटा समस्या छन् ती समाधान नहुन्जेल म निर्णय दिन्न भनेर र त्यो गर्न भनेर एक दुर्ई महिनाको समय माग। उनले किन? के? भनेर चासो लिए भने तिमीले जवाफ दिन जानेकी छौ तर मलाई लाग्छ उनले सोधीरहने छैनन्। रह्यो घनश्यामको कुरा। उसलाई पनि ससुरालाई जस्तै भन। यदि उसले अदालत जाने धम्की दियो भने तिमी पनि धम्की देऊ। यसमा भन्नुपर्ने कुरा तिमीले जानेकै छौ।"

"तर तिमीले भोलि नै मेरो समस्या बिर्सी दियौ भने?"

"पूर्णिमा ! जुन विश्वासले तिमीले तीन बर्षपछि मलाई खोज्यौ त्यसको घात गर्न म सक्दिनँ। म तिम्रो न दाजुभाई हुँ, न प्रेमी, न लोग्ने। उपपति पनि नामको मात्रै हुँ। मैंले तिमीलाई छोएको पनि छैन तर पनि म तिम्रो मित्र हुँ। यो मैंले स्वीकतार गरेको कुरा हो। फेरि यो सब हुनाको कारण म हुँ त्यो चाहे जुनसुकै कारणबाट हुन आएको किन न होस्। त्यसैले अपराधवोध त मभित्र पक्कै छ। त्यसैले म सजिलैसँग तिम्रो समस्या विर्सन सक्दिनँ।"

पूर्णिमा केही विश्वस्त भई। अनिलले उठ्दै भन्यो - "तिमी आफ्नो अतित केलाएर हेर। उनीहरू कहाँ प्वाल पर्न सक्छन् त्यो कमजोर प्वाल खोज। आज हामीले गर्न सक्ने यति हो। खाली तिमी आफ्नो सम्यम कायम राख। समाधान निस्कन्छ।"

एक दिन बिहान घण्टीको आवाज सुनेर मूलढोका खोल्दा ढोकामा लोग्ने र ससूरा उभिएको देखेर पूर्णिमा आश्चर्य चकि र स्तम्भित भई र ससूरालाई सधैं गर्ने अभिवादन गर्न समेत बिर्सी। पूर्णिमा यसरी अल्मलिएको देखेर ससूराले मुस्कुराउँदै भने - "तिमीले घनश्यामलाई देखेर अचम्म मानेकी हौली। आज उसलाई पनि लिएर आएको।"

प्ाूण्र्िामा होशमा आएर बाटो छोडिदिई, दुवै जनाभित्र पसेर बैठकको सोफामा गएर बसे। उनीहरू बसेपछि पूर्णीमाले सोधी - "तातो केही ल्याऊँ कि?"

"हुन्छ, ल्याउन , बाहिर चिसै रहेछ , कफी लिएर आऊ। बरु चिनी कम गरे है मेरोमा। आफूलाई जति बलियो ठाने पनि डाक्टरको फेला परेपछि एउटा न एउटा चुक फेला पारिहाल्छन। खाने कम गर, चिनी कम गर - भन्न थालेका छन् आजकल।" - बुढाले आफ्नो कुरा सुनाए।

पूर्णिमाले घनश्यामलाई सोधिन। सोध्नुपर्ने जरुरत पनि ठानिन। जिन्दगीको मैनबत्तीलाई जतन गरेर बाल्न सक्दैनथ्यो ऊ, जान्दैनथ्यो। ऊ त त्यसलाई दुवै छेऊबाट सल्काइरहेको थियो। उसलाइर्, कफि त के? एउटा सिङ्गो बोतल अगाडि ठड्याए पनि 'नाइँ' हुन सक्दैनथ्यो। त्यही आफूखुसी जीवनव्ययले उसलाई आफ्नै बाबुको भाई भन्न सुहाउने हाराहारीमा पुर्याआएको थियो र त्यसमा अन्तर नआए बाबुभन्दा वयष्क देखा पर्न सक्थ्यो। पूर्णिमालाई उसको क्षय देखेर दया र सहानूभूति हुन्थ्यो र शायद यसको नाम नै प्रेम हो कि? पूर्णिमा भन्न सक्दिनथी।

पूर्णिमाले ल्याएको कफी खाएपछि ससूराले भने - "तिमी पनि बस न यहीं।"

पूर्णिमाले बुझसकेकी थिई कि आज कुनै फैसला गर्नुपर्नेछ। घनश्यामको उपस्थिति नै फैसलाको निम्ति आवश्यक थियो। घनश्यामकी आमाले जे सुकै सोचून्, उसका बाबुलाई थाहा छ लोग्नेस्वास्नीको झगडामा लोग्नेस्वास्नीले सम्झौता गर्नुपर्छ, फैसला गर्नुपर्छ। त्यसैले उनले साथमा छोरो लिएर आएका थिए।

पूर्णिमा ससुराको कोल्टे परेर सोफामा बसी। ससूराले १/२ घुट्का कफी खाएपछि विस्तारै भने - "आज तिमीहरू दुर्ई जनाको सम्झौता गराउन म घनश्यामलाई लिएर आएको।" छोराबुहारी दुवै न नबोलको देखेर फेरि भन्दै गए - "जुनसुकै जोडीको बीचमा पनि खटपट नपरेको हुँदैन। कहिलेकहीं अलि ठूलै झगडा पनि पर्छ तर 'लोग्नेस्वास्नीको झगडा परालको आगो' भनेजस्तै एक छिन दन्कन्छ र एक छिनमै फासफुस हुन्छ। यो झगडा अर्कोले मिलाएर पनि मिल्दैन आफूआफूले छिनोफानो न गरेसम्म। तिमीहरू किन आफू मिल्दैनौं?"

घनश्यामले सन्किएर भन्यो - "के छ र मिल्नु पर्ने कुरा?"

बाबुले जवाफ दिए - "परिवार भनेको लोग्नेस्वास्नी मात्र होइन। घर हो, छोराछोरी, नाता गोता समेतको हो। सबै चिज हो। लोग्ने र स्वास्नीको निम्ति मात्रै मिलेर बस्नुपर्छ भन्ने छैन। अरूकोनिम्ति पनि मिलेर बस्नु पर्छ। नमिले पनि मिलेको देखाउनु पर्छ। तँ मेरो एउटै मात्र छोरो। तिमीहरू दुवै मिलेर बसिदिए आमालाई कति सुख हुने थियो।"

"न हुने कुरा गरेर के फाइदा, बुवा? बरु हुने कुरा गरौं न।" - घनश्यामले सन्किएको स्वरमा भन्यो।

बुढा दुखित भए। छोरोले आफ्नो कुरा नमानेकोमा होइन, उसले बुहारीको अगाडि बाबुको मर्यादा नराखेकोमा। त्यसैले उनले जवाफ दिए - "कुरा तँ नै सुरु गर् न त।"

घनश्याम अब जिल्ल पर्योब। झण्डै १५ बर्ष स्वास्नी भएर बसेकी पूर्णिमासँग उसले कहिले पनि प्रत्यक्ष रूपमा द्धन्द गरेको थिएन। द्वन्द गर्नु पर्दा ऊ जहिले पनि आमा या बाबुको आड लिन्थ्यो। उसलाई बाबुले यसरी अगाडि उभ्याउल्ाान् जस्तो लागेको थिएन। त्यसैले उसले भन्यो - "तपाईले मलाई लिएर आउनु भएको होइन र?"

बाबुले लामो सास फेरे र पूर्णिमातिर फर्केर भने - "बूहारी ! तिमीले घनश्यामलाई चिनेकै छैं। त्यसैले मैंले बोली दिन कर लागेको छ।"

पूर्णिमाले गम्भीर स्वरमा भनी - "वहाँले मसँग भन्न नसक्ने र तपाईहरूले भन्न सक्ने यस्तो कुनै पनि कुरा हुन सक्दैन। रह्यो प्रश्न, आवश्यकताको। आवश्यक कसलाई? वहाँलाई कि तपाईहरूलाई? वहाँलाई आवश्यक भए वहाँलाई भन्न्ा किन दिनु हुन्न?"

बुहारीको तर्कलाई ससुराले मान्नैपर्योय। उनले छोरालाई भने - "भन् त तेरो कुरा।"

स्वास्नीले त्यति वचन लाई सकेपछि नमान्नु नामर्दिपन नै ठहर्ने भएकाले घनश्यामको मुखबाट निस्कियो - "मलाई पारपाचुके चाहियो।"

पूर्णिमाले घनश्यामलाई आँखा गाडेर हेरी। घनश्यामले आँखा अर्कैतिर घुमायो। त्यतिबेला उसले थपी - "के गर्न चाहियो तपाईलाई पारपाचुके? के गर्न रोकिएको छ र तपाईलाई त्यो पारपाचुके नभएर? जुन चिजको खाँचो नै छैन त्यसलाई किन चाहनुहुन्छ तपाई?"'

"मलाई त्यो पारपाचुकेले केही नदेला तर मेरो संरक्षकत्वमा तिम्रो आफ्नो मनपरी गर्ने अधिकार त रहने छैन। मलाई यति भए पुग्छ।" - घनश्यामले व्यङ्ग्यात्मक स्वरमा भन्यो।

"तपाई वास्तविकालाई हेर्ने कोसिस गर्नोस्। आफूलाई प्रमाणित गरेर तपाईकी स्वास्नी बनिरहने चाह र आशा छैन मेरो किनकि लोग्नेद्वारा एकपल्ट आरोपित भएपछि स्वास्नीमानिस लोग्नेको दृष्टिमा सधैँ शङ्कास्पद हुन्छे र ऊ शङ्काकी वेश्या ठहर्छे। म पनि शङ्काकी वेश्या हुँ। तपाईको यो घरमा म तपाईकी स्वास्नी होइन। छोराछोरीकी आमा हुँ। त्यसमा पनि म निर्वासनमा बसेकी मानिस। तपाईको घरमा तपाईलाई जे गर्न पनि छुट छ। मलाई त यहाँ बुवाले बाससम्म दिनुभएको हो वहाँकी बुहारीले बास नपाएर पाटीमा सुत्न जानुपर्यो भने वहाँको इज्जत जाने हुनाले।"

"मनपरी गर्न ठाउँ पाएकी छु भन न।"

"तपाईकी स्वास्नी मात्रै भएकी भए त मैले मनपरी गर्दा पनि हुन्थ्यो होला तर म बुहारी हुँ, आमा पनि हुँ। मैले मनपरि गर्दा इज्जत जाने धेरै छन्। तपाईको जाने नजाने तपाई आफैँ जान्नोस्। त्यसमा पनि तपाईको बुवा त तपाईजस्तो मुर्ख होइन। छोराबाट छुिट्टएकी बुहारीलाई संरक्षण दिँदा बास मात्र दिएर पुग्दैन। उसको पाइला पाइलाको पूर्ण विवरण आफूले राख्नुपर्छ भन्ने वहाँलाई थाहा छ र त्यो विवरण लिने मान्छे सधैँ मेरो पछाडि तैनाथ छन्।"

बुहारीको भनाइ असजिलो मान्दै ससुराले प्रतिवाद गरे - "मैले तिम्रो गुप्तचरि गरेको होइन।"

पूर्णिमाले जवाफ दिई - "मैले तपाईलाई दोष लगाएको पनि होइन। मेरी बुहारी यस्तै स्थितिमा भए म पनि त्यही गर्ने थिएँ जो आज तपाईले गर्नुभएको छ।"

फेरी उसले लोग्नेतिर फर्कदै भनी - "यो निर्वासनको अवधिमा मेरो एउटा पनि खोट देखा परेको भए बुवाले मलाई यो घरमा बास दिई रहनु हुथ्यो र? तपाईले माग्नैपर्ने थिएन पारपाचुके। मैले आफैँ दिन कर लाग्थ्यो। मलाई आफ्नो खुट्टामा उभिएर कुरा गर्न सक्ने तुल्याएको त मेरै आफ्नो सत्यले मात्र हो। मैले पारपाचुके दिनुपर्ने सत्य र यथेष्ट कारण तपाईले दिनुभएको छैन। मेरो चित्तबुझ्दो नभई म पारपाचुके दिने पक्षमा छँदै छैन।"

"अदालतमा घिच्चिँदै पुगेपछि नदिएर सुख पाइएला?" - घनश्यामको स्वरफुँकार रिसाहा साँढेकोजस्तो भयो।

"कुनै पनि कुराको अन्त्य अदालतले मात्र गर्ने होइन। अदालतले कहिलेकहिँ त समस्या सुरु गरिदिन्छ। त्यसैले प्रत्येक पटक अदालतको नाम किन लिनुहुन्छ?" - यस पटक पूिर्णमाले पनि हुँकार गरी।

बाबुले कुरा विग्रन नदिन हस्तक्षेप गर्दै भने - "आपसी सल्लाहबाट मिल्ने कुरालाई अदालतको ढोकासम्म किन पुर्या उनु पर्योह? आपसी मेल नभएपछि पारपाचुके कुनै नौलो कुरा होइन तर त्यो पनि अदालत धाएरै पुरा गर्नुपर्छ भन्ने छैन। रह्यो लेनदेनको कुरा। तिमीहरूको कुरा मिल्नेवित्तिकै लेनदेनको कुरा त म क्षणा भरमै मिलाईदिन्छु।"

पूर्णिमाले ससुरातिर फर्केर भनी -"बुवा ! मेलमिलाप, लेनदेन आपसी आवश्यकाको कुरा हो। वहाँलाई पारपाचुकेको आवश्यकता किन पर्योर? या त वहाँलाई अर्को विवाह गर्न अत्यावश्यक भयो या त मलाई यातना दिन चाहनु प्रवल भएर निस्कियो। विहेलाई पवित्र र आवश्यक बन्धन मानेर साथ दिने अर्धाङ्गिनी त वहाँलाई आवश्यक परेको होइन किनकी हिजाको वहाँको सत्यता आज नै असत्य हुनुपर्ने गरी वहाँलाई सांघातिक सान्सारिक चोट पनि त लागेको छैन। वहाँको सिद्धान्तव्याख्या र चाहना अनुसारकी स्वास्नी ल्याउन पनि मैले रोकेकी छैन र न तपाईले नै रोक्न सक्नुभएको छ। जब कुनै पनि काम गर्न मेरो उपस्थितिले वहाँलाई रोकेको छैन भने यो अनावश्यक र परिवारपीडक पारपारचुकेको आवश्यका किन? जवाफ प्रष्टै छ। तब म आफैँलाई यातना दिन आवश्यका भएको पारापचुके किन मन्जुर गरूँ?"

"यसरी छुिट्टएरै बसेपछि पारपाचुके नै गर्दा पनि के फरक पर्छ र? उसको सम्पतिको भाग म तिमीलाई दिई नै हाल्छु। तिमी पनि स्वतन्त्र हुन्छ्यौ। यसमा अहिलेभन्दा अरू थप दुख के पर्न सक्छ र?" - ससुराले सम्झाउन खोजे।

पूर्णिमालाई ससुराको तर्क पचेन। उसले तुरुन्तप्रतिवाद गरि - "पारपाचुकेको अर्थ हो मलाई यो परिवारबाट बाहिर निकाल्नु अथवा यो परिवारसँगको सम्बन्ध छुटाई दिनु तर मेरा छोराछोरीको सम्बन्ध भने यथावत् रहिरहन्छ यो परिवारसँग मेरो नरहँदा पनि। आजको स्थितिमा छोराछोरीमाथिको मेरो दावी र अधिकार कसैले पनि नाजायज र अस्विकार्य ठहर्यारउन सक्दैन भने पारापचुके मेरो दावी र अधिकार खोस्ने एउटा हतियार भइदिन्छ। मैले आफ्ना छोराछोरी आफ्ना भन्न पनि अदालत धाउनुपर्ने हुन्छ। तपाईले दिएको सम्पतिको फाइदा मलाई के पो हुन सक्छ र?"

"तिम्रा छेाराछोरी खोस्ने आवश्यका किन पर्छ र?" - ससुराले सम्झाउन खोजे।

"पारपाचुके पनि आवश्यका छैन अहिले तर पनि वहाँ मागिरहनु भएको छ। वहाँको लक्ष नै परपीडन हो र त्यो परपीडनको लक्ष योभन्दा पनि अझ पर पुग्छ। पारपाचुके पाए पनि म रोएर त हिँड्दिनँ र मैले आफ्नो दःख नदेखाएपछि वहाँको मप्रतिको ईर्ष्या झन् बढ्नेछ,। परपीडनको भावना झन् झन् तीव्र हुनेछ। बाहिरी कारणबाट उब्जेको बाध्यता भए त्यो कारणको समाधान पाउने बित्तिकै बाध्यता हराउने थियो तर आफूभित्रको लघुताभाष र परपीडनको चाहनाबाट पे्ररित घृणाको अन्त्य एउटा पारपाचुकेबाट नै सिद्धिन सक्छ र? यो त थालनी मात्रै हो। यसको अन्त्य त यो घर र परिवार धुलो भइसक्दा पनि हुँदैन। यसको निम्ति वहाँले आफैँलाई धुल्याउनु हुनेछ, मेटाउनु हुनेछ। त्यसैले वहाँलाई आफैँ नष्ट हुने प्रक्यिामा अगाडि बड्न दिन म सक्दिनँ। मलाई नष्ट गर्ने लक्षमा नै सीमित पार्न चाहन्छु म।"

"त्यति सजिलै छोड्छु भन्ने ठानेकी तैँले? अड्डामा गएर तेरो मनपरीको पोल खोलेर पारपाचुके नलिए म छोरो नै होइन।" - घनश्यामको संयमले ठाउँ छोडिसकेको थियो। पूर्णिमाले चिसो दृष्टि घनश्याममा खन्याएर गर्हुँ गो स्वरमा सोधी - "कुन मनपरिलाई तपाई आधार बनाउनुहुन्छ? स्वास्नीको बाजी खालमा थापेको की स्वास्नीको बाजीमा अर्कोले जितेको?"

घनश्यामले बाबुको उपस्थितिमा स्वास्नीबाट यस किसिमको भनाइ पाउने आशा गरेको थिएन। त्यसैले ऊ एकछिन स्तव्ध भयो। उसले जवाफ पनि पाउन सकेन। यो स्थितिलाई बाबुले बचावट गर्दै भने - "कसरी धाँजा पर्योब भन्न्ो सवाल अहिले उठेको होइन। यो त उठेर पनि पुरानो भइसक्यो र यसमा तिम्रो गल्ती छ भनेर पनि म भन्दिनँ। अड्डाले पनि तिम्रो गल्ती छ भनेर भन्ला भन्ने पनि केही छैन तर तिमीहरू बीच ठूलै मनमुटाव आइसक्यो भन्ने कुरा त तथ्य हो र यो तथ्यलाई स्वीकार गरेर आपसी समझदारीमा नै निधो गर्नु बुद्धिमानी होइन र?"

ब्ाबु पनि पारपाचुके लिन कस्सिएका छन् भन्ने पूर्णिमाले बुझी र दुर्ई बाबु छोरालाई आफ्नो तर्कले चित्त बुझाउने विचार छोडेर भनी - "पारपाचुकेभन्दा वहाँले मबाट छुट्कारा पाउने अर्को उपाय पनि छ।"

"कस्तो अर्को उपाय?" - ससुराले ऊतिर हेरे,

"म यो घर, यो समाज, यो ठाउँ छोडेर सधैँको निम्ति जान्छु। स्वास्नीले छोडेर गएपछि लोग्नेले आफूखुसी गर्ने अधिकार त छदैछ। त्यसमा पनि म मेरो खुसीले लोग्ने छोडेर गएको कुरा पनि लेखिदिन्छु।"

घनश्यामले आफ्नो सझावमा प्रतिक्रिया दिन नपाउदै बाबुले जवाफ दिईहाले -"छोराछोरी नै लिएर जाने कुरा त कहाँ मिल्छ र? यसले त वंश नै हराउन सक्छ।"

ससुराको भनाइको आशय बुझेर पूर्णिमाको ओठको कुनामा पातलो मुस्कान देखा पर्योम। त्यो देखेर ससुराले फेरि थपे - "मेरा नातिनातिनी टुहुराजस्ता हुनेछन्।"

ससुराको कुरा सुनेर पूर्णिमाले कठोर स्वरमा भनी - "बुवा ! जिन्दगीमा यस्ता क्षणहरू हुन्छन् जहाँ मानिसले यस्ता फैसला गर्न बाध्य हुनुपर्छ, जसले मृत्यु त के, योभन्दा पर पनि प्रभाव पार्दछन्। मलाई यस्तै निर्णय गर्नुपर्ने स्थितिमा तपाईहरूले उभ्याउनु भएको छ। त्यो निर्णय नगर्न म बाटाहरू बनाउँछु, तपाईहरू भत्काइदिनुहुन्छ तर के तपाईले सोच्नु त भएको छ कि मैले निर्णय गर्नु बाध्य हुनुको परिणाम के हुन्छ भनेर? पुत्रप्रेमपर्दाले तपाईलाई धृतराष्ट बनाएको त छैन? छोरोले आरोप लगाउने बितिकै बुहारी अपवित्र हुने पुरुष प्रधानको मान्यतालाई अँगाल्नुको अर्थ त मैले बुझेकी थिएँ तर वनबास पसेकी सीतासँग उनको छोरा खोस्न जाने हिम्मत त तपाईहरूले मात्र गर्न खोज्नुभयो। बाध्यताको पराकाष्ट नै नारीको काली र चण्डिका रूप हो जहाँ ऊ नाङ्गै उभिएर आलो रगत पिएर हाँस्छे, मात्छे, विभत्सतामा रमाउँछे र प्रतिशोध मात्र खोज्छे। त्यो रूपले पुरुषसमाजलाई संयमी, नतमस्तक र बाध्य बनाए पनि त्यो नारीको विभत्स रूप हो र त्यो रूपमा पुग्न कुनै नारी चाहन्न। तपाईहरू पनि मलाई बाध्य न गर्नुहोस्। म जो छु त्यही भएर बाँच्न दिनुहोस्।"

घनश्यामले सोच्यो - पूर्णिमाले अब हार स्वीकार गरी। ससुराले पनि ऊ गलेको ठाने।

घनश्यामले त भनीहाल्यो - "लोग्नेलाई चेताउन खोज्दा त्यस्तै हुन्छ।"

छोराको असंयमलाई बाबुले ढाकछोप गर्दै भने -"पूर्णिमा ! आपसी झगडालाई अन्त्य गर्नु श्रेय हो र परिस्थिति हेरेर सबभन्दा फाइदा हुने समाधान स्वीकार गर्नु बुद्धिमानि हो। घनश्याम पारापचुके चाहन्छ र यसको बदलामा तिमीले सुखसँग बाँच्नको निम्ति चाहिने सम्पति पाउछ्यौ। छोरो छोरी त तिम्रा आफ्नै हुन् नि। कसले खोस्न सक्छ उनीहरूलाई तिमीबाट?"

ससुराको मन हमेशा छोराको पारपाचुकेमा नै आधारित भएको देखेर पूर्णिमालाई ससुराप्रति पनि घृणा भयो। घनश्याम मुर्ख थियो, उदण्ड थियो तर निर्णयात्मक बुद्धि भएको ससुरा पनि छोराको उन्माद सँगसँगै विवेकहीन भएको देखेर उसको चण्डिका रूप प्रकट हुन थाल्यो र उसले भनी -"मेरो निर्णय नै सुन्न चाहेको भए ल सुन्नुस् -'म पारपाचुके गर्दिन।'" ससुराले विस्मित भएर भने - "पूर्णिमा ! घनश्याम अदालत जान्छ।"

पूर्णिमाले कठोर स्वरमा भनी - "गए के हुन्छ? इज्जत मेरो मात्र होइन। बेस्या राखेकोमा वहाँको इज्जत नजाला, त्यो मलाई थाहा छ। नाठा खेलाएको आरोप लाएर मेरो इज्जत लिइनेछ। त्यो पनि मलाई थाहा छ तर लोग्नेमानिसको इज्जत जाने ठाउँ कहाँ छ? त्यो पनि मलाई थाहा छ। मलाई लुट्न खोजियो भने म पनि लुट्छु। मेरो इज्जत लिन लागियो भने म पनि लिन्छु।"

"पूर्णिमा एउटी स्वास्नीमानिसलाई त्यो काम त्यति सजिलै छैन।" - ससुराले सम्झाउने स्वरमा भन।

"मेरो लोग्नेसँगको लडाइँमा म एक्लै हुन्छु तर अदालतमा हुने पारपाचुकेको लडाइँ तपाईसँगको हो। तपाईको वैभवसँगको हो। तपाईका वैभवलाई होचो बनाउन, तपाईसँग बदला लिन तपाईका शत्रुहरू म कहाँ आउनेछन् र त्यसरी नै आउनेछन् मेरा हितैषीहरू मलाई जोगाउन। म एक्लै हुन्न।"

"पुरा गर्न दिनोस् शोख। झर्न दिनोस् शेखी।" - घनश्यामले बाबुलाई भन्यो।

"तिम्रो भनाइ सत्य हुन सक्छ तर ती सहयोगीहरूलाई पनि आधार चाहिन्छ, प्रमाण चाहिन्छ। तिम्रो समर्थन जुटाउन कहाँ छ तिमीसँग त्यो प्रमाण?"-घनश्यामका बाबुले पूर्णिमाले अडान लिनुका आधार पहिल्याउन खोजे।

"वहाँको आरोप नै मेरो प्रमाण हो।" - पूर्णिमाले निर्भय स्वरमा भनी।

"उसको आरोप तिम्रो प्रमाण?" - कुरा नबुझेर उनले आश्चर्य चकि हुँदै भने।

पूर्णिमाले आफूलाई जोगाउन विपक्षको मनमा त्रास उत्पन्न गर्नु उपर्युत्त ठानी र जवाफ दिई - "वहाँको आरोपलाई अस्वीकार गर्नुभन्दा त्यो आरेापको तिथि मितिलाई मेरो विहेभन्दा अगाडि सारिदिएँ भने त्यो आरेापलाई मैले होइन तपाईहरूले अस्वीकार गर्न कर लाग्छ।"

ससुराले पूर्णिमाको भनाइको आशयको केही शङ्का भएर अझ प्रस्ट्याउन लाउने विचारले फेरि सोधे - "त्यो प्रमाण पनि पर्याप्त त भएन।"

"र त्यो तिथि मितिले छोरोछोरीको वैधता खल्वल्याइदिनेछ।" - पूर्णिमाको स्वरमा कुटिलता भरिएको थियो।

"तैले भन्दैमा जे पायो त्यही हुन्छ।" - घनश्याम अलि विचलित भयो।

"हुने नहुने त अदालतले फैसला दिने कुरा तर मेरा छोराछोरी बाबु तपाई नै हो भन्ने केवल म मात्र हुँ र 'तपाई होइन। अर्को कोही हो?' भन्ने प्रमाण पनि मेरै मुखबाट निस्कनु पर्छ। पितृत्वको गोप्यता उघार्न सक्ने केवल आमा मात्र भएकोले ऊ प्रमाण हो, ऊ साक्षी हो।" - पूर्णिमा फैसला सुनाएझैँ गरेर भनी।

"तिम्रो छोराछोरी घनश्यामको होइन भनेर भन्छ्यौ होइन?" - ससुराको स्वर अलि पीडित थियो।

"भनेकी छैन तर मलाई च्ारित्रहिनताको दोष लगाएर अदालतमा उभ्याइयो भने मेरो इज्जतको मलाई डर हुने छैन र म जहाँ जान्छु मेरा छोरोछोरी त्यहीँ जानेछन्। अहिलेसम्म बाबुको नाम मात्र पाएका थिए भने पछि पनि म नामको बाबु उनीहरूको सामु उभ्याइदिन सक्छु। रह्यो बाजेको सम्पतिको कुरा। जुन सम्पत्ति आफ्नी आमालाई बजारकी वेश्या प्रमाणित गर्न प्रयोग गरिन्छ त्यो सम्पतिमा लोभ कुन छोराछोरीको हुन्छ? आमा भनिने त्यो 'सत्' सत्यलाई लछारेर छोराछोरी आफ्ना बनाउन सक्नुहुन्न किनकी तपाईहरूका सबै असत्य सत्ता र सम्पत्तीका बलमा सत्य प्रमाणित हुन सक्लान् तर आमा अकाट्य सत्य हो र उसका सत्य त्यसै मेटिदैनन्। निर्णय तपाईहरू आफैँ गर्नोस् - तपाईहरू के चाहनुहुन्छ? आमा र छोराछोरी दुवैलाई भित्र हुन दिन चाहनुहुन्छ कि दुवैलाई परिवार बाहिर निकाल्न?"

पूर्णिमाको केही भनाइ घनश्यामले बुझ्यो। त्यसैले ऊ बोलेन। बाबुले झन् धेरै बुझेकाले उनले झन् बोल्ने कुरै भएन। केही समयपछि बुढाले बुहारीलाई केही सम्झाई बुझाई गरेपछि बाबु छोरा दुवै निस्के।

पूर्णिमा आश्चर्यचकि भई - कहाँबाट आयो उसमा यो सामर्थ्य? जुन कुरा मुखमा ल्याउन एउटी स्वास्नीमानिस एक्लै हुँदा पनि हिच्किचाउन सक्छे कसरी भन्न सकी लोग्ने र ससुरालाई यो सबै कुरा ?

उसले लामो सास फेरी। जे भएपनि उसले भनिसकेकी छ र त्यसको जेसुकै परिणाम पनि हुन सक्छ। यसबाट बचोटको लागि सहारा अनिल मात्रै थियो। शायद यही साहारा पाएर उसले भन्न सकेकी पनि हुन सक्छे।

ऊ उठेर अनिलको नम्बर घुमाउन थाली।



पूर्णिमाले भनेको कुरा असत्य थिएन। घनश्यामका बाबु गजाधरले पूर्णिमाको चालचलन र लेखाजोखा राख्न खास मानिसहरू लगाएका थिए र पूर्णिमाका प्रत्येक पाइलाको जानकारी उनीहरू उनलाई दिन्थे। त्यसैले अनिललसँग भएको भेट पनि उनले थाहा पाइसकेका थिए तर त्यो भेटघाट धेरै समयपछि केवल एकपटक र त्यो पनि छोटो भएकोले अनिलबाट सल्लाह पाएर पूर्णिमाले यत्रो पाइला चाल्नसकेकी हो भन्ने उनले विश्वास नगरे पनि अनिलसँग यस सम्बन्धमा अब केही जानकारी लिनुपर्ने आवश्यक भने उनले ठाने।

अनिलको टेलिफोन पत्ता लगाउन गजाधरलाई कुनै समस्या परेन र उनले अनिललाई उसको कार्यालयमा नै फोन गरे। अनिलले टेलीफोन लिएपछि उनले भने -"अनिल बाबु ! म गजाधर बोलेको।"

गजाधर नाम अनिलको निम्ति नौलो पनि थिएन र उसले उनै गजाधर हुन सक्छन् भन्ने लख पनि काट्यो तर यसरी अचानक उनैले फोन गर्ने आशा पनि उसले गरेको थिएन। त्यसैले अनिल आश्चर्य चकि भएर उसले सोध्यो - "गजाधर?"

अनिल अन्यौलमा परेको आभास पाएर गजाधरले जवाफ दिए - "हो गजाधर ! घनश्यामको बाबु र पूर्णिमाको ससुरो।"

अब अनिल सामान्यतयामा आइसकेको थियो र संयमित स्वरमा भन्यो - "ज्येष्ठताको नाताले मेरो अभिवादन स्वीकारी दिनोस् र भनिदिनोस् मेरो सम्झना किन भयो?"

अनिलको संयम देखेर गजाभरले असंयमी आफ्ना छोरोलाई सम्झे र अनिललाई जवाफ दिए - "अनिल बाबु ! मैले एकपल्ट भेट्न चाहेको तपाईलाई।"

"कारोबारी कामको लागि या व्यक्तिगत?" - अनिलले प्रश्न गर्योा।

"शुद्ध व्यक्तिगत। त्यसैले कार्यालयभन्दा कुनै एकान्त ठाउँ नै बेस होला।"

"त्यसोभए कुनै स्थान चुन्नुहोस् जहाँ मेरो प्रवेश हुन सकोस्।"

"भोलि लन्चसँगै खाँदा कुनै आपत्ति छ?"

"अनावश्यक कष्ट पर्दैन भने यहाँलाई मलाई कुनै आपत्ति छैन।"

"त्यसोभए म १ बजे कार्यालयमा नै लिन आउँछु।"

रिसिभर राखिसकेपछि अनिलले मनमनै भन्यो - "पूर्णिमाको प्रहारको परिणाम पक्कै हुन पर्छ। नत्र मसँग यो सम्पर्क किन आवश्यक पर्थ्यो?"


लन्चको निम्ति गजाधरले आफ्नो घर नलगेर शहरको उच्च रेष्टुरेन्टमा लिएर गए। अनिल १/२ पटक त आएको थियो त्यहाँ तर लन्चको निम्ति भने कहिले पसेको थिएन। गजाधरलाई देख्नेबित्तिकै हेड बियराले साथ लिएर हिँडेकाले उनी त्यो होटलमा बराबर आउने कुरा स्पष्ट हुन्थ्यो। हेडबियराले देखाएको विशेष नम्रताले उनी उच्च्ा समाजको चर्चित व्यक्ति हुन् भन्ने पनि जनाउँथ्यो। झन्डैझन्डै एकान्तजस्तो खुला ठाउँको टेबलमा पुर्यािएर हेडबियरा अदवसाथ उभिए पछि गजाधरले अनिलतिर हेर्दै भने -"यो खुला ठाउँमा बसेर खाने कुरामा त तपाईलाई कुनै आपत्ति नहोला।"

अनिलले मुस्कुराउँदै जवाफ दियो - "मैले त सडकको पेटीमा पनि बसेर खाएको छु। त्यसैले यो लन्जको टेबलमा बसेर खान मलाई कुनै आपत्ति छैन।"

गजाधरले मुस्कुराउँदै अनिललाई मेच देखाएर आफू पनि बस्दै भने - "कुनै पेय?"

अनिलले सुन्तलाको रस रोज्यो। बूढाले पनि रस नै मगाए।

खानाको अर्डर लिएर बेयरा गएपछि गजाधरले अनिललाई सोध्ो - "मैले तपाईलाई भेट गर्न चाहेकोमा तपाईलाई आश्चर्य त लागेको छैन?"

अनिलले उनको मुख नहेरी तर सहज भाव र स्वरमा जवाफ दियो- "असमान उमेर, असमान सामाजिक स्तर र असमान स्थिति भएका दुर्ई मानिसहरूका बीच तयार गरिएको यो भेट त्यसै पनि आश्चर्य घटना त मान्नै पर्छ। त्यसमा पनि मेरो चासोचाहिं बढी सहज हुन सक्थ्यो तर सम्पन्नको असम्पन्नप्रतिको यो चासो भनौं या आवश्यकता भनौं मैले सामान्य ठान्न सकेको छैन।"

"तैपनि अन्दाज त गर्नुभएको होलानी?" - गजाधरले अनिलको मनोविज्ञानलाई बुझेर अड्कल गर्न खोज्दै भने।

"'अन्दाज' यो आत्म सन्तुष्टिको साधनलाई त आफू अप्ठेरो स्थितिमा परेको बेला मात्र प्रयोग गरिन्छ। म त्यस्तो स्थितिमा भए जस्तो मलाई लागेकै छैन।" - अनिलले मुस्कुराएर जवाफ दियो।

गजाधरले बुझे- अनिल आवेशमा आउनै सक्दैन र विना आवश्यका विचार या राय पनि व्यक् गर्दैन। त्यसैले उनले भने - "अनिल बाबु ! जुन समस्या म उठाउन चाहन्छु त्यो समस्या तपाईको पनि हो कि होइन, म भन्न सक्दिन तर त्यो तपाईसँग पनि सम्बन्धित छ भन्ने चाहिँ मलाई थाहा छ। त्यसैले मात्र म तपाईसँग सल्लाह लिन लागेको हुँ। तपाईको राय सकारात्मक नै होला भन्ने पनि मलाई आशा छ।"

गजाधर एक छिन रोकिए तर अनिलले कुनै प्रतिकृया नदेखाएकाले फेरि भन्दै गए - "व्यक्तिगत या पारिवारीक कुराहरू सामान्यत घरको चार भित्ताभन्दा बाहिर पुर्‍याउन कुनै पनि परिवारको मूलपुरुषले चाहँदैन। यस्तो परिस्थितिको सिर्जना नै हुन दिनु पनि हुँदैन उसले। यस्तो हुन गयो भने उसलाई असफल मूलपुरुष मान्नुपर्छ र म यस्तै भएको छु।" अनिल बोलेन।

"सबै भाग्यमानी सफल हुन सक्लान् तर सबै मानिसहरू भाग्यमानी हुन्छन् भन्ने केही पनि छैन। मेरो आफ्नो विषय पनि त्यस्तै छ। मेरो सफलताको धेरैलाई डाही छ। मलाई भने अर्काको भाग्य देखेर डाही लाग्छ। के यो विडम्बना होइन जिन्दगीको?" - गजाधरको मुस्कान विस्मयात्मक थियो।

"तपाईको जति लामो अनुभव मेरो छैन। त्यसैले आफ्नो अनुभवको आधारमा तपाईको भनाइलाई समर्थन गर्न पनि सक्दिन र काट्न पनि। मेरो कथा छोटो छ र अनुभव जस्तै सामाजिक दायरा पनि सानो छ। अझ परिवार त छँदै छैन। आफ्ना चिनजानका २।४ जना मात्र हुन् मेरो समाज भन्नु र मेरो सफलता या असफलता, भाग्य या दुर्भाग्य उसलाई छुट्याएर डाही गर्ने या खुसी हुने व्यक्ति छँदै छैनन्। त्यसैले जो छ म आफैँ भोग्छु, म आफैँ बेहोर्छु।" - अनिलले जवाफ दियो।

"आफूले गरेको परिणामको फल आफूले भोग्ने, बेहार्ने कुरा त स्वभाविक हो तर अर्कोको कामको परिणति अभागीले मात्र भोग्नु पर्दछ र म तिनै मध्येको हुँ।"

अनिलले मुस्कुराउँदै भन्यो - "समाजको सम्पन्न र आदरणिय व्यक्तिले पनि सामान्य मानिस सरह दुख भोग्नुपर्योो कसरी?"

"बाहिरबाट खन्याइएको दुख हत्केलाले पनि छेक्न सकिन्छ तर भित्रबाट पलाएर आएको दुर्भाग्य न बाहिर देखाउन सकिन्छ न खास्टोले छोप्न। त्यसमा पनि 'दुष्ट भार्या शठो पुत्र' भएपछि त घरलाई नरक बनाउन अरू केही पनि चाहिँदैन।"

"तर घनश्याम आवेशमा आउन सक्ला तर कुनै मुर्ख त होइन।"

"उदण्डता नै मुर्खताको एउटा रूप हो। उदण्डताले बुद्धि भ्रष्ट बनाउँछ, मानिसको निर्णयात्मक शक्ति शून्य गरिदिन्छ र ऊ हठवादी बन्दछ। मेरो छोरोको हकमा यस्तै छ।"

"त्यसोभए छोरोको हकबाट यहाँलाई सन्तोष हुन सकेन।"

"सन्तोष त मलाई कहिले पनि थिएन तर अहिलेसम्म उदण्डताको परिणाम बेहोर्न सकिनेसम्म थियो। अब त बेहोर्नै पनि गाहारो भयो।"

अनिलले केही बोलेन। गजाधर भन्दै गए।

"तपाईलाई मैले आफ्नो छोराको बारेमा भनेको सुन्दा आश्चर्य अवश्य लाग्ला किनकी तपाई मेरो मित्र पनि होइन, समकालिन दौँतरी पनि होइन या मेरो हितैसीमा दर्ता भएको मानिस पनि होइन। प्रत्यक्ष रूपमा पहिलो भेट हो यो तपाईको र मेरो। तैपनि तपाईको बारेमा मैले धेरै कुरा अन्दाज गरेको छु र एउटा विपत्तिमा परेको व्यक्तिलाई सहयोग नगरे पनि मार्गदर्शन गर्नुहुनेछ भन्ने आशा गर्छु म।"

अनिलले हाँस्दै भन्या - "आवश्यकभन्दा बढी बढाइँ त भई सकेन र मेरो? यहाँले मबाट अति आशा राख्नु कति उपयुक् होला?"

गजाधरले अनिलको ठट्टालाई वास्ता नगरी गम्भीर नै भएर भने - "अनिल बाबु ! आज म हठसंकटको बीचमा अल्भि्कएको छु। एकातिर छोरो बुहारीसँग पारपाचुके लिने हठमा अडिएको छ त अर्कोतिर बुहारी अनिश्चित भविष्यको शङ्काले पारापचुके नदिने दृढता लिएर बसेकी छ। आफूले चाहेको कुरा नपाए छोरो अदालत जान्छ। त्यो कुरा निश्चित छ र आफू हार्नुपर्ने स्थिति देखेपछि बुहारीले बिद्रोह गर्नेछ जसमा उसले मेरो घरसँगको सम्बन्ध अतितमा पनि कहिले नभएको उसले दावी गर्नेछ अनि मेरो वंश नै लोप हुनेछ।" "त्यस्तो पनि गर्न मिल्छ र?" - अनिलले बूढाको अन्तिम राय बुझ्न संशय उठायो।

"मेरो छोरो हठधर्मी छ र मेरी बुहारी दृढ निश्चयी। दुवैको आनीबानी तपाईले पनि अलिकति भोगे जानेकै कुरा हो।" - गजाधरले अनिललाई पनि समस्यामा ताने।

"त्यो भयो तपाईको समस्या। मेरो आवश्यकता केमा पर्यो्?" - अनिलले सिधै सोध्यो।

"मेरो छोरा बुहारीको बीचमा मधुर सम्बन्ध त कहिले पनि भएन। लोग्नेस्वास्नी बीच हुने हार्दिक सम्बन्ध या सद्भावना कहिले पनि देखिएन उनीहरूमा। छोराछोरी भएकोले शारीरिक सम्बन्ध त नकार्न सकिने थिएन तर अप्ठ्यारो स्थितिमा मेरो बुहारी त्यही सम्बन्ध पनि नकार्न तयार भएर उभिएकी छ र छोरो बुहारीको त्यो चुनौतीलाई फोस्रो धाक भनेर पन्छाउन खोज्छ। ल भन्नोस्, म बूढो कहाँ गएर अडूँ?"

"तपाईको पारिवारीक झगडामा मैले राय दिनु ठीक होइन।" - अनिल अझै पनि अलग्गै बस्न चाहन्थ्यो।

तर गजाधर काँचो माटोले बनेको मानिस थिएनन्। उनीलाई थाहा थियो अनिल यो जालोबाट पन्सन खोजेपनि पन्सन सक्दैन भनेर। पूर्णिमाले लामो समयसम्म पनि अनिललाई नभेटेकीले कुनै भेट्ने चाहनासम्म पनि नदेखाएकीले अनिलसँग उसको सम्बन्ध छ भनेर उनले पत्याएका त थिएनन् तर घनश्यामको तर्फबाट आफ्नो दबाब पूर्णिमामा पर्न थालेपछि उसले अचानक अनिलाई बोलाएकी र ऊसँग भेट गरेपछि उसमा दृढता बलियो भएकोले अनिलप्रति उसको आस्था बलियो भएको र अनिलले पनि उसलाई सहायताको पक्का वचन दिएको थियो भन्ने कुरामा भने उनी निश्चित थिए। यसरी दुर्ई जनाको बीचमा आस्था र सहायताको भावना हुँदैमा घनश्यामले सोचे जस्तो नाजायज या अश्लिल सम्बन्ध छ भन्ने शङ्का उनी गर्न सक्दैनथे। उनीलाई थाहा थियो लोग्नेको तर्फबाट नाजायज दबाब दिइएकी स्वास्नीमानिसले माइती निर्वल भएपछि कुनै विश्वासी समर्थवान लोग्नेमानिसको शरणमा जानुपर्छ भन्ने बुझ्थे र 'बुहारी गई' भन्दैमा उसको चरित्रमा आरोप लगाउने आधार उनीसँग थिएन। उनी छोराबुहारी दुवैको भलो हुने गरी अनिलको सहयोग चाहन्थे र पूर्णिमाको भलो हुने कुरामा अनिलले सहयोग गर्नेछ भन्नेमा उनी विश्वस्त थिए।

गजाधरले अनिलको कुरालाई अप्रत्यक्ष रूपमा जवाफ दिए - "मेरो लागि त सर्प पनि मारिनु हुन्न र लाठी पनि भाँचिनु हुन्न्ा। छोरा बुहारी दुवैको समस्या समाधान हुनुपर्छ र दुवैको कुनै अनिष्ट पनि हुनु हुँदैन।"

बुढाले आफ्नो भनाइलाई वास्ता नगरेर आफ्नै ढिपिमा अडिएको देखेर अनिलले 'मलाई केही मतलव छैन' को स्थिति आफूलाई झक्दै भन्यो-"त्यसोभए समस्या कसरी समाधान हुन्छ? भन्ने कुरा त अवश्य सोच्नु भएको होला नि?"

"समाधानका बाटाहरू त मैले सोचेकी छु तर सम्बन्धित पक्षहरूबाट सद्भावना र सहयोग नभई समाधान हुने छैन। तपाईको सहायता यसैलाई चाहिएको हो।"

"अर्थात्?"

"मेरो संरक्षण पक्ष अर्थात् बुहारी पक्षको हित गर्ने र उसको तर्फबाट वार्ता गरिदिने काम तपाईको हो।"

"त्यो जिम्म्ोवारी म लिन चाहन्छु या चाहन्न त्यसलाई एकछिन पर राखेर पनि पूर्णिमाजीले त्यो अधिकार मलाई दिनुहुन्छ या हुन्न त्यो तपाईले सोच्नुभएको छ?"

"तपाईलाई दिनु बाहेक उसको अरू विकल्प नै छैन। ऊसँग अर्को व्यक्ति पनि छैन विश्वास गर्न सक्ने।"

"तपाईको विश्वासको आधार?"

"मेरी बुहारीको विश्वास गरिने मानिस म हुँ तर यो घटनामा म पनि अविश्वासमा परेँ किनकी उसको शङ्कालाई मेट्न मैले आफूलाई निष्पक्ष पेश गर्न सकिनँ। अझ उसको दृष्टिमा मैले छोराको पक्ष लिएको देखियो। उसले तपाईको सहायता माग्न जानुको कारण पनि त्यही हो।"

अनिलले अविश्वासको दृष्टिले गजाधरलाई हेर्योल।

गजाधरले भने-"तपाईलाई भेटेको कुरा पूर्णिमाले पनि गोप्य राखिन। बरु मैलै त्यो थाहा पाएँ भनेर आफूले तपाईसँग भेट गरेको मेरो मानिसहरूलाई पर्याप्त जानकारी दिई। त्यसैले समाधानमा तपाईको मध्यस्तता उसले पनि आवश्यक ठानेको म महसुस गर्दछु।"

"छोराबुहारीको विवादमा तपाईले निरपराध बुहारीको विपक्षमा उभिन कुनै नैतिका पनि त थिएन। ऊ पनि छोरो जत्तिकै परविारको सदस्य हो। 'छोरो र पराया मानिसको द्वन्दका चेपमा परेकी बुहारीले बढी गल्ती गरी कि छोरोले बढी गर्योा?' भनेर त तपाईहरूले सोच्नुपथ्यर्ा। आफ्नी बुहारीको नैतिक दृढतामा के तपाईहरूलाई शङ्का थियो? शङ्का गर्ने ठाउँ पर्योद भन्दैमा शङ्का गर्न हुन्थ्यो तपाईजस्तो जान्ने बुझ्नेले?"

"मेरी बुहारीप्रति मलाई पटक्कै शङ्का थिएन र छैन। खालि छोरो त्याग्न नसक्ने बाध्यतालाई उसले छोरोको पक्ष लिएको ठानी।"

"न्याय र अन्यायका, सत् र असत्का द्वन्दमा मानिसले ठीक पक्ष रोज्न नसकेपछि यस्तो आरोप आउनु कुनै आश्चर्य होइन। बत्तिसपुतली आशनमा बसिसकेपछि मानिस न्याय कर्ता मात्र हुनुपर्छ। उसले बाबु या ससुरो हुने अधिकार पाउँदैन।"

"म यस प्रसंगमा विवाद गर्न चाहन्न, अनिल बाबु। मेरो त एउटा मात्र अनुरोध छ - त्यो न्यायकर्ताको आशनमा तपाई बसिदिनोस्।"

"मलाई त्यो बस्नुपर्ने आवश्यका छैन।"

"मलाई त्यति मुर्ख नठहर्या्उनुहोस्, अनिल बाबु। तपाईँ मुखले 'आवश्यका त छैन' त भन्नुभयो तर कामले त्सो गर्न सक्नु भएको छैन। आज मैले तपाईलाई बोलाएँ, तपाईले 'किन'? भनेर सोध्नुभएन। 'त्यो आवश्यक छ कि छैन' भनेर सोच्नु पनि भएन। तपाई आउनुभयो किनकी जसरी मैले तपाईसँग कुरा गर्न आवश्यक थियो त्यसरी नै तपाईलाई पनि मसँग कुरा गर्न आवश्यक थियो। हाम्रो आफ्नो आफ्नो स्वार्थ छ यहाँ आउनुमा। तपाई र म आफूहरूलाई मेरो छोरो घनश्याम जस्तो आफ्नो घमण्ड र स्वार्थमा मात्रै सीमित राख्न सक्दैनौ र हामीलाई मिल्दैन। पूर्णिमाको स्वार्थको रक्षा गर्ने मानिस तपाईभन्दा अर्को हुन पनि सक्दैन र तपाई यसको लागि तयार पनि भएर आउनुभएको छ। यसो भन्दैमा तपाईलाई पूर्णिमासँग गाँस्न खोजेको भनी नठान्नु होला नि।"

"गाँस्दै पनि हुनुहन्छ अनि गाँस्दिन पनि भन्नुहुन्छ।"

"व्यावहारमा त छोरीलाई पनि बाबुसँग गाँस्न मिल्छ। तपाईले ठान्नुभएको होला पूर्णिमा र तपाईको सम्बन्धमा मैले अँध्यारोमा गोली चलाईरहेछु। पटक्कै होइन। मेरी बुहारीले तपाईलाई स्वतन्त्र त छोडीदिई तर मुक्ति दिइन। यो उसैले भनेको कुरा हो। कति बर्षपछि आज विपदमा परेपछि उसले तपाईँसँग सहयोग मागेको कुरालाई तपाई अस्वीकार गर्नुहुन्न होला नि?"

गजाधरका कुरालाई स्वीकार या अस्वीकार नगरेर उसले अनिलले भन्यो-"विषयवस्तुको कुरा उठाउनुहोस्।"

गजाधरले अनिलको स्वाभिमानमा धक्का नलाग्ने स्वरमा भन्दै गए-"अनिल बाबु ! तपाई मेरो छोराबुहारीको स्वाभिमान या घमण्डका युद्धमा कहीँबाट फस्न आइपुग्नुभयो। उनीहरू आपसको बीचमा यो द्वन्दयुद्ध विहेको भोलीपल्टदेखि नै चलिरहेको थियो। केवल उपयुक्त समय र उपयुक्त पात्रको अभावले १२ बर्षसम्म बाहिर निस्केको थिएन। त्यसैले तपाई भावी होइन। तपाई निमित्त मात्र हो र तपाईले यसलाई आफ्नो स्वाभिमानको विषय बनाउनुपर्ने आवश्यकता छैन।"

गजाधर एकछिन थामिएर फेरि भन्न थाले - "मेरो छोरो सजिलैसित पारपाचुके नपाए अदालत जानेछ। परपीडनको आनन्दको निम्ति भएपनि उसले त्यसो गर्नेछ र उसले उसको उदण्डताले त्यसमा सहयोग पुर्यासउनेछ। उसले तपाईको नाम घिसार्नेछ अदालतमा। फेरि बुहारी पनि कम छैन। लोग्नेले आफूलाई दिन खोजेको कष्ट उसैलाई बुझाउन पनि अझ थप तपाईको नै नाममा जोड दिनेछ। परिणाम त दुख पाउने हामी दुर्ई जना हुनेछौँ किनकी छोरो र बुहारीको प्रत्यक्ष चोट मेरा बाँकी परिवारमा परिहाल्छ र उनीहरूको विवादको मूल कारण तपाई मानिएपछि तपाई पनि सहज मुक्ति पाउनु हुन्न। आफूले नगरेको अपराधको सजायको भागी बेकारमा तपाई हुनु हुनेछ।"

"यो तपाईको कल्पना मात्र हो।" - अनिलले विश्वास गरेन।

"हो कल्पना हो तर वास्तविक कल्पना, विकल्प रहित कल्पना। मेरा छोराको लक्ष तपाई हुनुहुन्थ्यो कुनै दिन तर आज तपाई होइन उसकी स्वास्नी त्यो लक्षमा परेकी छ। पहिलेकी पूर्णिमा भए लोग्नेको उदण्डता र ससुराको सामर्थ्यको अगाडि आफ्नो हार स्वीकार गर्ने थिई तर तपाईको नैतिक आडले ऊ पनि आफूलाई बलियो ठान्छे। उसको युद्ध न्याय अन्यायको लागि होइन, आफ्नो स्वाभिमानको निम्ति हो। सयौँ अपराध गर्ने लोग्नेले आफ्नो सानो गल्तीलाई ठूलो बनाएर दण्ड दिन खोजेकोमा विरोध हो। नारी भावनाको विद्रोह हो।"

"त्यसोभए मैले गर्न सक्ने कुरा त केही पनि देखिएन।"

"तर हाम्रो समाज विडम्बना छ कि नारी मुिक्त पाउनै सक्दिन। ऊ एउटा लोग्नेमानिससँग विद्रोह गरेर केवल अर्को लोग्नेकहाँ मात्र पुग्नसक्छे। अथवा ऊ एउटा लोग्नेमानिसको नैतिक समर्थन पाए मात्र अर्को लोग्नेमानिससँग द्वन्द गर्न सक्छे। तपाईले पूर्णिमालाई सहयोगको के कति वचन दिनुभएको छ त्यो मलाई थाहा छैन तर पूर्णिमा तपाईबाट शत प्रतिशत भरोसा गर्दछे। त्यसैले पूर्णिमाको भलो हुने कुरा तपाईले पनि सोच्नै पर्छ।"

"कर पनि छ र?"

"छ कर पनि। विश्वासमा परेको मानिसको निम्ति गर्नु त परिहाल्यो तपाईले तर 'साप पनि मरोस लट्ठी पनि नभाचियोस्' त्यो समाधान चाहिँ तपाई निकाल्न सक्नुहुन्न। मेरो सहयोग चाहिन्छ तपाईलाई।"

बुढा एकछिन रोकिए तर अनिल बोलेन। ऊ नबोलेको देखेर उसले फेरि भने - "तपाईलाई विश्वास लागेन। विश्वासका आधार म दिन्छु। छोरो र बुहारीसँग बस्ने अब कुरा भएन। छोराको अरू सन्तान हुने संभावना पनि छैन। त्यसैले मेरो घरमा छोरो हुनुपर्छ र नाति नातिना पनि रहनै पर्छ। बुहारीको चित्त नबुझाई मैले छोराको कुरा मान्न थालें भने बुहारी छोरोछोरी टिपरे मान्छेको समुन्द्रमा विलाइदिन सक्छे। अनि कहाँ खोज्न जाउँ ती केटाकेटी? त्यसैले बुहारीको चित्त बुझाउनुमा मेरो पनि स्वार्थ छ। पूर्णिमालाई आफूबाट आफ्ना छोरोछारी खोसीने डर छ। नाति र नातिनीको निम्ति म अहिले नै आफ्नो सम्पतिको आधा भाग छुट्याईदिन्छु र त्यसको सन्चालन गर्ने पूर्ण अधिकार म पूर्णिमालाई दिन्छु।"

"पूर्णिमालाई नै किन दिनुहुन्न?"

"स्वास्नीको सम्पति लोग्नेको हुन्छ र पूर्णिमाले अर्को विहे गर्न पाउँदिन भनेर सर्त राख्न त म सक्दिनँ। त्यसैले सम्पति पूर्णिमाको मात्र नभई घनश्याम र पूर्णिमाको हुनुपर्ने व्यवस्था कुनै अपराध होइन दोश्रो, वयस्क नहुन्जे छोराछोरी आमासँग नै बस्नेछन्। त्यसपछि उनीहरूको इच्छा गर्लान्। यति कुरामा पूर्णिमालाई मनाउनुपर्योी।" "घनश्यामजीले मानिसक्नुभयो र?"

"उसले अरू कुरा त मान्छ तर छोराछोरी दिन्न भन्ला तर त्यो मनाउने अभिभारा मेरो भयो। भएन त?"

"भयो, भएन मैले भन्ने कुरा पनि होइन। मैले भनेर हुने पनि होइन। म त तपाईको अनुरोध पुर्या इदिने मात्रै हुँ।"

"तपाई हुलाकी होइन, तपाई मध्यस्थ हो र मध्यस्थको काम दुर्ई तर्फलाई चित्त बुझाउने काम गर्नु हो।"

अनिलले मुस्कुराएर भन्यो - "ल मध्यस्थ नै सही। मैले सकेसम्म प्रयास त गरुँला तर पूर्णिमालाई नोक्सान हुने कुरामा मध्यस्थता गर्न सक्दिनँ नि। अहिले नै भनिदिएको छु।" "ठीक छ म पनि त्यस्तै चाहन्छु।" - बुढाले स्वीकार गरे।

एक डेढ घण्टापछि दुवै जना छुटि्टए।


अनिलको मुखबाट ससुराको प्रस्ताव सुनेपछि पूर्णिमाले सबभन्दा पहिले अनिललाई नै प्रश्न गरी - "तिम्रो राय के छ यसमा?"

अनिल सुरुमा नै आफ्नो विचार प्रस्ट्याउन नचाहेकाले जवाफ दियो - "पहिले तिमी यसमाथि गहिरो विचार गर। त्यसपछि मैले राय दिने वेस होला।"

"मैले यसमाथि पहिले नै गौड गरिसकेकी छु। त्यसैले तिम्रो विचार पनि जान्न चाहेकी।" - पूर्णिमाले तुरुन्त जवाफ दिई।

पूर्णिमाको जवाफ सुनेर अनिलले आश्चर्य मान्दै सोध्यो - "जब प्रस्ताव लिएर म भर्खर आउदैछु तिमीले कसरी पहिले नै विचार गर्यौ्?"

पूर्णिमाले लामो सास फेरेर भनी - "स्वास्नीमानिसलाई बाँच्न लोग्नेमानिसलाई जति सजिलो हुँदैन। उसले वर्तमानमा के भइरहेछ? त्यो मात्र जानेर हुँदैन। उसले भविष्यमा के हुन्छ भनेर पहिले नै अन्दाज गर्न सक्नुपर्छ अन्यथा ऊ टिक्नै सक्दिन। त्यसैले आजको परिस्थितिमा मेरो ससुराबाट आउन सक्ने प्रस्ताव कस्ता कस्ता हुन सक्लान्? भनेर मैले विभिन्न विकल्पहरूले समाधान खोजेकी थिएँ। तीमध्ये एउटा यो पनि हो।"

"त्यसोभए मेरो के काम हुनेछ? त्यो पनि तिमीले सोचिसकेकी हौली नि।" - अनिल मुस्कुराएर भन्यो।

"आफूले भन्नुभन्दा अगाडि मेरो मुखबाट नै भनाउने विचार तिम्रो भए म पनि भनिदिन्छु, किनकी मेरो निजी विषयमा तिमीले राय दिनैपर्ने बाध्यता तिमीलाई छैन। नारी विषयवस्तु बारे बोल्नुपर्दा सबै लोग्नेमानिसको धारणा एउटै हुन्छ। केवल भन्ने शैली र शब्दमा मात्र फरक हुन्छ। त्यसैले तिम्रो राय पनि मेरो ससुराकोभन्दा फरक अवश्य हुने छैन होला। त्यो रायमा तिम्रो चित्त नबुझको भए तिमी यसलाई मकहाँ लिएर आउने नै थिएनौ। त्यही बेला नै अस्वीकार गरिदिने थियौ। नारीको तर्फबाट बोल्ने अधिकार त अवसर मात्रै पाए पनि पुरुषले कहाँ छोड्छन् र तिमीले पनि छोड्ने थियौ होला?"

"ल ल तिमी त्यसै आवेशमा आउन थाल्यौ।" - अनिलले यसलाई शान्त पार्न चाहेर भन्यो।

पूर्णिमाले आश्चर्य माने झैँ गरेर भनी - "म? आवेशमा? तिमी पनि केटा केटीजस्तै कुरा गर्न थाल्यौ। म आवेशमा एकैपल्ट पनि आएकी भए मैले यो धर्तीमा टेक्न दुर्ई पाइला जमिन पनि पाउने थिइनँ। स्वास्नीमानिसले त फुकेर पाइला चाल्नुपर्छ यो पुरुषप्रधान समाजमा। त्यसमा पनि मेरोजस्तो लोग्ने हुने स्वास्नीमानिसले त धोएको सँगमरमरमा टेके पनि हिलो लागेको देख्छन् सबैले। अनि आवेशमा आउन पाउछु र मैले?"

"सबै कुरा समय सापेक्ष हुन्छ, पूर्णिमा। तिम्रो ससुराको प्रस्ताव मलाई तिम्रो र तिम्रो छोराछोरीको स्वार्थको बढी संरक्षण हुन्छ भन्ने लाग्छ भने म त्यस्तो प्रस्तावलाई अस्वीकार गर्न सक्दिनँ। मेरो लागि तिमीहरूको स्वार्थ प्रमुख हो। कसैको जय पराजयको तराजु झुकाउन यो स्वार्थलाई बलिदान गर्न सकिन्न।"

"हाम्रो स्वार्थ के हो? या मेरो स्वार्थ के हो? र मेरो छोराछोरीको स्वार्थ के हो? परिवारका सदस्य टुक्रिनु अथवा छोराछोरी छुटाइनु पनि कुनै स्वार्थ हुन सक्छ? यो अपराधको पनि कहीँ क्षतिपूर्ति हुन सक्छ? तिमी मेरो ससुरालेजस्तै सम्पतिले मेरो नाता किन्न तयार भएका छौ र मेरो लोग्नेले धनको मदले मानवता बेच्न तयार हँदा पनि स्वीकृतिदिन लागेका छौ। नैसर्गिक पौरुषत्व त तिमीमा पनि देखा परेन। किन? तिमी पनि सर्वसाधारणको तर्फबाट धनाड्यको तहमा उक्लिसक्यौ जहाँ जुनसुकै विषय यो वस्तुलाई द्रव्यमा मात्र आँकिन्छ? के मानिसको प्रेम, वात्सल्य, हार्दिकाको स्वयंमा कुनै मूल्य छैन त मानव समाजमा?"

"पूर्णिमा यो वास्तविक संसार हो। पवित्र वस्तु मात्र हुने कुनै तीर्थस्थल होइन। यहाँ प्रेम र वात्सल्य आफ्नै किसिमले तौलिइन्छ। मानवताको आफ्नै श्रेष्ठता छ र वैभवको गरीमा पनि उस्तै छ। एउटालाई सकार्न अर्कालाई नकार्नु पर्ने आवश्यकता पनि छैन र त्यो गर्न पनि मिल्दैन। एउटा कुरा निश्चित मान कि घनश्यामको लक्ष नै यो पारपाचुके भएको छ र कुनै मूल्यमा ऊ चाहन्छ, किन? यो प्रश्नको उत्तर खोज्नुपर्ने आवश्यकता छैन किनकी यो प्रश्नको उत्तर फेला पर्दा यो पारपाचुके रोकिने होइन। रोकिन सक्ने भए गजाधरले यसलाई रोक्ने नै थिए। उनी यस्तो सम्पन्न र प्रतिष्ठित व्यक्तिको निम्ति छोराबुहारीको झगडा सामाजिक बेइज्जति हो र अदालत पुग्नुपर्ने बाध्यता उनी झन् बेहोर्न चाहँदैनन्।"

"तर उनी आफ्नो पुत्र प्रेममा अन्धा छन्। छोराको निम्ति बुहारी, नातिनातिनीसम्म त्याग्न पनि तयार छन्।"

"होइन, पूर्णिमा, होइन। पुत्र पे्रम उनीमा छ तर त्यो पे्रममा नै उनी अन्धा भने छैनन्। बुहारी र छोराको बीचमा द्धन्द हुँदा छोराको पक्षमा ढल्कनु अमानविय पनि होइन। आमाबाबुको बाध्यतालाई निरीह स्वार्थ मात्र पनि मान्न सकिदैन। तिमी, हामी कोही पनि यो बाध्यताबाट पिडित हुन सक्छ। यस्तो परिस्थितिमा पनि बुहारी र नाति नातिनीको आफ्नो जिम्मेवारी उनले बिर्से जस्तो लाग्दैन। सबै पक्षको कमभन्दा कम नोक्सान हुन सक्ने विकल्प उनी चाहन्छन्। अघोरीको हठ त कसैले पनि टार्न सक्दैन।"

"तिमी पारपाचुकेलाई अन्तिम विकल्प ठान्छौ मैले नचाहँदा नचाहँदा पनि र त्यसलाई सामयिक पनि मान्छौ। कस्तो विकल्प हो यो तिमीहरूको?"

"हलको गोरु विक्षिप्त भइसकेपछि हल नारिरहन सकिदैन, पूर्णिमा। पागल गोरुबाट छुटकारा दिलाउन सद्दे गोरुमाथि दबाब पर्न आउँछ र तिमीमाथि पर्न आएको दबाब पनि त्यस्तै हो। तिमीले पारपाचुके दिन नखोज्नु पनि घनश्यामप्रति तिम्रो मोहले त होइन नि। केवल छोराछोरीमा आमा या बाबुको अनुपस्थितिको आभास नहोस् र यसको दुस्प्रभाव उनीहरूमाथि नपरोस्् भन्ने चाहना न हो तर तिमी कति ढाकेर राख्छौ हत्केलाले सूर्यलाई? एउटाले नचाहेपछि अर्काले मात्र तानेर तान्निछ र जीवनको रथ? लुकाउन सकिन्न छोराछोरीबाट पनि यस्ता कुराहरू? सम्भावित समाधानहरूमध्येबाट सबभन्दा लाभप्रद छानेर अरू छोडिदिनुपर्छ।"

"र यही विकल्पलाई सबभन्दा लाभप्रद ठान्छौ तिमी?" - पूर्णिमाले संशय र विष्मय दुवै देखाएर भनी।

पूर्णिमाको भावव्यक्तिप्रति कुनै विषेश चासो नदेखाएर अनिलले भन्यो - "हो, यही विकल्पलाई हामीले उचित ठहर्याणयौँ तर हामीले ठहर्या-उनु कुनै फैसला होइन। फैसला तिम्रो हो। फेरि स्वीकृति मात्र पनि कुनै फैसला होइन। खास समाधान त त्यसको कार्यान्वन हो। त्यसैले तिमीले समाधानलाई स्वीकृति दिएपछि पनि त्यसको कसरी कार्यान्यन गर्ने भन्ने त तिमीमा अझै बाँकी रहन्छ। यति लामो प्रकृयामा हाम्रो राय त्यति ठूलो कुरा होइन।"

पूर्णिमाले ओठमा कटु मुस्कान ल्याएर भनी - "निर्विकल्प समाधान मेरो सामु राखेर मलाई छनोट गर्ने अधिकार दिन्छौ तिमीहरू र अझ भन्छौ पनि 'फैसला तिम्रो हो।' चिहान पुग्ने बाटोमा डोहोर्या्एर मन्दीर पुगिन्न र मन्दीर जाने बाटोमा हिँडेर चिहान पनि पुगिन्न। तिमीहरूको भनाइ त 'नारी स्वतन्त्र छ' भनेर झुक्याउने साधन मात्रै हो।"

अनिलले आफु अपमानित भएको ठानेर - "ठीक छ त, यो समाधानमा चित्त बुझेन भने तिमी अर्को समाधान निकाल न त। त्यसमा पनि म सहयोग गर्न तयार छु।"

अनिलको स्वरमा कटुता अनुभव गरेर पूर्णिमाले भनी - "अनिल, मेरो भनाइ तिमीलाई होइन। तिमीलाई मात्र त पटक्कै होइन। मैले त समाजको पौरुष हठको विरोध गरेकी हुँ।" "तर यो पुरुष समाजकोप्रतिनिधि त म मात्र हुँ अहिले यहाँ भने मेरो लागि भएन र?" - अनिलले झै पनि चित्त बुझाएन।

"नारी समाजलाई आरोप लागे भलै कुनै स्वास्नीमानिसले बेहोर्नु पर्ला र त्यो समाजका विकृतिहरूको भागेदार उसले पनि हुनुपर्ला तर त्यो समाजका अवगुणहरू त्यो निर्दिष्ट नारीमा हुनैपर्छ भन्ने छैन। कुनै व्यक्ति विशेष पुरुषले पनि अपवाद हुन पाउने अधिकार छ। तिमी मेरो भलो चाहन्छौ र मेरा छोराछोरीको पनि भलो चाहन्छौ। यसमा संशय भएको भए म तिमीसँग सहायता नै माग्ने थिइनँ। तिम्रो निर्णयात्मक विवेकमाथि पनि मलाई पटक्कै शङ्का छैन। त्यसैले तिमी चित्त नदुखाऊ।"

"पूर्णिमा ! तिम्रा कुराहरू आपसमा नै विवादास्पद छन्। तिमी विश्वास गर्छु भन्छ्यौ तर गराईमा अनविश्वास पनि देखाउछ्यौ। यसबाट त यही झल्किन्छ कि तिमी लोग्नेमानिसप्रति पूर्वाग्रह पिडित छौ। तिमी शायद घनश्यामलाई प्रतिमूर्ति ठान्छ््यौ जसलाई परपीडन प्यारो छ, पर दारामा लोभ छ। ऊप्रतिको घृणा नै लोग्नेमानिसप्रतिको भावना त होइन तिम्रो?"

"होइन, अनिल, होइन , मेरो लोग्नेप्रति मलाई कुनै घृणा छैन। ऊ त यो समाजको पुरुषदम्भको विकृत रूप हो र विकृतिप्रति जसरी प्रेम हुँदैन, त्यसरी नै घृणा पनि हुँदैन। मोही फुक्नेले पो चिनेको हुन्छ तातो दुधको पोलाइ त। त्यसैले मेरो तर्साइमा तिमीले चित्त दुखाउनुपर्ने छैन। मेरा ससुराका प्रत्येक निर्णयहरू आफ्ना पक्षमा हुन्छन् र उनले नचाहे त्यसबाट अरू कसैले फाइदा लिन सक्दैन। छोराबुहारी बीचको द्वन्दमा उनको पक्ष छोराको भएपछि यसमा मेरो स्वार्थको रक्षा कसरी हुन्छ र मैले स्वीकार गर्ने यसलाई?" "पूर्णिमा ! छोरो बुहारीको झगडामा बाबुले छोराको पक्ष लिनु स्वभाविक हो र तिमीले शङ्का गर्नु पनि ठीकै हो तर छोराबुहारीका बीचमा पनि गजाधरका स्वार्थका अरू दुर्ई वटा गोटी पनि छन्। ती हुन् तिम्रा छोराछोरी। बुहारीमाथिको दबाबले नातिनातिनी गुम्न सक्ने भय उनको एकदम वास्तविक हो। त्यसैले उनी बुहारीको अहित गर्न नसक्ने स्थितिमा छन् र उनको प्रस्ताव सर्वकल्याणकारी हुनु आवश्यक छ। उनीप्रति तिम्रो विश्वास छैन भन्ने कुरा त उनले मानेकै कुरा हो र यसलाई उनले अस्वभाविक पनि ठहर्यारएका छैनन्। उनी यर्थाथवादी हुन् र उनले मेरो उपस्थिति खोज्नु यही यर्थाथवादको कारण हो। उनको प्रस्ताव यर्थाथवादको उदाहरण हो।"

"के यसले अहित गर्दैन त मेरा छोराछोरीको?"

"तिम्रा छोराछोरीको अहित त घनश्यामले पनि गर्दैन किनकी कोही पनि उनीहरूको अहित गर्ने पक्षमा त छँदै छैन। हित अहितको प्रश्न त तिम्रो मात्र हो। घनश्यामको आक्रमणको वस्तु तिमी हौ। मेरो वचावटको पक्ष पनि तिमी हौ र गजाधरको सम्झौताको पक्ष पनि तिमी हौ। हामी तीन जना लोग्नेमानिसको दृष्टिमा तिमी नारीदम्भकी प्रतिक हौ। घनश्याम त्यो नारीदम्भलाई आफ्नो पुरुष अभिमानले धुजाधुजा बनाएर आफ्नो अपमानको प्रतिशोध लिन चाहन्छ र परपीडन आन्न्दको निम्ति कुनै पनि मूल्य बुझाउन तयार भएको छ ऊ। उसलाई उसकी आमाले पनि साथ दिएकी छन् उसलाई। म आफ्नो गल्तीको प्रायश्चित स्वरूप एउटा नारी अस्तित्वलाई जोगाउन प्रतिरोध गरिरहेछु। छोराको अनावश्यक दबाबमा विक्षिप्त भएर बुहारीले आफ्नो वंशको नाम निशाना नभेटोस् भनेर गजाधर तिम्रो संरक्षणको निम्ति पर्याप्त भौतिक साधन जुटाउन तयार छन्।"

"मेरो ससुराले मेरो हत्या गराएर पनि त आफ्ना नातिनातिनीमाथि अधिकार बनाउन त सक्छन् नी।"

"उनको निम्ति यो पनि असंभव कुरा होइन। उनको सम्पदाले तिम्रो त्यो मृत्युलाई साधारण दुर्घटनामा परिणत गरिदिन पनि सक्छ तर उनले यसो गर्न चाहेनन् अथवा सकनन्। 'उनका शत्रुहरू र तिम्रा मित्रहरू तिम्रा सहयोगमा आउनेछन्' भन्न्ो भनाइ नै तिम्रो ढाल भयो। फेरि तिम्रो मृत्यु हत्या होइन स्वभाविक हो भनेर गजाधरले सजिलैसँग प्रमाणित गरेर सफाई पनि लिन सक्छन् तर तिम्रो मृत्यु हत्या हो भन्ने प्रश्नले तिम्रो छोराछोरीले आज नसही कुनै न कुनै दिन त्यो हत्याको बदला खोज्नेछन्। त्यति कुरा त गजाधर पनि बुझ्छन्। बुढो उनीलाई पनि हुनु छ र उनलाई छोराको आश नभए पनि नातिनातिनीको छ। त्यसैले, पूर्णिमा, गजाधरको प्रस्तावमा, तिम्रो होइन उनको आफ्नो स्वार्थ छ। तिम्रो संरक्षणमा उनको आफ्नो संरक्षण छ। उनी बुद्धिामान हुन्, घनश्यामजस्तो शठ होइनन्।"

"त्यसोभए मैले उनको प्रस्ताव स्वीकार गर्नु तिमी उपयुक्त ठान्छौ। होइन?"

"जब विकल्पहरू ह्ँदनन्, भएको एउटै पक्षको गुन बैगुन केलाएर त्यो पक्ष स्वीकार्य छ वा छैन निर्णय गर्नुपर्छ। मेरो सल्लाह यही हो।"

पूर्णिमा केही बोलिन।


गजाधरको घरमा महाभारत मच्चिएको थियो। एकातिर उनकी स्वास्नी रोइरहेकी थिइन्। अर्को कोठामा घनश्याम एक्लै बडबडाइरहेको थियो। नोकर चाकर रनभुल्ल थिए। अघिल्लो दिनदेखि नै खानु पिउनु बन्द थियो घनश्यामको र छोराले नखाँदा आमा पनि भाग बस्न सकिनन्। आमा छोराको अहितकारी अनशनमा बाबुलेसाथ दिन चाहेनन् र दिएनन् पनि। तैपनि तीन जनाको परिवारमा दुईजना नखाने भएपछि घर भोकै नै भएजस्तो थियो। त्यो गृहयुद्धको समयमा गजाधर आफ्ना सबैभन्दा नजिकको नातेदार छोरी र जुवाइँलाई बोलाउन बाध्य भएका थिए।

छोरीजुवाइँ आई पुग्दा घनश्याम विद्रोही भएर बाबुको अगाडि उभिएको थियो र उसकी आमा केही घुर्क्याएर केही छोरालाई सम्झाएर मध्यस्थता गर्ने प्रयास गरिरहेकी थिइन्। त्यो अप्ठ्योरो स्थितिमा जुवाइँलाई केही असजिलो भयो तर यस्ता घटनासित अभ्यस्त भएकी विजयाले भित्र पस्ने वित्तिकै कुरा बुझेर दाजुलाई गिज्याउँदै तुरुन्त भनी - "मुमाको यो सुपुत्र आज यो कुन राज्य जित्नलाई आकमणको मुद्रामा उभिएको नि?"

घनश्यामले रिसाएर जवाफ दियो - "तँलाई कसैले बोलाएको छैन यहाँ बाठी भएर कुरा गर्न।"

विजया किन दब्दथी? दाजुको रिस उसले नदेखेकी भए पो डराउँथी होली। दाजुको भनाइ भुइँमा खस्न नपाउदै प्रतिवाद गरी - "तैले निम्ता दिनुपर्छ मलाई मेरो आमाबाबुकोमा आउन? तैले छोराछोरी लखेटेजस्तो मलाई लखेटेको हो र आमाबाबुले? दिनुपर्ने जात दिएको पो त।"

ग्ाजाधरले छोरीलाई रोकनन् किनकी आमाले पुल्पुल्याएर राखेको घनश्यामको मानमर्दन गर्नु आवश्यक थियो र सो काम विजयाले मात्र गर्न सक्थी। त्यसमा पनि दाजु र बहिनीको झगडा या विवादमा बाबुको पक्ष जहिले पनि छोरीको पक्षमा ढल्केको हुनाले आमाको अगाडि छोरो पुल्पुलिए जस्तै बाबुको आडमा छोरी पनि त्यति नै पुल्पुलिएकी थिई। दुईमा फरक यति मात्र थियो कि विजया घनश्याम झैँ दुर्बुद्धि र विवेकहीन थिइन। छोरी छोरोभन्दा धेरै ज्ञानी भएकीले आमाले पनि बहिनीमाथि आक्रमण गर्न सानैदेखि निषेध गरेकीले घनश्यामले उसलाई शारिरिक रूपले त कहिले पनि आक्रमण गरेन तर बाबुको प्यारी र आमाद्वारा संरक्षित त्यो बहिनीप्रति उसको द्वेष भनूँ या डाही केटाकेटीदेखि नै थियो।

आफ्नो प्रहारले पनि दाजु नचल्मलाएको देखेर ठूलै जिद्धि लिएर अडेको छ भन्ने बुझेपछि विजयाले फेरि आक्रमण गरी - "स्वास्नी छोराछोरी सबै घरबाट लखेटेपछि अब केको घुर्की हो नि? कि आमा बाबु पनि वनबास पठाउन खोज्दैछ यसले?"

"तँ नकरा है, विजया, जान्ने भएर।"

"तेरो घरमा आएर केही गरेकी छैन मैले? यो मेरो आमाबाबुको सम्पति, आमाबाबुको घर बुझस्। हामी स्वास्नीमानिसको त दुर्ईटै घरमा हक हुन्छ बाबुको घरमा पनि, लोग्नेको घरमा पनि। तँ झासझुसजस्ता होइनौ हामी। थाहा छ तँलाई?" - विजया उसलाई प्रहार गर्न चुकिन।

दाजुप्रतिको बहिनीको प्रहारको बाबुले पनि कुनैप्रतिवाद नगरेकोले सहन नसकेर आमाले भन्निे -"किन कराउनुपर्योा तँलाई यो दाजुसित? भित्र पस्न पाएकी छैन कुकुरलाईजस्तै झम्टेकी छ, झम्टेकी छ उसलाई।"

"हो त नि, ह कि। म आफ्नो घर गईसकेकी मानिसले पनि त्यसो गर्न हुन्छ? तर आमाबाबुले पनि विवेकहीन सत्पुत्रको पक्ष लिनुभन्दा पहिले आफ्नी छोरीतिर हेर्नोस्। यो छोरीले पनि यो घरकी एकमात्र बुहारीले झैँ बालक छोराछोरी च्यापेर एउटी विधवाले झैं बाँच्न वाध्य हुनु परेको भए यो घरकी आमाको छाती कस्तो हुन्थ्यो होला? त्यतातिर सोच्नोस् न। आफ्नो कथा र व्यथा लिएर भाउजू रुन गएकी त छैनन् तैपनि उनका आमा बाबुको छातीमा कति पीर होला? हामी अन्दाज गर्न सक्छौँ? के यसको कारण तपाईको सुपुत्र होइन? सज्जन जुवाईँ पाएर तपाई खुशी हुने अधिकार छ त आफ्नो यो निर्विवेकी छोरोलाई कसैको जुवाई बनाएर पाप पनि त कम गर्नुभएको छैन तपाईले। सोच्नुभएको छ यो कुरा?"

आफ्नो मनको आशय बुझदिएर छोरीले आमाको दम्भमा पनि प्रहार गरिदिएकीले घरबुढाले प्रंकङ्ग अगाडि बढाउन तुरुन्त भनिहाले - "विजया ! यहाँ मैले तिमीहरूलाई बोलाएको त त्योभन्दा पनि झन् समस्या निस्केर पो त। यसलाई पारपाचुके चाहियो रे।"

विजयाले बाबुतिर फर्केर भनी - "सुनं, बुवा, त्यो पनि तर किन चाहियो पारपाचुके यसलाई? फेरि बाबु आमालाई अर्की बुहारीभित्र हुल्न चाहियो कि पारपाचुके? यसलाई स्वास्नी ल्याउन कुनै बाधा विध्ाान भयो कि? नत्र किन खोस्नु छ ती बालख छोराछोरीबाट आमा? तँ अहिले भुसतिघ्रे भएर त आमाको काख खोज्छस्। ती बालखको काख खोस्न तँलाई लाज लाग्दैन? विवेकहिनताको पनि हद हुन्छ। आमाले यसलाईसाथ दिनुको पनि त सीमा हुन्छ।"

"विजया ! जो हुने कुरा त भइसक्यो। त्यसलाई दोहोर्यााएर के फाइदा? अझ आजको समस्या के हो? त्यो बुवालाई भन्न देऊ न।" - लोग्नेले विजयालाई सम्झाए। विजयो चुप लोगकीले गजाधरले भन्न सुरु गरे।

"मैले जहिले पनि आफ्नो शिर ठाडो पाररे हिँड्न सिकेको थिएँ र सानैमा पनि दाता भएर बाँच्न सिकेको थिएँ। मेरो यो स्वभाव तिमीहरूले देखे जानेकै कुरा हो। गजाधरको इज्जत सम्मान त्यही ठाडो शिर र त्यही स्वभावले दिएको थियो तर आज मेरो छोरा र बुहारीको बीचमा उब्जेको कलह कहीँ पनि मुख देखाउन गार्होह हुने गरी गनाउन थालेको छ। आफ्नो चिजमा खोट भए पनि त्यसलाई लुकाएर आफ्नो इज्जत जोगाउने मर्दको स्वभाव हुनुपर्नेमा छोरो आफ्नै स्वास्नीलाई पराजित गर्न आफ्नै स्वास्नीको चरित्रहीनताको बखान गरी हिँड्छ र बुहारी लोग्नेद्वारा गरिएको झुटो प्रचारलाई प्रतिवाद गरेर असत्य सावित गर्न चाहन्न। ऊ त यसरी लिईरहेकी छ, मानौँ उसले गर्नुपर्ने काम लोग्नेले गरीरहेको छ। छोराको मुर्खताको कारण त म बुझ्छु तर बुहारीको हठको कारण बुझ्न सकेको छैन। यो मेरो छोरो जतिकै मुर्ख बुहारी भएकी भए त उसको हठलाई शठता मान्ने थिएँ होला तर मेरी बुहारी मुर्ख होइन। उसमा त मेरो बुद्धि र क्षमतालाई समेत परास्त गर्ने बुद्धि र क्षमता छ। उसको पछिल्लो प्रहारपछि मैले उसको सामु हार स्वीकार गरेर उसको सामु सम्झौताको प्रस्ताव पेश गर्न कर लाग्यो।"

"प्रहार त तिम्रै दाजुको उपस्थितिमा भएको हो र चोट मलाईभन्दा उसलाई लाग्नुपर्ने हो तर पशु र मुर्खलाई जुनवेला प्रहार गरियो त्यहीबेला मात्र दुख्छ र रुन्छ। तिम्रो दाजुले त बिर्सिसक्यो ती चोटका कुरा। भोलि अर्को प्रहारले सम्भि्कयो भने भक्कुले घाइते पारेको राँगोले दर्शकलाई झम्टेजस्तै स्वास्नीको प्रहारले रन्थनिएर मलाई, आमालाई या अरू कसैलाई झम्टन पुग्ला। बुद्धिमान बुहारीलाई त्यागेर मुर्ख छोरो समाउने बाबुआमाले दुख पाउनु कुनै अचम्म पनि होइन। त्यसैले म यसमा दुख पनि मान्न सक्दिन। केवल आजको वास्तविकालाई मैले सकेसम्म सरल बनाउन प्रयास गरीरहेको छु।"

"उसको समस्या उसैलाई समाधान गर्न दिनुहोस् न, बुवा ! सधैँ तपाईले ढाक्नु पर्ने किन?" - विजयाले भनी।

"उसले सामना त कहाँ गर्छ र? ऊ त त्यसलाई बटारेर, बिथोलेर चौबाटोको बिस्कुनजस्तै छरपस्ट बनाउँछ। उसलाई आफ्नो इज्जतको कुनै वास्ता छैन। कसैको मर्यादाको पनि चासो छैन। फेरि अब त समस्या उसको मात्रै कहाँ रह्यो र? अब त यसलाई मेरो इज्जतको विषयवस्तु बनाई दिई सके दुर्ई जना भएर।" - गजाधरले लामो सास फेर्दै भने। "दाजुले चाहनुभयो भने त समस्या चाँडै सुल्भि्कहाल्छ नि।" - विजयाको लोग्नेले घनश्यामतिर हेरेर भन्यो।

"मैले यो घरको झगडाको विउलाई नै फाल्ने कुरै गरीराखेको छु नि।" - घनश्यामले घमण्डकासाथ जवाफ दियो।

"झगडाको विउ के तँ भाउजूलाई मात्र देख्छस्? झगडाको विउ त आमा र बुवा हो - तँजस्तालाई बुहारी ल्याइदिने। उनीहरूलाई फालिदेन। झन् मूल नै सिद्धिन्छ। आफ्ना छोराछोरीलाई पनि पन्साई दे। तिनीहरू प्नि झगडाका विउ हुन्।" - विजयाले फेरि दाजुलाई झम्टी।

"नचाहिँदो कुरा नगर त,ँ विजया ! यहाँ आएर कुरा मिलाउली भनेको त उल्टै विरोल्छे पो।" - आमाले यो पटक प्रतिवाद गरिन्।

"आमाले भन्नुभएको ठीकै हो। कुरालाई बटार्नुभन्दा यथास्थितिलाई सँभाल्नु, समाधान खोज्नु बुद्धिमानी हो, विजया !" - विजयाको लोग्नेले सासूको पक्ष लियो। लोग्नेको कुरालाई विजयाले काटिन। त्यो देखेर गजाधरले आफ्नो कुरा सुनाए।

"छोरो र बुहारीको झगडाले अन्तिम रूप लिएको छ। छोरो पारपाचुके चाहन्छ, बुहारी दिन चाहन्न। छोरो घरको इज्जत बजारमा लाने धम्की दिन्छ अदालतमा बुहारी उभ्याएर। बुहारी अझ पर पुग्छे भन्छे 'छोराछोरी नै लोग्नेका हैनन्' भनेर।"

"मुर्खको निम्ति मुङ्ग्रो बलियो उठाइछन् भाउजूले।" -विजयाको स्वरमा विजयको उल्लास थियो।

"त्यसले भन्दैमा हुने हो र? प्रमाण चाहिन्छ।" - घनश्यामले नाकको पोहोरा फुलाएर भन्यो।

"उसले भन्दैमा हुने थिएन यदि परिस्थिति विषय अर्कै भएको भए । जहा तँ उसलाई चरित्रहीन भएको प्रमाण गर्न चाहन्छस् त्यहीं ऊ पवित्रताको प्रमाणपत्र पेस गर्नुको साटेा त्यसलाई पुष्टि गरिदिन्छे। यो दिनसम्म पवित्र थिई र यो दिनदेखि व्यभिचारी भई भनेर कसलाई भनाउँछस् तँ अदालतमा? छोराछोरीको बाबु तँ होइनस् भनेर बुहारीले भनी भने तेरै हुन् भन्ने अरूका भनाइ व्यर्थ हुन्छन् सबै। त्यति त तँ पनि बुझ्न सक्छस्।" - बाबु अलि झोक्किए।

"भाउजूले भन्लिन् र त्यसो?" - विजयाले शङ्का उठाई।

"भन्छु भनेर भनिसकी र उसको दृढता देख्दा भन्छे पनि जस्तो मलाई लाग्छ। पूर्णिमा मुर्ख त होइन तर बुद्धिमानहरू प्नि मुर्खताका हतियार प्रयोग गर्न सक्छन्। आफू अचानोमा परेपछि, घर, लोग्ने सम्पति र अझ छोरोछोरी समेत त्याग्नु पर्ने र आफ्नो इज्जत समेत गुमाउनुपर्ने स्थितिमा छोराछोरी आफ्ना बनाएर कहीँ भाग्न चाहन्छे हामी कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा। प्रत्येक व्यक्तिको सहनशक्ति र सामर्थ्यको एउटा सीमा हुन्छ र उसलाई त्यही सीमाभित्र बाँध्न सक्नुपर्छ। उसलाई त्यो सीमा नघाएपछि उसको त्यो सोचाई विकृत हुन थाल्छ र उसको गराई विभत्स। सीमा अन्तिम विकृत भएर निस्कन्छ। म पूर्णिमालाई त्यो विन्दूमा पुग्न दिन चाहन्नँ। यसले हाम्रो अहम्, हाम्रो इज्जत र हाम्रो कूल नै नष्ट भएर जान्छ।"

गजाधर रोकिएको देखेर जुवाइँले भने - "होइन, हजूर। पूर्णिमा दिदीलाई नै किन निकाल्नुपर्यो र? घनश्याम दाई र वहाँको सम्झौता गराउने प्रयास गर्नु बेश होइन र?" गजाधरले लामो सास फेरेर भने - "'जुवाईसाहेव ! मिल्न सक्ने विन्दूबाट पर पुगसक्यो वा हदभन्दा बढी भइसक्यो। मेरो छोरोको ठाउँमा म भएको भए त्यो तीन बर्ष अघिको दिन नै आउन दिने नै थिइनँ। बुहारी जत्तिकै बुद्धिमान मेरो स्वास्नी भएकी भए मेरो छोरो यस्तो उदण्ड पनि हुने थिएन। जे होस् गएको कुरा सम्झेर केही हुने पनि होइन र नपाइने चिज कल्पिएर पाइने पनि होइन। म आजको परिस्थिति सुल्झउन खोज्दैछु। मेरो छोरो पारपाचुके दिन चाहन्छ, बुहारी दिन चाहन्न किनकी पारपाचुके गरेपछि उसलाई आफ्ना सन्तान गुमाउने डर छ जो केही हदसम्म्ा सत्य पनि हो। पारपाचुके दिनुपर्दा ऊ नरभक्षी बन्न चाहन्छे।"

"किन त्यत्रो डर तपाईलाई उसको? 'म रण्डी हुँ' भन्नुपर्छ आफ्नै मुखले उसले। त्यत्रो आँट गर्न सक्छे उसले? स्वास्नीमानिस हो ऊ पनि र स्वास्नी मानिसको घाँटी थुन्निछ त्यसो भन्नुपर्दा।" - घनश्यामकी आमाले पनि छोरोको कुरामा सही थापिन्।

"यति ठूलो खतरा मोल्नुहुन्न।" - जुवाईले अनुरोध गरे।

"आगोमा घिउ नथोप्नोस्, आमा। यसले त आफ्नै घरमा आगो सल्काइरहेछ।" - विजयाले पनि अनुरोध गरी।

"मेरो सामु अर्को विकल्प छैन, विजया। छोरो फाल्न म सक्दिनँ।" - आमाले छोरोलाई जवाफ दिइन्।

विजयाले रिसाएर जवाफ दिई - "तपाईको यो दोषी हरिलम्फु छोरोको निम्ति भाउजू र बालक छोरोछोरी बली दिन किन तयार हुनुहुन्छ?"

आमाले जवाफ दिईन् - "बुहारी जाँदैमा मेरा नाति नातिनी अनाथ हुन्छन् भन्ने छैन मलाइ। के हामी छैनौ र?"

"छोडि द, विजया। तेरो आमा र दाजुले ममताको कुरै छोडिदिऊँ मानवतासम्म पनि बुझ्न छाडेका छन् आजकल। उनीहरूको मन पगाल्न खोज्नु पनि बेकार हो अहिले। अहिले ती शर्तहरूमा कुरा गरौं जो बुहारीले मान्न सक्ने संभावना छ ा उसका केही शर्त पालन गरिदिएर उसलाई मनाउन सकिने संभावना छ।"

"कस्ता शर्तहरू?" - विजयाले बाबुको मुख हेरेर सोधी।

"मेरो सम्पतिको आधा भाग पूर्णिमा र नातिनातिनीलाई जान्छ र आधा भाग हामी तीन जनामा हुनेछ। नातिनातिनी र पूर्णिमालाई दिएको संपत्तीको भोग अधिकार उनीहरूलाई हुनेछ र केटाकेटीको उमेर नपुगुन्जेल सो संपत्तीको संरक्षण पूर्णिमा र मैले तोकेको संरक्षकहरूले गर्नेछन्।" - गजाधरले प्रस्तावको रूपरेखा प्रस्तुत गरे।

"मान्छिन् र भाउजूले?" - विजयाले शङ्का उठाई।

"बुहारीको त कुरा छोडिदिऊँ। यहाँ त आमा छोरो नै एक पैसा नदिने पक्षमा कुर्लिरहेका छन्।" - गजाधरले दिक्क भएर भने।

"त्यत्रो सम्पति दिन हुन्छ त लोग्ने छोडेर बस्नेको हातमा?" - आमाले आफ्नो प्रतिवाद गरिहालिन्।

"म त चुनदाम पनि दिन्न।" - घनश्याम कुर्लियो।

"किन दिँदैनस् तँ? सुनूँ त।" - विजयाले साँच्चै गम्भीर भएर प्रश्न गरी।

आफूलाई सधैँ होच्याउने, खिज्याउने र जिस्क्याउने बहिनीको गम्भीर प्रश्न सुनेर घनश्याम एकछिन छक्क पर्योउ र जवाफ दियो - "लोग्ने छोड्नेले कहाँ पाएका छन् त्यत्रो संपत्ती ।

"तँ पो लोग्ने छोडेको भन्छस्। भाउजू त लोग्नेले छोडेको भन्छिन्। अदालत गएर चरित्रहीन भएको प्रमाणित गर्छु भनी ठान्छस् तँ तर तेरा साक्षी दसी पनि बुवाको सम्पतिले किन्नुपर्छ। को आउँछ तेरो पक्षमा भाउजूलाई चरित्रहीन भएको आरोप लगाउने? फेरि तेरो चरित्रहीनताको कुरा पनि त उठाउँछन् नि। कसै न कसैले त बजारमा छरिएका तेरो चरित्रहिनताका कुराहरू अवश्य पनि निकाल्नेछ। अदालतले एक पक्ष मात्रै त हेर्दैन।" -विजयाको आकमण सुरु भयो।

"यसले मलाई फरक पार्दैन।" - घनश्याम डेग चलेन।

"तँलाई नपर्ला तर आमालाई पर्छ, बुवालाई पर्छ, यो घरलाई पर्छ र हामी सबैलाई पर्छ। पूर्णिमा मुर्ख छैन र अझ उसलाई सहयोग गर्नेहरू त कागभन्दा पनि बाठा छन्। उनीहरूले हिर्काउन थालेपछि ठाउँ कुठाउँको छ्यान ब्यान गरिरहने छैनन्। जहाँ हिर्काउन सजिलो पर्छ त्यहीँ हिर्काउनेछन। यो चरित्रहीनताको आरोप तँमा या भाउजूमा मात्र सीमित हुनेछैन। बुवालाई पनि यो आरोप आउनेछ र अझ आमा पनि नबच्न सक्नुहुन्छ।"

"मैले के गरेकी छु र मलाइै दोष लाग्ने?" - आमाको विरोध तारमा आयो।

"अतिरन्जन भएन र, विजया?" - बाबुले आपत्ती उठाए।

"होइन, बुवा, अतिरन्जन होइन। कसैमाथि फोहोर फालेपछि त्यसका वरिपरि बस्नेहरूमा छिटा त पर्छन् नै। दाइले घरमा गर्ने रासलिलालाई आमाले के भनेर छोप्नुहुन्छ? फेरि ३ वर्षसम्म निष्कासित बुहारीलाई शरण दिने ससुरोमाथि कसैले हिलो छ्याप्यो भने के भनेर पन्साउनु हुन्छ? विपक्षलाई केवल माध्यम चाहिएको छ र भाउजूजस्ता सबल माध्यम पाउनु मौका ठान्छन् उनीहरूले? त्यसैले, दाइ, यो बालहठ छोडी दे। अब तँलाई बालक हुन सुहाउँदैन। जुन मानिसका संरक्षणमा भाउजू जानु भएको छ, त्यो अवश्य पनि अविवेकी छैन। उसको प्रस्ताव सुन्दा ऊ भाउजू र केटाकेटीको सुरक्षा चाहन्छ र त्यति मात्र उसको चाहना देखिन्छ। यस्तो स्थितिको फाइदा लिन सिक् तँ पनि।" - विजयाको स्वरमा पूर्ण प्रौढता थियो।

छोरीले वास्तविका अगाडि राखिििदँदा जिल्ल परेकी आमाले लोग्नेतिर हेरेर भनी - "के के कुरा हुनुपर्छ भनेकी छ त बुहारीले?"

ग्ाजाधरले जवाफ दिए - "अरू कुरा त अघि नै भनिहालेँ। ट्रष्टिहरूको छनौट पूर्णिमा र म दुवैको स्वीकृतिबाट हुनेछ र उनीहरूको संख्या तीन जनामा नै सिमीत हुनेछ। केवल छोराछोरी र सम्पति बारे निर्णय लिनुपर्दा सर्वसम्मतिबाट लिनुपर्नेछ। दोश्रो छोराछोरी आमाबाट छुटाइने छैनन्। तीनवटै ट्र्रष्टिले छुटाउने निर्णय गरे भने अर्कै कुरा हो।" "को को हुन्छन् त ट्रष्टिमा?" - आमाले फेरि प्रश्न गरिन्।

"त्यो पछि निर्णय गर्ने कुरा हो। पहिले प्रारम्भिक कुरा मिल्नुपर्यछ। बुँदा बुँदा त पछि मिलाउनु पर्छ।" - गजाधरले जवाफ दिए।

एक छिनसम्म कोही पनि बोलेन। त्यो देखेर जुवाईँले भन्ो - "घनश्याम दाइ ! केही नदिई केही पनि पाईदैन। त्यसैले कि पारपाचुके खोज्नुभएन कि बुवाको सामु वहँँाको शर्तहरू मान्नुपर्योक।"

"मान्नैपर्छ भन्ने पनि के छ र?" - घनश्याम अझै पनि अडियो ।

"मान्नुपर्ने बाध्यता देख्छु म त। बुवाको आड र भरोसा बिना यो पारपाचुके तपाई लडेर जित्न सक्नुहुन्न र तपाईको निम्ति बुवाले लडी दिनु पर्ने आधार म पाउँदिन। पूर्णिमा भाउजूको हारमा वहाँले अनिष्ट देख्नुहुन्छ। दुईटै नातिनातिनी अर्कैको बनाएर वहाँ गई दिन सक्नुहुन्छ र पूर्णिमा भाउजू आफू हार्न लड्ने कुरा निश्चित प्राय छ। बुवाजस्तो सबल मानिसले किन सम्झौता गर्न खोज्नुपर्थ्यो नत्र? जयमा पराजय हुने हठ छोड्नुहोस्।" - उनले स्थिति प्रस्ट्याए।

जुवाईको भनाइको आशय बुझेर घनश्यामले भन्यो - "पारपाचुके त मलाई जसरी भए पनि चाहिन्छ।"

त्यो भनाइलाई घनश्यामको स्किृति ठानेर कोही पनि बोलन।

पूर्णिमाको प्रश्ताव मान्न कर लागेपछि आफूले भनेपछि आमा बाबुले जे पनि मान्छन् भन्ने घनश्यामको अभिमान चुर्ण भयो। त्यो दिन उसले बुझ्यो- त्यो घरमा पूर्णिमाको अस्तित्व उसकोभन्दा कम रहेनछ। त्यसमा पनि विजयाले खुलमखुल्ला रूपमा भाउजूको पक्ष लिएकी र बाबुले पनि उसलाई पटक्कै नरोकेकाले बाबु छोरी एक पक्ष छन् भन्ने उसले बुझ्यो र आमाले पनि उनीहरूकोसाथ दिएकीले आफूले उनीहरूको कुरा मान्नु नै श्रेय ठान्यो। जुवाईको भनाइले यही कुरा लक्ष गरेको थियो।

घनश्याम चाहन्थ्यो पूर्णिमाको बदनामी होस्। उसका पीडाका भावहरू ब्ाढून् र उसले ती पीडाभाव देखेर सन्तोष गर्न सकोस् तर सबैले पूर्णिमालाई बदनामीबाट जोगाई रहेका थिए र पूर्णिमाले त्यसलाई नरोक्न खोज्दा पनि सबै मिलेर रोक्न चाहेका थिए। गजाधरले, उनकी छोरी विजयाले पनि बुझेका थिए कि पूर्णिमाको पीडा उसको आफ्नो एक्लो होइन र नावालक बच्चादेखि बुढासम्म सबैलाई त्यसले सोहोरेर एउटै खाडलभित्र हाल्ने थियो र कसैले पनि कसको जय, कसको पराजय भन्ने केलाउने सक्ने थिएन। यो वास्तविकालाई नाताले मात्र बाँधिएको बाहिरिया जुवाईले बाहिरबाट अझ प्रष्ट देखिरहेको थियो।

घनश्यामलाई एउटा प्रस्ताव त स्वीकृत गराइयो तर यही प्रस्ताव पूर्णिमालाई पूर्ण स्वीकृत गराउने काम त्यति सजिलो थिएन। आफ्नो संरक्षणमा बसेकी पूर्णिमासँग छलफल, समन्वय र सम्झौताको लागि पटक पटक अनिललाई गुहार्न पनि गजाधरले ठीक ठानेका थिएनन्। त्यसैले उनको र पूर्णिमाको बीचमा मध्यस्थको रूपमा पूर्णिमाले विश्वास गर्न सक्ने विजयालाई स्थापित गर्ने विचार गरेर अर्को दिन उसलाई भने - "विजया, किन तँ एकपल्ट भाउजूलाई भेटि्दनस्?"

"कुन मुखले भेट्ने भाउजूलाइ दाजुको यस्तो चाला भएपछि? मलाई डर र लाज लाग्छ उनको अगाडि पर्न पनि।" - विजयाले जवाफ दिई।

"तैँले के गरेकी छस् र तँलाई त्यस्तो हीनभावना हुन?" - गजाधरले तर्क दिए।

"मैले त केही गरेकी छैन र जसले गरिरहेका छन् म उनकी बहिनी हुँ र छोरी हुँ। नाता नै अपराधी भई हाल्ने व्यक्तिभन्दा पनि। भाउजूसँगको नाता त दाजु मार्फत् गाँसिएको हो। लोग्ने नै आफ्नो नभएपछि नन्दसँग के नाता रही रहन सक्ला र भाउजूको?" - विजयाले भनी।

"हो, विजया, तर पहिलो कुरा, पूर्णिमा त्यति साँघुरो विचारकी आइमाई होइन र दोश्रो, तँ उसकी नन्द मात्र होइनस्। उसका छोराछोरीकी फुपू पनि होस्। पछिल्लो नाता जन्मजात हो जसलाई पूर्णिमाले मेट्न सक्दिन।" -गजाधरले तैपनि विजयाका कुरा स्वीकतारेनन्।

"कस्तो कुरा गर्नुहुन्छ, बुवा, तपाई? जुन स्वास्नीमानिस लोग्नेलाई यी तिम्रा छोराछोरी होइनन् भन्न सक्छु भनेर भन्न सक्छे, प्रमाणित गर्न सक्छु भनेर भन्न सक्छे, के त्यसले त्यो लोग्नेपिट्टको नातालाई कायम राख्दछे र? उसले सबै चिज त्यागेर, माया मारेर, विर्सेर आफूलाई तयार पारेकी हुन्छे। पूर्णीमा भाउजूले आजसम्म तपाई हामीसँग बोलेकी छन् भने पनि हाम्रो नियत र नातालाई असल ठानेर या मानेर होइन कि आफू र छोराछोरीको स्वार्थ बच्न सक्छ कि भनेर मात्रै हो। तपाई समेत लागेर किन ठेल्नु हुन्छ उनलाई त्यति पर? मानवता नै विर्सनु भयो भने पनि तपाईहरूले आफ्नो स्वार्थ त विर्सेको छैन। भाउजूको विक्षिप्तताको परिणाम के हुन सक्छ? थाहा छ तपाईलाई? हि्रंसक जंगलि जनावरलाई भाग्ने बाटो दिइएन भने ऊ हिं्रसक हुन्छ। उसलाई हि्रसंक हुन बाध्य गराइन्छ। जनावरको जस्तै भाउजू हिं्रसक बन्नुको कारण बाँच्नको निम्ति हो। तपाईहरूले उनलाई हिं्रसक बनाउनुभएको छ। अब म के भन्न जाऊँ उनीकहाँ? कसलाई ठीक र कसलाई बेठीक भनूँ?" -विजयाले आफ्नो विचार दिई।

"तैले कसैको पक्ष या विपक्ष किन लिनुपर्योई? पूर्णिमाको राय के छ त्यति बुझेर आए त भइहाल्यो नि।" - गजाधरले आफ्नो पक्ष पेश गरे।

ब्ााबुको पक्षपातमा चित्त नबुझेर विजयाले भनिहाली - "मानिस स्वार्थमा सीमित भएपछि समझदार मानिस पनि अविवेकी भएर निस्कन्छ रे। तपाई पनि त्यही हुनुभएको छ। दाजुको विवेकहीनतामा मलाई दुख छैन किनकी ऊ जन्मजात अविवेकी हो तर तपाई त विवेकशिल हुनुहुन्थ्यो। आज त तपाई पनि साँघुरिई सक्नु भएको छ। यसले चाहिँ मलाई पोलेको छ।"

"म्ा आफ्नो वंश संरक्षणको निम्ति बाध्य छु र पूर्णिमाको निम्ति आफ्नो त्यो स्वार्थ त्याग्न सक्दिन। मेरा स्वार्थ मेरा नातिनातिनी हुन्, मेरो छोरो पनि हो। पूर्णिमासँग उनीहरू साटिन सकिदैनन्, मेटिन सकिदैनन्। यो एउटा बाबुको, एउटा बाजेको बाध्यता हो।" - विजयालाई सम्झाउन खोजे उनले।

"होला, म यसमा तर्क गर्न पनि चाहन्न, तर म पनि मेरो स्वार्थमा बाध्य छु। एउटीले अधिकार नपाउनाले, उसको स्वार्थ संरक्षण नहुनाले कुनै अर्की बुहारी या स्वास्नीको अधिकार पनि किचिन्छ। भोलि मेरो दाजुको उपमा लिएर ममाथि अत्याचार या अन्याय भए तपाईहरूले ढाल बनेर रोक्नु पनि हुने छैन, रोक्न पनि सक्नु हुने छैन। जहँा अर्काकी छोरीमाथि अन्याय हुन्छ, त्यहाँ आफ्नी छोरीमाथि हुने अन्याय पनि टुलुटुलु हेरेर बस्नु हुनेछ तपाईहरू। यो तपाईहरूको नैतिक पराजय हो। त्यसैले म आफ्नो अधिकार म आफैँ मेट्न सक्दिनँ। हो, म भाउजूकहाँ जान्छु तर तपाईहरूको पक्षमा वकालत गर्न भने होइन। बरु म सकेँ भने उनको घाउमा आफ्नो चिसो हात राखिदिन्छु।"

"विश्वास नगर्ली पूर्णिमाले?"

"यसमा पनि मलाई कुनै आपत्ति छैन। भाउजूको स्थितिमा हुने मानिसले विश्वास नगर्नु पनि अचम्म होइन। त्यसैले, बुवा, म जुन विषम परिस्थितिमा उनीकहाँ जाँदैछु त्यहाँ मैले मान पनि खोज्नु हुन्न।"

छोरीको कुराले गजाधर केही प्रभावित त भए तर उनले यसलाई केटाकेटी भावुकता ठाने। बाबुको धारणालाई विजयाले पनि बुझी र उसले पनि यसलाई प्रौढको बडप्पन ठानी। बाबु छोरी बीचको यो विपरित धारणा समयको अन्तरले जन्माएको थियो र त्यसलाई एक अर्कोले न मेट्ने प्रयास गरे, न त्यसको संभावना नै थियो।

एकाएक पूर्णिमाबाट विजयालाई बोलावट भयो। पूर्णिमाकहाँ जाने विचार त विजयाको पहिले नै थियो तर उसकहाँ जानको निम्ति उसले यथेष्ट कारण बनाउन सकेकी थिइन। भाउजूप्रति दाजुको, अझ बाबुको समेत, अमानविय व्यावहारले उसलाई भाउजूको अगाडि अपराधि ठान्नु पर्ने स्थिति सिर्जना गरेको थियो। हुन त यस संर्घषमा ऊ सधैँ भाउजूको पक्षमा थिई तर पनि बाबु दाजुको वंशापराध स्वत उसको थाप्लोमा आइपरेको थियो। लोग्नेद्वारा गरिएका कतिपय कुराहरूले पनि उसलाई अपराधको हिस्सेदार बनाउथे र कहिलेकहीँ आफ्ना अगाडि गरिएका ती अपराधको जवाफ आफूले दिनुपर्दा उसलाई आत्मग्लानी हुन्थ्यो। अर्कोद्वारा गरिएका अपराधको सजायभागी आफू हुनुपर्ने निर्दोषहरूको बाध्यता कम कष्टकर हुँदैन। भाउजूलाई कसैको आड चाहिएको थियो तर लोग्ने यी कुरा बुझ्न सक्दैनथ्यो र अरूको सहयोग उसलाई संभव थिएन। यस्तो अप्ठ्यारो परिस्थितिमा अड्केकी विजयालाई भाउजूकहाँबाट आएको वोलावटले समस्या समाधान गरिदियो।

पूर्णिमाकहाँ पुग्दा पूर्णिमा फूलहरू ग्ाोडमेल गर्दै मिलाउन लागेकी थिई। आफूलाई व्यस्त राखेर आफ्नो समस्या अरूबाट लुकाउने पूर्णिमाको स्वभाव थियो र उसका समयसमयमा देखा पर्न आउने निधारका रेखाहरूमा ध्यान नदिन हो भने उसको समस्या र पीडा छ भन्न पनि गार्होू हुन्थ्यो। सामान्य समयमा पनि कम र बढी गम्भीरता मात्र हुन सक्थ्यो। त्यसैले यो छुट्याउन पनि गार्होभ हुन्थ्यो। सुखी छ या दुखि, कसैसँग शत्रुता छ या मित्रता। भाउजूको त्यो स्वभाव देखेर विजयालाई दुख पनि हुन्थ्यो र गर्व पनि। गर्व यसका लागि कि एउटी नारी कस्तै विकट परिस्थितिमा पनि पुरुषजस्तै निडर भएर काम गरिरहेकी थिई र दुख यसका लागि कि उसको त्यो नारी हकको लडाइँमा पनि भाउजूलाई उसले साथ दिन सकेकी थिइन।

विजयालाई आएको देखेर पूर्णिमाले आफ्नो काम मालीलाई छोडेर उठ्दै भनी - "एक जुग भयो, होइन, नआएको ! नबोलाई कन त मेरी सानी नन्दले भाउजूकहाँ आउनु पनि हुँदो रहेनछ नि।"

भाउजूको त्यो प्रशंसनिय भनाइले विजयाको संयमको बाँध फुटाइदियो र उसको आँखाबाट आँसु खसे। यसरी विजया रोएको देखेर पूर्णिमाले विस्मात् गर्दै भनी - "ल, ल, ल ! किन रोएकी?

केही बेरपछि विजया सामान्य स्थितिमा आई र पूर्णिमालाई आँखा गाडेर हेर्दै भनी - "भाउजू ! तपाईलाई आफ्ना समस्याले, आफ्ना दुखले कहिले विचलित गराउँदैन?"

यो प्रश्न सुनेर झनो मुस्कान ल्याउदै पूर्णिमाले जवाफ दिई - "नानी, समस्या र दुख जीवनका कटु सत्य हुन्। सबै नै मानिसले एक न एक पल्ट त्यसलाई बेहार्नै पर्छ। खालि कसैलाई दुख आई पर्दा सहयोग, सहानुभूति दिने धेरै हुन सक्छन्, कसैले त्यो एक्लै बेहोर्नु पर्छ। त्यसमा सभाल्न सकिने या नसकिने कुरै उठ्दैन। नपरुन्जेलसम्म मात्र 'अहो ! कसरी बेहोर्नु यो समस्या?' जस्तो लाग्ने, परी सकेपछि त त्यो आफैँ सानो हुन्छ आफूले सँभाल्न सकिने।"

"भोली के होला? कसले साथ देला? भन्ने पीर लाग्दैन तपाईलाई?" - विजयाले भाउजूको मुखमा हेरेर सोधी।

"यो पीर भन्ने कुरा पनि बडो सापेक्षिक छ। सुकेको खरका बीचमा बस्नेले आगोको झल्काको डर लिएर बस्न सक्दैन। पानीमा बास बस्नेले डुब्ने डर लिनु हुन्न। मरुभूमिमा बस्नेले तृष्णाको संत्रास बिर्साई सकेका हुन्छन। यी चिजको पीर गरेर, डर मानेर त बस्नै सकिन्न। बाँच्नको लागि सधैँ नै सकारात्मक पक्ष नै हेर्नुपर्छ। नकारात्मक पक्ष त मृत्यु हो जो अवश्यम्भावि छ र ऊसँग त एकैपल्ट अन्तिम पटक मात्र भेट गरिन्छ। तर किन चाहियो तपाईलाई यस्ता कुरा? छोडीदिनोस्। बगैँचामा भएको फूलको झ्याङमा काँडा खोज्न त के चियाउनसम्म पनि नखोज्नोस्। काँडा देखा परेको दिन त्यसलाई हटाउनै परिहाल्छ भने नदुखेको कपाल डोरी लगाएर किन दुखाउने?"

पूर्णिमा बसी र मुस्कुराउँदै फेरि थपी - "तपाईलाई त सन्चै जस्तै देख्छु। जुवाइँ साहेबलाई कस्तो छ? बुवाआमालाई र तपाईकै दाजुलाई पनि कस्तो छ?"

विजयाले उसको प्रश्नमा कुनै चासो नदेखाएर भनी - "भाउजू जुन प्रश्नहरू औपचारिका मात्र हुन् तिनीहरूको म के जवाफ दिऊँ? बरु तपाई नै तपाईका बारे केही भन्नोस्। के तपाईको मरुद्यानमा कुनै हलचल त आएको छैन?"

पूर्णिमाले लामो सास फेरेर भनी - "मेरो जीवनको मरुद्यानमा त मेरा छोराछोरीको उपस्थितिले मलाई सन्तोष दिन्छ, शितलता दिन्छ र उनीहरू अहिलेसम्म मेरो अँगालोमा छन्। भविष्यको हात त मैले हेरेको छैन तर ग्रहणको दिन नआउला भन्न म सक्दिनँ। म रहुन्जेलसम्म त म दियो बालेर भए पनि उज्यालो दिउँला तर म पनि त अमर छैन र मैले पनि मर्नै पर्छ। म पनि त पराजित हुनैपर्छ। आजसम्म मेरो संरक्षणमा बसेका ती बालक म रहिनँ भने कसरी गुजारा गर्लान्? कुनै दुर्घटना पर्न गयो भने त्यो सांघातिक चोटलाई कसरी आत्मसात गर्न सक्लान्? मेरो निम्ति यही मात्र एउटा पीडा हो।

"त्यो पीर तपाईलाई किन पर्योँ भाउजू? तपाई बूढी पनि होइन, रोगी पनि होइन। तपाई मेटिएर जान कसरी सक्नु हुन्छ? कथम् कदाचित त्यस्तो भइहाल्यो भने पनि उनीहरू व्ावारिस त होइनन्। उनीहरूका बाजे छन्, बजै छन्। तपाईको अस्तित्व पराई मानिए पनि र तपाईप्रति तिनीहरूको कुनै सद्भावना नभए पनि ती बालकप्रति त उनीहरूको कुनै पूर्वाग्रह हुन सक्दैन।" - विजयाले भाउजूको कुराको विरोध गरी।

"हो, छैन र उनीहरूप्रति कुभावना ल्याउन प्रत्येकलाई आफ्नो स्वार्थले दिँदैन। उनीहरूको संरक्षण नै गर्नेछन् सबैले तर हरेकका दृष्टिमा मेरा छोराछोरी उनीहरूका संरक्षणका गोटी मात्रै हुन्। अन्यथा यिनीहरू पूर्णिमाको दुध खाएका बच्चाहरू हुन्। त्यसैले उनीहरूले प्रेम या स्नेह पाउने सम्भावना एकदम कम छ। उनीहरूले संरक्षण मात्र दिन सक्छन्। आमाको पूर्ति आमाले मात्र गर्न सक्छन् तर स्नेहको एउटा सानो भाग अर्की स्वास्नीमानिसले पनि दिन सके हुन्थ्यो।"

"उनीहरूकी बजैले गर्न सक्नुहुन्छ।"

"म 'सक्नु हुन्थ्यो' भनेर भन्छु तर वहँाको मनमा पनि अब 'मेरो छोराका र पूर्णिमाका छोरोछोरी' भनेर विभाजनको धर्को कोरिएको छ। नातिनातिनी छुनुपर्दा वहाँलाई अब पूर्णिमा, एउटी पतित बुहारी गनाउँछे र चाहँदा चाहदै पनि स्नेह गर्न सक्नुहुन्न। यो दुर्भाग्य हो मेरो निम्ति, मेरो छोराछोरीको निम्ति र यो घरपरिवारको निम्ति।"

"त्यसमा दाइलाई पनि मुछ्नु भएको छ तपाईले?" - विजयाले प्रश्न चिन्ह ठड्याई।

"तपाईको दाइलाई मैले आफ्नो नैतिकाको दायराभित्र राख्न सक्दिनँ। वहाँको आफ्नो मर्यादा छैन। मर्यादाहीन मानिसहरूको कुराको ठेगान हुँदैन। उनीहरूको कार्य तर्कसंगत पनि हुँदैन।"

"तपाई उसलाई मानिस मान्न पनि तयार हुनु हुन्न त्यसोभए?"

"मैले नमान्दैमा सत्य या असत्य हुने होइन। मेरो मान्नु नमान्नु म आफैँमा मात्र सीमित छ। भैगो, अब छोडिदिऊँ यो कुरा। मैले तपाईलाई बोलाई पठाएकी त तपाई मेरो समस्यालाई अलि हलुका बनाइ दिनुहुन्छ कि भनि ठानेर हो।"

"कस्तो समस्या?"

"मैले अघि नै भने नि मेरा छोराछोरीले स्नेहको एउटा त्यान्द्रो भेट्टाउन पनि गार्होर हुन्ा सक्छ। उनीहरूलाई नियास्रो लाग्ला। कहीँ कसैबाट ममता खोज्लान् र यदि केही गरी म भइनँ भने तपाईले आफ्नो स्नेहको सानो भाग यिनीहरूको निम्ति पनि पर सार्नुहोला।"

"के कुरा गर्नुभएकोतपाईले? तपाई कहाँ जानुहुन्छ र मैले दिनुपर्ने?"

"म जान्नँ र म जान पनि चाहन्नँ तर मानिसले सब किसिमको स्थितिको निम्ति बन्दोबस्त गर्नुपर्छ। मेरा छोराछोरीको अधिकार संरक्षण ट्रस्टीद्वारा हुनेछ। ती ट्रस्टीको छनौट मैले र बुवाले गर्नेछौं। एउटा मेरो पक्षको मानिस हुनेछ, एउटा बुवाको र तेश्र्रोमा हामी दुवैको स्वीकृति हुनुपर्नेछ। एउटा ट्रस्टीको काम तपाई गरिदिनोस्।"

"किन मलाई रोज्नुभयो तपाईले ट्रस्टिको निम्ति? अरू दुर्ईजना को को हुन्छन् नी?"

"तपाईलाई रोज्नुको पहिलो कारण, तपाईप्रति मेरो विश्वास हो। तपाईले मेरो छोराछोरीको हित गर्नु हुनेछ भन्ने मलाई विश्वास छ। दोश्रो कारण, तपाईलाई तपाईको बुवाले अवश्य स्वीकार गर्नु हुनेछ भन्ने लागेको छ। नत्र हामी दुवैद्वारा विश्वास गर्न सकिने व्यक्ति पाउन त्यति सजिलो छैन। बुवाबाट मनोनित हुने व्यक्ति को हुनेछ? त्यो मलाई थाहा छैन तर त्यसले ठूलो अन्तर ल्याउँदैन किनकी आफ्ना नातिनातिनीको संरक्षण गर्ने व्क्ति अवश्य नै उपयुक्त छान्नु हुनेछ।"

"आफ्नो तर्फबाट तपाईले अनिललाई लिनुहुनेछ।"

"मसँग लिनलाई अर्को मानिस पनि त छैन। मेरो समाज नै यति सीमित छ कि आफूले विश्वास गर्न सक्ने मानिस पाउन पनि गार्होि छ।"

"होइन, भाउजू। विश्वास गर्न सकिने मानिस नपाइने हेाइन, पाइन्छ तर आफ्नो मनले खाएको मानिस पाउन भने गार्होइ हुन्छ। अनिल तपाईको मनले खाएको मानिस हो। त्यसैले तपाई जहाँ पनि उसको उपस्थिति खोज्नु हुन्छ। तपाई मुखले केही पनि भन्नुहुन्न तर ऊ पनि तपाईको मरुभूमिमा एउटा मरुद्यान हो।"

"त्यो त मलाई थाहा छैन, नानी। जीवनको त्यो खण्डलाई मैले कहिले पनि भोगेकी छैन त म त्यसलाई कसरी व्याख्या गरूँ?"

"तपाईको सुषुप्त कामना अप्ठ्यारो स्थितिमा अर्कै माध्यामबाट बाहिर निस्कन्छ। अनिलप्रतिको तपाईको प्रेम यति गहिरो छ कि तपाई आँखा चिम्लेर उसलाई विश्वास गर्नुहुन्छ। विपत्तिको समयमा उसलाई खोज्नुहुन्छ, सहयोग माग्नुहुन्छ। कहीँ अनिलले अस्वीकार गर्ला भनेर डराउनु हुन्छ। कति पन्साउनुहुन्छ तपाई जीवनको यो सत्यलाई?"

"मैया ! तपाईले भनेको सत्य नै हुनुपर्छ भन्ने केही छैन तर त्यसलाई असत्य बनाउन पनि म चाहन्न्ाँ किनकी मेरो निम्ति त्यो असत्य पीडादायक हुनसक्छ। तपाई त्यसलाई प्रेम पनि ठान्नुहुन्छ। अब म पनि त्यसलाई अस्वीकार गर्दिनँ। तपाईले त प्रेम पाउनुभएको छ, पे्रम गर्नुभएको छ। त्यसैल चिन्नुहुन्छ प्रेम के हो? मैले एउटा दौँतरी लोग्नेमानिसबाट कहिले पनि माया पाइनँ। म कसरी चिनूँ त्यसलाई? अनिलप्रतिको मेरो व्यावहारलाई तपाई प्रेम भन्नुहुन्छ र तपाई भन्नुहुन्छ भने म पनि मानिदिन्छु तर के पाउँछु र म यसबाट? भन्नोस् त।"

"अनिलले माया गर्छ कि गर्दैन?"

"मैले सोधेकी छैन। शायद त्यो सोध्ने कुरा पनि होइन। बुझ्ने कुरा हो। तर मैले बुझनँ। म संज्ञाहीन छु या पे्रम मेरो भागमा नै छैन। दिनु मात्र शायद मेरो र्कव्य हो। पाउने हक मेरो हैन। मलाई त लाग्छ म थाकिसकेँ र अब विश्राम चाहन्छु। विजयको लडाई त एक्लै लड्न सकिदैन भने यो त पराजयको लडाईँ हो। हुन त ढिलो होस् या चाँडो सबैले हार्नै पर्छ। केवल म भने संघर्षको सुरुमा नै हरूवा ठहरिएँ।

"छोराछोरी हुर्कदै गएपछि तपाईलाई विजयको आभास मिल्नेछ। अहिले नै किन यस्तो सोच्नुपर्योा, भाउजू?"

"यो पुस्ताको घाउ त्यो पुस्तामा कहाँ पुग्छ र, मैयाँ? आमा बाबुका पीडा बुझेर चित्त दुखाउन थाल्ने हो भने त दुनिया नै चल्दैन। सन्तानले त आफ्नो वातावरणको पृष्ठभूमिमा आफ्नो सोचाइ तयार गर्ने छन्। उनीहरूको सोचाइ अनुरूप आमाबाबुको कार्यलाई तौलने छन्। आफू नमिल्दो कामलाई गलत भनी दिनेछन्। यसमा उनीहरूको दोष पनि छैन किनकी आफू संघर्ष गरेर बाँच्न जुन विषयले बाधा गर्छ त्यसलाई निन्दा गर्नु मानविय हो।"

"तर कहाँ आयो त निन्दा र सह्रनीको कुरा?"

"त्यो त जहिले पनि छ। अहिले नै मेरो कार्यलाई कसैले सह्रनी गरेका छन्, कसैले न्न्दिा। ती सह्रनी र न्न्दिा गर्नेहरूमा मलाई माया गर्ने र घृणा गर्ने दुवै पर्दछन्। त्यसैले सबै नै सह्य हुन्छ। जब माया गर्नेहरू घृणा गर्न थाल्दछन् त्यो दिन भने असह्य हुन थाल्नेछ।"

"शङ्का किन उठ्न थाल्यो तपाईको मनमा?"

"आमा एउटा पवित्र नाम हो र त्यो पवित्रतामा कुनै दाग देखिन हुन्न। कुनै पनि छोराछोरीले त्यसमा दाग हुन्छ भन्ने विश्वास गर्दैनन्। हाम्रो समाजमा लोग्नेद्वारा छोडीएका त्यस्ता नारीको सन्मान त्यसै पनि घट्छ। अझ सम्बन्धविच्छेद नै भइसकेपछि त बाबु बिनाको सन्तान जन्माउने जत्तिकै निकृष्ट ठहरिन्छे ऊ। भनाइ नै छ 'मरेको मान्छे भेटिदैन, पोइला गएको भेटिन्छ।' पारपाचुकेले त म पोइल गएको न देखियो। सम्बन्धविच्छेद गरे पनि आइमाईमा अपवित्रताको दोष त लागि नै हाल्छ। फोहोरी दृष्टि त परी नै हाल्छन्। छोराछोरीले यसको अनुभव गर्न थाल्छन्। छोराछोरीका निम्ति दागी आमाभन्दा त हजूरआमा मर्यादित हुन्छे, पूजनीय हुन्छे।"

"भाउजू ! तपाई नचहिदो शङ्का र उपशङ्का नजन्माउनुहोस्। जीवनमा नकारातमक पक्षभन्दा सकारात्मक पक्ष हेर्नुपर्छ बाँच्नको निम्ति भनेर तपाई आफैँ भन्नु हुन्छ र तपाई नै फेरि नकारात्मक सोचाइ राख्नु हुन्छ।"

"मैले मृत्युलाई अवश्यम्भावि पनि त भनेकी छु। यसलाई पनि कसैले टाल्न र टार्न सक्दैन। जसरी जीवनको सदुपयोग गरिन्छ त्यसरी नै मृत्युको पनि सदुपयोग गर्न सक्नुपर्छ मानिसले। जीवन र मृत्यु सधैँ सँगसँगै रहने दुर्ई धु्रव हुन्। भैगो यी कुरा छोडीदिऊँ। अँ त, मेरो काम त तपाई गरिदिनुहुन्छ। होइन?"

"हुन्छ। मेरा भदाहाभदैको लागि गर्नु पर्ने काम कसरी 'नाइँ' भन्न सक्छु र? तर तपाईले थाहा नपाए झैँ गरेर तेश्र्रो व्यक्तिको पनि संरक्षण दिन खोज्दै हुनुहुन्छ, त्यो भने अप्ठ्यारो छ।"

"उसको नियतमाथि शङ्का नगर्दा हुन्छ। उसको तर्फबाट कुनै अमर्यादा हुनेछैन र उसले कोही मानिसलाई हानी पनि गर्दैन।"

"उदाहरण त तपाई स्वयं हुनुहुन्छ नि।" - विजयाको स्वरमा केही व्यङ्ग्य थियो।

"पूर्णिमाले विजयाको भनाइको वास्तै नगरेर जवाफ दिई - "उसको बानी पनि केटाकेटीको जस्तै छ अरू कुरामा व्यावहारिक भए पनि। त्यसैले कहिलेकहीँ उसलाई पनि निर्देशन दिनुपर्छ। अन्यथा ऊबाट डर लिनु पर्ने आवश्यका छैन।"

"उसका नकारात्मक पक्ष तपाई देख्दै देख्न हुन्न।"

"होलान् नकारात्मक पक्ष तर तिनले हामीलाई कुनै नाफा नोक्सान गर्दैनन्। तिनीहरूलाई केलाउनु पर्ने आवश्यकता पनि छैन। फेरि तपाईलाई उसको आनीबानी बारे केको चासो? आफ्नो कामसँग चासो मात्र लिए भई हाल्छ।"

विजयाले अरू त्ार्क गरिन किनकी त्यहँा तर्कको कुने ठाउँ थिएन। पूर्णिमा तर्क सुन्ने स्थितिमा पनि थिइन। आफूले समाएको आधारलाई कसैगरे पनि छोड्ने स्थितिमा थिइन ऊ। फेरि विजयाले उसलाई अर्को विकल्प दिएकी पनि थिइन र बिनाविकल्प छोड्नु कुनै बुद्धिमानी पनि भएन।

आखिर त्यो दिन पनि आयो जुन दिनको चाहना एउटा घनश्यामले बाहेक अरू कसैले पनि गरेको थिएन। पूर्णिमा बसेको त्यो घरमा विजया विहानै आई पुगेकी थिई पूर्णिमाकै निम्तोमा। गजाधरकासाथ उनकी पत्नी र उनको छोरो घनश्याम १० बजेपछि आइपुगेका थिए। उनले निम्तो गरेका वकिलहरू उनीहरूभन्दा करिब आधा घण्टा पछि आइपुगे। सबैभन्दा पछि अनिल आई पुग्यो पूर्णिमाले आउनुपर्छ भनेर जोड गरेकी अथवा आदेश दिएकीले र गजाधरले आउन अनुरोध गरेकोले। अनिलले सबैलाई अभिवादन गर्योध र केवल घनश्यामले अभिवादन फर्काएन।

८/१० जना मानिस एकै ठाउँमा बसेपछि कुराकानीको निम्ति कुनै विशेष विषय नचाहिने भएकोले वार्तालाप कहिले मनोरञ्जक, कहिेले गम्भीर, कहिले हावादारी विभिन्न मोडमा कुदी रहेको थियो। अनिल नआउन्जेल कसैले पनि त्यसलाई रोक्नु आवश्यक ठानेको थिएन तर अनिल आइपुगेपछि आवश्यक मानिसहरू सबै आई पुगेकाले त्यो वातावरणमा नमिल्दो, सधैँ हतार नै भइरहने, सधैँ काममा नै व्यस्त भईरहनुपर्ने लेखन्दासको धैर्यले धान्न सकेन र वकिलतिर फर्केर भन्यो - "वकिल साहेब ! अब काम थाल्ने होइन?" ल्ोखनदासले समयको ज्ञान गराइदिएकाले वकिलले चलिरहेको कुराकानीका बीचमा खाली समय पाउने बित्तिकै गाजधरलाई लक्ष गरेर भने - "अँ, गजाधर ! तेरो घरको महाभारत अब कहाँ गएर टुंगिने भयो त?"

व्किल गजाधरको साथी भएकोले उनीहरूमा तँ तँ को सम्बन्ध सामान्य थियो र वकिललाई गजाधरको घरको हालत सबै थाहा भए पनि घरको मूलपुरुषलाई नै वातावण नियन्त्रण गर्न दिन चाहन्थे उनी र कुराको थालनी पनि उसैबाट होस् भन्ने चाहन्थे। त्यहँा उपस्थित सबैलाई र अनिललाई पनि गजाधर नै कार्यको हर्तार्का हो भन्ने जनाउन पनि चाहन्थे। साथीको त्यो आशय बुझेर गजाधरले उनैलाई लक्ष गरेर भन्न्ा थाले - "मोहनराज ! मेरो सम्पति र शक्तिले बाहिरको कलहलाई कहिले पनि घरभित्र छिर्न दिइनँ तर त्यो मेरै घरभित्र उमि्रयो र मेरा परिवारका सदस्यहरू नै त्यसलाई मलजल गर्न थाले। मैले थाहा पाएँ शक्ति र सम्पत्तीले मात्र पुग्दो रहेनछ मानिसको घर धानेर राख्न, त्यसलाई उभ्याई राख्न। प्रत्येक सदस्यको संयमित आचरण पनि चाहिने रहेछ। असंयमको एउटा सानो धक्काले पनि घर भताभुङ्ग पार्दो रहेछ। मेरो घर यस्तै भताभुङ्गको स्थितिमा छ अहिले। अहिले यहाँ बाहिरको तँ, लेखनदास र अनिलबाबु तिमीहरू तीन जना मात्र हो र तिमीहरूबाट पनि मेरो घरको कुरा लुकेको छैन। आगो लागेको घरबाट केही जोगाउन सक्छु कि भनेर आज बोलाएको मैले सबैलाई। छोराबुहारीको पारपाचुके यो परिवारका हितैषी कसैले नचाहेको विपत्ती हो। ल, तँ नै यिनीहरूलाई सम्झा।"

म्ाोहनराज वकिलले गम्भीर भएर भन्न थाले - "गजाधर तंैले नै प्रशस्त सम्झाइस् होला। तैपनि म वकिल भएको कारण कुनै कुरा निर्णय लिनुभन्दा अगाडि त्यसका फाइदा बेफाइदा मैले सम्झाउन कर लाग्छ घनश्यामलाई र पूर्णिमालाई पनि। म दुवैलाई भन्छु जो तिमीहरूले गर्न खोजिरहेका छौ त्यो कुनै परिवारले पनि चाहँदैन। तिमीहरूको परिवारभित्र तिमीहरू दुर्ई जना मात्र छैनौ। यहाँ गजाधर छ, भाउजू हुनुहुन्छ, नातिनातिनी छन्। यी त प्रत्यक्ष हुन्। परोक्षमा विजया छन्, जुवाई हुनुहुन्छ, घनश्यामका अरू नातागोता छन्, पूर्णिमाका पनि छन्। इष्टमित्र छन्, एउटा सिँगो समाज छ। भोलि तिमीहरूको यो सम्बन्ध विच्छेदले यो घरकी स्वास्नी, बुहारी, भाउजू या अरू कुनै साइनोकी गृहलक्ष्मी विदा भएर जान्छे। वर्षौं लगाएर बनाएको यो परिवारको दायरा च्यातिन्छ। विहेको दिन सुरु गरेर स्थापित गरिसकेको नाता बाटोमा भेटिँदा पनि नौलो भएर हिड्नु पर्ने बन्छ। त्यसैले, घनश्याम ! यो दुर्घटनालाई हुन नदिनु वुद्धिमानी हो।"

घनश्यामले कसैको मुख नहेरी जवाफ दियो - "काका ! दुर्भाग्य मैले निम्त्याएको होइन। दुर्भाग्य आएपछि मैले छुटि्टने निर्णय गरेको हुँ। त्यसैले मलाई त भन्ने कुरै छैन।" "तैले आफ्नो छोराछोरीको बारेमा त केही सोचेको छस्? आमा र बाबुको सम्बनध नरहे पछि छोराछोरी कसको पक्षमा जाने? कहाँ जाने? उनीहरूले कसको कुरा ठीक मान्ने र कसको वेठिक? उनीहरूको दुर्भाग्य त तिमीहरूको सम्बन्ध विच्छेदबाट सुरु हुन्छ। तब त उनीहरू न आमाका न बाबुका हुन पुग्छन्। तिमीहरू दुवैजना केटाकेटी होइनौ। तिमीहरूले यति त पक्कै बुझसकेका छौ।" - वकिलले अझै तर्क दिए।

"हैन, काका अर्काकी भइसकेकी स्वास्नी पनि मैले राख्न पर्छ र?" - घनश्यामले च्याटि्ठएर जवाफ दियो।

म्ाोहनराजले यस्ता कुरा नसुनेका पनि होइनन्। योभन्दा धेरै घिनलाग्दा जिरहहरू न्ाकेलाएका पनि होइनन्। त्यसैले शब्द स्वयंले उनलाई असर पार्ने थिएन तर आफ्नो हितैषी साथीको छोरोले आफ्नै आमा, बाबु, स्वास्नी र बहिनीका अगाडि यी शब्दहरू उच्चारण गरेकाले उनी लाजले रातो भए। लाजले रातो हुनुपर्ने उमेर नभए पनि उनको हालत देखेर पूर्णिमाले वचावट गर्दै भनी - "काका ! असम्भव कुराहरू केलाएर सम्भव बनाउन सकिदैन। सज्जन कसैले उराल्दैमा दुर्जन बन्दैन। यी शास्वत सत्यलाई उल्टाउन नखोज्नु नै श्रेयकर हुन्छ किनकि उल्टाउन खोज्दा जहिले पनि त्यसको विकृत पक्षमा मात्र निस्कन्छ। हेर्नोस्, यहँा सबै मेरा नातागोताका पूजनीय हुनुहुन्छ एउटी नन्द बाहेक र सबैले मेरा ससुराले भने झैँ घरकी गृहलक्ष्मीका हितको रक्षा सधैँ गनुपर्ने हो तर वहँाहरूले, म त भन्छु, गर्न चाहनु भएन। त्यसको निम्ति अब मलाई कुनै गुनासो छैन किनकि दुःशाशन चीरहरणका अपराधी होलान् तर अरू समयमा इन्द्रप्रस्थ दान नै दिए पनि त्यो अपराध रोक्न सक्ने धृतराष्ट्र पनि दुर्योधन र दुःशाशन जत्तिकै अपराधी हुन् चीरहरणका। दुर्योधनका कुकर्मको निन्दा त गरेका हुन् नि धृतराष्ट्रले तर दुर्योधनलाई त्यो कुकर्मबाट रोकेनन्, आफू समर्थ भएर पनि रोकेनन्। प्रत्येक युगका विदुरको काम निर्बल नमरोस् भनेर हेर्ने हो र म पनि तपाईसँग यही अनुरोध गर्छु कि मेरा छोराछोरीले बाँच्ने अधिकार पाउन्। उनीहरूको न्यायोचित संरक्षण होस्। तपाईले मेरा लागि गरी दिन सक्लभ यति मात्रै हो।"

"पूर्णिमा ! यी छोराछोरी तिम्रा मात्र होइनन्। घनश्यामका पनि हुन। बाजे बजैका नातिनातिनी पनि हुन। उनीहरूलाई तिमीलाई जत्तिकै कर लाग्छ ती बालख बालकाको संरक्षण गर्न।"

"काका जहाँ विवेक र न्याय मर्दछ त्यहाँ कसैको पनि अधिकार स्ररक्षण हुन सक्दैन। त्यहाँ विकल्पलाई पहिले नै तयार गरेर राख्नु पर्छ। मेरो र मेरो छोराछोरीको संरक्षण नभएमा यो घरको पनि संरक्षण हुन नसक्ने विकल्पको मैले सिर्जना नगरेकी भए तपाईलाई न्यायकर्ता या मध्यस्थको रूपमा बोलाइने पनि थिएन। दान या भिखका रूपमा अधिकार त मागेका होइनौ हामीले।"

बुहारीको त्यो प्रहार गजाधरलाई पनि लागेकाले उनले भने - "पूर्णिमा ! आफ्नो गल्ती पनि हेर न तिमीले। एकोहोरो हामी बुढाबुढीलाई मात्र दोष दिएर त हुँदैन नि।"

"गल्ती गर्नेले सजाय पाउने भए त ठीकै थियो। बुहारीले गल्ती गरी उसको निम्ति सजाय मात्रा तोकियो। छोराले गल्ती गर्यो उसलाई माफी दिइयो। अझ छोराले बुहारीमाथि अन्याय गर्न लाग्दा पनि छोराको पक्षमा नै फैसला गर्नु भयो तपाईहरूले। मैले तपाईका छोराबाट त कुनै विवेकका आशा राखेकी थिइनँ यो घरमा पाइला टेकेको दिनदेखि नै तर तपाईहरू पनि विवेकहीन बन्नु हुन्ोछ भन्ने सोचेकी थिइनँ। मेरो एक ज्यान त जसरी भए पनि गुजारा चलाउछु तर मेरा नाबालक छोराछोरी विवेकहिनहरूको संरक्षणमा त दिन सक्दिनँ।" - पूर्णिमाले आफ्नो धारणा प्रस्ट्याई।

"एउटा लोग्नेलाई रिझाउन नसकेपछि त्यस्तै हुन्छ। कसलाई दोष दिन्छ्यौ अब?" - घनश्यामकी आमाले पूर्णिमालाई न्नि।

"छोरो रिझाउन सक्ने बुहारी भित्र्याउन मैले पहिले नै खुला छोडीदिएको छु। अब त कानुनी अधिकार नै दिन तयार भएकी छु। त्यसैले मलाई भनिरहनु पर्ने आवश्यकता छैन। आफ्ना भविष्यका दिनहरूलाई पर्खिएर बसे हुन्छ।" - पूर्णिमाले सासूको विरोध गरी।

"तपाई किन बीचमा पर्नुहुन्छ, आमा? के तपाईलाई छोराको कमाइ खान अझै पुगेको छैन?" - विजया आमासँग रिसाई।

छोरीको भनाइ खाएपछि बुहारीलाई जवाफ लगाउन तयार बुढीया सेलाइन् र बीचमा नयाँ विवाद उब्जन लागेको देखेर वकिलले कुरा सुरु गरे - "विवाद जति गरे पनि अन्त्य हुदैन र तिमीहरू मिल्ने कुरामा त कसै गरे पनि रहेनछा। त्यसैले म कामको कुरा थाल्दछु। ल, घनश्याम, तेरो भन्ने कुरा के छ? भन्।"

घनश्यामले छोटो जवाफ दियो - "काका ! म त पारपाचुके चाहन्छु।"

घनश्यामले त्यो कुरा यति सजिलैसँग भन्यो कि मानौँ पारपाचुके पसलमा राखिएको चिज हो र मोहनराज त्यो पसलको दुकानदार हुन्। उसको कुराले लामो सास फर्दै उनले पूर्णिमालाई सोधे - "तिम्रो के भनाइ छ, पूर्णिमा?"

"वहँाको त्यो अनुरोधलाई क्षणिक आवेग ठानेर पहिले त अस्वीकार गरेकी थिएँ। अहिले अस्वीकार गर्दिनँ। तर त्यसलाई स्वीकार गर्नुपर्दा मेरो पनि शर्तहरू छन्। ती शर्तहरू पुरा हुन्न भने सम्बन्ध विच्छेद गर्न म तयार छैन। ममाथि बलजफ््कती गर्न खोजियो भने त्यसको परिणाम के हुन सक्छ? त्यो सबैलाई थाहा छ।"

पूर्णिमाको चेतावनी युक् भनाइ सुनेर वकिलले भने - "के हुन् ती तिम्रा शर्तहरू?"

पूर्णिमाले सिलिङतिर आँखा गाडेर भनी - "बाबुआमाबाट छुटि्टने दुर्भाग्यले मेरा छोराछोरीको संरक्षण बाबुआमाले गर्न पाउने छैनौं। उनीहरूको संरक्षण हामीद्वारा तोकिएका ट्रष्टिले गर्नेछन्। आमाले आमाको अधिकार पाउने छैन र बाबुले बाबुको।"

मोहनराजले जिल्ल परेर भने - "आफैँमाथि किन यस्तोप्रतिबन्ध, पूर्णिमा?"

"काका ! जुन आमाबाबु आफ्ना घर जोडेर राख्न सक्दैनन् उनीहरूका छोराछोरी वेवारिसे हुन् र वेवारिसेको संरक्षण गर्न त ट्रष्टि चाहिन्छ नै। आफ्नो जिम्मेवारी पुरा गर्न नसक्नेले अधिकार पनि त खोज्नु हुदैन।"

पूर्णिमाबाट छोराछोरी खोस्ने चाहनालाई स्वयं पूर्णिमाले पूरा गरिदिएकाले घनश्याम भित्रभित्रै खुसी भएको थियो। त्यसैले वकिलले सोध्नुभन्दा अगाडि नै उसले आफ्नो राय दियो। "मेरो पनि मन्जुरी छ, काका यसमा।"

अँगालोकी स्वास्नी र काखका छोराछोरी छुटि्टएर जान लाग्दा खुशी हुन सक्ने लोग्नेमानिस देखेर मोहनराजलाई लोग्नेमानिस हुनुमा नै अपमान जस्तो लाग्यो। सयौँ पारपाचुके देखेपनि सम्बन्धविच्छेदमा रमाउने व्यक्ति घनश्यामलाई नै पहिलो देखेका थिए, नत्र त प्रत्येक लोग्नेमानिस सम्बन्धविच्छेदलाई पीडादायक बाध्यता र आफ्नो वैवाहिक पराजयको रूपमा लिने गर्थ्यो। स्वास्नी छोड्ने विवशताको साथसाथै छोराछोरी छोड्नुपर्ने पीडा गाँसेर हेर्थ्यो। स्वास्नीले छोराछोरी लोग्नेको हातमा कहिले पनि पर्न नदिने पस्ताव प्रस्तुत गर्दा पनि सहर्ष स्वीकार गर्ने लोग्नेमानिस या त शठमुर्ख नै हुनुपर्दथ्यो या छोराछोरीप्रतिको कुनै मोह नभएको सर्वत्यागी सन्त। सर्वत्यागी सन्त हुने संभावना नभएपछि कारण पहिलो भएकोमा नै मोहनराजले विश्वास गरेर भने - "यहाँ त प्रत्येक कुरामा लोग्नेमानिसको कुरा मिलिरहेछ। स्वास्नीले भनेको सहर्ष लोग्नेले स्वीकार गर्ने र लोग्नेले राखेको प्रस्ताव स्वास्नीले अस्वीकार नगर्ने। तेरो छोराबुहारी, गजाधर, किन सम्बन्धविच्छेद गर्न खोज्छन्? मैले बुझ्न सकिनँ।"

मोहनराजको व्यङग्य सुनेर गजाधरले पिडित भएर भने - "घर सपार्न कुरा मिलेको भए त ठीकै थियो तर तिनीहरू त घर भत्काउने कुरा मिलाई रहेछन् आजसम्म कहिल्यै नमिलेकाहरू। त्ाँैले पनि त बुझी सकिस् नि। अब के बुझ पचाउँछस्।"

गजाधरको कुरा सुनेर मोहनराजले उनकी पत्नीतिर हेरेर सोधे - "तपाईको भनाइ के छ नि? भन्नोस्।"

उनले दिग्दारीसाथ जवाफ दिइन् - "आ, बाबु ! हामीले भनेको मान्ने होइनन्। जसो मन लाग्छ गरून् ।"

उनीबाट पनि समाधान आउने संभावना नदेखेर विजयाले पहिले नै भनी - "काका ! काँच र हिरा गल्तीले एकै ठाउँ जोडिए भने एउटा चोट पर्नेवित्तिकै काँच फुटेर जान्छ, हिरा हिरा नै रहन्छ। फुटेर जाने काँचका टुक्रालाई त्यो हिरासँग जोड्न सकिन्न। मेरो दाजु भाउजुको सम्बन्ध यस्तै छ। मेरो दाजु यही काँचको टुक्रा हो। समयको गल्तीले मेरी हिराजस्ती भाउजूसँग जोडिन पुग्यो। अहिले पनि हिरा नधमिलिएको देखेर उसको छातीमा ईर्ष्या र घृणा भरिएको छ, र भाउजूलाई र छोराछोरीलाई समेत वलिदान दिन तयार छ ऊ। मेरो आमाबाबु त छोराको मायाले संसार त्याग्न तयार हुन्छन्। त्यसैले भाउजूले उनीहरूबाट आफ्ना छोराछोरीको संरक्षणको विकल्प त खोज्नैपर्योू, रोज्नैपर्योो। भाउजूले र दुवैले स्वीकृत गरेको त्यो विकल्पलाई समाधान मानेर काम चलाउनु म त उपयुक्त ठान्दछु।"

विजयाको कुरा सुनेर मोहनराजले अनिलतिर हेरेर भने - "अरुको राय त सुनियो। अनिल बाबुको मात्र बाँकी छ। हुन त तपाई यो घरको सदस्य होइन र आफ्नो राय व्यक्त गर्न बाध्यता पनि छैन तर म पनि त यो घरको नातेदार होइन। म त केवल गजाधरको मित्र मात्रै हुँ। मैले जो व्यक्त गरे एउटा मित्रको नाताले हो। तपाई पनि पूर्णिमाको मित्र हो, हितैषी हो। त्यसैले तपाईले पनि राय व्यक्त गरे सभाको मर्यादा त पुरा हुने थियो।"

मोहनराजको वकालती भाषा सुनेर मुस्कुराउँदै अनिलले भन्यो - "त्ापाईको स्वीकृतिले मात्र बोल्न लागेकी हुँ, अन्यथा मेरो बोलाइले पनि अनर्थ हुन सक्छ भन्ने मलाई डर लाग्छ। तपाईहरूजस्तै म पूर्णिमाजीको मित्र र हितैषि मात्र हुँ। हाम्रो यो सम्बन्धलाई यदि कसैले योभन्दा पर पुर्यातउँछ भने त्यो उसको आफ्नो समस्या हो। त्यसमा मलाई केही भन्नु छैन, तर जब पूर्णिमाजीको हित अहितको कुरा उठ्छ, भने म मौन बस्न सक्दिनँ। मैले पहिले गरेको गल्तीको दण्ड स्वरूप मलाई जिम्मेवारी दिइएको छ र मेरो स्वाभिमानले मलाई ती जिम्मेवारीबाट पन्सन दिँदैन। आफ्नो हितको संरक्षण त वहाँ आफैँ गर्नु हुन्छ। खाली वहाँलाई अहित हुनसक्ने सम्भावनाको जानकारीसम्म गरिदिनु म आफ्नो कर्व्य ठान्दछु। मैले भनेको 'वहाँको हित' मा वहँँाका छोराछारीको हित स्वत पर्दछ।"

"घनश्यामका पनि त छोराछोरी हुन् तिनीहरू।" - वकिलले आफ्नो राय दिए।

"हो, घनश्यामजीकता पनि हुन् उनीहरू। यसले के फरक पार्छ र? घनश्यामजीप्रति मेरो कुनै दुश्मनी छैन मित्रता नभए पनि। फेरि बालख त कसैका पनि शत्रु हुँदैनन्। उनीहरू त्ा समाजको सुन्दर फूलहरू हुन्। काँडाकै बीचमा फुलेपनि फूल सुन्दर हुन्छ, पवित्र हुन्छ र मायालाग्दो हुन्छ। कुनै पनि आमाबाबुले छोराछोरीप्रतिको आफ्नो संरक्षण छोड्नु उपयूक्त ठान्दिनँ तर आमबाबु लिन तयार छनन् भने कसले बाध्य गर्न सक्छ र? यो घटना दुखदायी हो र यो दुखदायी स्थितिको बन्दोबस्त मिलाउने जिम्मा तपाईमा लागेकोलेर् 'पूर्णिमा जी र मेरो सम्बन्ध के' भनेर तपाईलाइ प्रश्ट्याउन आवश्यक ठानेर मात्र भनेको हुँ मैले। सम्बन्ध प्रष्ट भएपछि तपाईलाई पनि काम गर्न सजिलो पर्ला।" - अनिलले प्रस्ट्यायो।

मोहनराजले गजाधरतिर हेरेर भने - "गजाधर ! जुन कुरा पहिले नै निश्चित भइसकेको छ, त्यो मेरो प्रयाशले बदलिने संभावना थिएन र मलाई बदलिन्छ भन्ने विश्वास त के आशा पनि थिएन तर एउटा वकिलले, एउटा मध्यस्थकर्ताले गर्नुपर्ने काम मैले पूरा गरेँ। अब आयो कार्यान्यनको कुरा। अब कुन कुरा पहिले थालूँ? सम्बन्धविच्छेद कि छोराछोरीको संरक्षण?"

गजाधरले जवाफ दिए - "संरक्षणको पहिले। यो काम तयार गरिसके पछि सम्वन्धविच्छेदको कागज तयार गर्न बेर लाग्दैन।"

मोहनराजले कारबाही सुरु गरे - "पहिले म ट्रष्टी को हुने र ट्रष्टीहरूलाई कति संरक्षणअधिकार दिने त्यो निर्क्योल गर्न चाहन्छु। यी कुराहरू दुवै पक्षबाट मानिनुपर्छ।"

"ट्रष्टीहरूमध्ये एक जना आमाको पक्षबाट, एक जना बाबुको पक्षबाट र एक जना दुवैबाट स्वीकृत व्यक्ति हुनेछ। आमा र बाबु दुवैको संरक्षण यिनै ट्रष्टीहरूले प्रयोग गर्नेछन्। दुवै केटाकेटी १८ वर्षका बालिग नहुन्जेल यिनीहरूलाई संरक्षण दिई रहनेछन्। त्यसपछि ट्रष्टिहरू स्वतः निस्कि्रय हुनेछन्। यी दुवै पक्षबाट स्वीकृत कुराहरू हुन्।" - गजाधरले प्रष्ट पारिदिए।

तर वकिल वकिल नै हुन् र यनी सम्बन्धित पक्षहरूबाटको मुखबाट सुन्न चाहन्थे र उनले दुवैलाई हेरेर सोधे - "हो तिमीहरूको स्वीकृति?"

दुवैले स्वीकृति जनाउँदै टाउको हल्लाए। त्यो देखेर मोहनराजले फेरि भने - "पछि त तिमीहरू दुवैको सहमति नभई यी शर्तलाई बदल्न सक्दैनौ नि। थाहा छ?"

दुवैले टाउको उठाएर जानकारी भएको कुरा जनाए। त्यो देखेर मोहनराजले गजाधरलाई लक्ष गरेर भने - "तैँले आफ्नो सम्पतिको बारेमा के व्यवस्था गर्छस् नि?"

गजाधरले विस्तारै भने - "मेरो स्ाम्पतिलाई ६ भाग लगाएको छु मैले। मेरो र मेरी बुढियाको हकको भाग मेरो जिम्मामा रहनेछ। छोरा, बुहारी र नातिनातिनीको भागमा बारेमा छोरा बुहारी फैसला गरुँन्।"

पूर्णिमाले गम्भीर स्वरमा भनी - "मेरो छोराछोरीको भागको जिम्मा ट्रष्टीले लिनेछन्। मेरो हकमा भएको सम्पति म बााचुन्जेल ससुराकै जिम्मा भए मलाई कुनै आपत्ति छैन तर म या वहाँमध्ये एक नरहेको खण्डमा मेरो भाग त्यही ट्रष्टीको जिम्मामा जानेछ र त्यसको हक मेरा छोराछोरीमा हुनेछ।"

घनश्यामले पनि गर्हुँ गो भएर जवाफ दियो - "मेरो भाग पनि बुवाकोमा नै रहोस्।"

म्ोाहनराजले फेरि भने - "अब तिम्रो विषयमा जाउँ्के। ल, घनश्याम, अब तेरो पक्षबाट ट्रष्टी कसलाई बनाउने?"

आफूले कहिल्यै पनि समस्या समाधान नगरेको घनश्यामले कुनै निर्णय लिन सकेने। सो देखेर गजाधरले उसलाई सहयोग गरे - "तँ बसिदे, मोहनराज, यसको तर्फबाट ट्रष्टीमा। तँभन्दा अर्को उपयुक्त मानिस यसले कसलाई खोजोस्।"

सो कुराको सँइको गजाधरले मोहनराजलाई पहिले नै दिई सकेकाले मोहजराजले आपत्ती मानेनन् तर पनि रित पुर्या्उन भनिहाले - "म बस्नु पर्ला र?"

घनश्यामले 'पर्छ काका' भनेपछि उनले विवाद उठाएनन् र पूर्णिमातिर हेरेर भने - "तिमी कसलाई राख्छ्यौ? पूर्णिमाले कसैलाई नहेरी दृढ स्वरमा भनी - "अनिल सापकोटा।"

अनिलको नाम सुनेर कसैले पनि आश्चर्य मानेन। पूर्णिमाको तर्फबाट अनिलले प्रतिनिधित्व गर्ने कुरा सबैलाई थाहा थियो र पूर्णिमाले त्यसलाई लुकाएकी पनि थिइन। साझा ट्रष्टीका लागी पूर्णिमाले विजयाको नाम लिई। सो सुनेर सबैजना चकित भए। परिवारका सदस्यलाई पूर्णिमाले प्रस्ताव गर्ली भनेर कसैले पनि सोचेका थिएनन्। त्यसको विरोध कसैले गर्न कुरा सम्भव पनि भएन।

आफ्ना अधिकार र कर्तव्यहरू ट्रष्टीहरूलाई जिम्मा लगाईसके पछि मोहनराजले तयार गरेको कागजमा सबैले सही गरिदिए ट्रष्टीको कागजमा पनि र सम्बन्धबीच्छेदको कागजमा पनिे। एक एकप्रति तीनै जना ट्रष्टीले पनि लिए। पारपाचुकेका कागजात घनश्याम र पूर्णिमाको जिम्मामा दिइयो। प्रस्तुत गर्न आवश्यक भए सो गर्ने अधिकार समेत घनश्यामलाई नै दिए।

सभा विसर्जन गर्नुभन्दा अगाडि मोहजराजले पूर्णिमालाई हेरेर भने - "यस्तो त तिमीले सोचेकी पनि थिइनौ होला, पूर्णिमा?"

प्ाूर्णिमाले लामो सास फेरेर भनी - "दुखान्तको आभास बर्षौं पहिलेदेखि नै भएको थियो। त्यसैले मलाई कुनै दुख छैन।"

सबै बिदा भएर गएपछि पूर्णिमाले शून्य अनुभव गरी छातीभित्र पनि छाती बाहिर पनि। कुनै दिन छातीभरि आशा लिएर त्यो घरभित्र भित्रिएकी थिई र अहिले बिनासाथी, बिनासाहारा र बिना कुनै निश्चित लक्ष छोराछोरी अर्काको हातमा सुम्पेर नयाँ जीवन सुरु गर्नुपर्ने बाध्यतामा उभिएकी थिई। साथमा घर थिएन, माइती पनि थिएन। नाता गोता पनि थिएनन्, इष्टमित्र पनि थिएनन् । लोग्ने पनि थिएन, प्रंमी पनि थिएन र अब त झन् छोराछोरी पनि साथबाट छुटी सकेकाले मुडुलो टाउको हुने टक्काराँडजस्ती भएकी थिई ऊ।

मलामी फर्किसके पछि एक्लै भएकी विधवाले जस्तै उसले सोची - भोलि त अड्डामा जानेछ पारपाचुकेको कागज पनि। सनाखतको निम्ति उसलाई घसारिनेछ र एउटा अपराधीलेजस्तै ओहोरोदोहोरो गर्नु पर्नेछ बाटोमो। नाङ्गा अँाखाले लोभिएर हेर्नेछन् उसको शरिरलाई अपवित्र ठानेर। कहँा छ उसको मर्यादा र? एउटा स्वास्नीमानिसको मर्यादा त उसको लोग्नेसँग मात्र बस्दो रहेछ या कुनै अविभावकसँग। बिनासंरक्षण त उमेरदार स्वास्नीमानिस त बजारकी मासु ठान्निछे जसले पनि 'मोल कति?' भनेर सोध्न पाउने, तौलन पाउने। कति निरिह रहिछ ऊ। कति कमजोर रहिछ? आजसम्म त कसैको संरक्षणमा बसेकी छ ऊ। एउटा घरमा बास पाएकी छ। भोलि त त्यो पनि हुने छैन। भोलि घरबार, परिवारविहीन नितान्त एक्लै हुनेछ ऊ।

पूर्णिमाले नोकर्नीलाई 'खाना खान्न' भनिदिई। उसलार्ई भोक लागेको पनि थिएन। उसले आफूले चाहेजस्तो सबै मिलाएर पनि पराजयको अनुभव गरेकी थिई। अहिले उसलाई फुर्सद थियो प्रत्येक घटना केलाउन, प्रत्येकका आस्था केलाउन।

लोग्ने एउटा लोग्नेमानिस मात्र भयो पूर्णिमाको निम्ति। ऊ न संरक्षक बन्यो, न दर्शक बन्यो, न प्रेमी। ऊ उसका छोराछोरीको बाबु त बन्यो तर उसले छोराछोरीप्रति कुनै जिम्मेवारी लिएन। उदण्ड भयो ऊ आफ्नै मात्र विजय चाहने, आफ्नो अघोरी इच्छा या जिद्दी पुरा गर्नुपर्ने। पूर्णिमाको मायाले बाँधिन सक्थ्यो होला ऊ तर उसकी आमाले आफ्नो काखको न्यानोबाट उम्कन दिइनन् उसलाई। हुर्कन नै दिइनन्। अनिल आएर उसको घमण्ड तोडीदियो र पूर्णिमाले आनन्द अनुभव गरी। त्यो त निर्दयी लोग्नेकासामु कुनै बलियाले बलत्कार गर्दा आउन सक्ने प्रतिशोधको आनन्द पनि हुनसक्थ्यो। त्यसैलाई विजयाले प्रेम भनेकी पनि हुन सक्छे। अनिललाई उसलाई विश्वास गरेकी हो पहिलो दिनदेखि नै। यदि यही नै प्रेम हो भने उसलाई केही भन्नु थिएन। अनिलप्रति उसलाई कुनै खास चाह पनि छैन। हो, अनिलको उपस्थितिमा ऊ आफूलाई संरक्षित पाउँछे। अनिलको भनाइ ठीक र प्रिय लाग्छ उसलाई र हेराइमा आनन्दको अनुभूति हुन्छ। यो त प्रेम होइन होला तर भए पनि के भयो र?

भोली प्रश्न उठ्छ - कोसँग सल्केकी, हँ? व्यक्ति व्यक्तिले आफ्नो राय दिनेछन्, सवुत दिनेछन्। आमाको चरित्रहीनताको आरोप छोराछोरीले पाइला पाइलामा बेहोर्नु पर्नेछ। सुरुसुरूमा छोराछोरीले नबुझेर ट्वाल्ल पर्नेछन्। बुझ्नथाले पछि दुख र लाजले आमालाई घृणा गर्न थाल्नेछन्। सिङ्गो समाज उनीहरूलाई दुख दिन थाल्नेछ आमाको कारणले। त्यस्तोभन्दा त मरेकी आमाले 8फाइदा दिन सक्छे। प्रत्येकको सहानुभूति मात्र हुन्छ टुहुराटुहुरीमाथि। मृत आमालाई सबैले सन्मानसाथ सम्वोधन गर्छन्। उसको पवित्रतामाथि कसैले पनि शङ्का उठाउदैन, सधैँ पूजनीय हुन्छे छोराछोरीको निम्ति ऊ।

पूर्णिमा सोच्दै गई, केवल सोच्दै गई।

घनश्याम खुसि थियो। उसले विजय हासिल गरेको थियो। उसले पूर्णिमासँग सधैं हारे पनि अन्त्यमा जितेको थियो। सोच्थ्यो - स्वास्नी भएर पनि पूर्णिमाले उसको प्रभूतालाई कहिले पनि स्वीकार गरिन। केवल उसको यौनसहभागी मात्र भई। उसको प्रणय निवेदनलाई पूर्णिमाले अस्वीकार गरिन। अनिल त निहुँ मात्र हो कारण त स्वयंम् पूर्णिमा हो। अनिलको आशक्ति होइन पूर्णिमाप्रति, पूर्णिमाको आशक्ति हो। अझ पवित्र बनाउन खोज्छे आफूलाई। कुन आइमाईले घमण्ड गरेर टाउको उठाएकी छ घनश्याको अगाडि? त्यो पूर्णिमाले उठाउने? ऊ अब अनिललसँग जाने होली। यो घरमा अब ऊ के भनेर बस्ने? विजयाले देली नि बस्ने ठाउँ।

आफ्नो विजयको आनन्दमा कसैलाई सहभागी बनाएको थिएन घनश्यामले त्यो दिन। ऊ एक्लै अनुभव गर्न चाहन्थ्यो त्यो आनन्द। केवल एक बोतललेसाथ दिएको थियो उसलाई र त्यो बोतलको थोपा थोपामा मुक्तिको स्वाद थियो। प्रतिशोधको आनन्द थियो। सधैँ आफूले दबेर बस्नु परेको पीडाको एकै चोटमा बदला लिएको थियो उसले। जहिले पनि पूर्णिमाले उसको 'म' लाई किचेर राखेकी थिई। उसलाई लागेको थियो कि पूर्णिमाले उसलाई प्रेमले दबाएर राखेको हो र पूर्णिमा उसको निम्ति जे पनि गर्न तयार हुन्छे। पूर्णिमामाथि उसको विश्वास थियो, नत्र उसले अनिलसँग बाजी नै राख्ने थिएन। घनश्याम आफ्नै विचारमा व्यस्त थियो। आखिर विश्वासको मोल त दिन सक्नु पर्थ्यो नि पूर्णिमाले। नारी अस्मिता पनि त ठूलो कुरा हो। स्वास्नीमानिस माटाको भाँडो हो एकपल्ट बिटुलिएपछि अचलाउ हुने। कहीँ दाँजिन मिल्छ लोग्नेमानिससँग? छोराछोरी चाहिने रे उसलाई। किन दिने, हँ, उसलाई छोराछोरी? आखिर चेत्नु त पर्दोरहेछ नि आफैले। छोराछोरी आफूसँग नराख्ने प्रस्ताव राखी आफैले आखिर। बाबु पनि किन त्यस्तो डराएका? के गर्न सक्थी त्यसले? कसरी आँट पुग्थ्यो त्यसलाई छोराछोरी अर्कैको हुन् भन्न्ा?

सजिलो छ र लोग्नेमानिससँग लडाईँ जित्न? भोलि कागज पुग्नेछ अड्डामा। सबैले थाहा पाउनेछन् पूर्णिमालाई घनश्यामले छोड्यो भनेर। 'छोडीदिएँ मैले' भनेर,किन नभन्ने? अब पूर्णिमासँग उसको साइनो नै के छ र? कुनै पनि स्वास्नीमानिसले पनि अब उसको सामु शेखी गर्न सक्ने छैन। एउटी पूर्णिमाको हविगत नै सबैलाई पर्याप्त हुनेछ। पूर्णिमाले स्वास्नीमानिस भएर जीउन सिक्नु पर्थ्यो। अनिलले पनि पूर्णिमालाई शरण नदेला। कुमारी केटी नै पाउन सक्छ ऊ भन कसैको जुठो उसले किन उठाउने? आखिर ऊ पनि त लोग्नेमानिस हो। लोग्नेमानिसबीच परेको द्वन्दमा गरेका कार्यको उसले जिम्मेवारी लिनुपर्छ र? साँढे जुध्दा बाच्छा मिचिन्छन्। यो प्रकुतिको नियम हो। जो शेखी गर्छ त्यो छाँटिन्छ। यो पनि प्रकृतिको नियम हो।

स्वतन्त्र छ घनश्याम आज। ऊ खुसी छ। ऊ विजयोल्लास गर्न सक्छ। भोलि पूर्णिमालाई फालेको देखाइदिनेछ सबैलाई। त्यो पूर्णिमालाई जसले उसको अपमान गरेकी छ, जसको सामु घनश्यामले सधैँ हीनताबोध बेहोर्नु परेको छ। आफ्नो खुसी ऊ कसैसँग बाँड्न चाहदैन। एक्लै मनाउन चाहन्छ, ऊ विजयोल्लास। घनश्यामले दोश्रो बोतल समायो। रातले आधा बाटो काटिसकेको थियो।

गजाधरलाई निन्द्रा लागेन। उनले कति निदाउन प्रयास गरे तैपनि आँखा झम्कन सकेन। पेटमा जौ तिल पाक्न थालेपछि निद्रा लागोस् कसरी?

छोरो बुहारीको झगडामा जसले जिते पनि हार उनकै भयो तर यो लडाइमा त छोराबुहारी दुवैको पराजय भयो। घनश्यामले के पायो र के पाई पूर्णिमाले? न इज्जत रह्यो न परिवार, न छोराछोरी। उनको वंशको कुनै सम्मान पनि रहेन। भोलि छोराछोरीले सोध्नेछन् आमाबाबुसँग 'खै कहाँ छ हाम्रो अधिकार?' भनेर। आमाबाबुको अधिकार नपाउने सन्तानले जहिले पनि भन्नेछन्। आरोप उनीमाथि पनि आउनेछ। त्यसमाथि जोरीपारीका अगाडि कुन नाकले लिएर हिँड्ने उनले? छोरालाई पनि, बुहारीलाई पनि उचाल्न छाड्ने छैनन् जोरीपारीले। भोलि सम्बन्ध विच्छेदको कागज अड्डामा जानेछ। सनाखत छोराले पनि गर्नुपर्नेछ र बुहारीले पनि। केही गरी बुहारीले मन्जुर गरीन भने? कुरा आनको तान पुग्न थाल्छ। फेरि छोरो बौलाएर बजार हल्लाउनेछ। बैरीहरू बुहारीको पक्षमा जान थाल्नेछन्। उनको इज्जत माटो भइसक्छ त्यो बेला।

यी सोचाईले गजाधरलाई घोची नै रहे र तीनले उनलाई आफ्नो जीवनमा कटु क्षणहरू सम्झन बाध्य गराए। अनि कहाँबाट आओस् उनलाई निद्रा? उनी कहिले दायाँ र कहिले बायाँ पल्टिरहे र निद्रालेभन्दा उनलाई उज्यालोले उछिन्यो। उज्यालो भएपछि सुत्ने योजना नभएकाले उठेर आफ्नो पाठ र नित्य कर्म सिध्याए। त्यतिबेला सम्ममा सधैँको जस्तै चियाको समय भयो र सोफामा बसेर चिया पिउन थाले। त्यही समयमा नोकर्नीले टेलिफोन ल्याएर दिँदै भनी - "दुलहीसाहेब कहँाबाट श्याम दाई।"

गजाधरले टेलिफोन हातमा लिएर भने - "किन? के भो श्यामे?"

श्यामेले जवाफ दियो - "हजूर ! दुलहीसाहेबको कोठा नै खुल्दैन कति कराउँदा कति ढोका ढकढकाउँदा पनि।"

उनी स्तव्ध भएर भने - "कति बेर भयो?"

"सधैँ विहान ५ बजे नै ढोका खुल्थ्यो आज ७ बजेसम्म पनि नखुलेकोले ढोका घचघच्याएको पनि आधा घण्टा भयो। केही चालचुल छैन । कसलाई भन्नु?"

"तिमीहरू ढोका घचघच्याउँदै गर। म आउँछु।"

गजाधरले टेलिफोन फिर्ता दिए। उनलाई अरू चिया खान मन लागेन। खाँदै गरेको चिया छोडेर लुगा फेर्न गए। उनले घनश्यामलाई उठाउने विचार गरे पनि उसलार्ई १० बजेभन्दा अगाडि उठाउन सम्भव थिएन।

गजाधर पूर्णिमाको कोठामा पुग्दा सबै नोकर चाकर पूर्णिमाको कोठाको ढोका अगाडि उभिएका थिए। उनीहरूलाई देखेर उनले भने - "श्यामे र गोकुल भर्याेङबाट बार्दलीमा चढेर झ्याल खुला भए खोलेर नभए फोरेर भित्र छिर।"

श्यामे र गोकुल निस्किए। गजाधरले नोकर्नीलाई सोधे - "कति खेर सुतेकी पूर्णिमा हिजो?"

"सधैको बेलाभन्दा चाडै नै ढोका बन्द गर्नु भएको थियो।"

"केही कुरा भन्थिन्?"

"अहँ अरू केही त भन्नु भएन। 'रुची छैन आज' भन्नु भयो।"

गजाधर अरू केही बोलेनन्। एकछिनपछि श्यामे पूर्णिमाको ढोका खोलेर भित्रबाट बाहिर निस्क्यो। सबैजनाभित्र पस्न उत्सुक भए पनि अदवसाथ उभिए र गजाधर उठेर भित्र पसे। घरबाहिर पूर्ण शान्ति थियो। कसैले पनि शब्द निकालेन। सबै धैर्यसाथ गजाधरलाई पर्खिरहे। चिसो आशङ्का सबैको मनमा थियो तैपनि केही नहोस् भन्ने चाहना थियो मनमा। केही बेरपछि गजाधर बाहिर निस्किए। उनको अनुहार पहिलेजस्तै थियो तर निधारमा रेखाहरू थपिएको देखेर सबैले अनहोनीको निश्चय गरे पनि कोही पनि बोलेन। गजाधरले कसैलाई पनि लक्ष नगरी भने - "पूर्णिमा अब रहिनन्।"

र फेरि श्यामेतिर हेरेर भने - "जा, मोहनराजलाई लिएर आइज।"



समाप्त

कुलेश्वर काठमाडौ